बालेन प्रधानमन्त्री भएपछि सार्वजनिकरूपमै उत्पीडित समुदायसँग क्षमायाचना गर्नुहुन्छ : सांसद सुरेन्द्र चौधरी
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं सांसद सुरेन्द्र चौधरीले प्रधानमन्त्री बनेपछि वरिष्ठ नेता बालेन शाहले सार्वजनिकरूपमा माफी माग्ने बताएका छन्। एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले बालेनले प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रको नाममा सम्बोधन गर्दै क्षमायाचना गर्ने दाबी गरे।
‘यो देशमा सबैभन्दा बढी उत्पीडित समुदाय हुन् दलित। उनीहरुलाई सयौं वर्षदेखि उत्पीडनमा राखियो। उनीहरुमाथि मानवीय शोषण गरियो। विगतका प्रधानमन्त्रीले के गरे त्यता हामी जाँदैनौं। हाम्रा प्रधानमन्त्रीले पहिलो दिनमा राष्ट्रको नाममा सम्बोधन गर्दा त्यो समुदायलाई राष्ट्र र सरकारको तर्फबाट क्षमायाचना गर्नुहुन्छ। नेशन बिल्डिङको प्रसोस त्यहाँबाट सुरू हुन्छ,’ उनले भने।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक आयोगहरूको कानुन संशोधन गरिने बताए। ‘संवैधानिक आयोगहरूलाई प्रभावकारी बनाउन के कुरा छेकेको छ, त्यो सबै यो सरकारले संशोधन गर्छ,’ उनले भने। उनले दुई तिहाइ पुर्याएर संविधा संशोधन पनि गरिने बताए। सांसद चौधरीले प्रत्यक्ष कार्यकारीलगायत सवालमा अन्य दलसँग सहमति कायम गरेर अघि बढ्ने बताए। उपसभामुख लिने पार्टीसँग सत्ता सहकार्य हुनसक्ने उनले खुलाए।
Facebook Comment