संघीय संरचनामा ५६५ स्थानीय सरकार

संविधानबमोजिम संघीय संरचनामा स्थानीय तह पुनःसंरचना गर्दा ५ सय ६५ वटा स्थानीय सरकार बनाउने टुंगो लागेको छ। स्थानीय तह पुनःसंरचनाको जिम्मा पाएको आयोगले एक जिल्लामा १३ गाउँपालिका, नगरपालिका नबढ्ने गरी संख्या किटान गरेको हो ।

जिल्ला नटुक््रयाई भौगोलिक क्षेत्रअनुसार जनसंख्यालाई मुख्य आधार बनाएर स्थानीय तहको संख्या निर्धारण गरिएको छ । गाउँपालिका, नगरपालिकाको नाम तोक्ने अधिकार स्थानीयलाई नै दिइएको छ ।

हिमाली भूभागमा १५ हजार जनसंख्या आधार मानी गाउँपालिका र २० हजार जनसंख्या रहेको क्षेत्रलाई नगरपालिका तोकिएको छ । राजनीतिक दल, जनप्रतिनिधि, विज्ञसहितका सरोकारवालासँग एक महिना गरिएको परामर्शपछि संख्या निर्धारण गरिएको आयोगले जनाएको छ ।

तराईका जिल्लामध्ये मोरङ र रुपन्देहीमा सबैभन्दा धेरै १३÷१३ वटा गाउँपालिका र नगरपालिका हुनेछन् । हिमाली जिल्ला मनाङ, मुस्ताङ, रसुवामा सबैभन्दा कम ३÷३ वटा गाउँपालिका हुनेछन् ।

हिमाल, पहाड, भित्री मधेस, तराईलाई छुट्टाछुट्टै जनसंख्या आधारमा मापदण्ड बनाइएको छ । यसअनुसार पहाडमा २५ हजार जनसंख्यालाई गाउँपालिका र ३५ हजार जनसंख्या मिलाएर नगरपालिका हुनेछन् । त्यसै गरी, तराईमा ५० हजार जनसंख्याको गाउँपालिका र ७५ हजार जनसंख्या रहेको क्षेत्रमा नगरपालिका बनाउने गरी मापदण्ड तोकिएको छ । उपमहानगरका लागि १ लाख ५० हजार जनसंख्या चाहिनेछ । ३ लाख जनसंख्या मिलाएर महानगरपालिका हुनेछन् । पहाडी भूभागको भित्री मधेस, समथर भूभागमा अवस्थित भित्री मधेसलाई फरकफरक मापदण्ड बनाइएको छ ।

हिमाली जिल्लामा ९ वटासम्म गाउँपालिका, नगरपालिका रहनेछन् । पहाडी जिल्लामा १२ वटासम्म गाउँपालिका, १४ वटासम्म नगरपालिका र तराईमा १५ वटासम्म गाउँपालिका १८ वटासम्म नगरपालिका रहने आयोगको मापदण्ड छ ।

आयोगले पुनःसंरचना प्रक्रियालाई निश्चित सूचक र मापदण्डका आधारमा देशैभरि एकरुपताका साथ संख्या तोकेको प्रवक्ता हरि पौडेलले बताए । उनले भने, ‘जिल्लामा रहेको प्राविधिक समितिले नामांकनसहित अन्तिम टुंगो लगाउनेछ ।’ आयोगले जिल्लालाई दिएको मापदण्डमा प्रत्येक जिल्लामा रहने एकाइ संख्या हो । प्रत्येक जिल्लामा स्थानीय विकास अधिकारीको संयोजकत्वमा आयोगलाई सघाउन ‘प्राविधिक समिति’ गठन गरिएको छ । गाउँपालिका, नगरपालिकाको नाम स्थानीय बासिन्दाको छलफलमा जिल्लाले सिफारिस गरी पठाउनेछ । नामबारे विवाद भए जिल्लाले विकल्प पठाउने र आयोगले टुंगो लगाउने प्रवक्ता पौडेलले बताए ।

हिमालमा ९ वटासम्म वडा रहेका गाउँपालिका र नगरपालिका हुनेछन् । पहाडमा १२ वटासम्म, तराईमा १५ वटासम्म वडा रहेका गाउँपालिका हुनेछन् । पहाडका नगरपालिकामा १४ वटा वडा, तराईमा १८ वटासम्म वडा संख्या रहनेछन् । त्यसैगरी, उपमहानगरपालिकामा २७ वटा वडा, महानगरपालिकामा ३५ वटा वडा हुनेछन् । वडामा रहने एकाइमा पुग्न लाग्ने समय, स्थानीयको सहज पहुँच हेरेर सेवाकेन्द्र निर्धारण गरिनेछ ।

