नेम्बाङलाइ वक्ताहरूकाे प्रश्न- नयाँ संविधान कसरी उत्कृष्ट ?

थारू पत्रकार संघ नेपालकाे पाँचाैँ स्थापना दिवसका वक्ताहरूले पूर्व संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाइ संविधान कसरी उत्कृष्ट भएकाे प्रश्न गरेका छन्। नेम्वाङले समावेशी सहभागितामूलक संविधानसभाले बनाएकाे संविधान विश्वमै उत्कृट भएकाे बताएपछि वक्ताहरूले उनलाइ यस्ताे प्रश्न गरेका हुन्। Continue reading “नेम्बाङलाइ वक्ताहरूकाे प्रश्न- नयाँ संविधान कसरी उत्कृष्ट ?”

नयाँ संविधान थारू-मधेसी मिलेर बनाएका हुन् : पूर्वसभामुख नेम्बाङ

TJA 06पूर्वसभामुख सुवास नेम्बाङले नेपालको संविधान विश्वकै समावेशी र उत्कृष्ट भएको बताएका छन्। थारु पत्रकार सङ्घ नेपालको पाँचाैँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले नेपालको संविधान विश्वमै उदाहरणीय बनेको बताए। उनले भने, ‘विश्वमा ९० प्रतिशत जनता सहभागी भएर आफ्ना लागि संविधान बनाएको इतिहास कुनै मुलुकमा छैन, त्यो हामीले गरेर देखाएका हौं।’

नयाँ संविधानमा कसैको चित्त नबुझेको भए त्यसलाई शान्तिपूर्ण छलफल गरी टुङ्गोमा पुग्न सकिने भन्दै उनले आन्दोलनरत समूहलाई छलफलमा आउन आग्रह गरे।
उनले याे संविधान थारू मधेसी सबैले मिलेर बनाएकाे बताए। ‘याे संविधान थारू मधेसी अादिवासी जनजाति दलित र खसहरू सबै मिलेर बनाएका हुन्। त्यही भएर याे संविधान उत्कृष्ट छ।’ उनले अाफ्नै कतिपय कुरा पनि संविधान नलेखिएकाे बताउँदै उनले संविधान राम्राे भएकाे तथ्यांक प्रस्तुतसमेत गर्न सकिने बताए।

लामो छलफल र समय लगाएर नेपालीले आफ्ना लागि आफैं संविधान बनाएको भन्दै उनले सबै जातजाति ,वर्ग, समुदाय, पिछडा वर्ग र लैङ्गिक समावेशिताले पूर्ण संविधान बनेकाले सबैको ध्यान यसको कार्यान्वयनमा हुनुपर्नेमा जोड दिए।

महिला भलिबलको उपाधि एपीएफलाई, नेविका, सरस्वती र शशी चौधरी उत्कृष्ट

Sarswati Chaudhary

सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबलको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ । शुक्रबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २५-०८, २५-२३ र २५-२० को अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । एपीएफले उपाधिसँगै दुई लाख ५० हजार रुपैयाँ हात पारेको छ । नेपाल पुलिस क्लबले एक लाख २५ हजार रुपैयाँ पाएको छ । पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ तेस्रो स्थान भएको छ । उसले ५० हजार रुपैयाँ पाएको छ । Continue reading “महिला भलिबलको उपाधि एपीएफलाई, नेविका, सरस्वती र शशी चौधरी उत्कृष्ट”

महन्थ ठाकुर भन्छन्- आन्दोलनमा जानुको विकल्प छैन

Mahanta-Thakur

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले अब आन्दोलनमा जानुको विकल्प नभएको बताएका छन् । वार्ता र सम्वादबाट माग सम्बोधन होस् भनेर आफूहरुले आन्दोलन स्थगित गरेको तर, सरकारले सुनुवाइ नगरेको उनले बताए । बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ठाकुरले भने, ‘सरकारले हामीलाई वेवस्ता गरेको छ । अब आफना माग पुरा गराउन आन्दोलन वाहेकको अर्का विकल्प छैन् ।’ Continue reading “महन्थ ठाकुर भन्छन्- आन्दोलनमा जानुको विकल्प छैन”

