थारु कल्याणकारिणी सभा युएईले थारुहरुको नयाँ वर्ष माघलाई भब्यरुपमा मनाएको छ। युएईको दुबईस्थित रेनट्री रोल्ला होटलमा गत पुस २७ गते आयोजित कार्यक्रममा दुई सयभन्दा बढी थारुहरु सहभागी थिए। कार्यक्रममा थारु झाकी विशेष आकर्षण बनेको थियो। प्रवासमा बसेपनि युएईका थारुहरुले कला, सँस्कृतिलाई जगेर्ना तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न विशेष भूमिका खेल्दै आएको छ। Continue reading “थाकस युएईद्वारा दुबईमा मनाइयो भब्य माघी कार्यक्रम”
Author: admin
यसकारण थारुहरु ‘माघ’ मनाउँछन्, माघी होइन
इन्दु थारु
माघ लहैली
सुरिक सिकार खैली रे हा
सखिय हो
माघक पिली गुरीगुरी जार ।
माघ पर्वमा थारु समुदाय यो गीतले गुञ्जयमान हुन्छ । यो गीत थारु फिल्म कमैयाको हो । सखिय हो, माघक पिली गुरीगुरी जार भन्ने शब्द परम्परादेखि चल्दै आएको थारु लोक भाका हो । थारुहरु नेपालमा कहिलेदेखि बसोबास गरे भन्ने कुरा कसैलाई थाहा नभएको कुरा लेखक डोरमणी विष्टले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । थारुहरुको आफ्नो कुनै लिखित इतिहास छैन । थारुहरुले मनाउने चाडपर्वका बारेमा पनि लिखत पाइँदैन । Continue reading “यसकारण थारुहरु ‘माघ’ मनाउँछन्, माघी होइन”
यस वर्षको राष्ट्रिय माघ (माघी) महोत्व चुच्चेपाटीमा हुने
थारु समुदाय यस वर्षको नयाँ वर्ष ‘थारु राष्ट्रिय माघी महोत्सव’ चाबहिलस्थित ह्यात होटलसँगै रहेको तारा गाउँ पार्कमा मनाउने भएका छन्।नेपाली सेनाले टुडिखेल मगर समुदायलाई दिएपछि आक्रोसित बनेको थारु समुदाय राष्ट्रिय चाड माघ (माघी)लाई यस वर्ष चुच्चेपाटीमा मनाउन लागिएको थारु कल्याणकारिणी सभाका उपमहामन्त्री मिनराज चौधरीले जानकारी दिए। Continue reading “यस वर्षको राष्ट्रिय माघ (माघी) महोत्व चुच्चेपाटीमा हुने”
थारु जाति र माघी पर्व
कमल चौधरी।
दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्टित मुलुक नेपाल जहाँ ब्राह्मण– क्षेत्री, मगर, गुरुङ्ग, राई, लिम्बु, थारु लगायत एक सय २५ जातजाति समुदायका मानिसहरु बसोबास गर्दछन् । उनीहरुको आ–आफ्नै किसिमको भेषभुषा रीतिरिवाज तथा धार्मिक परम्परा रहेको छ । आफ्नो छुट्टै अस्तित्व र संस्कृतिक पहिचान बोकेको यि जातिहरु मध्ये थारु जाति एक हुन् । Continue reading “थारु जाति र माघी पर्व”
हाजिरी जवाफ प्रतियोगितामा इन्टरनेशनल प्रथम
कारी महतो/चितवन
छैठौं खिचरा महोत्सवमा आज भएको हाजिरी जवाफ प्रतियोगितामा इन्टरनेशनल ईङ्लिश मोडेल स्कुल, खैरहनी ६, पर्सा प्रथम, डेजी ईङ्लिस मोडेल स्कुल द्वितीय र नवोदय स्कुल तृतीय भएका छन् । Continue reading “हाजिरी जवाफ प्रतियोगितामा इन्टरनेशनल प्रथम”
बाणगंगामा माघी ‘खिचडी’ महोत्सव सुरु
श्याम सि.टी./कपिलवस्तु।
थारु समुदायको नयाँ वर्ष माघी खिचडीको पावन अवसरमा थारु भाषा, कला, संस्कृति हम्मनके शान, पर्यटन प्रवर्द्धन कयना हम्मनके अभियान भन्ने मूल नाराको साथमा तीन दिने प्रथम बाणगंगा नगर स्तरीय माघी खिचडी महोत्सव महाशिवरात्री मेलाको प्राङ्गणमा सुरु भएको छ । Continue reading “बाणगंगामा माघी ‘खिचडी’ महोत्सव सुरु”
