कांग्रेसलाई गच्छदारको महंगो ‘जय नेपाल’

Bijay Gachhdar

उपप्रधानमन्त्री विजयकुमार गच्छदार नेपाली कांग्रेसमा लामो योगदान गरेका पूर्वकांग्रेस नेता हुन् । कांग्रेस छाडेर मधेसी जनअधिकार फोरममा लागेपछि गच्छदारले ‘जय नेपाल’ भन्न छाडेको धेरै वर्ष भइसकेको छ । तर, विहीबार उनले निकै महंगो मूल्य तिरेर खुल्लामञ्चबाट दुईपटक ‘जय नेपाल’ उच्चारण गरे । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा शुभकामना दिन मञ्चमा उभिनासाथ उनले सहभागीहरुलाई ‘जय नेपाल’ शब्दले सम्बोधन गरे । Continue reading “कांग्रेसलाई गच्छदारको महंगो ‘जय नेपाल’”

नेपालको घृणित राजनीति देखेर कहिलेकाहीं आत्महत्या गर्न मन लाग्छ : रामचन्द्र पौडेल

NC Madhivasan (2)

कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले परिवर्तनको नेतृत्व गर्न नेपाली कांग्रेस आफै परिवर्तन हुनपर्ने बताएका छन् । कांग्रेसको १३औं महाधिवेशन उद्घाटन समारोहमा उनले सो कुरा बताएका हुन् । उनले नेपाली कांग्रेस लोकतान्त्रिक समाजवादको बाटोमा हिँड्नुपर्ने पनि उनले बताएका छन् । Continue reading “नेपालको घृणित राजनीति देखेर कहिलेकाहीं आत्महत्या गर्न मन लाग्छ : रामचन्द्र पौडेल”

सेल्फी खिच्दा नदीमा वेपत्ता युवतीको शव भेटियो

मोबाइल फोनबाट आफै फोटो खिच्ने (सेल्फीलिने) क्रममा आइतबार नारायणगढ दियोलो क्लब पछाडि नारायणी नदीमा बगेर वेपत्ता एक युवतीको बिहीबार बिहान सवेरै शव फेला परेको छ। Continue reading “सेल्फी खिच्दा नदीमा वेपत्ता युवतीको शव भेटियो”

होलीमा मधेसी मोर्चाले सांसदको पुत्ला जलाउने

Madhesi Morcha

संविधानविरुद्ध आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका थप कार्यक्रम सार्बजनिक गरेको छ । मोर्चाको केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकले होलीका दहनको दिन सांसदहरुको सामूहिक पुत्ला दहन लगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो ।  Continue reading “होलीमा मधेसी मोर्चाले सांसदको पुत्ला जलाउने”

सिटौला प्यानलबाट उमाकान्त चौधरी कोषाध्यक्षका उम्मेद्‍वार

Umakant-Chaudhary

नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापतिका लागि औपचारिकरुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । सिटौलाको टीमबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीको नाम सार्वजनिक भएको छ । Continue reading “सिटौला प्यानलबाट उमाकान्त चौधरी कोषाध्यक्षका उम्मेद्‍वार”

रेशम चाैधरी नेपाल फर्किँदै, उनले भने, अबकाे लडाइँ टीकापुरबाटै

resam

टीकापुर घटनामा प्रहरीको मुख्य अभियुक्त मानिएका रेशम चौधरी नेपाल फर्किने भएका छन् । घटनालगत्तै प्रहरीले मुख्य अभियुक्त बनाएर खोजी गरिरहेका उनी छिट्टै नेपाल फर्किने बताएका छन् । थारुवानसँग कुरा गर्दै उनले अबको लडाइँ नेपालबाटै थालनी गर्ने भन्दै छिट्टै नेपाल फर्किने बताएका हुन् । Continue reading “रेशम चाैधरी नेपाल फर्किँदै, उनले भने, अबकाे लडाइँ टीकापुरबाटै”

बिहारका मुख्यमन्त्री नितिशकुमार नेपाल आउँदै

Nitish-Kumar

कांग्रेसको १३ औ महाधिवेसनमा सहभागि हुन विहारका मुख्यमन्त्री नितिश कुमार बुधबार काठमाडौं आउने भएका छन् । उनले विभिन्न राजनीतिक दलका नेताहरु र सरकारी पक्षसंग पनि भेटघाट गर्ने छन् । भारतमा मनमोहन सिंह प्रधानमन्त्री हुँदा पनि उनले नेपाल भ्रमण गर्ने चासो देखाएका थिए । Continue reading “बिहारका मुख्यमन्त्री नितिशकुमार नेपाल आउँदै”

भिखनी देवी चौधरीको कुकुरसँग विवाह

कैलालीको दुर्गौली गाउँ विकास समिति वार्ड नं. ४ धर्मपुरमा एक ज्येष्ठ नागरिकको कुकुरसँग विवाह भएको छ। करिब एक सय २० वर्षीया भिखनी देवीको कुकुरसँग विवाह भएको हो। स्थानीय धनीराम चौधरीका अनुसार १ सय २० वर्षीया भिखनीदेवी चौधरीको दात र कपाल फेरि नयाँ पलाएको हुनाले थारू परम्परा अनुसार विवाह गर्नु परेको परिवारले जनाएको छ। Continue reading “भिखनी देवी चौधरीको कुकुरसँग विवाह”