बाबुरामको नयाँ शक्ति नयाँ बोतलमा पुरानो रक्सीजस्तो : लेखी

Lekhi

इन्द्रकुमार चौधरी/झापा

नागरिक समाजवादी पार्टीका केन्द्रीय संयोजक राजकुमार लेखीले बैशाखको पहिलो हप्तादेखि आन्दोलनको घोषणा गरेका छन्। शुक्रबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा लेखीले विभेदमा परेकालाई संविधानका केही धाराहरुले झन् विभेदमा पारेका कारण आन्दोलन घोषणा गर्नु परेको बताएका हुन्। Continue reading “बाबुरामको नयाँ शक्ति नयाँ बोतलमा पुरानो रक्सीजस्तो : लेखी”

एसएलसी दिँदादिँदै एक परीक्षार्थीको मृत्यु

जिल्लाको महेन्द्रोदय उच्चमावि परीक्षा केन्द्रबाट एसएलसी दिँदै गरेकी एक परीक्षार्थीको मृत्यु भएको छ। शान्ति उच्च मावि छोरम्बुकी छात्रा तुलसा माझीको बिहीबार राति मृत्यु भएको हो। Continue reading “एसएलसी दिँदादिँदै एक परीक्षार्थीको मृत्यु”

त्रिहत्तर सालमा तीनपटक दसैँ

Dashain_tharu-5

हिन्दू धर्मावलम्बीले आगामी २०७३ सालमा तीनवटा दसैँ मनाउन पाउने भएका छन्। आउँदो २०७३ सालमा बडादसैँ असोज २५ मा परेको छ। यस्तै २०७२ सालको चैते दसैँसमेत २०७३ साल वैशाख ३ गते र २०७३ को चैते दसैँ चैत २३ गते परेको हुँदा एकै वर्ष हिन्दू धर्मावलम्बीले तीनवटा दसैँ मनाउन पाउने भएका हुन्। Continue reading “त्रिहत्तर सालमा तीनपटक दसैँ”

ट्यालेन्ट शोमा वर्षाको नृत्य हेर्नुस् (भिडियो)

मिस नेपालको ट्यालेन्ट शोमा थारु समुदायकी प्रतिस्पर्धी वर्षा लेखीले नृत्य प्रस्तुती गरेकी छन्। उनले फिचर नृत्य प्रस्तुत गरेकी थिइन्। हेर्नुस् उनको नृत्य। Continue reading “ट्यालेन्ट शोमा वर्षाको नृत्य हेर्नुस् (भिडियो)”

भूमिपुत्र थारूको बारेमा बनाइएको ‘लाज’लाई क्यानाडामा ‘अडियन्स च्वाइस अवार्ड’

Chhabilal Kopila

‘सातौं टोरन्टो नेपाली फिल्म महोत्सव’ २० मार्चमा क्यानडामा सम्पन्न भएको छ । महोत्सवमा सुशान प्रजापतिको चलचित्र ‘लाज’ले ‘अडियन्स च्वाइस अवार्ड २०१६’ जितेको छ । सर्ट चलचित्र लाजले दर्शकको मन जितेका कारण अडियन्स च्वाइस अवार्ड दिएको हो । चलचित्र ‘लाज’मा भूमिपुत्र थारू जातिको सांस्कृतिक पाटोलाई उजागर गर्नका लागि उनीहरुका लवाई, खवाई, चाडपर्व, नाच–गान र जीवनशैलीलाई पर्दामा उतारिएको छ । Continue reading “भूमिपुत्र थारूको बारेमा बनाइएको ‘लाज’लाई क्यानाडामा ‘अडियन्स च्वाइस अवार्ड’”