नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन्। सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा दुबैले मनोनयन दर्ता गरेका हुन्। देउवाको प्रस्तावकमा फर्मुला मन्सुर समर्थकमा पद्मनारायण चौधरी छन्। चौधरी १३औं महाधिवेशनमा पौडेल कोटाबाट केन्द्रीय सदस्यका उम्मेदवार थिए। उनी पराजित पनि भए। Continue reading “पद्मनारायण चौधरीले पौडेल गुट छाडे, बने देउवाका समर्थक”
Author: admin
दाङमा थारु साहित्यिक मेला हुने
दाङमा थारु साहित्यिक मेला हुने भएको छ। मूल आयोजक समितिका अनुसार वैशाख ३ र ४ गते साहित्यिक मेला आयोजना हुनेछ। जसअन्तर्गत उद्घाटन सत्र दाङको घोराहीमा हुने बताइएको छ। त्यस्तै छलफल सत्र भने सौडियाको राजपुर गाउँदा हुने मूल आयोजक समितिका संयोजक कृष्णराज चौधरीले जानकारी दिए। Continue reading “दाङमा थारु साहित्यिक मेला हुने”
काठमाडौंसहित पश्चिमका दस अस्पतालमा सिकलसेलको उपचार हुने
पश्चिम तराईका थारु समुदायमा देखिँदैआएको सिक्कलसेल एनिमिया रोगको उपचारमा १० वटा अस्पताल सूचिकृत भएका छन् । ती अस्पतालमा उपचार गर्न जाने विपन्न नागरिकले एक लाख बराबरको उपचार निशुल्क प्राप्त गर्छन् । Continue reading “काठमाडौंसहित पश्चिमका दस अस्पतालमा सिकलसेलको उपचार हुने”
मेरो पत्रकारिता असफल या विज्ञान प्रविधि ? [ब्लग]
किशोर चौधरी
मेरो पत्रकारिताको दौरानमा थुप्रै समाचार लेखे र सम्प्रेसन गरे। जसमध्ये सलिना खड्का पनि एक पात्र हुन्। उदयपुर सिखरमाडी घर भई हालः काठमाडौंको रातोपुरस्थित डेरामा बस्दै आएकी सरला खड्काकी जेठी छोरी थिइन् सलिना खड्का। दिनभरिको मजदुरीबाट दुई छोरी सलिना र सलिसालाई पढाउने र पालन पोषण गर्ने अभिभारा थियो सरलाको। डेढ वर्षअगाडि सलिनाको पेटमा समस्या देखिएपछि सलिनालाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो। बिहान र बेलुकाको छाक टार्न धौधौ सरलालाई छोरी बिरामी हुँदा अर्को समस्या थपिएको थियो। Continue reading “मेरो पत्रकारिता असफल या विज्ञान प्रविधि ? [ब्लग]”
जोखनप्रसाद चौधरी, जसले दसक लगाएर बनाए एउटा दरबार [हेर्नुस् १४ तस्बिर]

दाङको लमहीबाट दक्षिणमा पर्ने एउटा गाउँको नाम हो गोबरडिहा। चारैतिर प्राकृतिक मनोरम दृश्य। छेउमा राप्ती नदी। नदीको एउटा धार बीचमा दरबार अवस्थित छ। छिमेकीले यो दरबारलाई पचपन्न झ्याले दरबार भनेर चिन्ने गर्छन्। दरबार निर्माण गर्न एक दशक खर्चिएको स्थानीयवासी बताउँछन्। भारतका गोरखपुरदेखि कोइलावास नाकाका तुलसीपुर नजिकैका बालारामपुरका समेत कालिगढले बनाएको कथा सुन्न पाइन्छ। काठ, इँटा र प्लास्टर गर्ने सामग्री यहीँका प्रयोग भए तर कालिगढ भने भारतका।

