यसरी मनाइयो नयाँ वर्ष

New Year 2073 04

मुलुकभर आज नयाँ वर्षका रुपमा विसं २०७३ को पहिलो दिन हर्षोल्लासका साथ मनाइएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको वैशाख सङ्क्रान्तिका दिन आज विसंको पहिलो दिन नयाँ वर्ष मनाइएको हो । राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको हो । Continue reading “यसरी मनाइयो नयाँ वर्ष”

जातीय एकतालाई जोड्दै सिरुवा पर्व

तस्बिर : इकान्तिपुर
तस्बिर : इकान्तिपुर

विशेषगरी चौधरी र राजवंशी समुदायले खुसी साटासाट गरेर मनाउने सिरुवा पर्वमा सबै प्रकारका समुदायको सहभागिता रहने गरेको पाइएको छ । गोविन्दपुरको सुनवर्सीमा आज लागेको सिरुवा मेला नयाँ वर्षका अवसरमा आज धुमधामका साथ मनाउन धेरै समुदायको सहभागिता थियो । विशेषगरी चौधरी र राजवंशी समुदायले नयाँ वर्षका अवसरमा धुमधामका साथ परिवारका सबै सदस्यको दीर्घ जीवनको कामना गर्दै खुसी साटासट गरेर यो पर्व मनाउने गरिन्छ । समयको गतिशीलतासँगै विभिन्न जाति, धर्म र सम्प्रदायका मानिसले आज सिरुवा पर्व मनाएका छन् । Continue reading “जातीय एकतालाई जोड्दै सिरुवा पर्व”

लेखीकाे पार्टी निर्वाचन अायाेगमा दर्ता

Nagarik Samajwadi Party

एक महिनाअघि पार्टी घोषण गरेका थारु नेता राजकुमार लेखीले औपचारिकरुपमा निर्वाचन आयोगमा पार्टी दर्ता गरेका छन् । लेखीले नागरिक समाजवादी पार्टी (नासपा) नामको पार्टी निर्वाचन आयोगमा मंगलबार दर्ता गराएका छन् । उनको पार्टीको दर्ता नम्बर ४६१० रहेको छ ।
लेखी आफैं संयोजक रहेको नासपामा ७० जना केन्द्रीय सदस्य छन् । पार्टीको प्रवक्ता राज थारुलाई राखेका छन् । लेखीका अनुसार पार्टीको संरचना पछि बनाइनेछ । Continue reading “लेखीकाे पार्टी निर्वाचन अायाेगमा दर्ता”

मेरो साथमा मधेसी चौधरीमात्र हैन, बाहुन क्षेत्री पनि छन् : सुरेन्द्र चौधरी

Surendra Chaudhary

पर्साबाट प्रत्यक्ष निर्वाचित सांसद सुरेन्द्र चौधरी पूर्वमन्त्री, नेपाली कांग्रेस पर्साका पूर्व सभापति, पूर्व केन्द्रीय सदस्य हुन्। वौद्धिक र इमान्दार छवि बनाएका चौधरीले कांग्रेस महाधिवेशनअघि पार्टीबाट राजिनामा दिएपछि चर्चामा छन्। पार्टीमा राजिनामा दिएपनि उनी कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा सहभागी भए। Continue reading “मेरो साथमा मधेसी चौधरीमात्र हैन, बाहुन क्षेत्री पनि छन् : सुरेन्द्र चौधरी”

तमुबौद्धमा भएको विद्यार्थी अधिवेशनका दस तस्बिर

विवादका बीच थारु विद्यार्थी समाज उपत्यका समितिको छैटौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। संजय चौधरीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। अधिवेशन बहिस्कार गरेका विमल चौधरी पक्षले पनि १७ सदस्यीय समान्नतर समिति गठन गरेको छ। तमुबौद्धमा आयोजित भेलाका दस तस्बिर हेर्नुस्, जहाँ संजय चौधरीको प्यानल निर्विरोध नयाँ कार्यसमितिमा चयन भएका थिए। Continue reading “तमुबौद्धमा भएको विद्यार्थी अधिवेशनका दस तस्बिर”

