बिनोद यादव हत्याकान्ड : गायब पार्न शरीर टुक्रा पारियो

विराटनगरका अक्सर्फोड होस्टेलका सञ्चालक बिनोद यादवको हत्यामा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेका तीनैजनालाई हिरासतमा राखी हत्याको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्या गरिएको यादवको उमेर प्रहरीले १९ वर्ष बताएको छ। Continue reading “बिनोद यादव हत्याकान्ड : गायब पार्न शरीर टुक्रा पारियो”

चार जना चढेको मोटरसाइकल दुर्घटना हुँदा बर्दियामा एक जनाको मृत्यु

बर्दिया जिल्लामा रहेको नेपालकै लामो पुल कर्णाली गेरुवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । बर्दियाको गोला गाविस-९ बाट ताराताल तर्फ आउँदै गरेको बा ३३ प ८५८० नम्बरको मोटरसाइकल बुधबार बिहान करिब साढे चार बजे अनियन्त्रित भइ पल्टिँदा स्थानीय ३२ वर्षीय तपेन्द्र ऐडीको मृत्यु भएको हो । Continue reading “चार जना चढेको मोटरसाइकल दुर्घटना हुँदा बर्दियामा एक जनाको मृत्यु”

गच्छदारको खुलासा- ‘प्रधानमन्त्रीको भारत भ्रमणपछि सरकारमा जान्छौं’

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख प्रतिपक्ष नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सहमतिबिना संविधान संशोधन प्रस्ताव गर्न नहुने बताएका छन्। भदौ ३० गते भारत भ्रमण जानुअघि नै संविधान संशोधनको भित्री तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्ता सहयोगी दल नेपाली कांग्रेस लागिरहेका बेला गच्छदारको फरक  भनाइ आएको हो।

गच्छदारले दुवै पक्षसँग सहमति गरेर मात्र संविधान संशोधन प्रक्रिया अगाडि बढाउँदा मात्र देशको भलो हुने बताए। ‘प्रधानमन्त्री भारत भ्रमणअघि नै संविधान संशोधन प्रस्ताव दर्ता गराउने तयारीमा हुनुहुन्छ, माओवादी केन्द्र र कांग्रेसले मात्रै त्यसो गरे मुलुक द्वन्द्वमा जानेछ,’ गच्छदारले भने, ‘एमाले र मधेसी मोर्चा दुवैलाई साथ लिएर मात्र संविधान संशोधन प्रक्रिया अगाडि बढाउनुपर्छ।’ त्यसनिम्ति प्रधानमन्त्री दाहालले नै इच्छाशक्ति लिएर एमाले र मधेसी मोर्चासँग पहलकदमी लिनुपर्ने उनको सुझाव छ।

गच्छदारका अनुसार प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसले संसद्भित्रको संख्याका आधारमा संविधान संशोधन खेलमा लाग्न नहुने पनि प्रस्ट्याएका छन्। ‘संशोधनका लागि ३ सय ९८ मत चाहिन्छ, अहिले प्रचण्डजीलाई ३ सय ६३ मतको समर्थन छ, त्यसमा ३५ मत अझै पुग्दैन,’ गच्छदारले भने, ‘संख्याका हिसाबले पनि संशोधन हुन सक्दैन, झन् संविधानजस्तो विषयलाई संख्याका आधारमा संशोधन गर्ने भूल गर्नै हुँदैन।’

संविधान संशोधन अजेन्डामा मधेसी मोर्चा र गठबन्धनभित्र पनि एकमतले सहमति हुन नसक्ने ठोकुवा उनले गरे। ‘मधेसी मोर्चाभित्र होस् वा गठबन्धन नै किन नहोस्, त्यहाँ संविधान संशोधनका लागि एकमतले सहमति हुने सम्भावना म देख्दिनँ,’ गच्छदारले भने, ‘सबैका लागि उपयुक्त विकल्पका रुपमा मैले समग्रमा आठ प्रदेश र तराईका भूभागलाई तीन प्रदेशमा सीमित गरौं भनेर प्रस्ताव गर्दै आएको हुँ।’

गच्छदारले मुख्यतः कांग्रेस, एमाले, माओवादी केन्द्र र आफ्नो पार्टीबीच सहमतिको आवश्यकता अझै रहेकोमा जोड गरे।

