पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ?

जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसको खानपिन पनि बदलिएको छ । बेस्सरी मसला हालेको खाना खाएर एसिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ । यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपाय छन् ।

१. अमला

तपाईँलाई एसिडिटीको समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम पुग्छ ।

२. ज्वानो

ज्वानोलाई पानीमा उमालेर पिउनुस् । ग्यासको समस्या तत्काल निको हुन्छ ।

३. तुलसीका पात

तुलसीका पातले रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछन् ।

४. बेसार

दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ । पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर खानुभए पनि हुन्छ ।

५. जिरा

कब्जियत वा पेटका अन्य दुखाइमा जिरालाई भुटेर त्यसमा वीरे नुन हालेर पानीमा उमालेर खाँदा पनि ग्यासले सताउँदैन ।

सुन्दर छाला बनाउने टिप्स

–तैलीय स्वभावको छालाका लागि बेलुका फेसवास प्रयोग गरेर अनुहार धुनुपर्छ ।
–हप्तामा दुईतीन पटक स्क्रबको प्रयोग गरी मृत छाला र खिलहरू हटाउने ।
–टोनरको प्रयोगले छालामा भएको चिल्लोपन हटाउनुका साथै रोमछिद्रलाई कसिलो बनाउन मद्दत पुग्छ ।
–हप्तामा एकपटक तीनदेखि पाँच मिनेटसम्म बाफ लिनाले रक्तसञ्चार वृद्धि भई रोमछिद्र खुला हुन्छ र छालालाई स्वस्थ राख्छ ।
–मड प्याक वा हर्बल मास्क लगाएर अनुहारको छालालाई पोषण दिन सकिन्छ ।
–सूर्यको खराब किरणबाट छालालाई जोगाउन सनस्क्रिन लोसन प्रयोग गर्नुपर्छ ।
–छालाको नरमपनका लागि चिल्लो नभएको म्वाइस्चराइजर प्रयोग गर्नुपर्छ ।
–व्यायामले दूषित पदार्थ पसिनाको रूपमा निस्केर छालालाई सुन्दर बन्न मद्दत गर्छ ।
–प्रशस्त मात्रामा पानी पिउने ।
–फलफूल, सलाद बढी खाने ।

महिलालाई धम्काउने पूर्वमन्त्री पक्राउ

पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरकी एक महिला उद्यमीलाई धम्काएर पैसा मागेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। ललितपुरबाट गुप्तालाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले बताए। गुप्ताले ती महिलालाई पैसा नदिए अपहरण गर्ने धम्कीसमेत दिएका थिए। Continue reading “महिलालाई धम्काउने पूर्वमन्त्री पक्राउ”

ओलीको प्रश्न- जिद्दी गर्दैमा संविधान संशोधन हुन्छ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कसैको दबाब र भड्काउमा देश र लोकतन्त्रको अहित हुने गरी संविधान संशोधन गर्न नहुने बताएका छन्।  Continue reading “ओलीको प्रश्न- जिद्दी गर्दैमा संविधान संशोधन हुन्छ?”

थारुलाई अपराधी भनेपछि संसद्‍मा जंगिए थारु सांसद

व्यवस्थापिका संसदमा एमालेका एक सांसदले टीकापुर हत्याकाण्डका अभियुक्तलाई उन्मुक्ति होइन हदैसम्मको कारवाही माग गरेपछि फोरम लोकतान्त्रिकका सांसदले नियमापत्ति गरेका छन् । तर फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले गरेको नियमापत्ति संसदको कुन नियमावली अन्तर्गत हो भन्दै एमालेका अर्का सांसद चुँडामणी जंगली विकले प्रश्न उठाएपछि सभामुखले हस्तक्षेप गर्नु परेको छ ।

व्यवस्थापिका संसदको सोमबारको बैठकमा शून्य समयमा बोल्ने क्रममा एमालेका सांसद हर्कबोल राईले ९ जना प्रहरी र नाबालकको हत्या गर्ने टिकापुर हत्याकाण्डका अभियुक्तलाई उन्मुक्ति दिन सरकार लागेको भन्दै आपत्ति जनाएका थिए ।

उनले जघन्य अपराधका अभियुक्तलाई उन्मुक्ति होइन हदैसम्मको सजाय हुनुपर्ने माग गरेपछि सांसद चौधरीले नियमापत्ति गरे । उनले अदालतमा बिचाराधीन विषयमा कसैलाई जघन्य अपराधी भन्ने अधिकार कसले दियो भन्दै प्रश्न गरे ।

