मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का सांसद योगेन्द्र चौधरीले लामो समयदेखि नेपाली जनताले संविधानसभाबाट प्राप्त भएको संविधानको सहज कार्यान्वयनका लागि सबै दलबीच सहमति जरुरी रहेको बताएका छन्। Continue reading “प्रचण्डले असन्तुष्ट पक्षका माग सम्बोधन गर्छन् : योगेन्द्र चौधरी”
Author: admin
ओलीका महान सपनाहरु
सीएन थारु।
केपी ओली नेतृत्वको सरकार ढल्ने निश्चित भए पछि ओलीका महान सपनाहरुको विषयमा विहङ्गम छलफल शुरु भएको छ । के.पी.ओली एक सच्चा राष्ट्रवादी र विकासको लागि स्वपनद्रष्टा भएको महान नेताको रुपमा मीथ निर्माण गर्न केही बुद्धिजीवीहरु लागेकै हो । त्यो मीथ वास्तविकता तिर अग्रसर भएकै वेला विपक्षमा अर्को तर्क पनि देखिन आए । खगेन्द्र संग्रौलाले त सामाजिक सञ्जालमा कटाक्ष गर्दै लेखे कि जब के.पी.ओली भारतको हितमा टनकपुर बेच्न जुटेका थिए, त्यस बखत हामी के.पी.ओलीसँग छौं भनेर प्लेकार्ड बोक्ने युवाहरुको जन्म नै भएको थिएन । बरु उनीहरुका आमा बुवा प्रेम साटासाट गदैं एक आपसमा गाला चिमोटा चिमोट गर्दै थिए होलान तर आज तिनै आमा बुवाका सन्तानहरु यसरी सडकमा ओर्लिनु दुर्भाग्य हो । यसले के बताउँछ भने के.पी.ओली केही बुद्धिजीविका लागि महान हुन ।
सपना वास्तवमा आफूले देख्ने हो । भौतिकवादीले त सपनाको कुरा पत्याउँने कुरै होइन र सपना अरुलाई यसअर्थले देखाउन सकिन्न । नौ महिने कार्यकालमा के.पी. ओलीका महान सपनाहरुको चर्चा यत्र तत्र सर्वत्र छ । सञ्चार माध्यमहरु पुरै के.पी.ओलीका महान सपनाहरु बाँड्दै जाँदा अहिले के.पी.ओलीका कामको मुल्याङ्कन हुन थालेको देखिन्छ । हुन त अब प्रमुख प्रतिपक्षी दलको हैसियतले रचनात्मक सहयोग गर्ने भनिएको छ तर जसरी सरकारबाट हट्नु पर्यो, त्यसले तिक्तता पक्कै जन्माएको बुझिन्छ । सरकारको न्युनतम साझा कार्यक्रम अगाडि बढाउन यस अर्थमा सजिलो नभएको स्वीकार गर्न सकिन्छ । यसको अर्थ सरकार केही गर्न नसकिने स्थितिमा छ भन्न खोजेको पक्कै होइन ।
युवा अवस्थामा के.पी. ओलीका महान सपना
जब के.पी.ओली लख्खा जवान थिए, त्यस बखत के.पी. ओली साम्यवादको सपना देख्नु भयो । सपना साकार पार्न छ इन्च छोटो पार्ने अभियान चलाए झापामा । नक्सलवादी आन्दोलनको फोटोकपी गरेर उनले चलाएको जमिनदार सफाया अभियानलाई २०२८ साल तिर अहिले जस्तै मीथ निर्माण गर्न लगाए । शायद पञ्चायतकाल भएकोले होला सञ्चार माध्यमबाट उनीहरुलाई आतङ्कवादी विल्ला भिडाए । अन्ततः पक्राउ परे तर पछि राजकाज मुद्दा फिर्ता भए पश्चात उनीहरु पञ्चायती व्यवस्थाको विरुद्ध २०४६ सालमा जनआन्दोलन सफल बनाए । साम्यवादको उक्त सपना मदन भण्डारीले जनताको वहुदलिय जनवाद भन्ने राजनीतिक कार्यक्रम ल्याएसँगै चक्नाचुर भयो । वहुदलिय प्रतिस्पर्धामा आधारित लोकतन्त्र स्वीकार गर्नु पर्ने भयो ।
नेपालको समृद्धिको सपना
