दाहाल सरकारकाे समर्थन फिर्ता लिने मुडमा मोर्चा

तीनबुँदे सम्झौता कार्यान्वयन हुने समस्या देखिएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने मनस्थितिमा पुगेको छ । दुई महिनाअघि नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धनलाई सरकार गठन गर्न सघाएको मोर्चाले आफ्ना असन्तुष्टिलाई दाहाल नेतृत्वको सरकारले बेवास्ता गरेपछि बाध्य भएर समर्थन फिर्ता लिने मनस्थिति बनाएको मोर्चाका नेताहरूले जनाए । Continue reading “दाहाल सरकारकाे समर्थन फिर्ता लिने मुडमा मोर्चा”

तीन मानिसबाट जन्मियो जन्मियो पहिलो बच्चा

विश्वमै पहिलो पल्ट तीन व्यक्ति प्रजनन् प्रविधिबाट एक शिशुको जन्म भएको अमेरिकी चिकित्सकले दाबी गरेका छन्। न्यु साइन्टिस्ट जर्नलका अनुसार अमेरिकी चिकित्सकले ३ जना मानिसको डिएनए मिश्रण प्रविधिबाट एक शिशुको जन्म भएको बताएका हुन्। Continue reading “तीन मानिसबाट जन्मियो जन्मियो पहिलो बच्चा”

बबई नदीमा डुबेर एक जनाको मृत्यु

नुहाउन गएका एकजना बालकको बबई नदीमा डुबेर मृत्यु भएको छ। तुलसीपुर–१८ कचिला निवासी १० वर्षीय झगवीर केसीको बबईमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। घर नजिकैको नदीमा नुहाउन गएका बालकको शव मृत अवस्थामा आज बबई नदीमा फेला परेको प्रहरीले जनाएको छ। Continue reading “बबई नदीमा डुबेर एक जनाको मृत्यु”

‘थारुहरुको नङ र मासुको सम्बन्धलाई अलग नपारिदिनुस् सभामुखज्यु’

थरुहट तराई पार्टी नेपालका सांसद गंगा चौधरीले थारुहरुको कलस्टर नछुट्याउन आग्रह गरेकी छन्। मंगलबार संसदमा बोल्दै सांसद चौधरीले थारुहरुको नङ मासुको सम्बन्ध रहेको भन्दै उनीहरुलाई अलग नपार्न आग्रह गरेकी हुन्। Continue reading “‘थारुहरुको नङ र मासुको सम्बन्धलाई अलग नपारिदिनुस् सभामुखज्यु’”

अमेरिका जान डिभी चिट्ठा खुला

अमेरिकाले सन् २०१८ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन आज मंगलबारदेखि खुल्नेछ। अमेरिकी दूतावासकाअनुसार आज साँझ ९:३० बजेदेखि डिभी आवेदन खुला हुनेछ। Continue reading “अमेरिका जान डिभी चिट्ठा खुला”

बसको ठक्करबाट पैदलयात्री उमेश चौधरीको मृत्यु

मोरङको सुन्दरदुलारी-१० स्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट गएराति एक पैदलयात्रीको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ७८६६ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँका ५० वर्षीय उमेश चौधरीको मृत्यु भएको हो ।

साँझ बसको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए ।

ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ ।

थारु फिल्म भौँराको च्यारिटी सो दाङ र कैलालीमा पनि हुने

काठमाडौंपछि थारू फिल्म भौँराको च्यारिटी सो दाङ, बर्दिया र कैलालीमा हुने भएको छ। पश्चिमका थारुहरुको अत्याधिक मागपछि च्यारिटी सो गर्न लागिएको फिल्म निर्माता नन्दुराज चौधरीले जानकारी दिए। Continue reading “थारु फिल्म भौँराको च्यारिटी सो दाङ र कैलालीमा पनि हुने”

थारूका मुद्दा सम्बाेधन नभए अर्काे विद्राेह हुन्छ : सांसद याेगेन्द्र चाैधरी

सरकारलाई समर्थन गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसदले थारुहरुलाई सरकारले सम्बोधन नगरे अर्को विद्रोह हुने धम्की दिएका छन् । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले सरकार गठनका बेलामा तीनबुँदे सहमति भएको सुनेको भन्दै फेरि बेइमानी भएको हो ? भन्ने प्रश्न गरे । Continue reading “थारूका मुद्दा सम्बाेधन नभए अर्काे विद्राेह हुन्छ : सांसद याेगेन्द्र चाैधरी”

श्रीनिवास चाैधरीकाे गीतकाे म्युजिक भिडियाे सार्वजनिक

गायक श्रीनिवास चौधरीको कर्णप्रिय आवाजमा सजिएको ‘सायौँ डाँडा कटिगए गयौँ एक्लै पारेर’ भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। लक्ष्मी शर्माको शब्द रहेको उक्त गीतको चार वर्षपछि म्युजिक भिडियो बनेको हो। Continue reading “श्रीनिवास चाैधरीकाे गीतकाे म्युजिक भिडियाे सार्वजनिक”

घटस्थापनासँगै मिथिलाञ्चलमा झिझियाको रौनक

हिन्दूहरुको घरआँगनमा बडादसैं आएलगत्तै मिथिलाञ्चल क्षेत्रमा झिझिया नृत्यले धुम मच्चाएको छ । महोत्तरी, धनुषा, सर्लाही, सिरहालगायत मिथिलाञ्चलको धर्ती दसैँको अवधिभरि नै रातिको समयमा झिझियाका लोकगीतले रौनक बढाएको छ । रातिको समयमा गाउँको चौवटियामा महिलाले समूह बनाएर नाचगान गर्दै झिझिया नृत्यमा रमाइलो गरेसँगै तराई क्षेत्रमा यस नृत्यको महत्व नै बेग्लै रहेको पाइन्छ । Continue reading “घटस्थापनासँगै मिथिलाञ्चलमा झिझियाको रौनक”