पछिल्लो समयमा दाङको देउखुरीमा रहेको यो दरबार ओझेलमा परेको छ। दरबार निर्माणको सुरुआत विसं १९४७ मा भएको थियो। भनिन्छ, सो भवन तयार हुन ९ वर्ष लाग्यो।
तत्कालीन राजपरिषद् स्थायी समितिका सभापति परशुराम चौधरीका बुबा जोखनप्रसाद चौधरीले यो भवन बनाएका हुन। दरबार वातावरण मैत्री छ। दरबारको बीच भाग खुला छाडिएको छ जुन ग्यालरी हो। अरु कोठा काष्ठ कलाकौशलले सिंगारिएका छन्।
‘भवनको संरक्षण भएको छैन’, भवनमा बस्दै आएका प्रकाश चौधरीले भने। भवनको स्वरुप सिंह दरबारको जस्तै छ। संरचनामा कुमारी घरको समेत झल्को देखिन्छ। अनि हनुमान ढोका दरबारमा भएजस्तै काष्ठकला देखिन्छ, त्यो दरबारमा। देउखुरीको यो ऐतिहासिक धरोहरलाई बाहिर चिनाउन कतैबाट पहल भएको छैन।
पारिवारिक सदस्यले त्यसलाई पुरातात्विक इतिहाससँगै ऐतिहासिक धरोहरको रुपमा स्थापित गर्न चाहन्छन् तर राज्यले त्यसलाई सहज रुपमा स्वीकारेको छैन। नेपाल सरकार, पुरातत्व विभागले एकसय वर्ष पुराना ऐतिहासिक धरोहरलाई राज्यका तर्फबाट संरक्षण प्रदान गर्दै आएको छ। पुरातत्व विभागले एक पटक निरीक्षण गर्नुबाहेक यहाँ केही गरेको छैन।
मासको पीठो, पिसिएको ढुङ्गा, बालुवासँंगै पुराना शैलीमा यो दरबारको पक्की संरचना निर्माण गरिएको जोखनका नाति प्रकाशले बताए। उनि अहिले सोही दरबारको दुई कोठा उपयोग गरी बस्दै आएका छन्। राज्यले संरक्षण गर्छ भने यो दरबार पुरातत्व विभागलाई हस्तान्तरण गर्न आफूहरु तयार भएको उनले बताए।
दुई वर्षअघि पुरातत्व विभागका कर्मचारी आएर यो भवनलाई पुरातात्विक संरचनामै राखेर मर्मत तथा सम्भार गर्ने आश्वासन दिएर गएको चौधरीले बताए।
त्यो बेला पचपन्न झ्याल र भवनको चौखण्डमा सिंहको आकृति बनाएको भन्दै तत्कालीन राणाहरुले भवन बनाउने जोखनप्रसादमाथि सार्वजनिक मुद्दासमेत चलाएको थियो।
राणा सरकारले लगाएको मुद्दा खेप्न राजधानी जानुपर्थ्यो त्यो बेला। अहिले ३६ कोठे यो दरबारमा परिवारका सदस्यले दुई कोठा मात्रै चर्चेर आएका छन्। दरबारका बाँकी कोठाको संरक्षण हुन सकेको छैन।
हाल यो दरबारका कोठाहरुमा झार पलाउन थालेका छन्। धमिरोले काठ खान थालेको छ । देउखुरीमा पचपन्न झ्याले सिंहदरबार बनाएसँगै जोखनका छोरा परशुराम चौधरीले पनि आफ्नो बस्तीमा कम्ती राम्रो संरचना बनाएनन्। ‘यो राज्य संरचनालाई चुनौती थियो, दाङमा राजखान्दानको जस्तै संरचनाको दरबार बुबाले बनाएका थिए,’ तत्कालीन नेता परशुरामको भनाइ स्मरण गर्दै भतिजा प्रकाश चौधरीले भने।
अहिले परिवारकै सदस्यले यो ऐतिहासिक धरोहरलाई जोगाइराखेका छन्। त्यो परिवेशमा बनाइएको यो दरबार अहिले संरक्षणको पर्खाइ छ।
भवनमा प्रयोग गरिएका काष्ठकला अझै बिग्रेका छैनन्। काठ बालेर पोलेका इँटामा कुनै दाग लागेको छैन। तर पनि परिवारलाई आधुनिक परिवेशमा यो भवन स्याहार्न धौधौ भएको छ।
सिंहदरबारको झल्को यो दरबारमा देख्न सकिन्छ। कुमारी घर, हनुमान ढोका र नौतले दरबारको झल्को पनि पाइने यो दरबारको संरक्षणमा स्थानीय निकाय पनि लागेको देखिँदैन।


