सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपन्द्र यादवले सङ्घीय गठबन्धन अब वार्ताको पक्षमा नरहेको र आन्दोलनको तयारीमा जुटेको बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार बिहान पत्रकारसँग कुराकानी गर्दै उनले ३६ पटक वार्ता भए पनि सरकार एक कदम पनि अगाडि नबढ्ने भएकाले अब वार्तामा नबस्ने, अधिकार प्राप्तिका लागि आन्दोलनको निरन्तरता दिने बताए। Continue reading “वार्तामा जान्नाैं, अान्दाेलन गर्छाैं : उपेन्द्र यादव”
Author: admin
दहितकाे प्रश्न- नीति तथा कार्यक्रमले थारुलाई चिनेन, बाढी पीडितलाई कार्यक्रम खाेइ ?
संविधानको विरोध गर्दै आएका मधेसी र थारु सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफल बहिस्कार गरेका छन् । आर्थिक वर्ष ०७३/७४ को नीति तथा कार्यक्रमले थारु, मुस्लिम, मधेसी र आदिवासी जनजातिहरूलाई नचिनेको आरोप लगाउँदै छलफल बहिष्कार गरेका हुन् । Continue reading “दहितकाे प्रश्न- नीति तथा कार्यक्रमले थारुलाई चिनेन, बाढी पीडितलाई कार्यक्रम खाेइ ?”
भारतमा थारु सम्मेलन

भारतमा आयोजित थारु सम्मेलनमा राना थारुको नृत्य

भारतका थारुले भने- रोटी-बेटी सम्बन्धलाई प्रगाढ बनाउँदै लैजाउँ
भारतको उत्तर प्रदेशको लखिमपुर खिरीस्थित चन्दनचौकीमा हालै भारत–नेपाल थारू अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । थारू प्रधान जनकल्याण सेवा समिति चन्दन चौकीको आयोजनामा महाराना प्रताप सिंहको जन्म जयन्तीको अवसरमा दुई देशीय थारू सम्मेलन भएको हो । दुई देशका थारूहरुको राजनीतिक, सांस्कृतिक, शैक्षिक, आर्थिक अवस्थालाई लक्षित गरी भएको सम्मेलनमा ठूलो संख्यामा दुई देशीय थारूहरुको सहभागिता रहेको थियो । सम्मेलनका वक्ताहरुले दुई देशीय थारुबीचको सम्बन्धलाई दीगो बनाएर लैजानु पर्नेमा जोड दिएका थिए । Continue reading “भारतका थारुले भने- रोटी-बेटी सम्बन्धलाई प्रगाढ बनाउँदै लैजाउँ”
फास्ट ट्रयाक स्वदेशी लगानीमा बनाउने निर्णयमा शेरबहादुर देउवाको आपत्ति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशी लगानीमा फास्ट ट्रयाक बनाउने र मंसिरमा स्थानीय निकायको चुनाव गर्ने सरकारको निर्णयप्रति संसदमा आपत्ति जनाएछन्। व्यवस्थापिका संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले भारतीय कम्पनीलाई दिन प्रक्रिया अघि बढाइएको काठमाडौं-निजगढ ट्र्याक सडक आफैँले निर्माण गर्दा अन्तरार्ष्ट्रिय जगतमा गलत सन्देश जाने दाबी गरे। Continue reading “फास्ट ट्रयाक स्वदेशी लगानीमा बनाउने निर्णयमा शेरबहादुर देउवाको आपत्ति”
यस्ता छन् थरुहट क्षेत्रका विकास योजना
लामो समयदेखि चर्चा र परिचर्चामा रहेको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग नेपाल सरकार आफैंले निर्माण गर्ने भएको छ । नेपाली सेनाले ट्रयाक खोलेको उक्त मार्ग विदेशीलाई दिइने भन्ने चर्चा चलिरहेका बेला सरकारले व्यवस्थापिका–संसद्मा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उक्त मार्ग स्वदेशी लगानीमा नै अगाडि बढाउने कार्यक्रम अगाडि सारेको हो । Continue reading “यस्ता छन् थरुहट क्षेत्रका विकास योजना”
हुलाकी राजमार्ग निर्माण समयमै सकाउने सरकारको घोषणा
सरकारले यातायात सेवामा लगानी बढाउँदै सडक, रेल र यातायातको पाँचवर्षे रणनीतिक योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको आव २०७३-७४ को सरकारको नीति तथा कार्यक्रममा यस्तो प्राथमिकता दिइएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यही वैशाख ५ गते यो रणनीतिक योजना सार्वजनिक गरेको थियो । जसअन्तर्गत एक लेनमा सञ्चालन भएका सडकलाई दुई लेनमा स्तरोन्नति गरिने कामलाई प्राथमिकता दिइने भएको छ । Continue reading “हुलाकी राजमार्ग निर्माण समयमै सकाउने सरकारको घोषणा”
सरकारले सङ्घीयता कार्यान्वयन प्राथमिकतामा राख्ने
सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सङ्घीयता कार्यान्वयन प्राथमिकतामा परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७३-०४ को नीति तथा कार्यक्रममा सङ्घीयताको कार्यान्वयन तथा प्रशासनिक पुनसंरचनाका लागि राजनीतिक तहमा उच्चस्तरीय निर्देशक समिति र प्रशासनिक तहमा समन्वय समिति गठन गर्ने उल्लेख छ । Continue reading “सरकारले सङ्घीयता कार्यान्वयन प्राथमिकतामा राख्ने”
झापाको लखनपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बन्ने
झापाको लखनपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बन्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका-संसद्मा आगामी आव २०७३-७४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त रङ्शालाको निर्माण कार्य यसै आर्थिक वर्षभित्र सुरु गरिने बताइन्। Continue reading “झापाको लखनपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बन्ने”