एकतर्फी गरिएको संविधान संसोधन धोखा हो : थरुहट-थारुवान

Tharu Youth

थरुहट-थारुवान संयुक्त संघर्ष समितिले संविधान संशोधनले आफ्नो माग सम्बोधन नभएको बताएको छ । साथै उसले आन्दोलनलाई थप सशक्त बनाउने बताएको छ । संघर्ष समितिका संयोजक धनिराम चौधरीले सोमबार जारी गरेको विज्ञप्तिमा संशोधनहरुले थारु र थरुहट आन्दोलनको मूल मर्म र मागलाई सम्बोधन नभएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ-सरकार र प्रमुख राजनीतिक पार्टीहरुसँग वार्तारत भइरहेको अवस्थामा एकतफिर् ढंगले दुई तिहाई बहुमतको अंहकारमा संवाद र सहमति नगरी संशोधन गरिनु अलोकतान्त्रिक र धोका हो ।’ Continue reading “एकतर्फी गरिएको संविधान संसोधन धोखा हो : थरुहट-थारुवान”

थाकस कार्यालयमा किन अायाे सादा पोसाकधारी प्रहरी?

Dhaniram Chaudhary

अाइतबार राजधानीकाे भिमसेनगाेलास्थित थारू कल्याणकारिणी सभा (थाकस)काे केन्द्रीय कार्यालयमा सादा पाेसाकका प्रहरी देखिए। चार जना सादा पाेसाकधारी प्रहरी सिधै सभाकाे चाैथाे तल्लास्थित सभाको कार्यालयभित्र छिरे। त्यहाँ राजकुमार लेखीलगायत केही पदाधिकारीहरू बसिरहेका थिए। सभाले लहानमा आयोजना गरेको प्रशिक्षण भेलाका निम्ति पत्रकार सम्मेलनको आयोजना गरेको थियो। Continue reading “थाकस कार्यालयमा किन अायाे सादा पोसाकधारी प्रहरी?”

हजाार प्रतिनिधि बोलाइएको प्रशिक्षण भेलाको तयारी पूरा

Tha Ka Sa size

थारु कल्याणकारिणी सभाले घोषणा गरेको प्रशिक्षण भेलाको तयारी पूरा भएको छ। सभाले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी माघ २३, २४ र २५ गते लहानमा आयोजना हुने प्रशिक्षणको तयारी पूरा भएको जानकारी गरायो। सभाका अनुसार प्रशिक्षणमा देशभरिबाट कम्तीमा हजार प्रतिनिधि सहभागी हुनेछन्।

प्रतिनिधिहरुका लागि लहानस्थित लक्ष्मी गेस्ट हाउस, सपना गेस्ट हाउस, अतिथि सदन, मारवाडी सेवा समिति, रौनियार सेवा समिति, सिम्रिक होटेलमा बासस्थानको व्यस्था मिलाइएको आयोजकले बताएको छ। त्यस्तै सहभागीहरुका लागि पाँच छाक खाना र नास्ताको पनि व्यस्था आयोजकले गरेको छ।

थारु कल्याणकारिणी सभाको केन्द्रीय समिति, विदेश शाखा, भातृ संगठन र भारतबाट पनि प्रतिनिधिहरु सहभागी हुने केन्द्रीय प्रशिक्षण विभाग प्रमुख राजकुमार लेखीले जानकारी दिए। कार्यक्रम आयोजना गर्न करिब ११ लाख रुपैयाँ खर्च हुने लेखीले बताए। उक्त रकम चन्दा र प्रतिनिधिहरुबाट उठाइने उनले बताए। प्रत्येक प्रतिनिधिबाट दुई सय शुल्क लिने आयोजकले जानकारी दियो।

सहभागी हुने प्रतिनिधिहरुको नामावली माघ १५ गतेभित्र बुझाउन जिल्ला सभापतिहरुलाई आयोजकले आग्रह गरेको छ।

Tha ka sa release

काठमाडौं केन्द्रित आन्दोलन चर्काउने फोरमको निर्णय, नाका पनि कडा पारिने

Forum-cc-meeting

संघीय समाजवादी फोरम, नेपालले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गर्ने भएको छ । साथै लामो समयदेखि जारी सीमा नाका धर्नालाई कायमै राख्ने निर्णय गरेको छ । आइतबार सम्पन्न फोरम नेपालको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले सरकार वार्ता र निकासका लागि गम्भीर नभएको निष्कर्ष निकालेको छ । बैठकपछि फोरम अध्यक्ष उपेन्द्र यादवले वार्ताप्रति सरकार गम्भीर नदेखिएकोले आन्दोलन थप सशक्त पार्ने निर्णय भएको बताए । Continue reading “काठमाडौं केन्द्रित आन्दोलन चर्काउने फोरमको निर्णय, नाका पनि कडा पारिने”

