जेनजी २.० नागरिक उन्मुक्ति पार्टी नेपालमा समाहित (भिडियोसहित)
नागरिक उन्मुक्ति पार्टी नेपाल र जेनजी २.० बीच पार्टी एकता भएको छ। सिनामंगलस्थित नाउपा नेपालको पार्टी कार्यालयमा दुई पार्टीबीच ६ बुँदे सहमति भएको हो। सहमति पत्रमा नाउपा नेपालका तर्फबाट रेशम चौधरी र जेनजी २.० का तर्फबाट संरक्षक डा. हरि कार्कीले हस्ताक्षर गरेका छन्।
दुई पार्टीबीच नाउपा नेपाललाई अंगालेर अगाडि बढ्ने, पार्टीको नाम र चुनाव चिन्हलाई हाललाई यथास्थितिमा राख्ने र आवश्यक परेमा महाधिवेशनबाट परिमार्जन गरिने, नाउपा नेपालको नीति सिद्धान्त र नारालाई परिमार्जन गर्न सकिने, आगामी एक वर्षभित्र महाधिवेशन गर्ने, फागुन २१ को चुनाव हुन नसके वृहत् एकता घोषणा गर्ने र दुवै पक्षको सल्लाह र सुझाव बमोजिम सम्मानजनक सिट बाँडफाँड गर्ने विषयमा सहमति जुटेको हो।
नाउपा नेपालका संरक्षक रेशम चौधरीका अनुसार जेनजी ०.२ ले विभिन्न ४७ क्षेत्रमा जाँतो चुनाव चिन्हबाट चुनाव लड्नेछन्। एकता कार्यक्रमलाई सम्बोधन गर्दै संरक्षक रेशम चौधरीले नयाँ शक्तिहरुलाई एकतामा आउन आह्वान गरे। उनले रवि लामिछाने, बालेन्द्र शाह, कुलमान घिसिङलाई पनि चुनावी सहकार्यका लागि आह्वान गरे।
Facebook Comment