चार दल एक हुँदा मुलुकमा परिवर्तन संस्थागत भएकोमा जोड गर्दै एमालेलाई निषेध गरेर बढ्न नहुने उनको भनाइ छ। ‘एमालेलाई निषेध गरेर मुलुकको राजनीति अघि बढ्दैन, उसलाई पनि साथसाथै लैजानुपर्छ भनेर मैले भन्दै आएको छु,’ गच्छदारले भने।

आफू र आफ्नो पार्टी संविधान निर्माण नेतृत्वकर्ता चार दललाई मिलाउन अझै लागिपरेको उनले जानकारी दिए।

‘संविधान निर्माण गर्दा चार दल मिलेका कारण जसरी संविधान आएको थियो, त्यसको कार्यान्वयनका लागि फेरि पनि मिल्न जरुरी छ, मिलाउन म पहलकदमी गर्दै छु,’ गच्छदारले भने, ‘ओलीजीसँग पनि कुराकानी भइरहेको छ, प्रचण्डजीसँग पनि कुराकानी भइरहेको छ।’

उनका अनुसार मधेसी मोर्चाको साथ लिन अनिवार्य चार दलबीच एकता कायम गरिनुपर्छ।

‘दाहाल फर्केपछि सरकारमा जान्छौं’

प्रधानमन्त्री दाहालको भारत भ्रमणपछि आफ्नो पार्टी पनि सरकारमा सामेल हुने गच्छदारले खुलासा गरेका छन्। ‘प्रधानमन्त्रीको भारत भ्रमणपछि हाम्रो पार्टी सरकारमा सामेल हुनेछ, त्यसका लागि हामीलाई दुईवटा मन्त्रालय छुट्ट्याइसकिएको छ,’ गच्छदारले भने, ‘दुई जना क्याबिनेट मन्त्री र दुई जना राज्यमन्त्री गरी चार जना सहभागी हुनेछन्।’

ओली सरकारको पालामा प्राप्त भौतिक योजना तथा निर्माण मन्त्रालय र स्वास्थ्य मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरे पनि कुन–कुन मन्त्रालयको जिम्मेवारी लिने भने अझै टुंगो नलागेको उनले जनाए।

दाहाल फर्केपछि मधेसी मोर्चाका केही दल सरकारमा सहभागी हुने जनाए पनि उनले कुनकुन भन्ने खुलाएनन्।

आफ्नो पार्टी गच्छदारले आफनो पार्टी बिभाजनमा हुन लागेको भन्ने प्रचारबाजी भएकोमा दुःख व्यक्त गरेका छन्। ‘पार्टी विभाजन हुन लागेको भनेर निकै प्रचारबाजी भइरहेको छ, यथार्थमा त्यो होइन,’ गच्छदारले भने, ‘पार्टी सरकारमा जानेछ तर त्यसका लागि सम्मानजनक उपस्थिति मात्र खोजिरहेका छौं।’

उपाध्यक्ष जितेन्द्र देवले पार्टी विभाजन गराउने भनेर बाहिरबाट धम्की दिएको प्रति दुःख व्यक्त गर्दै गच्छदारले संसदीय दलको बैठक बोलाएर स्पष्ट हुने बताए।

‘केही दिनमा संसदीय दलको बैठक बोलाएर जितेन्द्रजीसँग स्पष्ट हुने कोशिस गर्दैछु,’ गच्छदारले भने, ‘पार्टी नीतिविपरीत बोल्दै हिँड्ने अधिकार देवजीलाई कसले दियो, सोध्नेछु।’

केही दिनअघि सम्पन्न संसदीय दल र राजनीतिक समितिको संयुक्त बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको स्मरण गर्दै कस–कसलाई मन्त्री बनाउने भन्ने अधिकार उक्त बैठकले आफूलाई दिएको पनि गच्छदारले जनाए।

