बालेन शाहको कोर टिममा सुरेन्द्र चौधरीको इन्ट्री
काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाह (बालेन) बिहीबार दिनभरि राजनीतिक भेटघाटमा व्यस्त रहे। उनले नयाँ शक्तिका रूपमा उदाएका राजनीतिक दल र नेताहरूसँग संबाद गरे। आगामी निर्वाचनमा नयाँ रणनीतिसहित अघि बढ्ने गरी बालेन संबादमा होमिएका हुन्।
यसै क्रममा बालेन र थारू अभियन्ता सुरेन्द्र चौधरीबीच भेटवार्ता भएको छ। ललितपुरको जुवागलस्थित एक घरमा बालेन र चौधरीबीच ‘वान टु वान’ वार्ता भएको हो। उनीहरूबीच आगामी निर्वाचन र थारूका सबालका विषयमा छलफल भएको स्रोतको भनाइ छ।
बैठकमा समावेशी लोकतन्त्र र स्वाभिमानलाई केन्द्रबिन्दु बनाएर अघि बढ्ने विषयमा छलफल भएको ती स्रोतको भनाइ छ। केही दिनभित्रै नेपालको राजनीतिमा नयाँ निष्कर्षसहितको ट्वीस्ट देखिने स्रोतको भनाइ छ।
Facebook Comment