सन्दर्भहीन राष्ट्रिय एकता दिवस
सीएन थारु
पञ्चायत कालमा शुरुभएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस गणतान्त्रिक व्यवस्थाको नेपाल सरकारले पुनः मनाउने शुरुवात गरे । यसको मर्म बारे अलग अलग बुझाई रहेकै कारण कीर्तिपुरवासी सो दिन ढुङ्गामा उभिएर पृथ्वीनारायण शाहको नाममा थुक्ने गरेको छ । यस्तै बुझाई अन्य आदिवासी जनताको पनि रहे । पञ्चायत कालमा एकात्मक र केन्द्रिकृत शासन हुँदा राजाको प्रत्यक्ष दवावमा कोही बोल्ने वातावरण थिएन र यो इतिहासको दुर्घटनाले बनेको शासकीय परम्परा चलाउने पञ्चायत काल अन्त्य भएको पनि तीन दशक विते । विश्लेषक सिके लाल अनुसार, “दरबारको छत्रछाँयामा बसेर रचना गरेका भाष्यहरु अर्थात् वीरेन्द्र वर्चश्वबाट एक जमानामा यथार्थको साथसाथै कल्पना शक्तिको नियन्त्रण गर्ने काम भयो । निर्देशित साहित्य एवम् कला मार्फत सौन्दर्य र सोचको परिधि स्थापित गर्ने काम भए ।” वर्तमान शासकवर्गमा समेत उक्त हेजिमोनीको प्रभाव रहेको कारण हाल राष्ट्रिय एकता दिवस मार्फत सहवरणको संकेत गर्न खोजेको हो । यसले वैकल्पिक नेतृत्व न्युन बनाउने षडयन्त्र जन्माउनेछ । तर वास्तविकता यो छ कि इतिहासको दुर्घटनाले वनेका शासक सम्भ्रान्तसँग शासन गर्ने शाश्वत अधिकार छ भन्ने स्वीकार गर्न यहाँका प्रथम राष्ट्रका जनताहरु हदैसम्म अनिच्छुक देखिन्छन् । त्यसैले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने राज्यको नीति कथित राष्ट्रवादी धर्मलाई कर्तव्य सम्झिने दुष्साहस भएको ठहर्छ ।
ऐतिहासिक पृष्ठभूमी
पृथ्वीनारायण शाहले नेपाल राज्य एकिकरण गरेको इतिहास दशकौं पढाइए । थुप्रै भुरे टाकुरे राज्यहरुको विजय गर्दा नेपाल बने र आज हामी नेपाली भनी चिनिएका हौं । “साम्राज्य दुई हारे, हारेन शान हाम्रो” भन्ने गीत पनि रचना भएको रहेछ । यसरी सौन्दर्य भर्ने ती कवि तथा इतिहासकारहरुको सामानान्तरमा अनेकौं पुस्तक लेखिए । प्रतिपक्षी विचारको रुपमा सोही समय देखि नै गोर्खा साम्राज्यको भाष्य निर्माण हुँदै आयो । महेशचन्द्र रेग्मी नेपालको अर्थशास्त्रीय इतिहास लगायत अनेकौं सेरिज नै प्रकाशन गर्न पुगे । यसले गोर्खा राज्य विस्तारको कारण बुझ्न प्रशस्त मद्दत पुरयाए । स्टीलरको “द साइलेन्ट क्राई” कुमार प्रधानको “गोर्खा कङ्क्वेष्ट” र युग पाठकको हालै प्रकाशित पुस्तक “माङ्गेना” मार्फत गोर्खाका राजा पृथ्वीनारायण शाह राष्ट्रिय एकताको प्रतिक हुन भन्ने तर्कको खण्डन विविध आयाममा गरेको पाइन्छ । राजकीय प्रज्ञा प्रतिष्ठानमा जागिर खाएर नुनको सोझो गर्ने नेपाली भाषाका राष्ट्रवादी कवि तथा लेखकहरुको कविता, लेख, रचना लगायत प्रकाशित पुस्तकहरु कुनै पुस्तकालयको घर्रामा सजिन लायक रहे पनि ज्ञान उत्पादनको लागि उपरोक्त सामानान्तर प्रयास काफि रहेको लाग्छ ।
