मधेसी मोर्चाका नेता राम नरेश रायले संविधान संशोधन नगराइकन सेनाको आडमा जबरजस्ती चुनाव गराइए आफूहरुले त्यसलाई कुनै हालतमा सफल हुन नदिने चेतावनी दिएका छन्। रायले भने, ‘संविधान संशोधन वा पूर्नलेखन नभएसम्म हामी कुनै पनि चुनाव हुन दिँदैनौं, यदि ज्ञानेन्द्र शैलीमा ठूला पार्टीहरुले सेनाको बलमा चुनाव गराउने चेष्टा गरे हामी त्यसलाई कुनै हालतमा सफल हुन दिन्नौं।’ Continue reading “रायको चेतावनी- ‘हामी हारेका छैनौं, थाकेका पनि छैनौं, यसलाई कमजोरी नठानियोस्’”
Author: admin
थारुको इतिहास बङ्ग्याउने इतिहासकारहरु
रेशम चौधरी।
के सबै इतिहासकारहरुले साँच्चिकै सत्यतथ्य लेखेकै हुन? धेरैले इतिहासकारलाई सत्य र साँचो लेखेको भनेर स्वीकार्छन् तर तेसो होइन, अनुसन्धान नगरी लेख्ने धेरै इतिहासकारले हाम्रो इतिहासलाई बङ्ग्याइदिएका छन्। हो, त्यही घानमा परेका छौं हामी उत्पीडित वर्ग। पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियानको थालनी गरेकै हुन् तर उनले सबै भूभाग युद्ध लडेर जितेका होइनन्। धेरै राज्य उनले सम्झाइबुझाइ सहमतिमा गोर्खा राज्यमा गाभेका हुन्। सहमतिमै आफ्नो राज्य बुझाउनेमा पूर्वी किरात, मगर, घले, थारूहरु पनि हुन्। Continue reading “थारुको इतिहास बङ्ग्याउने इतिहासकारहरु”
नाचसहित टीका थाप्न थारु समुदाय वडघरमा
कञ्चनपुरका थारु समुदायले नाचसहित बडघरमा जम्मा भएर बडादशैंका टीका थापेका छन् । पालो पर्खदै पहुरा लिएर बडघरमा जम्मा भएका थारु समुदायका बालबालीका, बुढापाका, महिला र तन्नेरीले टीका टीका थापेका हुन् । थारु समुदायमा बडादशैंको टीका बडघरमा गएर थाप्ने चलन रहेको छ ।
टीका थाप्न गाँउगाँउबाट सखिया, लठुवा र छोक्रा नाचसँगै पहुराका रुपमा मदिरा, जमरा, बेवरी र टीकासहित बडघरमा जाने चलन रहेको स्थानीय परदेशी चौधरीले बताए । गाँउका मान्यजनका रुपमा समाजले सामाजिक र साँस्कृतिक कार्य गर्न चुनेका बडघरबाट पहिलो टीका थापेर आशिर्वाद लिनुपर्ने परम्परागत चलन रहेको उनले बताए ।
टीका थाप्नका लागि परिवारसहित बडघरमा पुगेका विश्राम चौधरीले छोक्रा नाचसहित टीका लगाउन आएको बताए । रासस
कमलरी [कविता]
अनन्त वाग्ले
मैले घरका भुइँ र भित्ता पुछिवरी
दूध ल्याएर, पानी भरेर
हरचिज ठीक पारेर चिया पुर्याीएपछि
मालिकले पल्टाए अखबार र पढे मेरो मुक्तिको खबर Continue reading “कमलरी [कविता]”
जापानमा थारु संस्कृति झल्काउँदै वर्षा लेखी
नेपालको प्रतिनिधित्व गर्दै मिस इन्टरनेशनलमा सहभागी हुन जापान पुगेका वर्षा लेखीले थारु पोसाक पहिरिएकी छन्। उनले मोडिफाइ गरिएको थारु लेहेँगा चोलिया र निधारमा मंगिया पहिरिएकी छन्। Continue reading “जापानमा थारु संस्कृति झल्काउँदै वर्षा लेखी”
