चितवनको रत्ननगरमा गैँडाले हानेर दुईजना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१७ सिसवारमा तारबारका लागि सिमेन्टको पोल गाड्दै गरेका बेला एक्कासि आएको गैँडाले हानेर घाइते बनाएको हो । Continue reading “गैँडाले हानेर रत्ननगरमा दुई जना घाइते, अविना चौधरीको अवस्था गम्भीर”
Author: admin
नवलपरासीलाई नटुक्र्याइ ५ नम्बर प्रदेशमा राख्न माग गर्दै थाकसले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
संशोधन गरिने संविधानमा नवलपरासीलाई अखण्ड राख्नुपर्ने माग राख्दै थारु कल्याणकारी सभाले प्रधानमन्त्री समक्ष शुक्रबार ज्ञापनपत्र पठाएको छ। नवलपरासी जिल्लालाई नटुक्रयाई नवलपुर क्षेत्रलाई प्रदेश नं ५ मा राख्न माग गर्दै सभाले जिल्ला प्रशासन कार्यालय मार्फतसो ज्ञापनपत्र पठाएको हो। Continue reading “नवलपरासीलाई नटुक्र्याइ ५ नम्बर प्रदेशमा राख्न माग गर्दै थाकसले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र”
लाओसदाई हराउँदै नेपाल सोलिडारिटी कपको फाइनलमा [हाइलाइट भिडियो]
लाओसलाई टाइब्रेकरमा हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाल एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो । शनिबार भएको प्रतिस्पर्धात्मक सेमिफाइनलको निर्धारित र अतिरिक्त समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । Continue reading “लाओसदाई हराउँदै नेपाल सोलिडारिटी कपको फाइनलमा [हाइलाइट भिडियो]”
गृहमन्त्री निधीले भने- थारु र मधेसीका २०८ वटा मुद्दा फिर्ता हुँदैछन्
उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले मधेसी मोर्चा र थार आन्दोलनकारीहरुमाथि लागेका २०८ वटा मुद्दाहरु सरकारले फिर्ता लिने प्रक्रिया अघि बढेको जानकारी दिएका छन् । कुल २०८ वटा मुद्दामध्ये ११४ वटा मुद्दा गृहमन्त्रालयमार्फत् फस्र्छौट भइसकेको मन्त्री निधीले जानकारी दिए । Continue reading “गृहमन्त्री निधीले भने- थारु र मधेसीका २०८ वटा मुद्दा फिर्ता हुँदैछन्”
‘लोकमान नेपाली राजनीतिको उपज हो, उनलाई भ्रष्ट नेताहरुले ल्याएको हो’
नेपाली कांग्रेसका सांसद् सुरेन्द्र चौधरी लोकमान कार्की नेपाली राजनीतिको उपज भएको बताएका छन्। संसद लोकमान कार्कीविरुद्धको महाभियोग छलफल प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले नेपाली राजनीतिज्ञहरुले नै उनलाई त्यहाँसम्म पुर्याएको बताए। लोकमानलाई कुनै विदेशी शक्तिले नल्याएको उनले प्रष्ट्याए। ‘लोकमान सिंह कार्कीलाई जोगाउन डोनाल्ड ट्रम्पकै फोन आयो। प्रधानमन्त्री मोदीको फोन आयो। यो षड्यन्त्र हो,’ उनले भने। Continue reading “‘लोकमान नेपाली राजनीतिको उपज हो, उनलाई भ्रष्ट नेताहरुले ल्याएको हो’”