नेपालको समृद्धिको सपना के.पी.ओलीले २०५३ सालमा नै देखे । टनकपुरबाट नेपाललाई खरबौं डलर आउने कुरा गरेर के.पी.ओलीले नेपालको समृद्धिको सपना बाडे । उनलाई पञ्चेश्वर परियोजना पनि उत्तिकै हितकारी महसुस भएको थियो तर बामदेव गौतमले यो विषयमा नमानेको कारण टनकपुर सम्झौता सम्पन्न भए पनि नेपालको समृद्धिको उक्त सपना चक्नाचुर भयो । पार्टी फुट्यो २०५४ सालमा र वामदेव गौतमको नेतृत्वमा ने.क.पा. (माले) गठन गरियो । तत्कालिन ने.के.पा. (माओवादी) घोषित युद्ध लडिरहेको थियो जहाँ थुप्रै युवाहरु एमाले र माले छोडेर ने.क.पा. (माओवादी)मा प्रवेश गरे । के.पी.ओलीलाई लाग्यो कि ने.क.पा. (माओवादी)ले युद्ध नलडिदिएको भए शायद नेपाल समृद्धिको दिसामा जान सक्थ्यो । अहिले पनि उनी जनयुद्धको धारलाई सहर्ष स्वीकार गर्न आँट गरेको छैन किनकी जनयुद्धले नेपालको आन्तरिक राष्ट्रवादलाई यथास्तिथि मै रहन दिएन । पहाडिया खसब्राह्मणवादी अहंकारले ठोस बनाएको नेपाली राष्ट्रवाद आन्तरिक रुपमा सर्वस्वीकार्य हुने कुरा प्रायः असम्भव देखियो । आन्तरिक राष्ट्रवादको समस्या कायम राखेर नेपालको समृद्धिको सपना के.पी.ओली अहिले पनि बाँड्न छोडेको छैन ।
समानताको हक सम्बन्धि सपना
समानताको हक सम्बन्धि सपना बरोबर बाँड्ने के.पी.ओली संविधानले सबैको हक सुनिश्चित गरेको बताउनु हुन्छ । कुनै बेला उनले मेरो बालकोटको घरको आँगन पनि समथर छ । के यसलाई पनि मधेसमा नै मिलाउने त ? भनी जिस्किने समेत गरे । आज मधेस जलमग्न बन्दा खोई त बालकोटको घरको आँगनमा पानी ? विशेष गरी संघीयताको सवालमा आफ्नो वर्ण र नश्लको वर्चश्व रहने गरी उनले प्रदेशको सिमाङ्कन गराए । पूर्वको झापा, मोरङ, सुनसरी, बिचको चितौन उपत्यका र पश्चिमको कैलाली र कञ्चनपुरलाई जेरिमेन्डरिङ गर्दै प्रदेश बनाएकोले कुनै समयमा छ इन्च छोटो पार्ने अभियानको पुनरावृतिको रुपमा उपरोक्त छ जिल्लाको कटौती हो कि जस्तो पनि लाग्छ । होइन भने पहिचान र सामथ्र्यमा सैद्धान्तिक सहमति गर्ने के.पी.ओली किन यत्रो लफडा गरी बस्थे ? आज ४बुँदे नन पेपर डकुमेन्ट अति विवादित बन्दै के.पीे. ओलीको राष्ट्रघातको खुलासा हुनुलाई नेपालको वेइजत किन नबुझ्ने ? समानताको हक सम्बन्धि सपना भारतसँगको परनिर्भरता हटाउन चीनसँग पारवहन र वाणिज्य सन्धि गर्दा हरायो । हिलोले हिलो पखालेको कतै देखिन्छ कि ? शायद प्रचण्डले ओलीजी सेल्फ सेन्ट्रीक भएको जुन आरोप लगाए, त्यसमा केही आंंशिक सत्यता होला नै ।
निष्कर्ष
अविश्वासको प्रस्ताव उपरको छलफलको जवाफ दिने क्रममा के.पी.ओलीले सानो कथा हालेर बञ्चरो रुख काट्न प्रयोग हुन्छ तर जब सम्म बञ्चरोको समाउने बिंड काठकै हुन्छ, बञ्चरोले रुख काटि छाड्छ । अर्थात् ओली नेतृत्वको सरकार हटाउन केही एमालेकै नेतागण प्रयोग भएको संकेत गरे । उनका महान सपनाहरु अब यो जिन्गीमा पुरा हुने देखिदैनन् किनकी हालसम्म एमाले भित्रबाटै उनका सपनाहरु चकनाचुर बनाएका छन् । उनले नदेखेको सपना यतिखेर छलफलमा आएको देखिन्छ । वस्तुगत रुपमा नेपाल वहुलराष्ट्रिय राज्य हो । ग्राह्म ई.फुलरको मत अनुसार संसारमा कुनै पनि राज्य आर्थिक सम्भाव्यताको आधारमा बनेको छैन, बल्की ऐतिहासिक घटनाहरुको आधारमा । अर्थात् राज्यत्वको लागि कुनै प्रष्ट आधारहरु नहुने बताउनु हुन्छ फुलरले । ती जो स्वायत्तताका लागि अथवा स्वतन्त्रताका लागि माग गर्दछन्, जो ल्याकत खर्च गर्न तयार हुन्छन् र सम्भवतः रगत बगाउन समेत, तीनिहरुले राज्य प्राप्त गर्न आफुलाई योग्य बनाउँछन् । नेपाल राज्यको निर्माण पनि ऐतिहासिक घटना मै आधारित भएको देखिन्छ ।
