केही दिनदेखि पहाडी जिल्लाहरूमा भइरहेको लगातारको वर्षाले यो साता सप्तकोसीमा पानीको बहाव पुलसम्मै पुगेपछि जोखिम बढेको छ । चार दिनअघि यो वर्षकै उच्च बिन्दुमा पुगेको पानीको बहाव बिहीबार केही घटे पनि पुलको उचाइ तल झरेको छैन । पछिल्लो केही सातादेखि सप्तकोसीमा पानीको बहावमा घटबढ भइरहेको छ । Continue reading “सप्तकोसीमा पानीको बहाव पुलसम्मै”
Author: admin
रामचन्द्र पौडेलको प्रस्तावः प्रधानमन्त्रीले राजीनामा दिने, अविश्वासको प्रस्ताव फिर्ता लिने
प्रमुख तीन दलको बैठकमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नयाँ प्रस्ताव राखेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने र सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने प्रस्ताव राखेका हुन् । Continue reading “रामचन्द्र पौडेलको प्रस्तावः प्रधानमन्त्रीले राजीनामा दिने, अविश्वासको प्रस्ताव फिर्ता लिने”
दाङमा ग्वारखोलाले हाइस बगायो
दाङको ग्वारखोलाले हाइस बगाएको छ । अबिरल वर्षापछि ग्वार खोलामा आएको बाढीले यात्रुवाहक हाइस बगाएको हो । Continue reading “दाङमा ग्वारखोलाले हाइस बगायो”
‘टीकापुर घटना’मा पक्राउ परेकाहरुको यातना विषयमा सरकारले अध्ययन गरोस्
प्रादेशिक सीमांकनलाई लिएर गत वर्ष कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र नाबालकको हत्या भएपछि पक्राउ परेका अधिकांशलाई प्रहरीले शारीरिक र मानसिक यातना दिएको प्रतिवेदन सार्वजनिक भएको छ। मानव अधिकारका क्षेत्रका काम गर्ने अन्तर्राष्ट्रिय संस्था एमनेस्टी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएर बेहोस नै हुने गरी यातना दिएको उल्लेख छ जुन गम्भीर विषय हो। Continue reading “‘टीकापुर घटना’मा पक्राउ परेकाहरुको यातना विषयमा सरकारले अध्ययन गरोस्”
थारु शहिदको अपमान, जीर्ण बन्दै गुम्रा थारुको शालिक
सन्तोष दहित/दाङ।
घोराहीको ट्राफिक चोकदेखि १०० मिटर पश्चिम तुलसीपुर आउने बाटो र राप्ती उपक्षेत्रीय अस्पताल जानेबाटोको बीचमा एउटा शालिक छ। शालिककको चारैतिरबाट फलामको पर्खाल बनाए पनि हिजोआज उक्त पर्खाल तहसनहस छ। शालिकको चारैतिरबाट इलेक्ट्रोनिक रिक्सा, जिप, ट्याक्सीको पार्किङस्थल बनेको छ। शालिक वरिपरि फलफूल बेच्ने ठेलाको लाम हुन्छ। Continue reading “थारु शहिदको अपमान, जीर्ण बन्दै गुम्रा थारुको शालिक”
एमालेले निहुँ खोजे सामना गर्न सांसदहरुलाई शेरबहादुरको निर्देशन
नेपाली कांग्रेस संसदीय दलको आज बिहान संसद भवन नयाँ वानेश्वरमा वसेको वैठकले संसदमा दर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावलाई सफल पार्ने निर्णय गरेको छ। संसदीय अभ्यास र प्रचलन अनुसारनै संसदको कार्यसूचीमा अविश्वासको प्रस्तावले प्राथमिकता पाउने निष्कर्षसमेत सो वैठकले निकालेको छ। Continue reading “एमालेले निहुँ खोजे सामना गर्न सांसदहरुलाई शेरबहादुरको निर्देशन”
‘सरकारमा जानु आत्महत्या गर्नु हो’
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको सङ्घीय गठबन्धन तत्काल सरकारमा नजाने भएको छ । गठबन्धनका संयोजक उपेन्द्र यादवले आफूहरुले उठाउँदै आएका शोषित, उत्पीडित र विभेदका मुद्दा सम्बोधन नभएसम्म सरकारमा नजाने बताए । Continue reading “‘सरकारमा जानु आत्महत्या गर्नु हो’”
गच्छदारको पार्टी ओली सरकारबाट बाहिँरिँदै
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले सरकारबाट हटने निर्णय गरेको छ । पार्टीका नेताहरूले यसलाई तत्कालै सार्वजनिक नगर्ने निर्णय गरेकाले विज्ञप्ति जारी नगरिएको नाम नखुलाउने सर्तमा बैठकमा सहभागी एक नेताले जनाएका छन्। Continue reading “गच्छदारको पार्टी ओली सरकारबाट बाहिँरिँदै”
‘मलाई मुद्दा हाल्ने र जेल पठाउने योजनासमेत बुनिए’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदमा गणितका हिसाबले माओवादी केन्द्र तेस्रो भएपनि पछिल्ला घटनाक्रमले पहिलो दलका रूपमा स्थापित गरिसकेको बताएका छन् । उनले १० वटा माओवादी घटकलाई मिलाएर नयाँ माओवादी बनाए पछि माअोवादी अहिले पहिलो शक्तिका रूपमा उभिएको बताएका हुन् । Continue reading “‘मलाई मुद्दा हाल्ने र जेल पठाउने योजनासमेत बुनिए’”
समस्या समाधान गर्न दस प्रदेश बनाउन बाबुरामको माग
नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले वर्तमान संविधानले तय गरेको सात प्रदेशले संघीय शासन व्यवस्थालाई असफल बनाउने टिप्पणी गरेका छन्। जनकपुरमा बुधबार आयोजित प्रदेशस्तरीय विस्तारित बैठक तथा पार्टी घोषणा र राष्ट्रिय भेलाको भाव सम्प्रेषण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले पहाडमा ८ र मधेसमा २ गरी १० प्रदेश स्थापना नगरी समस्या समाधान नहुने बताए। Continue reading “समस्या समाधान गर्न दस प्रदेश बनाउन बाबुरामको माग”