यो मापदण्डअनुसार अहिले कायम नगरपालिका संख्या घट्ने सम्भावना छ । त्यस्तै, उपमहानगरपालिका र महानगरपालिका संख्या भने बढ्न सक्छ । सामान्यतया नगरपालिका गाभेर उपमहानगरपालिका बनाउने योजना रहेको आयोगले जनाएको छ । काभ्रेमा दुई–तीनवटा नगरपालिका गाभिएर (धुलिखेल, पनौती, बनेपा नपा) उपमहानगरपालिका बन्ने सम्भावना छ । भरतपुर, रुपन्देही, पोखरा महानगरपालिका बन्ने सम्भावना देखिएको आयोगको बताएको छ । नगरपालिकाका लागि चाहिने मापदण्डबमोजिम न्यूनतम जनसंख्या नभएकाले काठमाडौं र भक्तपुरमा स्थानीय तहको संख्या समायोजन गरिएको छ ।

जनसंख्या–भूगोलका आधारमा धेरै ठूला क्षेत्रफल र साना क्षेत्रफल ओगटेका विशेष जिल्लालाई अपवाद मानी छुट्टै मापदण्ड तयार पारिएको छ । कम्तीमा जिल्ला सदरमुकाम रहने स्थान नगरपालिका बनाउने आयोगको योजना छ । हाल २ सय १७ नगरपालिका, ३ हजार १ सय ५७ गाविस छन्।

लर्डस् रंगशालामा नेपालकाे शानदार जित

नेपाली राष्ट्रिय क्रिक्रेट टोलीले मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)लाई ४१ रनले हराएको छ ।

नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेरिलेबोनले ४७.२ ओभरमै सबै विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो । मेरिलेबोनलाई लक्ष्यमा पुग्नबाट रोक्ने क्रममा नेपालका वसन्त रेग्मी र सागर पुनले तीन/तीन, सोमपाल कामीले दुई तथा शक्ति गौचन र सन्दीप लामिछानेले एक\एक विकेट लिएका थिए ।

यसअघि इङ्ल्यान्डको लन्डनस्थित लर्डस् क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २१७ रन बनाएको थियो ।

चौथो ओभरको सुरुवातीमै ओपनर अनिल मण्डललाई व्यक्तिगत दुई रनमा गुमाएको नेपालका लागि अर्का ओपनर ज्ञानेन्द्र मल्लले ३९ रन बनाउँदै पारी सम्हालेका थिए ।

त्यस्तै, कप्तान पारस खड्काले ३०, शरद भेषवाकरले २७, सागर पुनले २६, अविजित रहेका वसन्त रेग्मी र राजु रिजालले समान २४ तथा सोमपाल कामीले २० रन बनाएपछि नेपालको सम्मानजनक स्कोर खडा भएको थियो । त्यसैगरी विनोद भण्डारीले नौ रन बनाएका थिए भने शक्ति गौचन शून्य रनमा अविजित रहेका थिए ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पूरा भएको उपलक्ष्यमा ‘क्रिकेटको घर’का रूपमा परिचित लर्डस्मा नेपाली टोलीले त्यहाँको घरेलु क्रिकेट क्लबसँग खेल्ने अवसर पाएको हो । लर्डस् विश्वकै सबभन्दा पुरानो क्रिकेट मैदान हो भने मेरिलेबोन पनि पुरानो क्रिकेट क्लब हो ।

एम्नेष्टी रिपोर्ट- टीकापुर घटनापछि थारु समुदायमाथि ब्यापक ज्यादती

एम्नेष्टी इन्टरनेशनले कैलालीको टीकापुर घटनापछि थारु समुदायमाथि प्रहरीले ज्यादती गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रहरीले थारु समुदायका मानिसहरुलाई मनपरी ढंगले गिरफ्तार गरेको, यातना दिएको र दुर्व्यवहार गरेको उसले बताएको छ । Continue reading “एम्नेष्टी रिपोर्ट- टीकापुर घटनापछि थारु समुदायमाथि ब्यापक ज्यादती”

