गुगलले आफ्नो नयाँ उत्पादन पिक्सेल र पिक्सेल एक्सएल स्मार्टफोन सार्वजनिक गरेको छ। गुगलले मंगलबार सान फ्रान्सिस्कोमा एक कार्यक्रम गरी आफ्ना नयाँ उत्पादनहरु सार्वजनिक गरेको हो। उक्त कार्यक्रममा गुगलले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको हो। Continue reading “आइफोनलाई टक्कर दिन गुगलले ल्यायो पिक्सेल स्मार्टफोन”
Author: admin
कमैया मुक्ति अभियानता निर्मलादेवी थारुलाई अन्तर्राष्ट्रिय पुरस्कार
ग्रामीण जीवनमा महिला सिर्जनशीलतामा नमुना काम गर्ने नेपालका दुई महिलाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएकी छन्। चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छत मै तरकारी फलाउन सफल भएकी तुलसी ज्ञवाली र कमैयाको मुक्ति अभियानमा लागेकी पश्चिम नेपालकी निर्मलादेवी थारु ‘चौधरी’ ले सो पुरस्कार प्राप्त गर्ने भएकी हुन्। Continue reading “कमैया मुक्ति अभियानता निर्मलादेवी थारुलाई अन्तर्राष्ट्रिय पुरस्कार”
नेपाल-भारत सम्बन्ध सुध्रियोः भारतीय राजदूत
नेपालका लागि भारतीय राजदूत रञ्जित रायले पछिल्लो समय नेपाल र भारत दुबैको तर्पmबाट भएका उच्चस्तरीय द्विपक्षीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको बताएका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै राजदूत रायले पछिल्लो समय द्विपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपेको दावी गरे। Continue reading “नेपाल-भारत सम्बन्ध सुध्रियोः भारतीय राजदूत”
‘प्रधानमन्त्रीले धोका दिए परिणाम ठिक हुन्न’
संघीय समाजवादी फोरम नेपालकी नेतृ रेखा यादवले दसैं अघिनै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नभएकोप्रति असन्तुष्टि जनाएकी छन्। तीन सुत्रीय सहमति र प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिबद्धता अनुसार दसैं अघि नै संशोधन दर्ता हुनु पर्ने भन्दै यादवले त्यसो नहुनु आफूहरुसँग धोका भएको आरोप लगाएकी हुन्। Continue reading “‘प्रधानमन्त्रीले धोका दिए परिणाम ठिक हुन्न’”
मधेस-थरुहट आन्दोलनको छानबिनमा ढिलाइ किन ?
दिपेन्द्र झा, अधिवक्ता।
सरकारले मधेस थरुहट आन्दोलनमा भएको हत्या, हिंसा र दमनको छानबिन गर्न सर्वाेच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो । दुःखको कुरा, आजसम्म आयोगका सदस्यहरुले सपथ ग्रहण गरी आफ्नो काम सुरु गर्न सकेका छैनन् । Continue reading “मधेस-थरुहट आन्दोलनको छानबिनमा ढिलाइ किन ?”
