आन्दोलनका घटना छानबिन छिटो सक्न गृहमन्त्रीको निर्देशन

थरुहट-मधेस आन्दोलनमा भएका घटना छानविन गर्न गठित उच्चस्तरीय आयोगलाई छिटो काम गर्न गृहमन्त्री विमलेन्द्र निधिले निर्देशन दिएका छन् । Continue reading “आन्दोलनका घटना छानबिन छिटो सक्न गृहमन्त्रीको निर्देशन”

संविधान संशोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटम

मधेसी मोर्चासहितको संघीय गठबन्धनले संविधान संशोधन प्रस्ताव १५ दिनभित्र संसद्मा दर्ता गर्न अल्टिमेटम दिएको छ । मोर्चाका नेताहरूले सोमबार प्रधानमन्त्री दाहाललाई भेटेर स्मरणपत्र बुझाउँदै समय सीमा तोकेका हुन् । स्मरणपत्र बुझाउने क्रममा गठबन्धनका नेता र प्रधानमन्त्रीबीच संविधान संशोधन प्रस्तावबारे छलफल भए पनि ठोस निष्कर्ष निस्केन । Continue reading “संविधान संशोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटम”

प्राप्ती चौधरीलाई मस्ट चार्मिङ अवार्ड

नेपाल लिटल आइकनमा प्राप्ती चौधरीले मस्ट चार्मिङ अवार्ड जितेकी छन्।

प्रहरी र अज्ञात समूहबीच गोली हानाहान, प्रहरी जवान सुरेन्द्र चौधरी घाइते

रौतहटको लालबकैया खोलाको बाँधमा प्रहरी र अज्ञात समूहबीच गोली हानाहान भएको छ। मध्यमाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएका प्रहरीमाथि आज बिहान अज्ञात समूहले गोली चलाएको थियो। लगत्तै प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो। Continue reading “प्रहरी र अज्ञात समूहबीच गोली हानाहान, प्रहरी जवान सुरेन्द्र चौधरी घाइते”

गच्छदारले भने- अंगीकृत नागरिकलाई मुख्य पद दिन मिल्दैन

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अंगीकृत नागरिकता प्राप्त गरेका व्यक्तिलाई मुख्य पद दिन नमिल्ने बताएका छन्। नेपालगन्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘विश्वका कुनैपनि देशमा अंगीकृतलाई मुख्य पद दिइएको छैन, भारतमा पनि बंशजले मात्र मुख्य पद पाउने व्यवस्था छ।’ राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति र प्रधानन्यायाशधीशजस्ता पद संवेदनशील भएकाले अंगीकृतलाई दिन नमिल्ने उनको भनाइ छ। Continue reading “गच्छदारले भने- अंगीकृत नागरिकलाई मुख्य पद दिन मिल्दैन”

सुजातालाई ५० लाख दिने सरकारको निर्णय

नेपाली कांग्रेसकी नेतृ स्वास्थ्य उपचारका लागि आइतबार सिंगापुर प्रस्थान गरेकी छन्। स्तनमा क्यान्सर देखिएपछि उपचारका लागि उनी सिंगापुर लागेकी हुन्। आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले कोइरालाको उपचारका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ। Continue reading “सुजातालाई ५० लाख दिने सरकारको निर्णय”

कलेजको बसमा तोडफोड, चालक सन्त चौधरी घाइते

कारी महतो/चितवन।

मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले पर्साबाट टाँडीतर्फ आइरहेको ना ५ ख ३९३६ नम्बरको क्वेष्ट मोडेल कलेजको बस तोडफोड गरेका छन् । पूर्वी चितवनको ज्यामिरे र बहेरा चोकको बीचमा रहेको मेट्रो पम्प नजिकै ४ः३० बजे तोडफोड भएको हो । Continue reading “कलेजको बसमा तोडफोड, चालक सन्त चौधरी घाइते”

नागेन्द्र चौधरी एमाले जनजाति महासंघको अध्यक्ष बन्लान् ?

एमाले भातृ संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षसहित १७ सदस्यीय पदाधिकारी अप्रत्यक्ष निर्वाचन प्रक्रियाबाट निर्वाचित गर्न प्रस्ताव गरिएको छ । शनिबारबाट काठमाडौंमा सुरु भएको महाधिवेशनको बन्दसत्रमा प्रस्तुत विधान संशोधन प्रतिवेदनले अप्रत्यक्ष प्रक्रियाबाट पदाधिकारी चुन्ने प्रस्ताव गरेको हो । Continue reading “नागेन्द्र चौधरी एमाले जनजाति महासंघको अध्यक्ष बन्लान् ?”

एसिया कप खेल्न चाहनेहरुलाई यु-१९ क्रिकेटर बन्ने अवसर

आसन्न एसिया कपका लागि नेपाली यू-१९ क्रिकेट टोली बनाउन ‘ट्यालेन्ट हन्ट कार्यक्रम’ सञ्चालन गरिने भएको छ । आगामी डिसेम्बर ८ देखि श्रीलंकामा हुने प्रतियोगितामा नेपालसहित ८ देशले खेल्नेछन् । तर, नेपालको भने अझैसम्म टिम समेत बनेको छैन । यसअघिको यू-१९ टोलीका अधिकांश सदस्य उमेरका कारण खेल्न पाउने छैनन् भने खेलाडी छनौटका लागि क्षेत्रीय प्रतियोगिता गर्न समय छैन । Continue reading “एसिया कप खेल्न चाहनेहरुलाई यु-१९ क्रिकेटर बन्ने अवसर”

कैलालीमा थारु समुदायको ढिकरहुवा कार्यक्रम

कैलालीको उदासिपुर–१ नुक्लिपुरमा शनिबार ढिकरहुवा कार्यक्रम–२०७३ सम्पन्न भएको छ। ‘थारु परम्परा रिती ओ संस्कृतिके जगेर्ना करी, थारु खानपान ओ अपन पहिचानके संरक्षण करी’ भन्ने मूलनाराका साथ स्थानीय नुक्लिपुर गाउँको आयोजनामा कार्यक्रम भएको हो। स्थानीय सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सांसद डा. गोपाल दहितले थारु समुदायको विभिन्न परिकारमध्ये एउटा मुख्य परिकार ढिक्री भएको र यसलाई थारु समुदायले जन्मदेखि मरणसम्ममा जुनसुकै काममा प्रयोग गर्ने गरेको बताए। Continue reading “कैलालीमा थारु समुदायको ढिकरहुवा कार्यक्रम”