कारी महतो थारु/खैरहनी।
खिचरा महोत्सवको उत्कृष्ट प्रचारप्रसार तथा समाचार लेखन र प्रकाशनमा योगदान पुर्याउने दुई जना पत्रकारलाई हरेक वर्ष महोत्सवको उदघाटन सत्रमा सम्मान र पुरस्कृत गरिने खिचरा महोत्सव मूल आयोजक समितिले जनाएको छ । खैरहनी न.पा.– ५, गौचरन (जबकौली दुर्गामन्दिर) चौरमा २०७३ पुस २८ देखि माघ ५ सम्म चल्ने चौथो खिचरा महोत्सवको अन्तिम तयारी बारे जानकारी गराउनका लागि आज भएको पत्रकार सम्मेलनबाट उक्त कुरा उदघोष गरिएको हो । Continue reading “खिचरा महोत्सव अन्तिम तयारीमा, उत्कृष्ट दुई पत्रकार सम्मानित हुने”