
दीक्षा दहित
दुनियाँमा खेलिने सतरन्जको खेलमध्ये तास (पत्ति)द्वारा चार मित्र मिलेर खेलिने एक जुवाको खेल हो ‘दहेला पकड’। मित्रलाई सत्रु र सत्रुलाई मित्र बनाउने पुरानो तासको एकमात्र खेल हो ‘दहेल पकड’। जुवा खेल्दा मान्छेभित्र रहेको एउटा शुसुप्त ग्रन्थी यति सक्रिय हुन्छ कि उसले धनजन के स्वयं आफूलाई दाउँमा लगाएको समेत थाहा हुँदैन। सत्ता, सम्पत्ति, शासनले भरिपूर्ण अंग्रेजहरुको मन बहलाउने र दुश्मन नबाबहरुको चित्त दुखाउन खेलिएको अत्यन्त चर्चित पत्तिको खेल हो ‘दहेल पकड’। Continue reading “दहेल पकड : पत्तिको पासा”

१७औं एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपका लागि शनिबार दशरथ रंगशालामा भएको खेलाडी छनोटअन्तर्गत महिला १ सय मिटर दौडमा सरस्वती चौधरी विजेता भएकी छन्। सरस्वतीले निर्धारित दूरी १२.६ सेकेन्डमा पूरा गरिन्। 

प्रधानमन्त्री केपी ओलीले बोलाएको संसदमा प्रतिनिधित्व गर्ने दलको बैठकमा सरकारको चर्को आलोचना भएको छ। शनिबार विहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा सरकार र प्रधानमन्त्रीको चर्को आलोचना भएको हो। बैठकमा अधिकांश दलका नेताले ९० सालको भूकम्पपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले गरेजत्तिको कामसमेत वर्तमान सरकारले गर्न नसकेको भन्दै नेताहरु प्रधानमन्त्री विरुद्ध उत्रिएका थिए। 
अष्ट्रेलियामा बस्दै आएका सञ्जीव चौधरीले फिटनेशमा मेडल जितेका छन्। शुक्रबार सम्पन्न पुरुषतर्फको फिटनेश च्याम्पियनसिपमा प्रथम हुँदै उनले च्याम्पियन ट्रेनर अवार्ड हात पारेका छन्। यो उपाधिसँगै उनले इन्डोनेसियाको बालीमा हुने बाली प्याराडाइज इन्टरनेशनल सोमा छनौट पनि भएका छन्।
अमलटारी