थारु युवा स्वंयसेवकले एक व्यक्ति एक सय रुपैयाँ अभियान सञ्चालनमा ल्याएको छ। थरुहट आन्दोलनका घाइतेहरुलाई सहयोग गर्न र राजनीतिक जनचेतनाका अभियान, प्रशिक्षण, तालिम पनि सञ्चालन गर्न अभियानको थालनी गरेको थारु युवा स्यंवसेवकका केन्द्रीय संयोजक महावीर चौधरीले जानकारी दिए। यो अभियानले थरुहट आन्दोलनबाट गिरफ्तारी परेकाहरुका लागि वकिल खर्चलगायत आन्दोलनका क्रममा घाइते भएकाहरलाई उपचार पनि सघाउनेछ। Continue reading “‘एक व्यक्ति एक सय अभियान’”
Author: admin
कुकुरसँग बच्चाको बिहे!
भारतीय राज्य छत्तीसगढको कोरबा–बाल्को मार्गमा सन्थाल आदिवासीहरूको एउटा गाउँ छ। गाउँका सन्थालको एउटा अनौठो परम्परा छ, गाउँका केटाकेटीको बिहे कुकुरसँग गराइदिने। हरेक वर्ष मकरसंक्रान्तिमा कुकुरसँग केटाकेटीको धुमधामसँग बिहे गरिदिने चलन गाउँमा छ। मृत्युदोषबाट बचाएर केटाकेटीलाई दीर्घायु हासिल हुने विश्वासका साथ हरेक वर्ष मकरसंक्रान्तिमा यस्तो बिहे गर्ने गरिन्छ। Continue reading “कुकुरसँग बच्चाको बिहे!”
थलिँदै थारू आन्दोलन [विश्लेषण]
विभाजनभन्दा एकता कयौं गुणा शक्तिशाली हुन्छ। जुन एकताले नसोचेको उपलब्धी पनि हासिल हुन्छ। तर हामी थारू समुदायको प्रवृत्ति ठीक उल्टो छ। सामान्य बेलामा मिल्नसक्ने हामी अफ्ठ्यारो परेका बेला विभाजनमा हुन्छौं। हामी हामीमा फुट हुन्छ। एक आपसमा लड्छौं। र, त्यसको फाइदा प्रत्यक्षरूपमा तेस्रो व्यक्तिले लिन्छ। एउटा भनाइ छ– ‘भाइ फुटे गवार लुटे’। हो, हामी भाइ भाइ फुट्दैछौं। व्यक्तिगत स्वार्थका निम्ति, सत्ताका निम्ति, पदका निम्ति, आफ्नो पहिचान दाउँमा राखेर हामी फुट्दैछौं। यसको फाइदा लुट्नेहरूको कमी छैन। जसलाई हामी पहिचानविरोधी भन्छौं, जसलाई हामीले शासक वर्ग भन्छौं, जसलाई राज्यको हरेक अंगमा रजाइ गरेको आरोप लगाउँछौं, हो, तिनीहरूले लुटिरहेका छन् हामीलाई। किनकि हामीले उठाएको जग नै कमजोर छ। जबसम्म हामीले कमजोर जगलाई उठाएर नयाँ, बलियो जग बसाल्दैनौं, तबसम्म यी प्रवृत्ति हाम्रो समुदायमा दोहोरिरहनेछ। हामी झन् झन् कमजोर हुँदै जानेछौं। हामीले बुनेका सपनाहरू कहिल्यै पूरा हुने छैनन्। हाम्रो हक अधिकार र पहिचानमा अरूले धाँवा बोलिरहनेछन्। Continue reading “थलिँदै थारू आन्दोलन [विश्लेषण]”
सद्भावको बाहक ‘बडघर’, तर राज्यबाट उपेक्षा किन ?
दिनेश दहित/कैलाली।
कैलाली गदरिया–६ बेनौलीका भलमन्सा/बडघर पहलमान चौधरीको अधिकांश समय गाउँघरका समस्या सुन्नमा नै बित्ने गरेको छ। दुई वर्षदेखि गाउँ प्रमुखको जिम्मेवारी पाउनुभएका उहाँले गाउँको पूरै व्यवस्थापकीय कार्यको नेतृत्व गर्दै आएका छन्। Continue reading “सद्भावको बाहक ‘बडघर’, तर राज्यबाट उपेक्षा किन ?”