नेपालको इतिहासमा गोर्खा राज्य सार्वभौम थिएन र मुगल साम्राटलाई वर्षेनी कर तिर्ने एक जमिनदारको रुपमा भुरेटाकुरे राज्य स्थापना भएको थियो । तथापी पृथ्वीनारायण शाह त्यहाँका राजा नै मानिन्थे । तराईमा सेन वंशको राज्य मकवानपुरगढी सबैभन्दा बढी कर बुझाउने राज्यको रुपमा बुझिएको थियो । चौदण्डी र विजयपुर अर्को सेन वंशी जमिनदारको राज्य रहेको अवस्थित थिए । यता काठमाण्डौको आफ्नै शासन रहेकोले मुलतः व्यापार तिब्बतसँग हुने गरेको देखिन्थे तर तिब्बतसँग व्यापार गर्दा नुवाकोटका राजा अथवा दोलखाको राजालाई नाका प्रयोग गर्दा कर तिर्नु परेको थियो । यहाँ पृथ्वीनारायण शाहको सामन्ति चिन्तन र महात्वाकांक्षाले गोर्खा साम्राज्यको जन्म दियो । स्टीलरको मत अनुसार— “त्यस वखत पृथ्वीनारायण शाहले सैनिक—जमीन सम्बन्ध स्थापित गर्दै पहाडका ती गरिब लडाकु जनतालाई सेनामा भर्ति गरेर विजयी घोषणा भएका स्थानहरुकोे जमीन जागीरको रुपमा तिनै सेनाको परिवारले पाउने बनाए । यसले सेनाहरुलाई थप जमीनको लागि लडन उत्साहित बनाए ।” त्यसक्रममा गोर्खा सेनाको प्रभाव विस्तार भएर भारतको शासकवर्गसँग हतियार ओसारपोसार गर्ने सम्बन्ध बनिसकेको कारण अन्य शक्तिशाली राज्यहरु समेत पृथ्वीनारायण शाहको कब्जामा क्रमशः पर्दै आए । यसरी एक नयाँ सामन्ति साम्राज्य निर्माण हुँदा नेपालको कुनै क्षेत्रको जनताको जीवनमा नयाँ आशा पलाएन । यसको एक मात्र कारण थियो कि अपरिचित जमीनदारहरुको हातमा उनीहरु कैद हुन पुगे । त्यसमा पनि कृषि मात्र आयको श्रोत ठहर हुँदा समथर मैदानी भागका जनताहरु अझ पिडित बन्न पुगे । हामी र अन्यको वीचको मनोवैज्ञानिक पर्खाल त्यसैवेला देखि नै बनेको हो । अर्थात् साँस्कृतिक रुपमा नै हिन्दुको आस्था अनुसार चाडवाड मनाउने र त्यसलाई व्यवस्थापन गर्न गुठीहरु स्थापना गर्ने कामलाई निरन्तरता दिए । नेपालमा शाहवंशले निरन्तरता पाए भने उनीहरुको छत्रछाँयामा हिन्दु मठाधिशहरुको रजगज स्थापित भएर आयो ।
सन् १८१६ को सुगौली सन्धिमा अंग्रेजसँग पराजित हुँदा हस्ताक्षर गर्न पुगेका शासकवर्ग दरवारिया कलहमा फँस्न पुगे । राणा खलकको वर्चश्व कायम हुन पुगी सत्तामा जंगवहादुर राणाको उदय भयो । उनले युद्ध लड्नु परेन तर षडयन्त्रको जालो विछ्याउन शुरु गरे । त्यस अनुसार भिमसेन थापा लगायतका भारदारले मलजल गरेको गोर्खाली राष्ट्रवाद थप मजबुत बनाउन सन् १८५४ मा मुलुकी ऐन जारी गरे । ब्राह्मणलाई शिर्ष स्थानमा राखे । त्यस मुनी क्षेत्रीको स्थान सुरक्षित गरे । मतवालीहरुलाई मासिन्या र नमासिन्या गरी दुई तहमा विभाजित गरे भने दलित मध्ये कोही पानी चल्ने र कोही पानी नचल्ने बनाए । एकल कानुन भित्र सबैलाई समावेश गर्दै ब्राह्मण, गाई तथा स्त्री हत्या समेत मुलुकी ऐन अनुसार वर्जित बनाएको थियो । त्यसले आर्थिक, सामाजिक तथा राजनीतिक व्यवहारलाई ठूलो असमानताको भासमा पुरयाए । विगत लामो समयको अभ्यासले नेपालको आधुनिकरण सबै भाग्यवाद मार्फत रोकिन पुगे भन्ने मत समाजशास्त्री डोरवहादुर विष्टको रह्यो । उहाँले त्यसैलाई वाहुनवाद किटान गर्न पुगी चाकरीतन्त्रको मुहान वाहुनवाद रहेको सत्य पता लगाउनु भयो ।
अब के गर्ने ?