अन्तमा, के.पी. ओली नौ महिना सरकार चलाए । सिंहदरबारको ग्यालरीमा उनको पनि फोटो प्रधानमन्त्रीको लहरमा देखिने भइहाल्यो । झापाकै डेकेन्द्र राजवंशी कुनैवेला आत्महत्या गर्नुपर्यो एमाले मुख्यालयमा झुण्डीएर । शायद उनको पनि सपना थियो उपभोक्तावादी संस्कृतिमा परिवारका आधारभूत आवश्यकता पुरा गर्ने तर कुनै गुट प्रति वफादार नबन्दा उनी ईमानदार एमाले कार्यकर्ता भए पनि सपना पुरा गर्न सकेन । दोश्रो हामी कहाँ जवाफ देहिताको मुल्य र मान्यता छैन जसले परिणाम आए पनि अथवा नआए पनि लाज मान्नु पर्ने हुँदैन । के.पी. ओली राम्रा राम्रा सपना बाँड्नु भयो तर राष्ट्रिय स्वार्थको किंचित वास्ता नगरी वैयक्तिक प्रभाव विस्तारमा केन्द्रित हुनुभयो । यहि कारण हो कि आफ्नै सहकर्मीहरुद्वारा घेरावन्दीमा पर्नु भयो । कुनै पनि राज्य आफैंमा सार्वभौम हुन्छ र सार्वभौमिकताको प्रयोग एकाइशौं शताब्दीमा कसरी गर्ने भन्ने सवाल जटील बनेको सबैले स्वीकार गरिसके । संसार नै अन्तरनिर्भरतामा बाँच्न थालेको परिवेशमा नेपाल एक्लै अब हिड्ने कोशिश गर्न सक्दैन । यसले सार्वभौमिकताको साझेदारी गर्न बाटो खोल्छ । दक्षिण ऐसियाली क्षेत्रीय सहयोग संगठन पनि सार्वभौमिकता साझेदारीको एक रुप मान्न सकिन्छ र नेपाल यसको सदस्य पनि हो । के.पी.ओलीले लिएको बाटो उनको सपना साकार गर्न सहयोगी हुने छैन किनकी राजनीतिक पाराडाइम शिफ्ट भएको कुरा सबैको मनमा छ । यहाँ आन्तरिक राष्ट्रियताको विषय प्रधान सवाल बनेको छ । वदलिएको राजनीतिक पाराडाइमले ल्याएको यस प्रकारको चुनौती के.पी. ओलीको लागि वहियात कुरा हो । त्यसैले सैद्धान्तिक भन्दा पनि व्यवहारिक राजनीतिको प्रयोग बढी गर्न रुचाउनु हुन्छ र अन्ततः केही गडबडी भयो भने त्यसबाट पन्छिने कोशिश गर्नु हुन्छ जुन एक जिम्मेवार नेताको राजनीतिक संस्कार भित्र पर्दैन ।
थारु गुरुवा जब आगोमा नाचे…
आफ्नै मौलिक पहिचान रहेको आदिवासी जनजाति थारु समुदायका गुरुवाले आगोमा नाचेका छन् । थारु वस्तीमा साउन महिनामा मनाइने हरेरी पूजाको क्रममा गुरुवा (धामी) ले आगोमा नाचेका हुन् । Continue reading “थारु गुरुवा जब आगोमा नाचे…”
खुला पुरुष बक्सिङको ५२ केजीमा करण चौधरी पहिलो
खुला पुरुष बक्सिङ प्रतियोगितामा पुरुषतर्फ ५२ केजी तौल समूहमा सेनाका करण चौधरी पहिलो भएका छन् । उपाधि भिडन्तमा उनले सेनाकै सुदीप श्रेष्ठलाई पाखा लगाए। ५६ केजीमा नक्सालका गणेश थापाले स्वर्ण हात पारे । Continue reading “खुला पुरुष बक्सिङको ५२ केजीमा करण चौधरी पहिलो”
गच्छदार र थापालाई मन्त्री नबनाउन मोर्चाको दबाब
मधेसी मोर्चाका नेताले सरकारमा राप्रपा नेपाल र लोकतान्त्रिक फोरमलाइृ नल्याउन अनौपचारिक रुपमा दबाब दिएका छन् । उनीहरुले कमल थापा र विजय कुमार गच्छादारलाई मन्त्री बनाए सरकारमा सहभागी नहुने सर्त समेत राखेको स्रातको भनाइ छ । Continue reading “गच्छदार र थापालाई मन्त्री नबनाउन मोर्चाको दबाब”
