काठमाडौंमा भूकम्पको ठूलो झट्का

काठमाडाैंमा भूकम्पको ठूलो झड्का महसुस भएको छ। बेलुका करिब सात बजेर पाँच मिनट जाँदा भूकम्पको धक्क्का महसुस भएको हो। पछिल्ला धक्काहरू मध्येको अाजको यो धक्का ठूलो हो। भूकम्पको धक्का महसुस भएपछि मानिसहरू घर बाहिर निस्केका छन्। भूकम्पका धक्का कम हुँदै जाँदा केही राहत महसुस हुँदै थियो अाजको धक्काले फेरि एकपटक तर्साएको छ। Continue reading “काठमाडौंमा भूकम्पको ठूलो झट्का”

वर्षाले भनिन्- कडा मेहनत गरे जेपनि हासिल गर्न सकिन्छ [भिडयाे अन्तर्वार्ता]

Miss Nepal International Barsha Lekhi 02

मिस नेपाल इन्टरनेशनलका विजेता वर्षा लेखीले कडा परिश्रम गरे जेपनि हासिल गर्नसक्ने बताएकी छन्। उनले थारू समुदायबाट प्रतिनिधित्व जनाएकी अाफूले कडा मेहनतकै कारण याे ताज पहिरिएकी बताइन्। उनले टप टेनमा परेपछि अात्मविश्वास बढेकाे बताइन्। जसरी पनि टप फाइभमा पर्नुपर्छ भनी अडी कसेकी उनले अन्तत: दाेस्राे रनरअपकाे उपाधि नै जितिन्। उनले विजेता घाेषणा गर्नेबेला फर्स्टमै अाफ्नाे नाम अाएकाे बताउँदै ‘अाेमाइ गड’काे स्थितिमा अाफू नपुगेकाे बताइन्। उनीसँग गरिएकाे छाेटाे कुराकानी भिडियाेमा हेर्नुस्:

Miss Nepal International Barsha Lekhi 01

Miss Nepal International Barsha Lekhi 03

Miss Nepal International Barsha Lekhi 04

Miss Nepal International Barsha Lekhi 05

Miss Nepal International Barsha Lekhi 06]

तस्बिर/भिडियाे : प्रबीन काेइराला

उपत्यका थारु विद्यार्थीको छैटौं अधिवेशनमा जे देखियो

Tharu Student Vally Commity 02

थारु विद्यार्थी समाज उपत्यका समितिको छैटौं अधिवेशनको बन्दसत्र सुरु भएको छ । पाटन क्याम्पसमा भएको बन्दसत्रमा विमल चौधरी र संजय चौधरीले अध्यक्ष पदको उम्मेदवारी दिएका छन् । दुवै उम्मेदवारले आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रेका छन् । Continue reading “उपत्यका थारु विद्यार्थीको छैटौं अधिवेशनमा जे देखियो”

लेखी नेतृत्वको नासपाद्वारा केन्द्रीय समिति विस्तार (नामावलीसहित)

Na Sa Pa- Lekhiराजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी (नासपा)ले केन्द्रीय समिति विस्तार गरेको छ । पार्टीले तेस्रो चरणमा १८ सदस्यीय सदस्य विस्तार गरेको हो । राजधानीमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले तेस्रो चरणको केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो । Continue reading “लेखी नेतृत्वको नासपाद्वारा केन्द्रीय समिति विस्तार (नामावलीसहित)”

थारु संस्कृति जगेर्ना गर्दै आएको सखी सञ्जालले शाखा विस्तार गर्यो

Sakhi Sanjaal

सखी सञ्जाल धनगढीले शाखा विस्तार गरेको छ । धनगढी–५, जाइ गाउँमा आयोजित भेलाले रुमिसा चौधरीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसको सचिवमा सुनिता चौधरी र कोषाध्यक्षमा कृष्ण चौधरी छन् । Continue reading “थारु संस्कृति जगेर्ना गर्दै आएको सखी सञ्जालले शाखा विस्तार गर्यो”

सुनीराखुँ जस्तो थारु लोककथा

tharu budha katha-1

लक्की चौधरी

अलिखितरुपमा कण्ठकै आधारमा भनिने कथा नै लोककथा हुन्। थारुमा यसलाई ‘बटकुही’ भनिन्छ। यसमा सृजनात्मकता हुन्छ। श्रृङ्गारिकता हुन्छ। लयात्मकता र सुमधुररस समिश्रण हुन्छ। लोककथा ग्रामीण परिवेशमा प्रायः हरेक पूर्खाका जनजीव्रोमा झुण्डिएका हुन्छन्। तर कथाहरु मात्र मौखिक गाथाकारुपमा सीमित छन्। अर्थात् लोककथा अहिले मौखिक साहित्य हुन्। ती कथाहरुलाई लिपिबद्ध गर्न सकिएको छैन। अक्षरमा उतार्न सकिएको छैन। Continue reading “सुनीराखुँ जस्तो थारु लोककथा”

जोखनीदेवीलाई (कविता)

rasikजनक रसिक

सख्खारे जागी हेर मात्र

जोखनीदेवी!

उत्तरमा लम्पसार पल्टिएको

डरलाग्दो चुरे पर्वत जति अग्लिए पनि

तिम्रो सुरजको बाटो छेक्न सक्दैन।

तिमीलाई थाहा छैन

पीठ्यूमा दुःखका पहाड जोख्दाजोख्दै

कुनै साहु महाजनले राखिदिएको हो तिम्रो नाम –जोखनीदेवी।

महाजनका पयर टेक्ने डगरा सम्याउँदा सम्याउदै Continue reading “जोखनीदेवीलाई (कविता)”

अध्यक्षका प्रत्यासी विमल र संजयले प्यानल बनाएर चुनाव लड्ने

Bimal Vs Sanjay

थारु विद्यार्थी समाज उपत्यका समितिको छैटौं अधिवेशन आज हुँदैछ। पाटन क्याम्पसको सभाहलमा हुने अधिवेशनका लागि यसअघि नै दुई जनाले अध्यक्ष पदका उम्मेदवारी घोषणा गरेका छन्। जसअनुसार हालका सचिव विमल चौधरी र सदस्य संजय चौधरीले उम्मेदवारी घोषणा गरेका छन्। Continue reading “अध्यक्षका प्रत्यासी विमल र संजयले प्यानल बनाएर चुनाव लड्ने”

थारु साहित्यिक मेलाको तयारी तिव्र

वैशाख ३ र ४ गते  दाङको घोराहीमा हुन गइरहेको राष्ट्रिय स्तरको ‘थारु साहित्यिक मेला– २०७३’को तयारी तिव्र रुपमा अगाडी बढिरहेको छ। ‘मातृ भाषालाई माया गरौं, थारु साहित्यक वृहत बहसमा सहभागी होऔं ‘ भन्ने मुल नाराका साथ मेलाको आयोजना गरिदै छ। थारु भाषा तथा साहित्यक मञ्च, हर्चाली समुहको आयोजनामा तथा लौव अग्रासन साप्ताहिक, लावा डगर त्रैमासिक लगायत संघसस्थाको सहआयोजनामा मेलाको आयोजना गरिँदै छ। Continue reading “थारु साहित्यिक मेलाको तयारी तिव्र”