नागरिक दैनिकबाट

कतार बस्ने थारुहरुले जितिया पर्व मनाउने

थारु कल्याणकारिनी सभा कतार च्यापटरले थारुको महान पर्व जितिया मनाउने भएको छ । कतार च्याप्टरको अध्यक्ष अन्जनी पन्जियारको सभापतित्वमा र सदस्य अर्बिन्द कुमार चौधरीको संयोजनमा हुने कार्यक्रममा आदिवासी जनजाति महासंघ कतारको अध्यक्ष सियाराम चौधरीको प्रमुख आतिथ्यमा २३ सेप्टेम्बरमा , नोट अल नोक्यान रेस्टुरेन्ट (नजमा) विहानको ११ बजे कार्यक्रम हुने आयोजक समितिले जानकारी गराएको छ । Continue reading “कतार बस्ने थारुहरुले जितिया पर्व मनाउने”

थारु पत्रकारको राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा

कारी महतो थारु/चितवन।

विभिन्न राष्ट्रिय तथा स्थानीय पत्रपत्रिका तथा मिडियाहरुमा आबद्ध थारु पत्रकारहरुको छाता संगठन थारु पत्रकार संघ नेपालको राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगेको छ । ‘थारु समुदायको मुद्दा उठान, थारु पत्रकार संघको अभियान, सबै मिली जोगाऔं, थारुहरुको पहिचान’ मुख्य नारासहितको राष्ट्रिय भेला पर्यटकीय नगरी चितवनको सौराहामा भदौ २५ गते हुन गइरहेको छ। Continue reading “थारु पत्रकारको राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा”

गर्भवती महिलाका लागि खुराक

गर्भवती महिलाले यी फलफूल र खानेकुरा खानु लाभदायक हुन्छ । स्वास्थ्यकर खाना खाँदा गर्भमा रहेको शिशुको स्वास्थ्य पनि राम्रो हुन्छ ।

केरा
केरामा प्रशस्त मात्रामा फाइबर पाइन्छ । जसले गर्भवती महिलालाई कब्जियतको समस्याबाट टाढा राख्छ । त्यसैले गर्भावस्थामा केरा खानु लाभकारी हुन्छ ।
खजुर
खजुर आयरनले भरिएको फल हो । यसको सेवनले गर्भवती महिलालाई रक्तअल्पता हुनबाट जोगाउँछ ।
मौसम
मौसम तागतिलो फल हो । यसमा साइट्रिक एसिड प्रशस्त पाइन्छ । जसले वान्ता हुन दिँदैन ।
ग्रिन टी
ग्रिन टीमा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले गर्भावस्थामा हुने मर्निङ सिकनेसलाई कम गर्छ ।
दूध
दूधमा मनग्य प्रोटिन पाइन्छ । गर्भवती महिलाले दिनहुँ दूधको सेवन गरे हड्डी बलियो हुने गर्छ । साथै, गर्भको रहेको शिशुको विकासका लागि दूध गुणकारी हो ।
पालुंगो
पालुंगोको साग गर्भवती महिलाका लागि एकदमै लाभदायी छ । यसमा पाइने विभिन्न तŒवले गर्भमा रहेको शिशुका मस्तिष्क विकासमा महŒवपूर्ण भूमिका खेल्छ ।
पनिर
पनिरमा प्रशस्तै क्यालसियम पाइन्छ । गर्भावस्थामा पनिर खाएर आमा र शिशु दुवैको हड्डी बलियो हुने गर्छ ।
सक्खर
सक्खरमा पोटेसियनको मात्रा बढी हुन्छ । जसले गर्भावस्थाको क्रममा देखिन सुन्निने समस्यालाई कम गर्छ ।
राजमा
राजमामा पाइने फोलेटले गर्भमा रहेको शिशुका वजन बढाउन मद्दत गर्छ ।

एमाले नेता शंकर पोखरेलले मधेसीलाई ‘कलो वर्ण’ भनेपछि…

नेकपा एमालेका नेता शंकर पोखरेलले मधेसीलाई होच्याउने खालको अभिव्यक्ति दिएपछि संघीय समाजवादी फोरमका नेता अभिषेक प्रताप शाहले नेता पोखरेलको मानसिक सन्तुलन गुमेको टिप्पणी गरेका छन्। एमाले नेता पोखरेलले मंगलबार विहान ९ बजे र ४१ मिनेटमा मधेसीलाई होच्याउने खालका अभिव्यक्ति दिँदै समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मधेसी जनता अधिकांश कालो वर्णका छन्। मधेसी मोर्चाले असोज तीनलाई कालो दिवस भनेर त्यहाँका जनताको सम्मान गर्न खोज्यो कि अपमान? बुझ्न गाह्रो भो।’ Continue reading “एमाले नेता शंकर पोखरेलले मधेसीलाई ‘कलो वर्ण’ भनेपछि…”

