दुई विभागीय टिम त्रिभुवन आर्मी र नेपाल एपीएफ क्लब तेस्रो आरबीबी–एनभीए महिला तथा पुरुष क्लब लिग भलिबलमा च्याम्पियन भएका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार पुरुषको फाइनलमा आर्मीले अपराजित टिम नेपाल पुलिस क्लबलाई २५–१८, २५–१६, २७–२५ को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । Continue reading “आर्मी र एपीएफ च्याम्पियन, सरस्वती चौधरी उत्कृष्ट खेलाडी”
Author: admin
सहमतिमा गरिएको शारीरिक सम्बन्धबाट बच्चा जन्मिए स्वतः विवाह
महिलासँग सहमतिमा शारीरिक सम्बन्ध राख्ने र गर्भधारण भएमा अस्वीकार गर्ने अनि महिला बाध्य भएर नाता कायम गर्न अदालत धाउनुपर्ने अवस्था अन्त्य हुने भएको छ। मुलुकी ऐनको नयाँ व्यवस्थाले यसको समाधान गर्ने प्रावधान राखेको हो। Continue reading “सहमतिमा गरिएको शारीरिक सम्बन्धबाट बच्चा जन्मिए स्वतः विवाह”
राजेन्द्र महतोसँगको एकतालाई लेखीले भने- ‘थारु मधेसीको आत्मिय मिलन’
राजकुमार लेखीले नेतृत्व गरेको नागरिक समाजवादी पार्टी १३ महिनापछि राजेन्द्र महतो नेतृत्वको सद्भाहवना पार्टीसँग एकीकरण हुने भएको छ। राष्ट्रिय दलको मान्यता पाउन तीन प्रतिशत थ्रेस होल्डसहित प्रत्यक्षमा एक जना जित्नैपर्ने नीति लागू भएपछि लेखी नेतृत्वको पार्टी एकीकरणमा जान बाध्य भएको हो। Continue reading “राजेन्द्र महतोसँगको एकतालाई लेखीले भने- ‘थारु मधेसीको आत्मिय मिलन’”
राजकुमार लेखीले राजेन्द्र महतोसँग पार्टी एकीकरण गर्दै
राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीबीच पार्टी एकता हुने भएको छ। सद्भावना पर्टीका सांसद एवं नेता लक्ष्मलाल कर्णले मंगलबार एक समारोहकाबीच पार्टी एकीकरणको घोषणा हुने जानकारी दिए। Continue reading “राजकुमार लेखीले राजेन्द्र महतोसँग पार्टी एकीकरण गर्दै”
पाँचदिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी भारत प्रस्थान
राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमणका लागि दिल्ली प्रस्थान गरेकी छन्।राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति भण्डारी पहिलोपटक विदेश भ्रमणमा निस्केकी हुन्।
राष्ट्रपति भण्डारीलाई विदाई गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तिमगरलगायत मन्त्रीहरु उपस्थित थिए। सरकार दुई उपप्रधानमन्त्री कमल थापा र विमलेन्द्र निधि भने अनुपस्थित थिए।
भण्डारीको राजकीय भ्रणण ३३ सदस्य रहेको छ। टोलीमा परराष्ट्रमन्त्री, सचिव, राष्ट्रपति कार्यालयका सचिव, सुरक्षाकर्मी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिवलगायत छन्।
राष्ट्रपति भण्डारीको भारतीय समकक्षी प्रणव मुखर्जीका साथै भारतीय उपराष्ट्रपति मोहम्मद हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीसहित शीर्ष नेतासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा भारत भ्रमणमा निस्केकी राष्ट्रपति भण्डारी शुक्रबार स्वदेश फर्कनेछिन्।
यस्तो छ कार्यक्रम
सोमबार राष्ट्रपति भण्डारी नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछिन्। उनलाई मंगलबार भारतीय राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ द्वारा सम्मान गर्ने कार्यक्रम छ।
सोही दिन भण्डारीले भारतीय समकक्षी मुखर्जीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि उनले महात्मा गान्धीको समाधिस्थल राजघाट जाने र यमुना बायोडाइर्भसिटी पार्क अवलोकन गर्नेछिन्।
त्यस्तै, भारतीय उपराष्ट्रपति अन्सारी, प्रधानमन्त्री मोदी र अन्य भारतीय मन्त्रीहरूले उनीसँग शिष्टाचार भेट गर्नेछन्। राष्ट्रपति गुजरात र उडिसा पनि जाने कार्यक्रम छ।
चुनाव बहिस्कार गरेर मधेसी मोर्चाले गल्ती गर्दैछ : गच्छदार
नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले स्थानीय निर्वाचनको विरोध गरेर मधेसवादी दलहरुले गल्ती गरिरहेको वताएका छन् । राजनीतिक स्थिरताका लागि संविधान कार्यान्वयन अपरिहार्य रहेको भन्दै उनले स्थानीय निर्वाचन सवैले उपयोग गर्न आवश्य रहेको वताए । Continue reading “चुनाव बहिस्कार गरेर मधेसी मोर्चाले गल्ती गर्दैछ : गच्छदार”
स्वतन्त्र मधेस अभियान चलाएका सीके राउतलाई राज्य विप्लव मुद्दा
स्वतन्त्र मधेस अभियान चलाएका डा.सीके राउतलाई राज्य बिरुद्धको संगठित अपराध (राज्यबिप्लव) मुद्दामा अनुसन्धान थालिएको छ । उनलाई आइतबार रुपन्देहीको जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराएर बयान लिने काम भइरहेको छ । Continue reading “स्वतन्त्र मधेस अभियान चलाएका सीके राउतलाई राज्य विप्लव मुद्दा”
संघीय गठबन्धनद्वारा आमहड्तालसहितको आन्दोलन घोषणा, १५ गते थरुहट बन्द
मधेसी मोर्चा आबद्ध संघीय गठबन्धनले नेपाल बन्दसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। नयाँ संविधान संशोधन विधेयकको विराध गर्दै गठबन्धनले वैशाख ५ गतेदेखि ३१ गतेसम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको हो। Continue reading “संघीय गठबन्धनद्वारा आमहड्तालसहितको आन्दोलन घोषणा, १५ गते थरुहट बन्द”
लावा साल ठन्से लावा काम
सागर कुश्मी/धनगढी ।
हजारौं रहर बोक्के नेंगटुँ इ देशमे, सपनक् सहर बोक्के नेंगटुँ इ देशमे, यदि भेटैम् कलेसे बुद्धहे जरुर कहम्, शान्तिके खबर कोक्के नेंगटुँ इ देशमे, प्रस्तुत इ गजल के अंश चर्चित युबा गजलकार सागर कुश्मी के हो। इ गजल सुनके धनगढीक् चकमेली व्यापरीन् डौरटी सुने आइल रहिंट। बिहान ७ बजेक् समय रहे।
धनगढी चकमेली बजारके नमस्ते कम्प्युटर शिक्षालयके आघे अपन आढा दर्जन गजल, कबिता, ओ मुक्तक से चकमेली बजार साहित्यमय बनल रहे। नयाँ बर्सके सुरवात संगे अपन भासा साहित्यके उजागर करक् लाग इ अभियानके सुरवात कैगैल हो।
ओस्टके युबा गजलकार सुगम चौधरी सक्कु स्रोटा लोगन नयाँ बरसक् सुभकामना डेटि गुलाब फुलक् झुलल् डहिया मजा, रुख्वा बरिख्वक् सिट्टर जुर छँहिया मजा, कटौटिहा लहँगा ओ फुन्नाहा चाल्यामे सजल, ढानीक् सुग्घर सोहावन बहिँया मजा, मना मुक्तक सुनैलाँ बरा चौकस लगैले रहिंट।
गजलकार सागर कुश्मी कहलाँ बरसों दिनसे लिख्टि आइल रचना सुनैना स्रोटा नै पाके डायरीमे किल सिमित रहे। मने लावा सालके सुरवात संगे बिहन्नी बिहन्नी मोर्निङ वाक कर्टि रहल मनैनहे बलाके अपन इच्छा पुरा कैलुँ। सुरुमे टे कोइ नै आइक् मन करलैं। मने जब गजल के बौछार चले लागल टब सारा मनैं गुरगुरहिक् गजल सुनै आइल रहिंट।
युबा गजलकार सुगम चौधरी कहलाँ आब गजल सुनाइक् लाग कहुँ जाइक् नै परि, दु चार जाने संगे मोर्निङ वाक कैना अपन अपन रचना सुनैना। समय फेन बचत हुइना हो रचना फेन सुनाइ मिल्जैना इ सबसे बहि्रया समय हो।
डगरिम् नेंगटि नेंगटि गजल सुने आपुगल ठाकुरप्रसाद करियाप्रधान कहलाँ आब इ श्रृंखलाहे नियमित करे पर्ना प्रगतिशिल रचना लिखे पर्ना बटैलाँ। उहाँ आघे ठप्लाँ अइना दिनमे और ढेर स्रस्टनहे सहभागी कराइ पर्नामे जोर डेटि ओकर लाग अपन व्यक्तिगत ओ नमस्ते कम्प्युटर शिक्षालय नियमित प्रायोजन कैना फेन बटैलाँ।
अइना दिनमे इ श्रृंखलाहे प्रत्येक महिनक् पहिल सनिच्चरके धनगढीक् चकमेली बजारमे कैना निर्णय हुइल बा कलेसे इ पहिल श्रृंखलामे चियापानके व्यवस्थापन हरचाली साहित्यिक त्रैमासिक पत्रिका कैले रहे।
थारु महिलाले मनाए सिरुवा र जुड सितल
थारु महिला उत्थान समाज रामधुनीले थारु पर्व सिरुवा र जुड सितल मनाएका छन्। पूर्वी तराईमा धार्मिक आस्थाले मनाउँदै आएको पौराणिक संस्कार संरक्षणका लागि समाजले जुड सितल मनाएको हो।
उत्थान समाजकी अध्यक्ष सीता चौधरीको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित अतिथीहरुले ठूलालाई खुट्टामा जल चढाई ढोग र सानालाई जलले टाउकोमा थप्थपाई आर्शीवाद दिई एक आपसमा जुड सितल मनाउने चलन रहेको बताए।
जुड सितलमा बिहानै आफूभन्दा ठूलो र जेष्ठ नागरिकबाट एका बिहानै पानि छ्यापेर वैशाखको सूर्यको किरणबाट मनमष्तिकमा हुनसक्ने असन्तुलनलाई रोक्ने र वर्षैभरि मस्ष्तिक सितल रहने विश्वासका साथ यो पर्व मनाउने गरेको सहभागीहरुले बताए।
कार्यक्रममा थारु महिला सभा सुनसरीका अध्यक्ष सुशिला चौधरी, थाकसमा केन्द्रीय सल्लाहकार रामराज चौधरी, समाजसेबी जयप्रकाश चौधरी, थाकस सुनसरीका सचिव मनोज चौधरी, थाकस रामधुनीका अध्यक्ष राजकुमार चौधरी, फोनिज सुनसरीका अध्यक्ष धीरेन्द्र चौधरी, थारु पत्रकार संघ सुनसरीका अध्यक्ष कुलदिप चौधरी, ममता चौधरी, आशा चौधरीलगायतले सिरुवा पर्व र जुड सितलको महत्वबारे चर्चा गरेका थिए।