थारूकाे दशैं र सेताे टीका
लक्की चौधरी।
सेतो रङ्गलाई प्राकृतिक रङ भन्ने गरिन्छ । पृथ्वीमा कुनै कृतिम रङको उत्पादन नहुँदा सेतो रङकै बर्चस्व थियो । पछि मानवले विभिन्न खोजअनुसन्धान गरेर थरिथरिका कृतिम चिजवस्तुको उत्पदान गरे । अहिले प्राकृतिक सेतो रङ्गभन्दा त्यही कृतिम अन्य रङले रङ्गाइएका झिलिमिली चिजवस्तुको बजार छ । मान्छेको मन र रोजाई पनि बहुरङ्गी बनेको छ । चाडपर्वमा विभिन्न रङ्गीविरङ्गी चिजवस्तुको निर्माण र खपत हुनेगर्छ ।
यहाँसम्मकी मान्छेले चाडपर्वमा लगाउने टीकाको रङ पनि विभिन्न रङ मिसाएर बनाउने प्रचलन शुरुभएको छ । नेपाली समाजमा अधिकांशले रातो रङको टीका लगाउने गर्छन् । तर नेपालको दक्षिणी समथर सिमानामा बसोबास गर्ने आदिबासी थारु र पहाडमा बसोबास गर्ने केही आदिबासीहरुले चाडपर्वमा रङ्गीविरङ्गी टीका ग्रहण गर्दैनन् ।
प्राकृतिक सेतो रङकै टीका ग्रहण गर्दछन् । थारु समुदायले दशैंमा अभिभावकबाट प्रसादकोरुपमा ग्रहण गर्ने टीका सेतो हुन्छ । चामलको पीठोको टीकासहित जमरा, बेबुरी (बाबरी) को फूल दशैंमा थारुले ग्रहण गर्छन् । अरुबेला दौनाबेबुरीको फूल प्रयोग नहुने हुनाले थारु समुदायले दशैंमा टीकासँगै विशेषरुपले ग्रहण गर्छन् । थारु समुदायकाले निधारमा मात्रै दशैंको टीका लाउँदैनन् । पाखुरा, घुँडा, पैतलामा समेत लाउँछन । यसको अर्थ निधार, काम गर्ने पाखुरा, घुँडा र पैतला बलियो होस् भन्ने मनोकामना गरिन्छ ।
सेतो नै किन ?
थारु बुद्धिजिवीहरुले थारु समुदायलाई प्रकृतिपूजक मान्छन् । प्रकृतिसँग लडीबुडीगर्दै हुर्केबढेकाले परापूर्वकालमा रङको उत्पादन नहुँदा सेतो रङसँगै लहसिए । त्यही रङको प्रयोग गर्दै अहिलेसम्म सेतो टीका लगाउने प्रचलन कायमै छ । थारु संस्कृतिकका जानकार अशोक थारुले सेतो टीकाबारे भन्नुहुन्छ, “प्रकृति र आदिमजातिको सम्बन्ध अटुट छ । अन्य कृत्रिम रङको उत्पत्ति नहुँदै प्राकृतिक रङ सेतोमात्र थियो । त्यही रङ पहिलेदेखि चलनचल्तीमा ल्याइएकाले थारुहरुको प्यारो रङ सेतो नै बन्यो । देवीदेवताको पूजागर्दा र पहिरनमा समेत प्रमुख रङ सेतो कायम भयो । सेतो रङसँग थारुको प्राकृतिक सम्बन्ध छ । त्यही सम्बन्धलाई कायम राख्न थारुलगायतका आदिबासीहरु सेतो रङको प्रयोग गर्दछन् ।”
अर्का अगुवा तथा संस्कृतिका अनुसन्धानकर्ता सुशील थारुको भनाइमा सेतो रङ शान्तिको प्रतीक हो । थारु जाति शान्तिकामी जाती हो । लडाई झगडा र छलछाममा विश्वास गर्दैन । प्राचीनकालदेखि थारु जातिले आफ्नो देवीदेवतालाई गाईको दुधले पूजागर्ने गर्दथ्यो । गाईको दुध पनि सेतो भएकाले त्यसलाई प्रकृतिसँग जोडेर हेर्ने प्रचलन भयो । देवताका लागि गाईको दुध र स्वच्छ पानी सबैभन्दा पवित्र मानिने हुनाले थारुले त्यसको उपयोग गर्दैआए ।
उसो त सेतो रङलाई शान्तिको प्रतिक पनि मानिन्छ । गौतमबुद्धलाई थारु अगुवाले थारु परिवारकै सदस्य मान्छन् । त्यही भएर गौतमबुद्धले शान्तिकामी अभियानको अगुवाई गरेको कतिपयको विश्लेषण छ ।
पहिरन र परिकार पनि सेतैः
थारु चेलीबेटीले सेतो रङको फरिया र गुन्यू लगाउने गर्छन् । चोली रंगीन हुने गरेपनि फरिया सेतो नै पहिरिने उहिल्यैदेखिको प्रचलन हो । दशैंमा नाचिने विशेषनाच सखियामा समेत नचनियाहरुले सेतो फरिया र गुन्यू प्रयोग गर्छन् । आजभोलिका युवतिहरुले पुरानो संस्कारलाई खासै महत्व नदिएर पश्चिमा संस्कृतिको अनुशरण बढी गरेको देखिन्छ । अरु समुदायको देखासिकी गरेर रंगीविरंगी पहिरन लगाउन थालिएको छ । यद्यपि गाउँघरका अगुवाले अझै थारु सेतो पहिरनमै विशेष जोड दिनेगरेका छन् । सम्भवः भएसम्म सेतो फरियामै नचनियाहरुलाई सजाउने गरिन्छ ।
दशैंमा नभइनहुने परिकार हो ढिक्री । घरका सदस्यले परिकार खानुभन्दा पहिले देवीदेवतालाई चढाउने प्रचलन छ । पितृ, देवतालाई पूजा गरिसकेपछिमात्र प्रसादकोरुपमा त्यसलाई ग्रहण गरिन्छ । ढिक्री परिकार नयाँ चामललेमात्र तयार पारिन्छ । दशैंमा बनाउने ढिक्रीकालागि चाँडै फल्ने धान रोपिन्छ । सबैको घरमा नयाँ चामल उपलब्ध नभए सापटी, पैंचो मागेर पनि काम चलाउने प्रचलन थारु गाउँमा छ । थारु समुदायको देवीदेवता पनि काठ, फलाम र माटोले निर्माण गरिन्छन् । मैया (भगवती), शिव पार्वती, घोडाको आकारसमेत काठ र माटाले निर्माण गरिएका हुन्छन् । त्यसैले थारु समुदायले आफूलाई प्रकृतिपूजक मान्छन् ।
दशैंमा बली दिइँदैन
थारु समुदायमा जीवजनावरको बध गरेर देवतालाई बली चढाइदैन । घरबारीमै फलेको कुपिण्डोको बलीदिने प्रचलन छ । अद्यापि धेरै गाउँमा कुपिण्डोकै बली दिइन्छ । दशैंको पूजा गर्नुअघि बारीमा फलेको कुपिण्डो खाने प्रचलन थारु समुदायमा छैन । पूजा गरेपछि मात्रै तरकारीकोरुपमा खानेगरिन्छ । तर अरुको देखासिकीमा अहिले कुखुरासम्मको बली चढाउने प्रचलन शुरु भइसकेको छ । थारु समुदायले दशैंलाई सम्बन्ध जोड्ने संगमकोरुपमा लिन्छन् ।
दशैंपूजा प्रकृतिसँग जोडिएको छ । धर्मशास्त्रीको विचारमा पृथ्वीका सबै जीवजन्तु बरावर हुन् । सबैको पीडा र दुःख समान छ । एकले अर्कोलाई मारेर, बधगरेर आफ्नो स्वार्थ पूरागर्नु सेवा होइन, कल्याण होइन । मानवले बनाएको त्यो त स्वार्थीभावना हो । त्यसले कहिल्यै चराचरजगतको कल्याण गर्दैन । शक्तिकीस्वरुपा जगतमाताले बली मागेकी थिइनन् । मानिसको स्वार्थ र अज्ञानताले बलीदिने प्रचलन शुरुभयो । यसको दोसी हामी मानव स्वयम् हौं । शास्त्रीय मान्यतामा ‘बली’ को अर्थ ‘उपहार’ हुन्छ । उपहारमा खीर, फलफूल, मिठाई, नरिवल, ढिक्री जेपनि हुनसक्छ ।
भगवानको पूजागर्ने अधिकार धनी र गरिब सबैलाई समान छ । जोसँग जे छ, उसले त्यही उपहार देवतालाई चढाउन पाउँछ । उहिले मानिस जंगलमा घुम्थे । शिकार गरी जीवन निर्वाह गर्दथे । माछा मारेर जीवनगुजारा गर्दथे । त्यतिबेला उनीहरुसँग भगवानलाई चढाउने आजकोजस्तो चिजवस्तु थिएन । त्यसैले उनीहरु आफूसँग भएको सामान चढाएर देवताको पूजापाठ गर्दथे ।
उनीहरुको जीवन प्रकृतिमै निर्भर थियो । माछामारेर जीवन धान्नेसँग माछामात्रै थियो । वनजंगलमा शिकार गर्नेसँग शिकार मात्रै र अन्न उब्जाउने किसानसँग अन्नमात्रै थियो । त्यसैले उनीहरु भगवानलाई त्यही माछा, मासु र अन्न चढाएर पूजापाठ गर्थे । तर त्यसैलाई आधार मानी देवीदेवतालाई बली चढाउने प्रचलन मान्नुलाई मानवीय अज्ञानताकोरुपमा कतिपयले अथ्र्याउँछन् ।
सखियानाचको रौनक
थारु सखियानाच थारु समुदायको प्रमुख नाचमध्येको हो । थारु चेलीहरुले लहरै लाइन लागेर मादलको तालमा नाच्ने गर्छन् । सखियानाचमा विशेषकिसिमको थारुगीत गाइन्छ । सखीयानाचको गीत महाभारतको कथामा आधारित लामो पैधारको छ । त्यसैले कृष्णजन्माष्टमीदेखि गाउन शुरुहुने गीत दशैं या तिहारमा गएर अन्त्य हुन्छ । नाचकालागि कम्तिमा दुई र वढीमा चारजनासम्म मादले हुन्छन् । मादले पुरुष र महिला दुवै हुनसक्छन् । तर नाच्नेहरु महिला मात्र हुन्छन् ।
गीत गाउँदा अगुनिया (गीत उठाउने) र उठाएको गीतलाई दोहो¥याएर गाउने (पछगुनिया) हुन्छन् । मादलकै तालसँग गीत पनि गाइन्छ । सखियानाच नभएको थारुगाउँ सुनसान हुने र दशैं चाडको महशुस नहुने बुझाई थारु अगुवाको छ । त्यसैले हरेक वर्ष थारुगाउँमा सखियानाच नाचिन्छ । नाचले थारुगाउँ गुञ्जयमान हुँदा दशैंको रौनक नै बेग्लै बनेको हुन्छ । थारुगाउँमा नाच हेर्न छिमेकी गाउँका थारु तथा गैरथारुहरु आउने जानेगर्छन् ।
थारुको देवीदेवता
गुर्वावा (शीव) लाई सृष्टिकर्ताकोरुपमा मानिन्छ । मैया (भगवती), खेखरी (मैया), लागुबासु (नागदेवता), सौंरा (गणेश), डहरचण्डी (पार्वती), लटौ महादेव, ढमरज्वा (धर्मराज), मुराहा देवता (कृष्ण), जगन्नठ्या, धनचोर्वा, घोडा र भेडाको आकारको देवताको प्रतिक पनि थारुको मर्वा (देवता बस्ने घर), देहुरारको पातामा राख्ने प्रचलन छ । थारु गाउँको देवताहरु साझारुपमा बस्ने ठाउँलाई रजमर्वा भनिन्छ । जहाँ गाउँ भरिका सदस्यले दशैंमा सामुहिकरुपमा पितृपूजा गर्छन् । धुपबत्ती, ढिक्री प्रसाद चढाएर पूजा गरेर परिकारलाई प्रसादकोरुपमा चढाईन्छ । साझा देवतालाई पूजागर्दा सबैचिज नयाँ र चोखो चाहिन्छ ।
थारु गाउँमा दशैंकाबेला देवताको पातामा चढाउने सबै सामान नयाँ प्रयोग हुन्छ । दशैंमा चढाएको सामान बेटको लठ्ठी, बहर्नी (सिरुको कुचो), झोला, फलामको काँटा, माटाका घोडा, दियो, भित्तामा लगाउने पञ्जाको छाप एकवर्षसम्म कायम रहन्छ । त्यसलाई अर्को दशैंमा परिवर्तन गरिन्छ ।
अभिभावक बिनाको दशैं
इन्दु थारू।
कैयौं वर्ष भयो मैले दशैं मनाउन छाडेको । यस्तो होइन कि मैले कहिल्यै दशैं मनाइन । सानो छँदा दशैं भनेपछि हुरुक्कै हुन्थे । किन पनि हुरुक्कै हुन्थे भने दशैंमा जरावर (नयाँ लुगा) पाइन्थ्यो । अन्य बेला पनि नयाँ लुगा नपाउने त होइन तर दशैंमा जरावर पाउनु असाध्यै ठूलो महत्वको लाग्थ्यो मलाई । जब परिवार सबै सदस्यका लागि जरावर बोकेर गाउँको घर जान्थ्यौं, हाम्रो घरको जरावर हेर्न घर वरिपरिका छिमेकीहरु आउँथेँ । हामीचाहिँ रमाउँदै आ–आफ्नो जरावर देखाउँथ्यो । दशैंको सबैभन्दा रमाइलो क्षण मेरो लागि यही हुन्थ्यो । Continue reading “अभिभावक बिनाको दशैं”
पूर्वराष्ट्रपति डा यादव क्यान्सरमुक्त
अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा उपचार गराइहेका पूर्व राष्ट्रपति डा रामवरण यादवले अस्पतालका डाक्टरको निगरानीमा स्वास्थ्य लाभ गरिरहेका छन्। यादवकी छोरी अनिता यादवले रासससँग कुरा गर्दै भने, ‘गत अक्टोबर २ तारिखमा गरिएको सफल शल्यक्रियापश्चात् उहाँ अस्पतालको अतिथि गृहमा चिकित्सकको निगरानीमा रहनुभएको छ।’
अनिताले पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्थाका बारेमा राससलाई जानकारी दिँदै भने, ‘अब बुबा क्यान्सरको सङ्क्रमणबाट मुक्त हुनुभएको छ। अहिले उहाँलाई प्रोटिनयुक्त खानेकुराका साथमा आराम गर्न चिकित्सकले सल्लाह दिएका छन्।’
गत अक्टोबर २ तारिखको दिन डा मनि मेननको नेतृत्वमा रहेको चार सदस्यीय टोलीले पूर्वराष्ट्रपति यादवको प्रोस्टेटको शल्यक्रिया गरेकोे थियो। रोवोटिक सर्जरी प्रविधिमा आधारित उक्त शल्यक्रिया करिब चार घन्टामा सकिएको छोरी अनिताले जानकारी दिइन्। यादव उपचारपश्चात् अक्टोबरको अन्तिम साता नेपाल फर्किने कार्यक्रम छ। रासस
चिनियाँ राजदूतद्वारा कपिलवस्तुको संरक्षणतर्फ ध्यानाकर्षण
कपिलवस्तु- चिनियाँ राजदूत ऊ चुन्थाई सहित चिनियाँ विशिष्ट व्यक्तिको एक टोलीले आज कपिलवस्तुका पुरातात्विक स्थलको अवलोकन गरेको छ । सो टोलीमा अल चाइना बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष झकाङ सहित सात जना सहभागी थिए। उनीहरुले बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धले २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरबार क्षेत्र, क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा र कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवाको अवलोकन गरे।
उनीहरुलाई लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले लुम्बिनी र प्राचीन कपिलवस्तुका बौद्धकालीनस्थलका बारेमा जानकारी गराए। उनीरुले प्राचीन बौद्धकालीन स्थलको संरक्षण हुनुपर्नेबारे ध्यानाकर्षण गराए। पछिल्ला वर्षमा चिनियाँ उच्च अधिकारीदेखि सर्वसाधारण चिनियाँ पर्यटकको भ्रमण लुम्बिनी र कपिलवस्तु क्षेत्रमा बढ्दै गएको छ । रासस
प्रहरीको भीडन्तमा एक युवकको मृत्यु
पर्सा प्रहरीको कारबाहीमा गएराति एक जनाको मृत्यु भएको छ । वीरगन्ज उपमहानगरपालिका–१८ को सिरोमणी टोलमा रहेको कच्ची बाटोमा राति ८ बजे प्रहरीसँग भएको भिडन्तको क्रममा प्रहरीले चलाएको गोली लागी एक युवकको मृत्यु भएको हो ।
दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी पर्सा प्रहरीले जिल्लामा लागू गरेको विशेष सुरक्षा योजनाअन्तर्गत वीरगन्ज उपमहानगरपालिकाको सुनसान क्षेत्रको नियमित गस्ती गर्ने क्रममा भारतीय नम्बरको मोटरसाइकलमा सवार भई आउँदै गरेका दुई जनालाई रोकी चेकजाँच गर्न खोज्दा प्रहरीलाई लक्षित गरी गोली चलाएकाले प्रहरीले गरेको कारबाहीमा गोली लागी युवकको मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक डा राजुबाबु श्रेष्ठले जानकारी दिए ।
मृतकको परिचय नखुलेको र मृतकसँगै रहेका भारतीय मोटरसाइकल चालकको खोजी कार्य भइरहेको उपरीक्षक श्रेष्ठले बताए । फरार भएका अन्यको खोजीका लागि वीरगन्जको विभिन्न स्थानमा प्रहरीले नाकाबन्दी समेत गरेको छ । प्रहरीको जवाबी कारबाहीमा मृत्यु भएका युवक भारतीय हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । पर्वको बेला वीरगन्जमा आपराधिक घटना घटाउन आएको प्रहरीले शङ्का गरेको छ ।
आधिकारिक रुपमा नबताइए पनि मृतक भारत विहारको रक्सौल निवासी दिसाद आलम रहेको प्रहरी स्रोतले दाबी गरेको छ । वीरगन्जका चर्चित व्यापारी सुरेश केडियाको केही महिना अगाडि भएको अपहरणमा पनि संलग्न रहेको र प्रहरीको खोजी सूचीमा समेत रहेका आलमको भिडन्तको क्रममा मृत्यु भएको स्रोतले जनाएको छ । प्रहरीले घटनास्थलबाट एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने चार थान गोली पनि बरामद गरेको छ । रासस