महाधिवेशन उद्‍घाटन गर्दै गच्छदारले भने- आठ प्रदेश बनाउनुपर्छ

bijay party 04

मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदारले पार्टी र मधेसको स्वार्थभन्दा माथि उठेर आफूले ऐतिहासिक १६ बुँदेका लागि महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। पार्टीको तीनदिने प्रथम राष्ट्रिय महाधिवेशनको उद्‍घाटन गर्दै उपप्रधानमन्त्री गच्छदारले १६ बुँदे सहमतिकै आधारमा मुलुकले संविधान पाएको बताए।

उनले संविधानलाई कार्यान्वयन गर्न र लोकतन्त्रलाई बलियो र प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि दलबीच सहमति आवश्यक रहेकामा जोड दिँदै मधेसी, आदिवासी, थारु, मुस्लिमलगायतको सम्बोधनका साथै समस्या समाधानका लागि आठ प्रदेश बनाउनुपर्ने सुझाव दिए।

bijay party 02

सो अवसरमा एकीकृत नेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले मधेसी र आदिवासीको केही मागलाई पूरा गर्न सीमाङ्कनमा परिमार्जन एवं हेरफेर गर्न सकिने धारणा प्रकट गरे। संविधान निर्माणको काममा गच्छदारको महत्वपूर्ण भूमिका रहेको अनुभवबाट आपू्क पनि लाभान्वित भएको जानकारी उनले गराए।

नेकपा९एमाले०का नेता माधवकुमार नेपालले हिमाली, पहाडी र मधेसी मिलेर मुलुकलाई विकासको गतिमा डोर्‍याउनका लागि एक भएर अगाडि बढ्नुपर्ने सुझाव दिँदै मुलुकमा संविधानको कार्यान्वयनका साथै विकासका लागि नेपाली काँग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गरे।

bijay party 03

कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले दल मिलेर आन्दोलन गर्ने तर उपलब्धिलाई संस्थागत गर्न चुक्ने गरेको बताउँदै संविधानको कार्यान्वयनका लागि कांग्रेसले प्रतिपक्षमा बसेर सहयोग गर्ने धारणा प्रकट गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहनीले मुलुकको समस्या समाधानका लागि सबै दलले लचकता अपनाउनुपर्नेमा जोड दिए।

bijay party 01

भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष भगतसिंह कोसियारीले नेपालमा लोकतन्त्र बलियो बनाउन र विकास निर्माणमा सहयोग गर्न भारत सदैव तत्पर भएकव बताए। भाजपाका राष्ट्रिय प्रवक्ता डा विजयस्वर्णकर शास्त्रीले नेपालले संविधान जारी गरेकामा बधाई दिँदै प्राकृतिक सौन्दर्यको देश नेपाललाई पर्यावरणबाट हुने क्षतिबाट रोक्नका लागि ठोस कदम चाल्न सुझाव दिए।

tharu yobti

सो अवसरमा भारतको झारखण्ड राज्यका विधायक शिवशङ्कर उराव, नेकपा ९माले०का खगेन्द्र प्रसार्इं, राप्रपा नेपालका उद्धवप्रसाद दाहाललगायतले महाधिवेशनको सफलताको कामना गरे। तीन दिनसम्म चल्ने सो अधिवेशनमा दुई हजार ५०० प्रतिनिधि र ५०० पर्यवेक्षकको सहभागिता छ। रासस

तस्बिर सौजन्य : नागरिकन्युज/चुमन बस्नेत

बिन लादेनको भूतले अझै छाडेन

bin laden bhutएबोटावाद-२ मे २०११ मा पाकिस्तानको पहाडी सहर एबोटाबादमा अमेरिकी सेनाको एउटा समूह नेभी सिलले अलकायदा प्रमुख ओसामा बिन लादेनको हत्या गरेका थिए। त्यो दिन तिनका लागि सफलताको कथा होला तर स्थानीय छिमेकीका लागि भने आतंकको शृंखला ल्याउने दिन बन्यो। Continue reading “बिन लादेनको भूतले अझै छाडेन”

बिराटनगरमा सुरु भयो फोरम लोकतान्त्रिक महाधिवेशन

Bijay Kumar Gachhadar

सत्तारुढ फोरम लोकतान्त्रिकको पहिलो महाधिवेशन सोमबार विराटनगरमा सुरु हुँदैछ । बेग्लै पार्टी बनेको साढे ६ वर्षपछि महाधिवेशन हुन लागेको हो । तीन दिने महाधिवेशनले पार्टीको विधान, राजनीतिक र संगठनसम्बन्धी प्रस्ताव तथा नयाँ नेतृत्व चयन गर्ने छ । सबै तयारी पूरा भएको उपप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिए । सहिद मैदानमा उद्घाटन हुने महाधिवेशनको बन्द सत्र जैन भवनमा हुनेछ । Continue reading “बिराटनगरमा सुरु भयो फोरम लोकतान्त्रिक महाधिवेशन”