संसद्को खाना-नास्ता खर्च तीन वर्षमा ११ करोड
संसदमा खाजा–खानाका लागि मात्रै तीन वर्षमा १० करोड ७८ लाख १९ हजार ९ सय ३५ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष ०७०-७१ देखि ०७२-७३ सम्म संसद् सचिवालयले संसदीय समिति, संसदीय दल र सभामुख, उपसभामुखको सचिवालयमा खाना–खाजाको नाममा सो बराबरको रकम खर्च गरेको छ । Continue reading “संसद्को खाना-नास्ता खर्च तीन वर्षमा ११ करोड”
नेपालद्वारा १९५० को सन्धी संशोधनको औपचारिक प्रस्ताव
नेपाल र भारत प्रबुद्ध समूहको मंगलबार सुरु बैठकमा नेपालले औपचारिक रूपमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधनको प्रस्ताव गरेको छ । त्यसैगरी दुई देशको व्यापार तथा पारवहनको विषयले पनि बैठकमा प्राथमिकता पाएको छ । प्रबुद्ध समूहको नयाँदिल्लीस्थित सचिवालयमा सुरु बैठकमा नेपाली प्रबुद्ध समूहका संयोजक भेखबहादुर थापाले पहिलो सत्रमै सन्धि संशोधनको प्रस्ताव राखेका हुन्, कान्तिपुर दैनिकमा खबर छापिएको छ । ‘हामीले सन् १९५० को शान्ति तथा मैत्री सन्धी संशोधनको प्रस्ताब गर्यौ’ संयोजक थापाले भने, ‘अब यसबारे दुबैपक्षबीच छलफल सुरु भयो ।’ Continue reading “नेपालद्वारा १९५० को सन्धी संशोधनको औपचारिक प्रस्ताव”
भेट्टाएको ४० हजार लिन कोही आएन
भेट्टाएको ४० हजार रुपैयाँ लिनका लागि कसैले पनि सम्पर्क नगरेको एक उप–प्राध्यापकले बताएका छन् । शारदा क्याम्पस शंखमूल सल्यानका उपप्राध्यापक दीपक बुढाथोकीले सल्यानबाट दाङ, तुलसीपुर आउने क्रममा कपुरकोट प्रहरी चेकपोस्टनजिकै पोलीथिनमा बेरेर राखेको अवस्थामा ४० हजार नगद फेला पारेका थिए, आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
‘हिजो (सोमबार) साँझ कपुरकोट प्रहरी चेकपोस्टनजिकै सडकमा पोलिथिनको झोलामा पैसा भेट्टाएँ,’ उनले भने । यो पैसा कसको हो ? भनेर पनि वरपर सोधखोज गर्दा कसैले पनि दाबी गरेनन्,’ उपप्राध्यापक बुढाथोकीले भने ।
दसैंको बेलामा पैसा हराएको मान्छे आत्तिएको होला भनेर पैसा भेट्टाउने बित्तिकै रेडियो प्रकृति र कपुरकोट एफएमबाट सोको जानकारी गराएको बताउँदै उनले भने, ‘सम्बन्धित व्यक्ति सम्पर्कमा आउन सूचना जारी गर्दा पनि अहिलेसम्म कोही आएका छैनन् ।’
रेशम चौधरीको ब्लग: हजुरआमाले सबैलाई सोध्छिन् रे- मेरो नातिले मान्छे मारेकै हो?
रेशम चौधरी।
दशैँको अस्तमिको दिन, घरमा सबैजना जम्मा भएर ढिकरी ९थारुहरुको मिठो ब्यन्जन० खाँदैछन रे। माइलो भाइले फोन गरेर भन्यो( दाइ हजुरआमा सार्है रुनुभो। आमाले पनि हजुरलाई सम्झेर ढिकरी खानु भएन। म पनि आँशु थाम्न सकिन अनि हजुरलाई फोन गरेको। भाइले तेसोभन्दा मैले पनि आशुँ थाम्न सकिन, धरधरी रोए। हजुरबुबा गतसाल मात्रै बित्नुभएको। न्यास्रोको एकमात्रै सहारा म थिएँ- हजुरआमाको लागि। ढछ वर्षकी हजुरआमालाई सबैभन्दा ठूलो बिश्वास थियो ममाथि। मेरा साथीहरू भेट्न जाँदा बेलाबेलामा सोध्थिन रे- होइन मेरो नातिले मान्छे मारेकै हो तरु मेरी हजुरआमाको यस्तो कुरा सुनेर मेरा साथीहरू भक्कानिँदै मेरो निर्दोशिताको जवाफ दिन्थे रे। अनि मेरी हजुर आमाले ममाथि अन्याय गर्नेहरुलाई सत्तोसराप दिन्थिन रे। Continue reading “रेशम चौधरीको ब्लग: हजुरआमाले सबैलाई सोध्छिन् रे- मेरो नातिले मान्छे मारेकै हो?”
आमाको सम्झनामा
बालिका चौधरी।
यो सृष्टिको चक्र घुमिरहन्छ निरन्तर । हेर्दा हेर्दै हेर्ने आँखालाई नै पुरानो बनाएर बालबालिका, किशोर, जवान, प्रौढ हुन्छन् । दिन पछि रात भनेझैँ जन्म पछि मृत्यु अपरिहार्य छ । त्यही क्रमसँगै यस धर्तीमा नयाँ मान्छेहरु आउँदै पुराना मान्छेहरु जाने क्रम चलिरहन्छ । Continue reading “आमाको सम्झनामा”