सांसद गोपाल दहित अस्पताल भर्ना

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद गोपाल दहित अस्पताल भर्ना भएका छन्। पिसाबमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका हुन्। उनी राजधानीको बल्खुस्थित बयोधा अस्पतालमा भर्ना भएको परिवारले जनाएको छ। Continue reading “सांसद गोपाल दहित अस्पताल भर्ना”

फाेरम लाेकतान्त्रिमा सत्ता विवाद

सरकारमा सहभागी हुने नहुने विषयमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक भित्रको विवाद उत्कर्षमा पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने नहुने विषयमा विवाद चुलिएको हो । Continue reading “फाेरम लाेकतान्त्रिमा सत्ता विवाद”

विराटनगरमा क्रूर हत्या, टाउको, खुट्टा छिनाइयो

विराटनगर-१३ स्थित तिनटोलियामा अक्सफोर्ड होस्टल सञ्चालन गरिरहेका विजय यादवको क्रूर हत्या गरिएको छ। २१ वर्षका यादवलाई ठूलो कट्टीले शरीरबाट टाउको र दुबै खुट्टा काटेर अलग पारी हत्या गरिएको छ।

ओमकार श्रेष्ठको घरको तल्लो तलामा भाडा लिएर बसिरहेका यादवको हत्यापछि उनको शवलाई एउटा बोरामा बाँधेर राखिएको अवस्थामा प्रहरीले भेटाएको छ। जगदिश यादवको छोरा विजय केही दिनअघि मात्रै उक्त घरमा डेरा सरेका थिए। घरपट्टी श्रेष्ठ सपरिवार धनकुटा गाउँमा पुगेको बेला यादवको हत्या गरिएको हो। घरपट्टि श्रेष्ठ आवश्यक कामले चार दिनअघि धनकुटा पुगेका थिए। हत्याको खबर पाएपछि उनीहरु विराटनगर फर्किएका छन्।

‘इराकमा आंतककारीहरुले जसरी घाँटी छिनाएर मानिसको हत्या गर्छन, ठीक त्यही प्रकृतिले यादवको हत्या गरिएको छ,’ हत्या अनुसन्धानमा खटिएका मोरङ प्रहरीका एक अधिकृतले भने, ‘यस्तो क्रूर हत्या मैले देखेको थिइँन्।’ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिमले अहिले त्यो घरलाई सिल गरेर हत्याको अनुसन्धान गरिरहेको छ। घरबाहिर ठूलो संख्यामा सर्वसधारणको भीड छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा राति यादवको कोठमा ऊसँगै अरुपनि व्यक्ति रहेको देखिन्छ। ‘बियरका केही बोतलहरु भेटिएको छ,’ ती प्रहरी अधिकृतले भने, ‘घटनामा संलग्नको पहिचान हुन सकेको छैन।’ छिमेकी श्यामबहादुर सिंहका अनुसार बिहान ५ बजे टाटा सुमो गाडी घरभित्र देखिएको बताए। ‘घरभित्रै गाडि देखिएपछि मैले घरपट्टि आएको होला भन्नठाने,’ सिंहले भने, ‘एकैछिनमा त्यो गाडि फेरि त्यहाँबाट गायब भयो।’

शरीरबाट टाउको र दुबै खुट्टा अलग पारेर काटेर हत्या गरिएका विजयको मृत शरीर त्यही गाडीमा राखेर गायब पार्ने योजनाअनुसार गाडी मगाइएको प्रहरीको अनुमान छ। स्रोतका अनुसार बोरामा बाँधिएको अवस्थामा लाश देखेपछि गाडीका चालकले नै हत्याबारे प्रहरीलाई खबर गरेको थियो।

मोरङ प्रहरीका प्रमुख एसपी सन्दीप भन्डारीले विजयको हत्याको अनुसन्धान तीव्र पारिएको बताए। ‘अहिले अनुसन्धान भइरहेको छ,’ एसपी भन्डारीले भने, ‘बिस्तृत विवरण आउन बाँकी छ।’