बस दुर्घटनामा कैलालीका ३२ जना घाइते, चार जना गम्भीर

सप्तरीको कञ्चनपुर–५ मा बस पल्टिँदा ३२ जना घाइते भएका छन्। जसमा चार जना गम्भीर रहेकाे इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ। Continue reading “बस दुर्घटनामा कैलालीका ३२ जना घाइते, चार जना गम्भीर”

२ हजार १ सय प्रतिनिधिले फोरम लोकतान्त्रिकको नयाँ नेतृत्व छान्दै

Bijay Gachhadarमधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको पहिलो राष्ट्रिय महाधिवेशन आजबाट विराटनगरमा सुरु हुँदैछ। महाधिवेशन तीन दिनसम्म चल्नेछ।  तराई मधेसमा क्षेत्रीय राजनीतिक शक्तिको रुपमा ६ वर्षअघि उदय भएको फोरम लोकतान्त्रिकले पहिलोपटक महाधिवेशन आयोजना गर्न लागेको हो। Continue reading “२ हजार १ सय प्रतिनिधिले फोरम लोकतान्त्रिकको नयाँ नेतृत्व छान्दै”

बामदेवले देखेको नेपाल राष्ट्र

Bamdev Gautam

सीएन थारु
अन्नपूर्ण पोष्टमा बामदेव गौतमको विचारमूलक लेख छाप्याे। उक्त लेखमा बामदेवको निष्कर्ष हो– नेपाल एउटा राज्य हो र नेपाल एकल राष्ट्र हो । त्यसैले नेपाल विगतमा पनि बहुलराष्ट्र थिएन र भविष्यमा पनि हुनेछैन । त्यसलाई प्रमाणित गर्न उहाँले पृथ्वीनारायण शाहको नेपाल एकीकरणलाई राष्ट्र निर्माणको अभियान बुझेको देखिन्छ । नेपालको इतिहासमा पनि त्यही कुरो आजसम्म पढाउँदै आएकाले यस्तो सोच्नु बामदेवजी, आफैंमा गलत होइन । यस प्रकारले भ्रममा परेका नेपालीहरु अन्गिन्ती छन् । Continue reading “बामदेवले देखेको नेपाल राष्ट्र”

कैदी लक्ष्मण थारुको घोषणा : जेलबाट महासचिवमा लड्ने !

Laxman Tharuकृष्णराज सर्वहारी
मितिः १८ बैशाख २०७३, शनिवार। समयः करीब बिहान ९ बजे। अनुसन्धानको गहिराईमा घोत्लिएको थिएँ। एउटा फोनले डिस्टर्ब गर्‍यो‐ हेलो अंकल, म लक्ष्मण थारुको छोरा। बुवाको किताब २० थान बीर अस्पतालमा ल्याइदिनुपर्‍यो। उहाँ यहाँ भर्ना हुनु भएको छ । Continue reading “कैदी लक्ष्मण थारुको घोषणा : जेलबाट महासचिवमा लड्ने !”

इडिभीको २०१७ को नतिजा मंगलबार आउँदै

flag-of-america

अमेरिकी डाइभर्सिटी भिषा (इडिभी)को नतिजा मंगलबार सार्वजनिक हुने भएको छ । अमेरिकाको कन्सुलर ब्यूरोको वेवसाइटमा उल्लेख भएअनुसार इडिभी २०१७ का लागि सन् २०१५ अक्टोवर १ देखि नोभेम्बर ३ सम्म खोलिएको डिभी चिठ्ठाको नतिजा आउँदो मंगलबार सार्वजनिक गरिनेछ । Continue reading “इडिभीको २०१७ को नतिजा मंगलबार आउँदै”

जंग्रार साहित्यिक बखेरीले सात पुस्तक प्रकाशन गर्ने

jangrar

जंग्रार साहित्यिक बखेरीले २०७३ सालभित्र ७ साहित्यिक पुस्तक प्रकाशन गर्ने रणनीतिक योजना पारित गरेको छ । बर्दिया जिल्लाको गुलरीया नगरपालिकामा हालै सम्पन्न बैठकबाट जसाबले थारु साहित्यको विकास र दस्ताबेजीकरणलाई महत्व दिंदै यस्तो निर्णय गरको हो । Continue reading “जंग्रार साहित्यिक बखेरीले सात पुस्तक प्रकाशन गर्ने”

सञ्जीव चौधरी विश्व च्याम्पियनसिपमा छनोट

sanjeeb

फिटनेशको विश्व च्याम्पियनसिपका लागि दुई नेपाली छनोट भएका छन् । अष्ट्रेलियाको मेलवर्नमा आइतबार भएको प्रतिस्पर्धामा प्रा श्रेष्ठ र सञ्जीव चौधरीले प्रो कार्ड जितेका हुन् । श्रेष्ठले महिलातर्फ गोल्ड मेडल जित्दै विश्व च्याम्पियसिपमा छनोट भएका हुन् भने चाैधरी पुरुषतर्फ दोस्रो हुँदै विश्व च्याम्पियसिपका लागि छनोट भएका हुन् । Continue reading “सञ्जीव चौधरी विश्व च्याम्पियनसिपमा छनोट”