जेनजीमध्ये एक जनालाई प्रधानमन्त्री बन्न रेशम चौधरीको सुझाव

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जेनजीमध्ये एक जनालाई प्रधानमन्त्री बन्न आग्रह गरेका छन्। त्यसलाई संवैधानिक बनाउने काम राष्ट्रपतिको रहेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

उनले पुराना नेतालाई जेनजीलाई सुझाव दिने नैतिक अधिकार नभएको उल्लेख गरेका छन्। जेनजीलाई आफैंले नेतृत्व लिएर प्राप्त उपलब्धि रक्षा गर्न पनि उनले आग्रह गरेका छन्।

यसो छन् उनको अभिव्यक्ति
Gen-Z आन्दोलनले गरेको परिवर्तन प्रसंसनिय छ तर प्राप्त उपलब्धिको निर्देशक खोइ? मेरो विचारमा तपाईहरु देश हाँक्न सक्षम हुनुहुन्छ। आफैं नेतृत्व लिनुहोस् र प्राप्त उपलब्धिको रक्षा गर्नुहोस्। तपाईले आन्दोलन गर्दा उठाइएका विषय अहिले थाती राख्नुस्। विगतका कर्मचारीलाई ल्यायर, अहिलेका पालिका प्रमुखसँग हार गुहार गरेर तपाईँ लक्ष्य प्राप्त गर्न सक्नुहुन्छ? तपाईंले तोकेका निहित बिषयलाई आधार बनाएर मुलुकको शून्यताको अन्त्य गर्नुहोस्। धेरै नेताले बुँदात्मक सुझाव दिइराखेका छन्, ती बुँदा आफूले हिजो किन लागू नगरेका? पुराना नेतालाई अहिले यसो गर,उसो गर भनेर भन्ने कुनै नैतिक अधिकार छैन। घर मेरो पनि जल्यो,घर जलेको बात पछि होला, पहिला राष्ट्रघात नहोस्। लक्षिण राम्रो छैन, Gng-Z मध्ये एकजना प्रधानमन्त्री भैहाल्नुस्। त्यसलाई संवैधानिक कसरी बनाउने काम राष्ट्रपतिको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *