घुँडै टेकाएर टीका लगाउनु विभेद् हाेइन ?

रेशम चाैधरी।

विभेदको लडाइँ हरेक देशमा हुन्छ। जुन देशले स्वीकार्छ त्यो देश छिटो प्रगतिपथमा लम्कन्छ। जुन देशमा यसलाई अस्विकार गर्ने प्रयत्न गरिन्छ, त्यो देशमा वर्गीय विभेदको लडाइँ लम्बिन्छ। लम्बिएको विभेदको लडाइँले जब विजय प्राप्त गर्छ, त्यो अत्यन्तै क्रूरताले भरिपूर्ण हुन्छ। Continue reading “घुँडै टेकाएर टीका लगाउनु विभेद् हाेइन ?”

एम्बुलेन्सको ठक्करबाट सुनसरीका राजकुमार चौधरीसहित तीन जना घाइते

सुनसरीको चिमडी गाविस–९ मा एम्बुलेन्सको ठक्करबाट आज तीनजना घाइते भएका छन् । रामनगर भुटाहाबाट बिरामी लिएर बिराटनगरतर्फ जाँदै गरेको नासो कृषि सहकारी संस्थाको को १८ च ९२५७ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा चिमडी–९ का राजकुमार चौधरी, जिवस चौधरी र मोहन चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घाइतेमध्ये राजकुमारको अवस्था गम्भीर रहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । सडकपेटीमा बसिरहेका बेला उनीहरुलाई एम्बुलेन्सले ठक्कर दिएको प्रहरीले जनाएको छ । रासस

राना थारुकाे संस्कृति हेर्न हजार बढी पर्यटक

नेपालकै पहिलो रानाथारु सामुदायिक घरबास स्थापनाको १० महिनामा एक हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक भित्रिएका छन् । गत वर्ष मङ्सिरदेखि कञ्चनपुर, भीमदत्तनगरपालिका–१६ नयाँ कटानमा सञ्चालित सो ‘होमस्टे’मा एक हजार १०० भन्दा बढी पर्यटक आएका छन् । Continue reading “राना थारुकाे संस्कृति हेर्न हजार बढी पर्यटक”

चौधरी ग्रिल उद्योगमा अागलागी, लाखाैंकाे क्षति

ग्रिल उद्योगमा आगलागी हुँदा लाखौँकोे क्षति भएको छ। दाङ तुलसीपुर-९ दोघरेस्थित चौधरी ग्रिल उद्योगमा आज दिउँसो भएको आगलागीमा रु तीन लाख २५ हजार बराबरको क्षति भएको सशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरका प्रहरी निरीक्षक धनञ्जय केसीले बताए । Continue reading “चौधरी ग्रिल उद्योगमा अागलागी, लाखाैंकाे क्षति”

थारु गीत : रिमझिम रिमझिम [भिडियाे]

गायक रमेश मिलनको नयाँ गीत सार्वजनिक भएको छ । रिमझिम रिमझिम बोलको गीतको म्युजिक भिडियो शंकर चौधरीले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा प्रेम चौधरी, क्षितिज चौधरी र महिमा रानाले अभिनय गरेका छन् ।

रौतहटका थारु युवाहरु सम्मानित

रौतहटका थारु युवाहरु सम्मानित भएका छन् । विभिन्न क्षेत्रमा सक्रिय भएर काम गर्ने युवाहरुलाई थारु एक्टिभ ग्रुपले सम्मान गरेको हो । Continue reading “रौतहटका थारु युवाहरु सम्मानित”

स्थानीय निर्वाचन गराउन सरकारको ध्यानाकर्षण : मन्त्री चौधरी

कृषि मन्त्री गौरीशङ्कर चौधरीले स्थानीय निकायको निर्वाचन गराउनका लागि सरकारको ध्यान केन्द्रित भएको बताएका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–३ सीताबस्तीमा नवोदय जीवनशक्ति युवा क्लबले आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले संविधान कार्यान्वयन गराउनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक भएको बताए। Continue reading “स्थानीय निर्वाचन गराउन सरकारको ध्यानाकर्षण : मन्त्री चौधरी”

सामाजिक सदभावले ओतप्रोत सखिया नृत्य

राजेन्द्रप्रसाद पनेरु। 

कञ्चनपुर- मादलको तालसँगै कम्मर मर्काउँदै थारु युवतीले नाच्ने सखिया नृत्य सामाजिक सद्भाव र धार्मिक भावनाले ओतप्रोत छ । सामूहिक रुपमा सबैका घर घरमा गएर नाचिने भएकाले यस नृत्यले समाजमा सद्भाव फैलाउन मद्दत पुर्याउँछ ।  Continue reading “सामाजिक सदभावले ओतप्रोत सखिया नृत्य”

उदयपुरको बेल्टारबजार तनावग्रस्त, दर्जनौँ सेल अश्रुग्यास प्रहार

उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टारबजार गएरातिदेखि तनावग्रस्त बन्न पुगेको छ भने भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याससमेत प्रयोग गरेको छ । बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको पाँच दिनअघि मोरङको सिजुवास्थित बेतौनाको जङ्गलमा हत्या भएको थियो । गएराति उनको शव ल्याउने क्रममा बेल्टारबजारमा हजारौँको सङ्ख्यामा स्थानीयवासी राजेन्द्रको विरुद्ध आन्दोलनमा उत्रेपछि बेल्टारबजार तनावग्रस्त बन्न पुगेको स्थानीयवासी शिवकुमार राईले बताए। Continue reading “उदयपुरको बेल्टारबजार तनावग्रस्त, दर्जनौँ सेल अश्रुग्यास प्रहार”

दाङको चर्चित सख्या, पैया नाच (फोटो फिचर)

सन्तोष दहित/दाङ।

दाङ हेकुली ८, हेकुली गाउँमा अहिले दशैंको सख्या र पैया नाचले रौनक छाएको छ। अरु गाउँभन्दा भिन्नै तरिकाले नाचिने सख्या नाचले हेकुली गाउँमा सख्या, पैया नाच हेर्न आउनेहरुको भिड लाग्नथालेको सख्या, पैया नाचको मोह्रिन्या अन्जु चौधरीले बताए। युवाहरुको आफ्नो भेषभुषाले झन नाच हेर्नआउनेहरुलाई उत्साहित बनाएको छ। तस्बिर : नविन दहित

14642721_1134134936636412_536421247_n

14658434_1134134573303115_1964480288_n

14694722_1134135196636386_1361212884_n 14699850_1134135313303041_217918517_n