प्रहरी गोलीले तीनको मृत्यु
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र सत्तारुढ एमाले कार्यकर्ताबीच झडपमा प्रहरीको गोलीले बिहीबार तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय द्रोपतीदेवी चौधरी (५८), शिवु माझी (२०) र महादेव ऋषिदेव (२८) छन्। घटनामा १५ जनाभन्दा बढी घाइते छन्। Continue reading “प्रहरी गोलीले तीनको मृत्यु”
रंगेलीमा प्रहरीकाे गाेली लागेर द्रैपदीदेवी चाैधरीकाे मृत्यु
मोरङको रंगेलीमा प्रहरीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको छ। मृतक महिला रंगेली-४ की ५८ बर्षीया द्राैपदीदेवी चाैधरी रहेको प्रहरीले जनाएको छ। बिहीबार नेकपा एमालेको युवा संघ नेपालले आयोजना गरेको आमसभामा अवरोध गर्न पुगेका मधेसी मोर्चाका कार्यकर्तासँग भएको झडपमा प्रहरीले चलाएको गोली लागेर चाैधरीको मृत्यु भएको हो। Continue reading “रंगेलीमा प्रहरीकाे गाेली लागेर द्रैपदीदेवी चाैधरीकाे मृत्यु”
मुर्दाको गाउँ जहाँ मुर्दाहरु बसोबास गर्छन्
इटालीको सिसली क्षेत्रमा क्यापुचिन काटाकम्ब्स् भन्ने ठाउँ छ, जसलाई भुताहा गाउँसमेत भनिन्छ। यो यस्तो गाउँ हो जसमा ‘डेड बडी’ले बसोबास गर्छन्। गाउँमा १६औँ शताब्दीतिरका करिब ८ हजार मृत मानिसका ममी राखिएका छन्। ममी राखिएको भुताहा गाउँ भन्दै त्यहाँ कुनै पनि जीवित मानिस डरले बस्दैन। Continue reading “मुर्दाको गाउँ जहाँ मुर्दाहरु बसोबास गर्छन्”
थरुहट तराई पार्टीसहित ६ पार्टीद्वारा संसद बैठक बहिस्कार
मधेसी मोर्चासहित छ वटा पार्टीले संसद बैठक बहिस्कार गरेका छन्। प्रमुख तीन दलले गर्न लागेको संविधान संसोधन विधेयकले सबै समस्याको समाधान नगर्ने बताउँदै मोर्चाका चार पार्टी संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रि पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी र मोर्चाबाहेक थरुहट तराई पार्टी नेपाल र राष्ट्रिय मधेस समाजवादी पार्टीले संसद बैठक बहिस्कार गरेका हुन्। बैठक भने जारी छ। Continue reading “थरुहट तराई पार्टीसहित ६ पार्टीद्वारा संसद बैठक बहिस्कार”
थरुहट आन्दोलनको निकास के ?
थरुहट आन्दोलन यतिबेला छैठौं महिनामा प्रबेश गरेको छ। छैठौं महिनामा आइपुग्दा यसको गति अलि धिम भएको छ, तर आन्दोलन रोकिएको छैन। आन्दोलनका नायकहरू यसलाई दीर्घकालीन आन्दोलनको रुपमा ब्याख्या गरेका छन् र त्यही अनुरुपको योजनामा लागेका छन् भन्ने कुरा बुझिएको छ। उसो त थारूहरूको आन्दोलन राणाहरूको पालादेखि भएको देखिन्छ। पंचायतकाल, बहुदलकालमा पनि थारूहरूले आन्दोलन गरेको देखिन्छ। यसरी समय समयमा थारूहरूको माग मुद्दा उठ्दै गरेको र कहिले आश्वासन र कहिले राशन प्राप्त गरी आन्दोलन सकिएको इतिहास छ। Continue reading “थरुहट आन्दोलनको निकास के ?”
केपी ओलीका चर्चित बोली- माखे साङ्लोदेखि हावाबाट बिजुलीसम्म
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ‘हनिमुन पिरियड’ अर्थात् सय दिल पार गरेको छ। सय दिन पार गरिरहँदा ओली सरकारबाे विभिन्नथरीका टीकाटीप्पणी आइरहेका छन्। प्रायजसो केपी ओलीलाई उखान टुक्के प्रधानमन्त्री भन्दै समाजिक सञ्जालमा उडाइरहेका छन्। प्रधानमन्त्रीले विभिन्न मिति, मौका, प्रसंग र प्रकरणमा सार्वजनिक रूपमा बोलेका कडा, चर्का एवं रमाइला कुरा यस्ता छन्। Continue reading “केपी ओलीका चर्चित बोली- माखे साङ्लोदेखि हावाबाट बिजुलीसम्म”