तरकारी खेतीको भरमा विद्यालय
अविनाश चौधरी/धनगढी।
सरकारी सेवा सुविधा उपलब्ध नभएपछि कैलालीको पवेरा–६ बैजपुरमा रहेको श्री सर्वोदय प्राथमिक विद्यालयको अवस्था दयनीय भएको छ । चरम आर्थिक अभावका कारण विद्यालय सङ्कटमा परेको हो । यसअघि समुदायको सहयोगबाट सञ्चालन हुँदै आएको विद्यालयले अब सहयोगको त्यो बाटो पनि गुमाएको छ । सो क्षेत्रका स्थानीयले गर्दै आएको सहयोग उपलब्ध गराउन छाडेका छन् । Continue reading “तरकारी खेतीको भरमा विद्यालय”
कांग्रेस, माओवादी र संघीय गठवन्धनबीच तीनबुँदे सहमति
सरकार गठनको तयारीमा रहेका नेपाली कांग्रेस र माओवादीले मधेसी मोर्चासहितको संघीय गठवन्धनसँग तीनबुँदे सहमति गर्ने भएका छन् । Continue reading “कांग्रेस, माओवादी र संघीय गठवन्धनबीच तीनबुँदे सहमति”
प्रधानमन्त्रीमा अध्यक्ष दाहालको उम्मेदवारी दर्ता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराएका छन्। व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उनले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराएका हुन्।
अध्यक्ष दाहालका प्रस्तावकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छन्। समर्थकमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, नेकपा (संयुक्त)का जयदेव जोशी, अखण्ड नेपाल पार्टीका कुमार खड्का र स्वतन्त्र सांसद चन्द्रेश्वर झा छन्।
व्यवस्थापिका–संसद् सचिवालयले तयार गरेको निर्वाचन कार्यक्रमअनुसार आज बिहान ११ः०० बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ।
आजै अपराह्न ४ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। बुधबार बिहान ११ बजे हुने संसद्को बैठकमा सबै उम्मेदवारको सूचना प्रस्तुत भई प्रस्तावक र समर्थकको समर्थनपछि ती सूचनामाथि सामूहिक छलफल र निर्णयार्थ प्रस्तुत (मतदान) गरिनेछ। ती सबै कार्यक्रम संसद् भवन नयाँबानेश्वरमा हुनेछ। रासस
बाढी विस्थापित बालबालिका भोकै नाङ्गै
विद्यालय गएर पढ्ने लेख्ने बेलामा मोरङको डाइनिया क्षेत्रका बाढीपीडित बालबालिका भोको पेट र नाङ्गो जीउमा सडकमा रात कटाउँदै र भोक मेटाउने अन्न र आङ छोप्ने कपडा बाढीले बगाएर लैजाँदा नाङ्गै हिँड्न बाध्य भएका छन् । गत साउन १० गते मोरङको बक्राहा खोलामा आएको बाढीले बाँध भत्काएर गाउँ पस्दा खाद्यान्न, लत्ताकपडा, घर सबै बगाएपछि विस्थापित भएका मोरङको डाइनिया वडा नं ३ र ८ का १५० घरपरिवारका करिब २०० बालबालिकाको शरीरमा आङ छोप्ने लुगा कपडा नहँुदा नाङ्गै हिँड्न बाध्य भएका हुन् । Continue reading “बाढी विस्थापित बालबालिका भोकै नाङ्गै”
कतारमा मृत्यु भएका चौधरी परिवारलाई ५८ लाख
वैदेशिक रोजगारीका सिलसिलामा कतारमा मृत्यु भएका पूर्वी चितवनका धनेश्वर चौधरीको परिवारलाई कतारस्थित काम गर्ने कम्पनीबाट पठाइएको राहत रकम हस्तान्तरण गरिएको छ। प्रजिअ विनोदप्रकाश सिंहले चौधरीकी श्रीमती विसमतीलाई राहतस्वरुप कम्पनीले पठाएको रु ५८ लाख आठ हजार ४६५ बराबरको चेक आज हस्तान्तरण गरे। Continue reading “कतारमा मृत्यु भएका चौधरी परिवारलाई ५८ लाख”