‘थारू र परिवर्तनको राजनीति’ विषयमा खगेन्द्र संग्रौला र सुमना श्रेष्ठसहित वक्ताहरूले बहस गर्दै
थारू नागरिक अभियानले बदलिँदो राजनीतिक परिस्थितिका विषयमा नागरिक समाजका अगुवा र अभियन्ताहरूसँग अन्तर्क्रिया गर्ने भएको छ। ‘थारू र परिवर्तनको राजनीति, नयाँ दृष्टिकोणको खोजी’ विषयमा अभियानले अन्तर्क्रिया गर्ने भएको हो।
अन्तर्क्रियामा खगेन्द्र संग्रौला, डम्बर खतिवडा, प्रशान्त सिंह, महेन्द्र लावती, सुरेन्द्र चौधरी, लक्ष्मण थारू, सुमना श्रेष्ठ र जेनजी अभियन्ताहरू रक्षा बम र रिजन राना मगर सहभागी हुनेछन्। कार्यक्रम कात्तिक २२ गते शनिबार बत्तिसपुतलीस्थित शिल्पी थियटरमा हुने आयोजकले जनाएको छ।
जनेजी आन्दोलनपछि थारू अधिकारका मुद्दाहरू उठान हुन नसकेको भन्दै थारू नागरिक अभियान गठन गरिएको थियो।
Facebook Comment