उनले सांसद राईको भनाई संसदको रेकर्डबाट हटाउन माग गरेपछि सभामुख ओनसरी घर्तीले यो विषयमा आफ्नो ध्यानाकर्षण भएको बताइन् । लगत्तै उठेका एमाले सांसद चुडामणी विक जंगलीले चौधरीको नियमापत्ति संसदको कुन नियमावलीको कुन धारा अन्तर्गत हो भन्ने प्रश्न गरे । यो विषयलाई नतन्काउन आग्रह गर्दै सभामुखले उनलाई बस्न आग्रह गरेपछि साम्य भयो ।

यसैबीच टीकापुर हत्याकाण्डको विषय संसदमा नउठाउन थरुहट पार्टीकी सांसद गंगा चौधरी सत्गौंवाले चेतावनी दिएकी छन् । व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै चौधरीेले टीकापुर काण्ड राजनीतिक कारणले भएको भन्दै यो काण्डमा राजनीतिक व्यक्तिमाथि कारबाही हुन नसक्ने बताइन् ।

यौनजन्य क्रियाकलाप गर्ने ११ जना पक्राउ

ललितपुर प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न ११ जना युवा युवतीलाई आज ग्वार्कोबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोको विशेष टोलीले बालकुमारी– ग्वार्को क्षेत्रमा बेस्यावृत्तिसम्बन्धी मोलमोलाई गर्ने कार्यमा संलग्न रहेको अभियोगमा छ जना युवती र एक सञ्चालकसहित पाँचजनालाई पक्राउ गरेको हो । Continue reading “यौनजन्य क्रियाकलाप गर्ने ११ जना पक्राउ”

चितवनका थारुहरुको जग्गा लुटिँदै

कारी महतो/चितवन।

थारुहरुको जग्गा दिन प्रतिदिन अर्कैको अधिनमा गैरहेको सन्दर्भमा सोही विषयमा थारु कल्याणकारिणी सभा (थाकस) चितवनले भेला सम्पन्न गरेको छ । भेलाबाट विभिन्न कारणले थारुहरुको जग्गा लुटिँदै गएकोले ती जग्गा जमीन संरक्षण गर्नका लागि थारु समुदाय एकजुट भइ संघर्ष गर्ने बताएका छन् । Continue reading “चितवनका थारुहरुको जग्गा लुटिँदै”

संविधान संशोधनको प्रस्ताव बनाउन संघीय गठबन्धनले बनायो कार्यदल

सङ्घीय गठबन्धनको आजको बैठकले सङ्घीय गठबन्धनका नेता लक्ष्मणलाल कर्णको संयोजकत्मा ११ सदस्यीय संविधान संशोधन मस्यौदा समिति गठन गरेको छ ।  Continue reading “संविधान संशोधनको प्रस्ताव बनाउन संघीय गठबन्धनले बनायो कार्यदल”

गच्छदारलाई असन्तुष्ट पक्षको तीन दिने अल्टिमेटम

मधेसी जनअधिकार फोरम (प्रजातान्त्रिक) का असन्तुष्ट सांसदहरूले आफूहरुलाई सरकारमा सहभागी गराउन पार्टी अध्यक्ष विजयकुमार गच्छदारलाई तीन दिने अल्टिमेटम दिएका छन्। तीन दिनभित्र पार्टी अध्यक्ष गच्छदारले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पार्टीको सहभागिता सुनिश्चित नगरे पार्टी फुटाएर भए आफूहरु सरकारमा जाने जानकारी गच्छदारलाई दिएका छन्। Continue reading “गच्छदारलाई असन्तुष्ट पक्षको तीन दिने अल्टिमेटम”

अट्‍वारीको रौनकले छायो थारु गाउँ

सन्तोष दहित/दाङ।

हिन्दुहरुको हरीतालिका तीज संगै थारु गाउँ गाउँमा पनि आजदेखि अट्वारी पर्वको रौनक छाएको छ । हरेक वर्षको एकचोटि मनाइने आदिवासी थारु समुदायले अट्वारी पर्वलाई दोस्रो पर्वको रुपमा मनाउदै आएकाछन् । यदपि अट्वारी कुन दिन मनाउने भन्ने विषयमा नेपाली क्यालेण्डरमा तिथीमिति भने उल्लेख गरिएको छैन । सरकारी क्यालन्डेमा त झन परैको कुरा भयो । तर, पनि थारु अगुवाहरुको अनुसार हरेक वर्ष कृष्णजन्मन अष्टिमी पछिको दुइ आइतवार अर्थात १२÷१३ दिन पछि अट्वारी पर्व मनाउदै आएका छन् । Continue reading “अट्‍वारीको रौनकले छायो थारु गाउँ”