कोमल ओलीसँग सांसद डिल्ली चौधरीको नृत्य

गायिका कोमल वलीको गीतमा थारु सांसद र थारु युवायुवती छमछमती नाचेका छन्। शनिबार तुलसीपुर ४ मोतिपुरमा भुह्याँर थान उद्घाटन तथा माघी मिलन थारु सांस्कृतिक कार्यक्रममा वलीले गीत गाउँदा त्यहाँ उपस्थित नेपाली कांग्रेसका सांसद डिल्लीबहादुर चौधरी र थारु युवायुवती छमछमती नाचे। Continue reading “कोमल ओलीसँग सांसद डिल्ली चौधरीको नृत्य”

थारु सम्वतको वास्तविकता [विचार]

कनैलाल चौधरी।
पहिचान र राष्ट्रियतासँगै नेपाली समाज ठूलो संक्रमनको भूमरिमा फस्दै गइरहेको छ। प्रष्ट सैद्धान्तिक आधारको अभावमा एकले अर्कालाई दोष लगाउने, एकले अर्काको पहिचानलाई शंकाको दृष्टिकोणले हेर्ने जस्ता सामाजिक तथा साँस्कृतिक विचलनहरु छरप्रष्ट अभिव्यक्त भेैरहेका छन्। नेपालको संविधान २०७२ लागू भएदेखि नेपाल एउटा धर्म निरपेक्षता भएको देशको रुपमा स्थापित भएको छ भने अर्कोतर्फ एउटा यस्तो प्रदुर्भाव हुनपुगेको छ, जसले धर्मनिरपेक्ष र संघीयता अर्राष्ट्रिय तरव हो। यसले सामाजिक विखण्डन ल्याउँछ र अन्तत नेपालकै अस्तित्व धरापमा पर्छ भन्ने आँकलन गर्दैछन्। Continue reading “थारु सम्वतको वास्तविकता [विचार]”

सांसद दहितको प्रश्न- देशको नदीनाला बेच्नेहरु कसरी राष्ट्रवादी?

जितनारायण थनेत/नवलपरासी।

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद डा. गोपाल दहितले आदिवासी थारु, मधेसी, मुस्लिमलाई जातिवादी र बिखण्डनकारी देख्ने शासक र नेपाली मिडियाको दृष्टि फेरिनुपर्ने बताएका छन्। थारु कल्याणकारीणी सभा निकट थारु उत्थान मजदुर संगठनद्वारा आयोजित माघी साँस्कृतिक कार्यक्रम तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले भने, ‘देशका नदीनाला भारतलाई बेच्नेहरुचाहिँ राष्ट्रवादी हुने तर यहाँका अधिकारविहीन थारु, मगर, गुरुङलगायतकाले अधिकार र पहिचान माग्दा बिखण्डनकारी देख्ने दृष्टि नै बिखण्डनकारी दृष्टि हो।’

उनले माघीलाई सम्पूर्ण थारुले मुक्ति दिवसका रुपमा मान्नुपर्ने बताए। भारतसँग लडेर सीमाना जोगाउने मधेसी, राष्ट्र निर्माणमा रगत पसिना बगाएका आदिवासी जनजाति कहिल्यै राष्ट्र विखण्डनकारी हुन नसक्ने तर्क उनको थियो।

nawalparasi-maghi-04कार्यक्रमको बिशिष्ट अतिथि नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान महासचिव आङकाजी शेर्पाले कैलाली घटनाको बास्तविक रहस्य सामाजिक सञ्जालमार्फत् खुलासा गर्दा शासक र सरकारले आफूलाई १६ दिन जेलमा राखेको आरोप लगाए।

थारुहरुकै पक्षमा वकालत गर्दा पत्रकारसँग झडप परेको र थारुकै आन्दोलनमा भएको कैलाली घटनामा थारुहरुलाई गलत आक्षेप लगाइ उनीहरुमाथि भएको अन्यायविरुद्ध सत्यता उजागर गर्दा जेल जानुपरेको उनको भनाई थियो।

उनले थारुहरुसँग आफ्नो घनिष्ठ र निकट सम्बन्ध रहेको बताए। पृथ्बीनारायण शाहले नेपाल सबै जातको फूलबारी भनेपनि सबै फूलहरुले फूल्ने अवसर नपाएको र सबै जातका फूलहरु समान ढंगले फूल्न पाउने अवसर पहिचानसहितको संघीयताले मात्र प्राप्त हुने शेर्पाको भनाई थियो।

nawalparasi-maghi-02थारु कल्याणकारीणी सभा नवलपरासीका अध्यक्ष गणेशमान महतो, आदिवासी जनजाति महासंघ नवलपरासीका उपाध्यक्ष रमिला भुजेल, तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य बिना थनेतलगायतले मन्तब्य दिएका थिए।

