शब्द/तस्बिर : अविनाश चौधरी
‘उहाँहरु पाहुना, लौ-लौ बाटो छेकौं’, हतार-हतारमा महिलाको एक समूहले बाटोमा डोरी तेर्स्यायो। किन बाटो छेकेको आगन्तुकहरुका प्रश्नमा भीडबाट कसैले फर्काए- ‘आज हाम्रो भजहर। १० रुपैया दिनुहोस्। अनिमात्रै बाटो खुल्ला।’ सवारी साधन लिएर बाटो हिँड्ने बटुवाहरु त्यसरी नै फन्दामा पर्दै आफूखुसी रुपैया तिरे। Continue reading “भुईयाँफाँटाबासीले यसरी मनाए बड्का भजहर [फोटो फिचर]”
Author: admin
सरकारलाई जवाफ- ३६ पटक वार्ता भयो, खै मुद्दा सम्बोधन भएको ?
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वार्ता र सहमतिका लागि सरकारले पठाएको पत्रको जवाफ फर्काएको छ। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर पठाइएको पत्रमा लेखिएको छ ‘सरकारसँग पटक–पटक गरेर ३६ वटा वार्ता भए पनि सरकारको तर्फबाट हाम्रा मुद्दा सम्बोधनतिर कहिल्यै गम्भीरता देखिएन।’ Continue reading “सरकारलाई जवाफ- ३६ पटक वार्ता भयो, खै मुद्दा सम्बोधन भएको ?”
कुमरोजमा थारु होमस्टे सञ्चालन

पछिल्लो समयमा पर्यटनको विकास हुँदै गएको पूर्वी चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा चारवटा थारु होमस्टे (घरवास) सञ्चालनमा आएको छ । पर्यटकलाई थारुको रहनसहन र थारुकै परिकारका स्वाद उपलब्ध गराउने गरी थारु होमस्टे निर्माण गरिएको सहयोगी संस्था कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले जानकारी दिए। खैरहनी नगरपालिका–१३ हर्नरीमा थारु होमस्टे निर्माण भएको हो । स्थानीय विका महतो र सेना महतोलगायत चारवटा होमस्टेमा पर्यटक राख्नसमेत सुरु गरिएको छ । Continue reading “कुमरोजमा थारु होमस्टे सञ्चालन”
टीकापुर घटनामा अर्का एक जना पक्राउ, सिडिओ र थारु नेताबीच चर्काचर्की
टीकापुर घटनामा संलग्नता रहेको भन्दै नवलपुरका सन्तकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई स्थानीय प्रहरीले गाउँबाटै पक्राउ गरेको थरुहट/थारुवान संयुक्त संघर्ष समिति सदस्य इन्दु थारुले जानकारी दिइन्। तर जिल्ला प्रमुख एसपी राजेन्द्र विस्टले सोबारे आफूलाई थाहा नभएको बताए। Continue reading “टीकापुर घटनामा अर्का एक जना पक्राउ, सिडिओ र थारु नेताबीच चर्काचर्की”
नौ करोड बढी अकूत सम्पत्ति कमाएको भन्दै ल्ह्यारक्याल लामाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको आरोपमा निलम्बित सांसद ल्ह्यारक्याल लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार सांसद लामाले अवैधरुपमा रु नौ करोड ४४ लाख ७२ हजार १७९ कमाएको देखिएकाले आज मुद्दा दायर गरिएको हो । Continue reading “नौ करोड बढी अकूत सम्पत्ति कमाएको भन्दै ल्ह्यारक्याल लामाविरुद्ध मुद्दा दायर”
अधिकार नपाएसम्म आन्दोलन चर्काउन भारतीय दूतावास अधिकारीको आग्रह
भारतीय दूतावासका उच्च अधिकारीले सप्तरी जिल्लाका मधेसवादी दलका नेतासँग भेटघाट गर्दै घोषित आन्दोलन चर्काउन आग्रह गरेका छन्। काठमाडौंस्थित भारतीय दूतावासका डेपुटी चिफ अफ मिसनले विनयकुमारले एक निजी स्टाफ नर्स पढाउने इन्स्टिच्युटमा मधेसवादी दलका नेतासँग गए राति भेटघाट गर्दै त्यस्तो अाग्रह गरेका हुन्। Continue reading “अधिकार नपाएसम्म आन्दोलन चर्काउन भारतीय दूतावास अधिकारीको आग्रह”
सौरहामा थारु नृत्य
चितवनको सौरहामा नृत्य गर्दै थारु युवाती। थारु साँस्कृतिको लागि सौरहा प्रख्यात मानिन्छ।
आदिवासी जनजाति प्रतिष्ठानमा राप्रपा नेपालका गुरुङ नियुक्त
सरकारले आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्ष पदमा चन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ । प्रतिष्ठानको उपाध्यक्ष राज्यमन्त्री सरहको नियुक्ति हो । उपाध्यक्ष पदमा नियुक्त गुरुङ राप्रपा नेपालको कोटाबाट नियुक्त भएका हुन् । Continue reading “आदिवासी जनजाति प्रतिष्ठानमा राप्रपा नेपालका गुरुङ नियुक्त”
‘फोहोरी राजनीति र घुसखोरी कर्मचारीतन्त्रमा आमूल परिवर्तन जरुरी छ’
बर्दियाली थारु विकास मञ्चका अध्यक्ष हुन् सीताराम चौधरी । उनी थारु समाजका निकै सक्रिय युवा हुन् । थारु आन्दोलन, कमलरी आन्दोलन, विद्यार्थी आन्दोललगायत समाजिक कार्यमा उनी सक्रियरुपमा आफ्नो उपस्थिति जनाउँदै आएका छन् । उनै सीताराम थारुसँग गरिएको कुराकानी पढ्नुस्ः Continue reading “‘फोहोरी राजनीति र घुसखोरी कर्मचारीतन्त्रमा आमूल परिवर्तन जरुरी छ’”
स्वायत्त मगरात प्रदेशको माग गर्दै आन्दोलन घोषणा
नेपाल मगर संघले स्वायत्त मगरात प्रदेश स्थापनाको लागि आन्दोलन जारी राख्ने भएको छ । संघको बैशाख १८ गतेदेखि २३ गतेसम्म चितवनमा भएको ११ औं राष्ट्रिय महाधिवेशनले ‘जहाँ मगर पहिचान त्यहाँ मगर स्वायत्त शासन’ भन्ने नारालाई साकार पार्न प्रत्येक मगर बाहुल्य क्षेत्रमा संगठन विस्तार गर्ने निर्णय गरेको हो । Continue reading “स्वायत्त मगरात प्रदेशको माग गर्दै आन्दोलन घोषणा”