संविधानका विभेदकारी प्रावधानविरुद्ध संयुक्त आन्दोलनको तयारी

Tharu

आदिवासी जनजाति, दलित, महिला, मधेसी, मुस्लिम लगायत ऐतिहासिक विभेदमा परेका समुदायहरुको सम्बन्धमा नयाँ सविधानमा भएका विभेदकारी प्रावधानका बारेमा छलफलपश्चात् रणनीति तय गरी संयुक्त आन्दोलन गर्ने वक्ताहरुले बताएका छन् । विराटनगरमा आज सुरु भएको नेपालको संविधानको सन्दर्भमा ऐतिहासिक विभेदमा परेका समुदायहरुको दुईदिने भेलाको उद्घाटन सत्रमा बोल्दै विभिन्न वक्ताहरुले सो कुरा व्यक्त गरेका हुन् । Continue reading “संविधानका विभेदकारी प्रावधानविरुद्ध संयुक्त आन्दोलनको तयारी”

बिहेकै दिन गहना लिएर प्रेमिका फरार !

Marriage-.स्याङ्जा घर भई नवलपरासीको गैंडाकोटमा होटल चलाउँदै आएका जयदेव पौडेल शुक्रबार जन्ती लिएर चितवनको नारायणघाट आए । तीन महिनादेखि प्रेमसम्वन्धमा रहेकी सुषमा लामिछानेसँग उनको शनिबार बिहे हुँदै थियो । प्रेमिकासँग उनी नारायणघाट पुल्चोकको फिसटेल होटलमा बसे । १५ दिनदेखि उनी प्रेमिकासँग बस्दै आएका थिए । शनिबार मन्दिरमा बिहेको तयारी थियो । बिहान उनी दाह्री काट्ने तयारीमा लागे । Continue reading “बिहेकै दिन गहना लिएर प्रेमिका फरार !”

पैसासहित श्रीमती प्रहरीसँग भागेपछि श्रीमानको बिचल्ली

कालीकोट जिल्लाको रास्कोट क्षेत्रमा एक महिलाले श्रीमानले विदेशमा कमाएको पैसासहित प्रहरीसँग भागेपछि श्रीमान् बिचल्लीमा परेका छन् । जिल्लाको रास्कोट क्षेत्रको स्युना–५ निवासी शान्ति तिरुवाले श्रीमान् लल्ते तिरुवाले मलेसियाबाट विभिन्न समयमा कमाउँदै पठाएको रकम करिब रु सात लाख रकम खर्च गरेर नजिकै रहेको इलाका प्रहरी कार्यालय स्युनामा कार्यरत प्रहरीसँग भागेपछि अभिभावकले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । Continue reading “पैसासहित श्रीमती प्रहरीसँग भागेपछि श्रीमानको बिचल्ली”

विवाहित पुरुषसँग बिहे गर्दिन भन्दै अनिताकुमारी चौधरी प्रहरीको शरणमा

Hindu-Marriage-Actसुनसरीको छिटाहा गाविस–४ की एक किशोरीले आफ्नो बुबा–आमाले आफूलाई गुमराहामा पारेर विवाहित केटासँग विवाह गराउन खोजेको भन्दै सुरक्षाको लागि प्रहरीको शरण मागेकी छन्। छिटाहा–४ की २० वर्षीया अनिताकुमारी चौधरीले जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी गर्दै सो विवाह रोकाई शान्तिसुरक्षा कायम गर्न माग गरेकी छन् । Continue reading “विवाहित पुरुषसँग बिहे गर्दिन भन्दै अनिताकुमारी चौधरी प्रहरीको शरणमा”

कांग्रेसको नीति तथा कार्यक्रममा तराईका मुद्दा र थारुका सबाल

Nepali Congress

नेपाली कांग्रेसको तराई मधेससँगको सम्बन्ध विशिष्ट खालको छ। प्रजातान्त्रिक आन्दोलनको शुरुवातदेखि नेपालको वर्तमान संविधानको प्राप्तिसम्म आइपुग्दा तराई मधेस नै नेपाली कांग्रेसको मुख्य आधारभूमि रहेको छ। नेपाली कांग्रेस तराई मधेससँगको यस सम्बन्धलाई निरन्तरता दिन सदैव संवेदनशील र सजग रहने छ। Continue reading “कांग्रेसको नीति तथा कार्यक्रममा तराईका मुद्दा र थारुका सबाल”

थारूलाई अधिकार दिँदा तिम्रो टाउको किन दुःखछ?

Manoj Tharuमनोज थारु
थारूहरू परापूर्वकालदेखि नै राज्यपक्ष बाट ठगिँदै आएका छन्। चाहे त्यो शाह वंश होस् या राणा। यो थारूहरूको लागि नौलो कुरा होइन्। शाहरूले थारू बसोबास भएको तराई क्षेत्रलाई राजस्वको रूपमा ठागे भने राणाहरूले थारूको जाग्गा जमिन हडपे।
सबैको साझा लक्ष्य एउटै हो। थारूलाई लुट्ने तर तरिक फरक छ। Continue reading “थारूलाई अधिकार दिँदा तिम्रो टाउको किन दुःखछ?”

कञ्चनपुरमा रानाथारू होम स्टे

Rana Tharu Girl 02

मुलुकमै पहिलो पटक राना थारु समुदायले कञ्चनपुरमा रानाथारू होम स्टे सुरु गरेका छन् । राना संस्कृति र परम्परा जोगाउन तथा त्यसको माध्यमबाट आर्थिक उन्नति गर्न भीमदत्त नगरपालिका वडा नम्बर १४ नयाँ बस्तीका राना समुदायले होम स्टे संचालन गरेका हुन् । Continue reading “कञ्चनपुरमा रानाथारू होम स्टे”

प्रधानमन्त्री ओलीको चीन भ्रमण चैत पहिलो सातादेखि

फाइल तस्बिर
भारत भ्रमका क्रममा गार्ड अफ अनर ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली चैत पहिलो साता चीन भ्रमणमा जाने भएका छन्। काठमाडौं स्थित चिनियाँ दूतावास स्राेतकाअनुसार हेनान प्रान्तमा आयोजना गरिने बोआओ फोरमको वार्षिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको छ। चीनको हेनानमा चैत ९ देखि १२ गतेसम्म बोआओ सम्मेलन आयोजना हुँदैछ। Continue reading “प्रधानमन्त्री ओलीको चीन भ्रमण चैत पहिलो सातादेखि”

सेल्फी खिच्दा दुई युवती नारायणीमा बगे, एकको उद्धार एक बेपत्ता

Narayani

नारायणी नदी तिरमा सेल्फी खिच्दा खसेर दुई युवती नारायणीमा बगेका छन्। एकजनाको जिवितै उद्धार भए पनि एकजना नारायणी नदीमा हराई रहेको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ। आइतबार दिउँसो पौने दुई बजे सो घटना भएको हो। Continue reading “सेल्फी खिच्दा दुई युवती नारायणीमा बगे, एकको उद्धार एक बेपत्ता”