लखा चौधरी/धनगढी।
थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलाली–कञ्चनपुर संयोजक प्रभातकुमार चौधरीले धनगढी उपमहानगरपालिकाको मेयर पदको लागि उम्मेदवारी दाबी गरेका छन्। थरुहट भूगोलको विकासको लागि थारु समुदायको नेतृत्व अपरिहार्य रहेको र पार्टीभित्र पनि लामो समयदेखि क्रियाशिल रहि योगदान दिएको बताउँदै उनले नेपाली कांग्रेसबाट मेयर पदको लागि उम्मेदवारी दाबी गरेका हुन्। Continue reading “धनगढी उपमहानगरको मेयरमा थरुहट संयोजकको दाबी”
Author: admin
गोचाली परिवारको ४६औं दिवस : पहिचानको लागि भाषिक वकासमा जोड दिने
मानबहादुर चौधरी
बर्दिया (जयपुर)- थारू भाषा तथा साहित्य उत्थान मञ्च नेपाल (गोचाली परिवार २०२८)को ४६ औं दिवसको अवसरमा २०७४ वैशाख १ गते आयोजित ‘थारू भाषामा शब्द प्रयोग र साहित्य लेखन’ बखेरीले राज्यः पुनसंरचनामा पहिचानको मुद्दा एउटा बलियो सबाल भएकाले र भाषा पहिचानको एक दरिलो आधार भएको कारण भाषिक विकासको लागि काम गर्नेसहित चार ओटा बुँदामा सहमति भई घोषणा पत्र जारी गरेको छ।
अन्य बुँदामा मातृभाषा राष्ट्रभाषा र प्रादेशिक भाषा बन्ने संवैधानिक ब्यवस्था पनि रहेको कारण थारू भाषाको लेख्य मानकताको अभ्यासलाई बलियो बनाउनमा ध्यान दिने। थारू भाषाको मानकता बनाउने सवालमा मौलिक शब्दलाई जस्तो बोलिन्छ त्यसरी लेख्ने, साथै आगन्तुक र साझा शब्दलाई पनि जसरी प्रयोग गरिन्छ त्यसरी नै प्रयोग गर्ने। लेख्दै आएको नाम, थर, ठेगानालाई जस्ताको तस्तै लेख्ने। थारु भाषालाई धनी बनाउनको लागि लोक साहित्यमा रहेको मौलिक शब्द शैलीलाई समात्दै समसामयीक सुधार गर्दै भोषिक सरलतातिर जाने रहेको छ।
साहित्यकार सुशील चौधरीले सहजिकरण गरेको ‘थारू भाषामा शब्द प्रयोग र साहित्य लेखन’ बखेरीमा बरिष्ठ साहित्यका सन्तराम धारकटुवा थारुले आधार पत्र प्रस्तुत गरेका थिए। विषय बस्तुमा गजलकार छविलाल कोपिला, लोक साहित्यकार जग्गुप्रसाद चौधरी, अख्यानकार नरेशलाल थारुले आफ्ना कुरा राखेका थिए।
त्यसैगरी बखेरीमा खुल्ला छलफलमा सहभागिहरुले आफ्ना विचार राखेका थिए। यसरी भएको बसबाट थारु भाषाको मानकताको लागि अगाडी बढ्न सजिलोको लागि सहमती भएको बुँदालाई सार्वजनिक गरिएको हो।
मानकताको लागि सबै थारु भाषिकालाई आधार बनाउन जोड
कार्यक्रममा सहभागिहरुले थारू भाषाको मानकता अपरिहार्य भइसकेको भएपनि होचुवाको भरमा कुनै निश्चित भोगोलिक रुपमा बोलिने थारू भाषिकालाई मात्र बोकेर अगाडी जान नहुनेमा जोड दिएका थिए। नेपालको विभिन्न जिल्ला साथै त्यसभित्र पनि क्षेत्र र निश्चत दूरीमा रहेको गाउँमा पनि थारू भाषाको लवजमा भिन्नता रहेकोले सबै भाषिकाको अस्तित्व स्वीकार गरी त्यसको संरक्षण गर्न सक्ने गरी मानकताको लागि आधार तयार गर्नुपर्ने पनि सहभागिहरुले जोड दिएका थिए।
मानकतामा लिपिको आधार प्रष्ट हुनुपर्ने