थारुहरुको पर्व माघीको अवसरमा उक्त साँस्कृतिक कार्यक्रम तथा खबरदारी सभा गरिएको थियो। कार्यक्रममा चितवनदेखि कैलालीसम्मका थारु कलाकारहरुको जमघट थियो। कलाकारहरुले थारुको मौलिक साँस्कृतिक झाँकी तथा नृत्यहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा मौलिक खाजा चिचर र माछा पनि राखिएको थियो।

nawalparasi-maghi-01देवचुली १ नवलपरासीस्थित नेपाल माबिको प्राङ्गणमा भएको माघी साँस्कृतिक तथा खबरदारी सभा थारु उत्थान मजदुर संगठन, चौधरी उद्योग ग्राम समितिका संयोजक इन्द्रबहादुर महतोको अध्यक्षतामा सम्पन्न भएको थियो।

विपक्षीको विरोधकाबीच संविधान संशोधन विधेयक टेबल

नेकपा एमालेसहितका विपक्षी दलहरुको विरोधका बीच व्यवस्थापिका संसदमका संविधान संशोधन विधेयक टेबलको प्रक्रिया सुरु भएको छ । सर्वोच्चका ओदशपछि संसदको आइतबारको बैठक सुचारु भएको थियो । लगतै निर्वाचनसम्वन्धी दुई विधेयक पेश भयो भने अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय भयो । Continue reading “विपक्षीको विरोधकाबीच संविधान संशोधन विधेयक टेबल”

अख्तियार प्रमुख लोकमान सिंह कार्की पदमुक्त

सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति नै बदर हुने ठहर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीको नियुक्ति नै बदर हुने ठहर गरेको हो । Continue reading “अख्तियार प्रमुख लोकमान सिंह कार्की पदमुक्त”

पदक विजेता खेलाडीलाई सेनाद्वारा पुरस्कार प्रदान

नेपाली सेनाले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका विजेता खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। सैनिक मुख्यालय जङ्गी अड्डामा आज साँझ आयोजित समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले खेलाडीलाई पुरस्कार प्रदान गरेका हुन्। Continue reading “पदक विजेता खेलाडीलाई सेनाद्वारा पुरस्कार प्रदान”

माघी महोत्सवमा सातौं राष्ट्रिय खेलकुदका पदक विजेतासहित थारु ब्यक्तित्वहरु सम्मानित हुने

थारु राष्ट्रिय माघी महोत्सवमा थारु ब्यक्तित्वहरु सम्मानित हुने भएका छन्। थारु विद्यार्थी समाजलगायत संघसंस्थाहरुद्वारा पुस २९ र माघ १ गते टुडिखेलमा आयोजना हुने महोत्सवमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याइरहेका ब्यक्तित्वहरु सम्मानित हुने आयोजकले जनाएको छ। Continue reading “माघी महोत्सवमा सातौं राष्ट्रिय खेलकुदका पदक विजेतासहित थारु ब्यक्तित्वहरु सम्मानित हुने”

एमाले आफैँ विखण्डनकारी पार्टी हो : ठाकुर

नागेन्द्र चौधरी, पुस।

तराई मधेस दलित उत्थान मन्च बाराको आयोजनामा भएको दलित सम्मेलन तथा सहभोज कार्यक्रमको तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले शनिबार कलैयामा उदघाटन गरेका छन्। समाजमा सदियौंदेखि विद्यमान छुवाछुत तथा भेदभावलाई निस्तेज गर्नका लागि आयोजना गरिएको सहभोज कार्यक्रमलाई सम्बोधन गरिँदै उनले भेदभाव तथा छुवाछुत जस्ता समाजिक विकृतिलाई जरैबाट हटाउने कुरामा जोड दिए। Continue reading “एमाले आफैँ विखण्डनकारी पार्टी हो : ठाकुर”

लालबहादुर चौधरीद्वारा शेरबहादुर देउवा, भीम रावल र लेखराज भट्टविरुद्ध उजुरी

नयाँ संविधानप्रति असहमति जनाउँदै तराई–मधेसमा गरिएको आन्दोलनक्रममा भएका मानवअधिकार हनन्लगायत घटना छानबिन गर्न गठित आयोगमा कैलाली टीकापुर– ९ का लालबहादुर चौधरीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरूविरुद्ध उजुरी दर्ता गराएका छन्। Continue reading “लालबहादुर चौधरीद्वारा शेरबहादुर देउवा, भीम रावल र लेखराज भट्टविरुद्ध उजुरी”

थारु निजामति कर्मचारीद्वारा माघी मिलन कार्यक्रम

राम दहित/धनगढी।

कैलाली जिल्लामा कार्र्यरत थारु निजामिति कर्मचारीद्वारा माघी मिलन कार्यक्रम तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । माघी मिलन तथा वनभोज कार्यक्रम प्रकृतिको सुन्दर एवं पर्यटकीय स्थल जाखोर ताल परिसरमा भएको हो । Continue reading “थारु निजामति कर्मचारीद्वारा माघी मिलन कार्यक्रम”