रेशम चौधरीको फूलबारी एफएम अझै सञ्चालनमा आएन, परिसरको रुखबिरुवा कटानी तीब्र

टीकापुर घटनामा आगजनी भएपछि बन्द रहेको फूलबारी एफएम ७ महिना बित्दा पनि सञ्चालन हुन सकेको छैन । घटनाको दोस्रो दिन भदौ ८ गते एफएममा आगजनी भएपछि रेडियो बन्द भएको थियो । रेडियो बन्द भएको लामो समय बित्दा पनि सञ्चालनको पहल नभएको हो । Continue reading “रेशम चौधरीको फूलबारी एफएम अझै सञ्चालनमा आएन, परिसरको रुखबिरुवा कटानी तीब्र”
राजापुरका थारुको राजनीतिक र आर्थिक अवस्था
सोम डेमनडौरा
राजापुर भन्नाले पश्चिम पहाडका लागि तराईको मुख्य ब्यापारिक केन्द्र मानिने बजार थियो । खास गरेर जुम्ला, हुम्ला, दैलेख, कालिकोट, अछाम, लगायतका पहाडी क्षेत्रका लागि रोजीरोटी नुनसँग सम्बन्ध राख्ने बजार थियो । राणा शासन कालमा खास गरेर यहाँका जमिन्दारहरुले भारतीय ब्यापारीलाई ल्याएर बस्ती बसाएको ठाऊँ हो । बर्दियाको सिमा ब्यापारिक नाकाको रुपमा प्रयोग गरिन्थ्यो । बर्दिया देखि पश्चिम र उत्तरका जिल्लाका मानिसहरुले आफ्नो सामान किनमेल गर्न, औषधी उपचार गर्न लगाएतका कामका लागि नजिकको भारतको बजार बहिराइच, टिकुनीया जाने गर्थे । Continue reading “राजापुरका थारुको राजनीतिक र आर्थिक अवस्था”
नागरिक समाजवादी पार्टीको झापा र मोरङमा कार्यसमिति गठन
नागरिक समाजवादी पार्टीले मोरङमा जिल्ला कार्यसमिति गठन गरेको छ। पार्टीका केन्द्रीय संयोजक राजकुमार लेखी, पार्टी प्रवक्ता राज थारुलगायतका केन्द्रीय नेताहरुको उपस्थितिमा मोरङको लखन्तरीमा बसेको भेलाले पतरी देवी भगतको संयोजकत्वमा ३४ सदस्यीय समिति गठन गरेको हो। Continue reading “नागरिक समाजवादी पार्टीको झापा र मोरङमा कार्यसमिति गठन”
थारु-मधेसी आन्दोलन सकिएकै हो? कि फेरि उठ्छ ? [विश्लेषण]
सन्तोष मेहता
दुर्भाग्यवश पछिल्लो नेपाली राजनीति दुई ध्रुवमा विभाजित भएको छ । पछिल्लो लामो मधेश आन्दोलन र राज्यपक्षले त्यसलाई गरेको बेवास्ताका कारण नेपाली समाज नै दुई ध्रुवमा विभाजित हुने खतरा उत्पन्न भएको छ । यो विभाजन र तनावको मूल कारण बनेको छ संघीयतामा सीमांकन र यसको निर्णय गर्ने विधि । Continue reading “थारु-मधेसी आन्दोलन सकिएकै हो? कि फेरि उठ्छ ? [विश्लेषण]”
फेरि फुट्यो एमाओवादी, दाङमा घोषणा भयो नयाँ पार्टी

‘जनताको म्यान्डेट’ बिर्सिएको भन्दै पटक–पटक विभाजित एकीकृत नेकपा माओवादी फेरि टुक्रिएको छ। पार्टी विभाजन गरेका मोहन वैद्यसँग एकता गर्ने बहस माओवादी कित्तामा तातिरहेका बेला शनिबारदेखि एमाओवादी पाँचौं टुक्रामा विभाजित बनेको छ। Continue reading “फेरि फुट्यो एमाओवादी, दाङमा घोषणा भयो नयाँ पार्टी”