इन्द्र चौधरी विश्व साहित्य रत्नबाट सम्मानित

बालसाहित्यकार इन्द्र चौधरी विश्व साहित्य रत्न सम्मानबाट सम्मानित भएका छन्। भारतको कोलकाताबाट प्रकाशित हुने त्रैमासिक साहित्यिक पत्रिका ‘प्रतिभा सन्धाने’को २५औं वार्षिकोत्सव (सिल्भर जुब्ली)को अवसरमा उनलाई उक्त सम्मान गरिएको हो। सोही अवसरमा पत्रिकाले कोलकाताको मौलालीस्थित विश्व साहित्य सम्मेलन- २०२५ कार्यक्रमको आयोजना गरी नेपालसहित १४ ओटा देशका साहित्यकारहरूलाई सम्मान गरेको हो।

चौधरीसँगै नेपालबाट माधवप्रसाद घिमिरे र केसरी अम्गाइ गरी ३ जना उक्त सम्मानबाट सम्मानित भएका छन्। सम्मानपछि उनले साहित्य क्षेत्रमा निरन्तर लागिरहन प्रेरणा मिलेको बताए। ‘म साहित्य क्षेत्रमा भर्खरै बामे सरिरहेको छु। यो सम्मानले मलाई साहित्य क्षेत्रमा निरन्तर लागिरहन उत्प्रेरित गरेको छ,’ उनले भने, ‘यो सम्मानका लागि पत्रिकाका सम्पादक युसुफ मोल्ला अनि सिङ्गो पत्रिकाको परिवारलाई आभार प्रकट गर्दछु।’ उक्त कार्यक्रमा नेपाल र थारू समुदायबाट प्रतिनिधित्व गर्न पाउँद आफूलाई निकै गर्व महसुस भएको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *