गजल अभियान दाङले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी गजलकार छविलाल कोपिला र संगीतकार सन्तोष श्रेष्ठलाई सम्मान गरिएको छ। गजलकार कोपिलालाई ठाकुरप्रसाद लामिछाने गजल लेखन पुरस्कार र संगीतकार श्रेष्ठलाई पानसरी मनबीर गजल संगीत पुरस्कारबाट सम्मान गरिएको हो। कार्यक्रम गजल अभियान दाङका संयोजक प्रबल विष्टको अध्यक्षता एवम् राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। Continue reading “गजल अभियानद्वारा कोपिला र श्रेष्ठ सम्मानित”
Author: admin
पाँच नम्बर प्रदेशको सीमांकन यथावत राखेर संविधान संशोधनको तयारी
सरकारले पेस गरेको संविधान संशोधनका प्रस्तावित बुँदामध्य सीमांकनको विषयलाई छाडेर अन्य विषय पारित गर्ने तयारी सुरु भएको छ। स्थानीय तह निर्वाचनको वातावरण बनाउन भन्दै सत्तारूढ दल माओवादी केन्द्र, कांग्रेस तथा प्रमुख प्रतिपक्षी एमालेका शीर्ष नेता बीचमा यसबारे छलफल भइरहेको छ । Continue reading “पाँच नम्बर प्रदेशको सीमांकन यथावत राखेर संविधान संशोधनको तयारी”
होलिका दहन गरेर राजधानीबासी थारुले मनाए होली
राजधानीमा बस्ने थारुहरु फागु पुर्णिमाको अवसरमा होलिका दहन गरेका छन्। राजधानीको कीर्तिपुरमा ‘कला संस्कार रंगिन होली मनाई, अपन पुर्ख्यौली थारु पहिचान संस्कृती बचाई’ नारा दिएर बर्दियाली थारु विकास मञ्च, चम्पन साँस्कृतिक समूह, निसराउ बचत समूहलगायतको पहलमा होलिका दहन गरिएको हो। Continue reading “होलिका दहन गरेर राजधानीबासी थारुले मनाए होली”
पश्चिम थारू समुदायमा ‘ढुरहेरी’
लखन चौधरी।
पृष्ठभूमी– अन्य समुदाय जस्तै आदिवासी थारू समुदायमा पनि होली अर्थात ढुरहेरी÷होरी पर्वको आफ्नै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्ष रहेको छ । हिन्दु धर्मको विभिन्न पुराणमा उल्लेख भएको कथाअनुसार असत्य तथा अत्याचारमाथि सत्य र इमान्दारिताको जीतको प्रतीकको रुपमा यस पर्वलाई लिइन्छ । विशेषगरी भगवान विष्णुको भक्त (शिष्य) प्रल्हाद आफ्नो बुवा हिरण्यकश्यपको घमण्डमाथि विजय प्राप्त गरेको प्रसंग तथा प्रल्हादकी फुपु होलिकाले भगवान ब्रम्हाबाट आगोबाट नजल्ने पाएको वरदानको गलत प्रयोग गरेको कारण होलिका आगोमा जली नष्ट भएको र प्रल्हाद चाँही सकुसल निस्किएको घटनाबाटै होली पर्वको प्रर्दुभाव भएको हो । थारू समुदाय पनि हिन्दु धर्मको अनुयायी भएको कारण यो समुदायमा पनि विजयको उत्सवको रुपमा होली पर्व मनाइन्दै आइएको छ । यद्यपी यो समुदायमा होली अर्थात ढुरहेरी मनाउँने आफ्नै तौरतरिका रहदै आएको छ । Continue reading “पश्चिम थारू समुदायमा ‘ढुरहेरी’”
फगुवा महोत्सवबाट थरुहट आन्दोलनका घाइतेलाई सहयोग गरिने
कारी महतो/चितवन।
चितवनको सौराहामा थारु साँस्कृतिक संग्रहालय बछौली र प्याराडाइज युवा क्लबको संयुक्त आयोजनामा भएको पहिलो फगुवा साँस्कृतिक महोत्सवबाट थरुहट आन्दोलनका घाइतेलाई आर्थिक सहयोग गरिएको छ । २०६५ सालमा थारुलाई मधेशीमा सुचिकृत गरिएको विरोधमा भएको आन्दोलनमा सुरक्षाकर्मीको गोली लागी घाइते हुँदा सन्जित चौधरीको हालसम्म अपाङ्गकै अवस्थामा रहेकाले उनलाई फगुवा महोत्सवले नगद रु १२ हजार गरेको छ । घाइते सन्जित चौधरीको पाँच धुर घडेरीमा एउटा सानो झुप्रो रहेको र बस्ने खाने समेत समस्या भएकोले इच्छुक व्यक्ति तथा संघसंस्थाहरुलाई समेत सहयोग गरिदिनका लागि आह्वान गरिएको छ । Continue reading “फगुवा महोत्सवबाट थरुहट आन्दोलनका घाइतेलाई सहयोग गरिने”
ढुँरहेरी (लघु कथा)
शेखर दहित
लालभैल सेंम्रक ढोँटा फुल गैल रह । चाक्कर ढर्टीम चारुवर फट्वाँ रब्बी बालीसे हरेर विल्गाए । गहुँक वाला फगुन्या वयालसे हिल्टी सुवाहन । कुल्यक ढिक्व ढिक्व अरहरके हडर फुलम भौरा,मढरी उरट विल्गट । उ साल आमम फे और छन्डिक मौर लागल रह । ढिर ढिर घाम फे बहर्टि रह । Continue reading “ढुँरहेरी (लघु कथा)”
मलाई होलीको उपहार के दिन्छौं ?
मुना चौधरी
तिमीलाई सम्झिन मलाई बिलकुल एकान्त चाहिन्छ । जब म सुत्दछु र मेरो मिठो निद्रालाई झन सिंगारि दिन्छ । रातिको निरवमय वातावरणलाई सुमधुर कल्पनाहरू बोक्न आहवान गर्दछ । Continue reading “मलाई होलीको उपहार के दिन्छौं ?”
विजय गच्छदार सरकारमा किन गएनन् ?
सरकारमा आउन प्रधानमन्त्री पुष्ककमल दाहालको अनुरोधलाई अन्तिम समयमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले अस्वीकार गरेका छन्। प्रधानमन्त्रीले गच्छदारलाई बिहीबारै राप्रपा नेपालका अध्यक्ष कमल थापासँगसँगै उपप्रधानमन्त्रीको शपथ खुवाउन चाहेका थिए। प्रधानमन्त्रीले बुधबार दिउँसो गच्छदारलाई प्रधानमन्त्री निवास, बालुवाटार बोलाएर छलफल पनि गरेका थिए। Continue reading “विजय गच्छदार सरकारमा किन गएनन् ?”
सप्तरी घटनाको विरोधमा थारु विद्यार्थीद्वारा दीप प्रज्जवलन गरेर प्रदर्शन
प्रहरी प्रशासनले सप्तरीमा चार जनाको गोली हानी हत्या गरेको विरोधमा थारु विद्यार्थी समाजले दीप प्रज्जवलन गरेको छ। मृतकहरुको मृतआत्माको शान्तिको कामना गर्दै माइतीघर मन्डलामा दीप प्रज्जवलन गरेको हो। सहभागीहरुले क्यान्डल बालेर शान्तिको कामना गर्दै प्रहरी ज्यादतीको विरोध गरेका थिए। Continue reading “सप्तरी घटनाको विरोधमा थारु विद्यार्थीद्वारा दीप प्रज्जवलन गरेर प्रदर्शन”
प्रहरीले चार जना मारेको विरोधमा राजधानीसहित देशब्यापी प्रदर्शन
सप्तरीको राजविराजमा सशस्त्र प्रहरीले चार जनालाई गोलिहानी हत्या र दर्जनौंलाई गम्भीर घाइते बनाएको घटनाविरुद्व देशभर विरोध प्रदर्शन भएको छ । संघीय गठबन्धनको आह्वानमा घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै राजधानी काठमाडौंसहित बिहीबार मुलुकभर विरोध प्रदर्शन भएको हो । Continue reading “प्रहरीले चार जना मारेको विरोधमा राजधानीसहित देशब्यापी प्रदर्शन”