दाङ देउखुरीमा लागेको आगोले थारु गाउँ सखाप

aaglagi

देउखुरीको गंगापरस्पुर गाविस वडा नम्बर ८ बाँकी र वडा नम्बर ६ खज्रौटा गाउँमा आगलागी हुदा ५७ जना ब्यक्तिको घर–गोठ जलेका छन् । आगोले दुर्इ गाउँका बस्ती सखाप हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । अपरान्ह करिब सवा चार बजेबाट सुरु भएको आगोले बाँकी गाउँको चौधरी बस्ती र खज्रौटा गाउँको यादव बस्ती पूर्णरुपमा जलेर नष्ट भएको छ । हावा हुरीका कारण आगो धेरै फैलिएको र नियन्त्रणमा लिन कठिनाइ परेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । Continue reading “दाङ देउखुरीमा लागेको आगोले थारु गाउँ सखाप”

थारु विद्यार्थीको विवाद : विमल र संजय दुबैको नेतृ्वमा नयाँ कार्यसमिति

Bimal And Sanjay

थारु विद्यार्थी समाज उपत्यका समितिमा दुई छुट्टाछुट्टै समूहले नयाँ कार्यसमिति बनाएको छ। अनामनगरस्थित तमुबौद्ध सेवा समितिको हलमा आयोजित भेलाले संजय चौधरी (सिराहा)को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति बनेको छ। अनामनगरमै भएको अर्को कार्यक्रममा विमल चौधरीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ। Continue reading “थारु विद्यार्थीको विवाद : विमल र संजय दुबैको नेतृ्वमा नयाँ कार्यसमिति”

मिस नेपाल इन्टरनेशनल हुनुअघि वर्षाका बीस तस्बिर हेर्नुस्

मिस नेपाल २०१६ काे सेकेन्ड रनरअप वर्षा लेखीकाे व्यस्त दैनिकी सुरू भएकाे छ। विभिन्न संघसंस्थाबाट सम्मान पाउनुका साथै मिस इन्टरनेशनलकाे तयारी उनी जुटेकी छन्। विभिन्न कालखण्डमा खिचिएका उनकाे बीस तस्बिर हेर्नुस्: Continue reading “मिस नेपाल इन्टरनेशनल हुनुअघि वर्षाका बीस तस्बिर हेर्नुस्”

सरकार र अान्दाेलनकारीकाे वार्ता कँहा अड्कियो ?

tharu-madhesi protest 01

३६ चरणसम्मका वार्ता पनि निष्कर्षमा पुग्न नसकेपछि सरकार र मधेसी मोर्चाबीच वार्ता हुनै छाडेको छ। सरकार र मोर्चा दुवै वार्तामार्फत नै समस्याको समाधान निकाल्ने बताइरहेका छन्। तर निरन्तर वार्तामा बसेपनि परिणाम भने निस्केको छैन्। वार्ता परिणाममुखी नहुनुमा दुवै पक्षले एक अर्कालाई दोष दिने गरेका छन्। मोर्चाले वर्तमान सरकार मधेसको समस्या समाधान गर्ने पक्षमा नरहेको जनाएको छ। मोर्चाले खोक्रो राष्ट्रवादलाई अगाडि सारेर आफ्नो आयु बढाउने पक्षमा सरकार रहेको आरोप लगाउँदै आएको छ। Continue reading “सरकार र अान्दाेलनकारीकाे वार्ता कँहा अड्कियो ?”

बर्दिया अब पूर्ण साक्षर

photo bardiya

बर्दियालाई औपचारीक रुपमा साक्षर जिल्ला घोषणा गरिएको छ। शिक्षामन्त्री गिरीराजमणि पोखरेलले एक विशेष कार्यक्रममा यस जिल्लालाई २५ औं पूर्ण साक्षर जिल्ला घोषणा गरे । Continue reading “बर्दिया अब पूर्ण साक्षर”