उपरोक्त सवालको जवाफ दार्शनिकीय ढङ्गले खोज्न सक्नुपर्छ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता अथवा राष्ट्रिय एकताको विषय जति महत्वपूर्ण छ त्यतिकै महत्वपूर्ण तथ्य विभिन्न पहिचान बोकेका प्राकृतिक मानव समुहको आत्मनिर्णयको अधिकार पनि हो । स्वपहिचान र राष्ट्रियताको दावी ती प्राकृतिक मानव समुहको आत्मनिर्णयको अधिकार हो । ५जनवरी, २०१९ मा एससीआरसीले थारु बडी पोलिटीक बारे विमर्श श्रृङ्खला चलाए र थारुको बडी पोलिटीक स्थानीय स्तरमा धरमराउँदै रहेको भए पनि यो नै वैकल्पिक सत्ताको आधार भएको निष्कर्ष निकाल्न पुग्यो । त्यो भनेको बरघर प्रणाली अन्तरगतका भलमन्सा÷बरघर÷कनकदार÷महटवा अथवा चिरक्या, कुलापानी चौधरी, गुरुवा आदिको आर्थिक, सामाजिक र राजनीतिक कार्य सम्बन्धि भूमिकाले मात्र थारु राष्ट्रियतालाई सार्वभौम वनाउने र असली लोकतन्त्रको अभ्यास समेत सोही संस्था मार्फत हुने बोधले ती वैकल्पिक ज्ञान, तर्क र सत्ताको खोजीमा अग्रसर गराउँछ ।
अन्त्यमा, नेपालको इतिहासमा सामन्ती साम्राज्यको दवदवा रहे पनि हाल संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा सामन्ती अवशेषको नेतृत्वमा हुने तर्क आफैंमा हास्यास्पद देखिन्छ । सन्दर्भहिन राष्ट्रिय एकता दिवसको नाममा पृथ्वीनारायण शाहको महिमा गाउने हो भने राष्ट्रिय एकता नीति ठोस बनाउन सकिन्न । दोश्रो, राष्ट्रिय एकता दिवस गणतन्त्र स्थापना भएको दिनलाई मनाउनुपर्छ भन्ने मधुरो आवाज शासकवर्ग सुन्ने पक्षमा छैन किनकी कथित राष्ट्रवादको ऐतिहासिक निरन्तरता खोजी गर्दा शासकवर्ग कि पृथ्वीनारायण शाह भेट्छ कि भिमसेन थापा । तसर्थ, कुनै तर्कले काम गर्न छाडेको बेला शक्तिको सापेक्षतामा सत्य स्थापित गर्न कोशिश गर्छ । शक्ति र सत्ता सम्भ्रान्तवर्गको हातमा भएको वेला त्यही नै सत्य जस्तो लाग्छ । यो दुनियाँलाई देखाउने प्रपञ्च हो । यसको समाधान निकाल्न वहुलराष्ट्रिय राज्यको परिकल्पना गरिएको हो । राजनीतिक रुपमा वहुलराष्ट्रिय राज्यमा सबै राष्ट्रियताको राजनीतिक पहिचान सुनिश्चि भएर लोकतन्त्रको अभ्यास मार्फत खुशी ल्याउने कुरो हुन्छ । यो नै समृद्धिको आधार पनि हो र राष्ट्रिय एकता दिवसको मर्म पनि । त्यैले सवाल खेलको नियम बदल्नुसँग छ । नयाँ सत्य स्थापित गर्न शक्तिको संघर्षमा सहभागीता जनाउनै पर्छ ।
संसदमा गिरिश चन्द्र लालले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग
सभामुख कृष्णबहादुर महराले संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् भने मधेश–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। राजपाको प्रमुख सचेतक लक्ष्मणलाल कर्ण मधेश थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गराउन माग गरे। Continue reading “संसदमा गिरिश चन्द्र लालले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग”
नयाँ थारु गीत ‘एह मोबाइलवाली’मा सुन्दरी सर्जना चौधरीको अभिनय
थारु फिल्मस् प्रोडक्सनले एह मोबाइलवाली बोलको गीत रिलिज गरेको छ। रामलाल चौधरीको शब्द, विकास चौधरीको संगीतमा समीक्षा चौधरी र मनोज महतो थारुले स्वर दिएका छन्। जनक चौधरीको निर्देशनमा बनेको म्युजिक भिडियो पुर्वेली सुन्दरी सिर्जना चौधरी र विमल चौधरीले अभिनय गरेका छन्।
म्युजिक भिडियो हेर्नुस् :
जलेश्वर चौधरीलाई एनआरएनएले सहयोग गर्ने
साउदी अदालतले जलेश्वर चौधरीलाई ४५ लाख ब्लडमनि नतिरे फाँसी सजाय सुनाएको बारे थारुवान डट कममा प्रकाशन भएको समाचार पढेर सहयोगी व्यक्तित्वहरु सम्पर्कमा आएका छन् । एनआरएनएका केन्द्रीय कोषाध्यक्ष सोम सापकोटाले समाचार लेख्ने पत्रकार कारी महतोलाई मेसेन्जर मार्फत सम्पर्क गरी आफूहरुले चौधरीलाई सहयोग गर्ने बताएका छन् । Continue reading “जलेश्वर चौधरीलाई एनआरएनएले सहयोग गर्ने”