बाबुरामको नयाँ शक्तिमा पूर्वसचिव नत्थुराम चौधरी र सुरेन्द्र चौधरी

Naya Sakti

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ३५ सदस्यीय नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषद सार्वजनिक गरेका छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले नयाँ शक्तिमा अावद्ध नयाँ अनुहारहरूको परिचय गराएका छन्। भट्टराइले नयाँ शक्तिप्रति निकै उत्साह र अाकर्षण बढेको भन्दै छिट्टै पार्टीको पूर्णाकार घोषणा गरिने र त्यतिबेला नयाँ शक्तिमा अन्य सदस्य र अभियान्ताहरू जोडिने बताए। Continue reading “बाबुरामको नयाँ शक्तिमा पूर्वसचिव नत्थुराम चौधरी र सुरेन्द्र चौधरी”

जबर्जस्ती गरिएको संविधान संशोधन मान्दैनौं : लक्ष्मणलाल कर्ण

Laxman Lal Karna

तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख दलले अगाडि बढाएको संविधान संशोधन प्रक्रियालाई जबर्जस्तीको सङ्ज्ञा दिएको छ ।
आन्दोलनरत दलका तर्फबाट सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले वार्तामा आफूहरुलाई संलग्न नगराइएको र संविधान जसरी जबर्जस्ती जारी गरिएको थियो, सोही प्रक्रिया अपनाएर संशोधन गरिएको आरोप लगाए । Continue reading “जबर्जस्ती गरिएको संविधान संशोधन मान्दैनौं : लक्ष्मणलाल कर्ण”

संविधान संसोधनपछि आन्दोलनकारीका माग कति पूरा भए ?

Nepal-Constitutionव्यवस्थापिका–संसद्ले ‘नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२’ लाई आज पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले ‘नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा राखेका थिए। उनले प्रस्ताव पेस गरेपछि संविधान दुई तिहाइ बहुमतले पारित गर्ने संवैधानिक व्यवस्था भएबमोजिम मत विभाजन प्रक्रिया अपनाइएको थियो। Continue reading “संविधान संसोधनपछि आन्दोलनकारीका माग कति पूरा भए ?”

सरकार आन्दोलनकारीको एउटा माग पनि सम्बोधन गर्न चाहँदैन : दहित (भिडियो अन्तर्वार्ता)

Gopal Dahit

थरुहट तराई पार्टी नेपालका सांसद गोपाल दहितले सरकारले जानाजानी आदिवासी थारु मधेसीका माग सम्बोधन गर्न नचाहेको आरोप लगाएका छन्। सगरमाथा टेलिभिजनसँगको कु्राकानीमा उनले यी समु्दायहरुसँग विभिन्न मितिमा विभिन्न सम्झौता गरेपनि त्यसलाई कार्यन्वयन गर्न नचाहेको आरोप लगाए। Continue reading “सरकार आन्दोलनकारीको एउटा माग पनि सम्बोधन गर्न चाहँदैन : दहित (भिडियो अन्तर्वार्ता)”

अशोक थारु लेख्छन्- माटो बोल्छ

Ashok
तस्बिर : कृष्णराज चौधरी

अशोक थारू
आज भन्दा ४६ बर्ष अगाडि २०२६ सालको कुरा हो। त्यस बेलाको चर्चित तर अहिलेको बिरान नाका कोइलाबासबाट एकजना मधेशी मूलका किराना पसले अब्दुल वकिल सिद्दिकी सपरिवार दाङ जिल्लाको हेकुली गाउँमा आइपुगे, थुप्रै घोडाहरूमा सामान बोकाएर खुद्रा पसल थाप्न। चर्चित नाकाबाट मोफसलको गाउँमा आउनुको उद्देश्य बाणिज्यमा फड्को मार्नुभन्दा हेकुली गाउँलाई नगरमा परिणत गर्ने उद्देश्य बोकेर हिंडेका स्थानीय धरणीधर चौधरीको काँधमा काँध मिलाउनु पनि थियो। गाउँमा सहजै नदेखिने हीरो साइकिल पनि उनले आफूसँग ल्याएका थिए, जो यो पंक्तिकारका लागि मनोरञ्जनको साधन बन्थ्यो। Continue reading “अशोक थारु लेख्छन्- माटो बोल्छ”

नेपाल २३ वर्षपछि च्याम्पियन (खेलको हाइलाइटसहित)

Nepal(Blue)  Vs  Bahrain(Red)Final Match 1खेलमिलेमतो प्रकरण, एन्फा अध्यक्ष गणेश थापामाथि भ्रष्टाचारको अभियोगको १० वर्षे प्रतिबन्ध अनि मैदानभित्र लगातारको असफल नतिजाका कारण नेपाली फुटबलप्रेमीमा कुनै उत्साह थिएन। अघिल्लो महिना भारतमा सम्पन्न साफ च्याम्पियनसिपमा श्रीलंकाको प्रयोगात्मक टोलीसँग पनि पराजित हुँदै समूह चरणबाटै बाहिरिएपछि समर्थकको निराशा झनै बढेको थियो। Continue reading “नेपाल २३ वर्षपछि च्याम्पियन (खेलको हाइलाइटसहित)”