कात्तिक मसान्तभित्रै संविधान संशोधन प्रस्ताव दर्ता हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)लगायत दलको सहमतिमा संविधान संशोधनको प्रक्रिया यही कात्तिक मसान्तभित्र अगाडि बढाउने तयारी गरिएको बताएका छन्। वर्तमान सरकार गठन भएको सय दिन पुगेका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सम्बोधन गर्दै उनले सहमतिका आधारमा थारु, आदिवासी र मधेसकेन्द्रित दलको माग सम्बोधन गरिने बताए। संविधान संशोधन प्रक्रियालाई सहज बनाउनका लागि सरोकार भएका पक्षसँग निरन्तर संवाद र परामर्शमा आफू रहेको उल्लेख गर्दै उनले शनिबार प्रमुख दलका शीर्ष नेताको बैठक आह्वान गरिएको जानकारी दिए।
प्रधानमन्त्री दाहालले भने, ‘आठ-दश दिन पहिले नै संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गराउने तयारी गरिएको थियो, सबै पक्षको सहमतिमा नै गरौँ भन्ने सुझाव आएपछि एकाध दिन पर सारिएको हो। संशोधन प्रक्रिया अगाडि बढ्यो, त्यसमा अब कुनै आशङ्का गर्नुको आवश्यकता छैन।’ आफ्नो नेतृत्वको सरकारको प्रमुख कार्यभार संविधान कार्यान्वयन नै भएकाले त्यसमा सबैको मतैक्य जरुरी रहेको उनको कथन थियो।
संविधानको सर्वस्वीकार्यता बढाउन प्रमुख दलका शीर्ष नेता र आन्दोलनरत पक्षसँग नियमित संवादमा रहेकाले केही दिनभित्रै मुलुकले समाधान पाउने प्रधानमन्त्रीको भनाइ थियो। असन्तुष्ट पक्षको माग सम्बोधन गरी अगाडि बढाइएको संविधान संशोधनको प्रक्रियामा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समेत ‘अगाडि बढ्नुस् म सहयोग गर्न तयार छु’ भन्नुभएको जानकारी उनले दिए।
संविधानको सर्वस्वीकार्यता बढाएर निर्वाचनको वातावरण बनाउने अभियानमा सरकार लागेको जनाउँदै उहाँले आगामी २०७४ माघ मसान्तभित्र तीन वटै तहको निर्वाचन सम्पन्न गरिने बताए। सरकारले विशेषगरी स्थानीय निकायको निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेर आवश्यक कानुनको निर्माण तथा अन्य तयारीलाई समेत तीव्र पारेको प्रधानमन्त्रीले जानकारी गराए।
संविधानको कार्यान्वयनका लागि आगामी साताभित्रै मन्त्रिपरिषद्का सदस्यलाई सात वटै प्रदेशको जिम्मा दिने र प्रदेश कार्यालय समेत स्थापना गरिने उल्लेख गर्दै उहाँले आगामी मन्त्रिपरिषद्को बैठकले सो सम्बन्धमा आवश्यक निर्णय लिने जानकारी दिनुभयो ।
यस्तै प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विषयमा सदनमा दर्ता भएको महाभियोगको प्रस्ताव समेत सर्वसम्मतिले नै अगाडि बढ्ने बताउँदै त्यसमा कुनै दुविधा नरहेको बताए। प्रधानमन्त्रीले भने, ‘नेपाली कांग्रेस लगायतका दलको सहमतिमा सो प्रस्ताव अगाडि बढ्छ, त्यसका लागि आवश्यक छलफल र तयारी गरिएको छ।’
मोदीको प्रश्न- गरिबहरुको सुनुवाई कसले गरिदिने ?
माओवादी केन्द्रका सांसद् अमनलाल मोदीले गरिबका लागि निजी अस्पतालले कोटा छुट्याउनुपर्ने बताएका छन्। संसद बैठकको शून्य समयमा बोल्दै सांसद् मोदीले नेपालको स्वास्थ्य नीति पुँजीपतिको लागिमात्र भएको बताएका छन्। एउटा गरिबका लागि सामान्य उपचार गर्न पनि निकै समस्या हुने गरेको उनले बताए। जसका कारण उनीहरु आत्महत्या गर्नसम्म पछि नपर्ने उनले बताए। Continue reading “मोदीको प्रश्न- गरिबहरुको सुनुवाई कसले गरिदिने ?”
पुनर्स्थापनाको लागि मुक्त कमैयाको गर्जन
पुनर्स्थापनाका लागि कैलालीमा मुक्त कमैयाहरुले बिशाल र्याली निकालेका छन् । र्याली मुक्त कमैयासँग सम्बन्धित संघ संस्थाका आयोजनामा सम्पन्न भएको थियो। धनगढी ट्राफिक चौराहादेखि सुरु भएको जुलुस जिल्ला विकास समितिको गेटमा कोण सभामा परिणत भएको थियो । त्यसपछि त्यो जुलुस जिल्ला प्रशासनमा पुगी समापन भएको थियो ।
कार्यक्रममा मुक्त कमैया दिलरानी चौधरी मुक्त कमैया महिला बिकासका प्रतिनीधि इन्द्र चौधरी थरुहट सयुक्त सघर्ष समितिका संयोजक कुन्दन चौधरी, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कृष्णप्रसाद चौधरी, एमालेका प्रतिनीधि दीर्घराज जोशी, मुक्त कमैया बिमला चौधरी, सदभावना पार्टी राजेन्द्र महतोका प्रतिनीधि फोनिराम चौधरी, सघीय समाजवादी फोरमका केन्द्रीय सदस्य होरीलाल चौधरी, मधेशी जनअधिकार फोरमका जिल्ला कोषाध्यक्ष गया कुश्मी, नेपाली कांग्रेसका प्रतिनिधि दिपक जोशी, मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपतिले सम्बोधन गरेका थिए ।
मुक्त कमैया अगुवा पशुपतिले मुक्त कमैयाहरुको समस्या समस्धान नभए ज्यानको बाजी लगाउनसमेत पछि नपर्ने चेतावनी दिएका थिए। कार्यक्रममा हजारौंको सहभागिता थियो ।
पत्रकार ठाकुरसिंह थारु सम्मानित
खाद्य अधिकारको क्षेत्रमा कलम चलाउने नेपालगन्जका कान्तिपुर संवाददाता ठाकुरसिंह थारुलाई सम्मान गरिएको छ । खाद्य दिवसको अवसरमा जिल्ला कृषि विकास कार्यालय, फियान नेपाल लगायतका सरकारी तथा सामाजिक संघ, संस्थाले सामूहिक रुपमा सम्मान गरेका हुन् । Continue reading “पत्रकार ठाकुरसिंह थारु सम्मानित”
थारुले आफ्नो इतिहास कहिले लेख्ने ? [विचार]
दिलबहादुर चौधरी।
हामी नेपालको इतिहास पढ्यौं भने कतिपय कुरा अपत्यारिलो लाग्छ। मन गढन्ते लाग्छ। हामी सानो छँदा नालापानीको युद्धबारे पढ्थ्यौं। जहाँ अंग्रेजसँग नेपालका महिला, बालबालिकाहरु समेत लडेको इतिहासमा लेखिएको छ। तर ‘कुमाउँ गढवालको इतिहास’ लेख्ने भारतीय इतिहासकार बद्रीदत्त पाण्डेयले नेपाली शासकहरुको बारेमा निकै हिंस्रक, मानवता नभएको प्राणीको रुपमा चित्रित गरेका छन्। उनले कुमाउँ गढवालमा शासन गर्दाताका गोर्खा शासकहरुले जनतासँग केही मागेमा नदिएको झोंकमा उनका पूरा परिवारलाई बन्दी बनाएर हरिद्वारमा ल्याउने र बेचबिख नगर्ने गरेको कुरा उल्लेख गरेका छन्। यस्तो अवस्थामा कसरी गोरखालीहरु बालबालिकाहरु समेत मिली अंग्रेजसँग लडे होलान्? विचार गर्न आवश्यक छ। त्रसित अवस्थामा रहेका जनताहरु शासकलाई साथ दिन गाह्रो हुन्छ। त्यसैले आज त्यस्ता विषयबारे सोधखोज गर्न आवश्यक देखिन्छ। Continue reading “थारुले आफ्नो इतिहास कहिले लेख्ने ? [विचार]”