थारु भाषा मानकताको लागि सबैभन्दा पहिले कुन लिपिलाई आधार बनाउने भन्नेबारे प्रस्ट हुनुपर्ने सहभागीले बताएका थिए। थारु भाषा लेखनमा अहिलेसम्म देवनागरी लिपिलाई प्रयोग भइरहेको अवस्थामा आगँतुक शब्द जस्ताको तस्तै लेखी मुल शब्द बचाई राख्न ब्यन्जन वर्णको ट, ठ, ड, ढ प्रयोग गर्न पनि छलफल भयो। यसैगरी भाषा संरक्षण र बिकासको लागि अक्षर कम गराउन नहुने र अक्षर कम भएको अवस्थामा भाषा कम्जोर हुँदैजाने भएकोले त्यस तर्फ पनि ध्यान दिएर अगाडी बढ्न पर्ने विषयमा छलफल भएको थियो।
छलफलसँगै प्रयोगमा ल्याउने
थारु साहित्यकार र बुद्धिजिबीहरुले थारु भाषाको मानकताको विषयमा भइरहेको निरन्तर छलफल र बहसले सकारात्मक बाटो लिएकोमा खुसी ब्यक्त गरे। यसैगरी छलफललाई विषयगत बौद्धिकताको स्तरमा छलफल गरी सहमती भएका विषयलाई पैयोग गर्दै र विमतीका विषयलाई थप छलफल गर्दै जान पर्ने कुरा राखे। साथै यसका लागि जिम्मेवार ब्यक्ति, निकाय र सरोकारवालाहरुले योजनाबद्ध रुपमा अघि सर्न आग्रह गरे।
थारु साहित्यकार र कलाकर्मीलाई सम्मान
सो अवसरमा चार जना थारु साहित्यकार र कलाकर्मीलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा थारु सहित्यकार सन्तराम धारकटुवा थारु, साहित्यकार कबिरा थारु, गायीका तथा कलाकर्मी सुमित्रा चौधरी र नाटककार धनिराम थारु रहेको छन्। प्रमुख अतिथि पूर्वराज्य मन्त्री बिष्णुप्रसाद चौधरीले सम्मान पत्र प्रदान गरेका थिए। स्रष्टाहरुलाई थारु भाषा तथा साहित्य उत्थान मञ्च (गोचाली परिवार २०२८), कर्मशील नेपाल, थारु पत्रकार संघ शाखा बर्दियाले सम्मानित गरेको हो।
प्रवासी थारु समाज युएईलाई थाकसको मान्यता, अध्यक्षमा पुनः किशोर चौधरी चयन
प्रवासी थारु समाज युएईको अध्यक्षमा दाङ निवासी किशोर चौधरी पुनः चयन भएका छन् । नयाँ वर्षको अवसरमा भएको भेलाले चौधरी नेतृत्वमा ४२ सदस्यीय कार्यसमिति गठन भएको छ । तराईको २२ जिल्लाबाटै थारु प्रतिनिधिहरु उपस्थित भएको भेलाको प्रमुख सल्लाहकारमा सप्तरीका रामभुवन चौधरी चयन भए । भेलाले नयाँ कमिटी गठन गर्नुको साथै नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान र बनभोज कार्यक्रम सम्पन्न गरेको महासचिव मान महतोले जानकारी दिए । Continue reading “प्रवासी थारु समाज युएईलाई थाकसको मान्यता, अध्यक्षमा पुनः किशोर चौधरी चयन”
टीकापुर घटनामा आधारित रेशम चौधरीको किताब आउँदै
प्रहरीले टीकापुर घटनाका मुख्य अभियुक्त बनाइएका रेशम चौधरीले किताब प्रकाशन गर्ने भएका छन् । ‘टीकापुर घटना : एक संयोग’ नाम दिइएको किताब थरुहट आन्दोलन र टीकापुर घटनामा आधारित रहेको बताइएको छ । लेखक चौधरीले निर्वासन रहेका बेला किताब तयार पारेका थिए । उनले टीकापुर घटनाको उचित छानबिन नभएसम्म यो सबैका लागि रहस्यमय नै हुने उल्लेख गरेका छन् । ‘यो सानो घटना भने हुँदै होइन। अक्सर सबैले भन्छन् यो सुनयोजित हो तर मलाई भने लाग्दैन, कहिलेकाहीँ त म अचम्म परेर एकोहोरो सोचिरहन्छु, यो घटनालाई त हामीले पो सुनयोजित भन्नुपर्ने हो तर थारुको छोरा त्यत्रो झुटको पोको आफ्नो थाप्लोमा बोकिरहन सक्दैन,’ उनले भनेका छन् । Continue reading “टीकापुर घटनामा आधारित रेशम चौधरीको किताब आउँदै”
यी हुन् धनगढी उपमहानगरमा माओवादीको थारु उम्मेदवार
निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा (माओवादी केन्द्र)ले कैलाली जिल्लाका केही स्थानीय तहमा प्रमुख तथा उपप्रमुखमा दलका तर्फबाट उठाइने उम्मेदवारको टुङ्गो लगाएको छ । सोअनुसारस धनगढी उपमहानगरपालिका प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्ति अधिकारी क्षत्री, गोदावरी नगरपालिका प्रमुखमा गोकर्ण भट्ट र भजनी त्रिशक्ति नगरपालिका प्रमुखमा शेरबहादुर थारुलाई उठाउने निधो भएको माओवादी केन्द्र कैलालीका इन्चार्ज हरि चौधरीले बताए । Continue reading “यी हुन् धनगढी उपमहानगरमा माओवादीको थारु उम्मेदवार”
न्यायाधीश खुशीप्रसाद थारु सम्मानित
जनकपुर उच्च अदालतका माननीय न्यायाधीश खुशीप्रसाद थारुलाई गृह जिल्ला कैलालीमा सम्मान बधाई तथा सम्मान गरिएको छ। थारु नागरिक समाज कैलालीको समन्वयमा चौधरीलाई धनगढीमा सम्मान गरिएको हो। Continue reading “न्यायाधीश खुशीप्रसाद थारु सम्मानित”
नेपाल टेलिभिजनको वार्षिकोत्सवमा चम्पन साँस्कृतिक समूहको बेजोड प्रस्तुती
थारु कला, संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै आएको चम्पन साँस्कृतिक समूहले नेपाल टेलिभिजनको ३२औं वार्षिकोत्सवमा आफ्नो प्रस्तुती देखाएको छ। थारु संस्कृति प्रवर्द्धन गर्दै आएको समूहका कलाकारहरुले वार्षिकोत्सवमा थारु नृत्य प्रस्तुत गरेका थिए। Continue reading “नेपाल टेलिभिजनको वार्षिकोत्सवमा चम्पन साँस्कृतिक समूहको बेजोड प्रस्तुती”
‘ए बाबा मोर लाग जन्नी खोज दे’
थारु भाषाको ‘ए बाबा मोर लाग जन्नी खोज दे (बुवा मेरो लागि श्रीमती खोजी दिनुहोस)’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। बिहीबार धनगढीमा सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठानद्वारा आयोजित एक समारोहमा उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो। साहित्यकार डा. पुष्करराज भट्टले म्युजिक भिडियो सार्वजनिक गरे। Continue reading “‘ए बाबा मोर लाग जन्नी खोज दे’”
थारु पात्रोके शुरुवात अाे चाडपर्वके तिथिमिति
दिल बहादुर थारु।
लम्मा समयसे समाजमे चलरहल चालचलन, रीतिथिति, बोली, भाषा, लवाई, खवाई, चाडपर्व, भोजबिबाह, उठबसके तौरतरीका, नाचगान आदिहे संस्कृति कहठैं। समाजसे लम्मा समयसे अपनागिल तौरतरीकाके परिणाम नै संस्कृतिके बर्तमान रुप हो। अर्थात संस्कृति मनहे शान्ति देहेक लग ब्यक्ति ओ समाजसे अपनागिल एक पद्धति हो। पुर्खनके बिरासतहो, सहिदान हो, सहचिन हो, सम्पत्ति हो। Continue reading “थारु पात्रोके शुरुवात अाे चाडपर्वके तिथिमिति”
थारु साहित्यक बहस्
सोम डेमनडौरा।
थारु साहित्यम यि ब्याला बहस् हुइ भिरल् बा। कौनो फे चिज या बिषयक बारेम बहस्, चिन्तन, समिक्षा या समालोचना हुइना कलक वाकर विकासक मजा प्रारुप लेना हो। अर्थात, कहिकि विकासात्मक परिबर्तन हुइटा। बिश्वहँ खास्याकल् अंग्रेजी भासा ओ साहित्यम आभिनटक बहस् चल्टि बा। कलसे हम्र ट बहुट छुटिमुटि अंस हुइटि। हमारम ट झन् जट्रा बहस् कर पर्ना हो, पुगल नि हो कलसे फे फरक निपरी। आभिन् खन्गर से कना हो कलसे, भाषिक बहस् कुछ हडसम् शुरु हुइल से फे साहित्यिक बहस् ट आभिन् घस्कुर्या कर्टि बा। Continue reading “थारु साहित्यक बहस्”