बुढाबुढीको यौन भिडियो बाहिरिएपछि…

राजधानीकै एक दम्पती। बिहे भएको लामै समय बितिसकेको थियो। एक दिन पतिले पत्नीलाई आफ्ना गोप्य क्रियाकलाप क्यामेरामा कैद गर्ने प्रस्ताव राख्छन्। पत्नी सुरुमा त आनाकानी गर्छिन्। तर, पतिले आफ्ना गोप्य क्षण अविस्मरणीय बनाउने भन्दै कुनै जोखिम नरहेको आश्वस्त पारेपछि उनी तयार भइन्। Continue reading “बुढाबुढीको यौन भिडियो बाहिरिएपछि…”

भारतीय माओवादीको आक्रमणमा परी १० प्रहरीको मृत्यु

भारत बिहारको औरंगावादमा भारतीय माओवादी विद्रोहीसँगको भिडन्तमा १० प्रहरीको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । औरंगावादको जंगलमा सर्च अपरेशनमा पुगेका केन्द्रीय रिजर्ब पुलिस फोर्स -सीआरपीएफ)को कोबरा बटालियनमाथि विद्रोहीहरुले बारुदी सुरुङ विष्फोट गराएर आक्रमण गरेका हुन् ।  Continue reading “भारतीय माओवादीको आक्रमणमा परी १० प्रहरीको मृत्यु”

श्रीमानबाट बलात्कार !

इन्दु थारु।

प्रेम र यौन बिल्कुलै भिन्न लाग्छन्, उस्ता उस्तै कहिल्यै लागेनन् मलाई। हो, प्रेम र यौन दुवै मानवजीवनमा अपरिहार्य छन्। यी दुवै बिना संसार चल्दैन। यौन बिनाको प्रेममा मानिसहरु कतिको सन्तुष्ट हुन्छन् कुन्नी, तर प्रेम बिनाको यौन भने निकै पीडादायक हुने। प्रेम बिनाको यौन त एक किसिमको बलात्कार नै हो जस्तो लाग्छ। तैपनि कतिपयले यौनलाईनै प्रेम भन्ने गर्छन्। Continue reading “श्रीमानबाट बलात्कार !”

डंगौरा थारु भाषाको ४२ वटा वर्ण पहिचान, यस्ता छन् वर्ण

सन्तोष दहित/दाङ।

डंगौरा थारु भाषाको वर्ण पहिचानको लागि घोराहीमा आयोजना गरिएको ३ दिने कार्यशालाले थारु भाषाको ४२ वटा वर्ण पहिचान गरेको छ। आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ललितपुरको आयोजना भएको ३ दिने कार्यशालामा डंगौरा थारु भाषाको वर्ण पहिचान गरेको हो। Continue reading “डंगौरा थारु भाषाको ४२ वटा वर्ण पहिचान, यस्ता छन् वर्ण”

रुखले च्यापिएर अकाश चौधरीको मृत्यु

कैलालीको भजनी–त्रिशक्ति नगरपालिका–७ मा रहेको मधुवनी मुक्त कमैया शिविरको एक घरमाथि आज बिहान रुख खस्दा च्यापिएर एक बालकको मृत्यु भएको छ । घटनामा परी अन्य तीन जना घाइते भएका छन् । स्थानीय अनिता चौधरीको कच्ची घरमा सालको रुख खस्दा निजका १० वर्षीय छोरा अकाशको मृत्यु भएको प्रहरीले जनाएको छ । Continue reading “रुखले च्यापिएर अकाश चौधरीको मृत्यु”

देउवा र दाहाललाई ओलीको जवाफ- ‘अहिल्यै राजीनामा दिन्नँ’

प्रधानमन्त्री केपी शर्मा ओली र उनीविरुद्ध व्यवस्थापिका संसद्मा अविश्वास प्रस्ताव पेस गरेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेट्ने तयारी भएपछि धेरैले सोचेका थिए– सोमबार विवादित विषय टुंग्याउन तीन प्रमुख दलबीच कुनै सहमति होला। Continue reading “देउवा र दाहाललाई ओलीको जवाफ- ‘अहिल्यै राजीनामा दिन्नँ’”

राजकुमार चौधरीको नयाँ गीत : आएल खुसी


Aayal Khusi
Singer – Rajkumar Chaudhary
Lyrics – Rajkumar Chaudhary
Music – Subash / Piyush
Artist – Sita / Raj Bahadur
Director – Piyush Kayastha

A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!