थारुको आन्दोलन दोस्रो चरणमा, मधेस आन्दोलनको सय दिन

Chapur protest 01

थारुहरुले आजदेखि दोस्रोचरणको आन्दोलन सुरु गरेको छ। थरुहट थारुवान संयुक्त संघर्ष समितिले यसअघि अनिश्चितकालीन आन्दोलन गर्दै आए पनि विभिन्न कारणले आन्दोलन बीचमै सेलाएको थियो। सरकार थारुको मागप्रति गम्भीर नभएको देखेर थारुहरुले आजदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका छन्। थारुहरुले तराई विभिन्न जिल्लामा आज प्रदर्शन गर्दैछन्। Continue reading “थारुको आन्दोलन दोस्रो चरणमा, मधेस आन्दोलनको सय दिन”

थारुलाई मात्र लाग्ने सिकलसेल रोगको अध्ययण गर्न मन्त्री चौधरीलाई ज्ञापन पत्र

क्रियटिङ पोसिबिलिटिज नामक संस्थाले दाङमा आयोजना गरेको सिकेल सेल परीक्षण कार्यक्रममा रगत परीक्षण गराउँदै थारु समुदायका महिला। फाइल तस्बिर : विवेक चौधरी
क्रियटिङ पोसिबिलिटिज नामक संस्थाले दाङमा आयोजना गरेको सिकेल सेल परीक्षण कार्यक्रममा रगत परीक्षण गराउँदै थारु समुदायका महिला। फाइल तस्बिर : विवेक चौधरी

थारु समुदायलाई मात्र लाग्ने वंशानुगत रोगबारे सरकारी तवरबाट अध्ययन अनुसन्धान गर्न थारु समुदायका अगुवाहरुले सरकारसँग माग गरेका छन्। स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई शुक्रबार मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै कैलाली र कञ्चनपुरका थारु अगुवाहरुले संयुक्तरुपमा अनुसन्धानको माग गरेका हुन्। कैलाली र कञ्चनपुरका गरी सातवटा थारु संघ संस्थाहरुको तर्फबाट संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै थारु अगुवाहरुले सरकारी तवरबाट सो रोगबारे गम्भीरतापूर्वक अध्ययनको माग गरे। Continue reading “थारुलाई मात्र लाग्ने सिकलसेल रोगको अध्ययण गर्न मन्त्री चौधरीलाई ज्ञापन पत्र”

तराईमा थारुको मसाल जुलुस, सुनसरीमा प्रहरी हस्तक्षेप

Tharu-Masal-Juluss-02

थरुहट थारुवान संयुक्त संघर्ष समितिले पूर्वघोषित कार्यक्रमअनुसार आज तराईका सबै जिल्लामा मसाल जुलुस प्रदर्शन गरेको छ। केही जिल्लाको अगुवाइ केन्द्रीय नेताले गरेका थिए भने केही जिल्लाको नेतृत्व जिल्ला संयोजकले गरेका थिए। Continue reading “तराईमा थारुको मसाल जुलुस, सुनसरीमा प्रहरी हस्तक्षेप”

सुरेन्द्र चौधरी भन्छन्- यिनीहरुले रातो कार्पेट बिछ्याएर माग पूरा गर्न बोलाउँछन्

Surendra Chaudhary

नेपाली कांग्रेसका नेता तथा पर्सा ४ का सांसद सुरेन्द्रप्रसाद चौधरी आजैको दिनदेखि आफू आन्दोलनमा हिँडेको बताएका छन्। संविधानमा हस्ताक्षर गर्ने बेलादेखि नै असन्तुष्ट रहेका चौधरीले कांग्रेस नेताहरुको नामै लिएर उनीहरु मधेसविरोधी रहेको आरोप लगाए। अहिलेका वार्ताबाट समाधान नहुने ठोकुवा गर्दै चौधरीले भने- अब रामचन्द्र पौडेलहरुको पछि लाग्दैनौं, आन्दोलन कसैले नसोचेको खालको हुन्छ र त्यहीँबाट सबै हिसाब किताब हुन्छ। Continue reading “सुरेन्द्र चौधरी भन्छन्- यिनीहरुले रातो कार्पेट बिछ्याएर माग पूरा गर्न बोलाउँछन्”

सेना परिचालन गरे थारु मधेसी भिड्न तयार : लेखी

Rajkumar Lekhi

थारु नेता राजकुमार लेखीले तराई मधेसमा सेना परिचालन गरेर देखाउन सरकारलाई चुनौती दिएका छन्। नेमकिपा अध्यक्ष नारायणमाण विजुक्टछेले तराई मधेसमा सरकारले सेना परिचालन गर्नुपर्ने दिएको अभियव्यक्तिलाई चुनौती दिँदै लेखीले सेना पठाएर देखाउन चुनौती दिए। Continue reading “सेना परिचालन गरे थारु मधेसी भिड्न तयार : लेखी”

बाँकेका पहाडेहरु थारुसँग मिलेर बस्न हुने, कैलालीका थारुहरु पहाडेसँग मिल्न नहुने?

ramesh lekhak

नेपाली कांग्रेसका नेता रमेश लेखकले अहिले बनेको सात प्रदेशको सीमा एक इन्च पनि फेरबदल नहुने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले अघिल्लो सरकारले पेश गरेको संविधान संसोधन विद्येयक अगाडि बढाए धेरै समस्या समाधान हुने भन्दै सीमांकनमा फेरबदल गर्न नसकिने बताए। Continue reading “बाँकेका पहाडेहरु थारुसँग मिलेर बस्न हुने, कैलालीका थारुहरु पहाडेसँग मिल्न नहुने?”

मंसिर ५ देखि कडा आन्दोलन गर्ने थरुहट प्रादेशिक भेलाको घोषणा

tharu vela

वार्ताका लागि सरकार उदासिन बनेको निष्कर्ष निकाल्दै थरुहट थारुवान संयुक्त संघर्ष समितिले फेरि कडा आन्दोलनको घोषणा गरेको छ। हालसम्म आफूहरुसँग वार्ता गर्न चासो नदेखाइएको भन्दै थरुहटले अबको एकमात्रै बिकल्प ‘कडा आन्दोलन’ रहेको घोषणा गरेको हो। Continue reading “मंसिर ५ देखि कडा आन्दोलन गर्ने थरुहट प्रादेशिक भेलाको घोषणा”

थरुहट थारुवानको प्रादेशिक भेलामा समिति पुनर्गठनको माग

थरुहट/थारुवान संयुक्त संघर्ष समितिको प्रादेशिक भेलाका सहभागीहरुले समितिको पुनर्गठन हुनुपर्ने माग गरेका छन्। दाङको लमहीमा आयोजित दस जिल्लाको भेलाका सहभागीहरुले संघर्ष समितिका संयोजक धनिराम चौधरीलगायत नेतृत्वकर्ताहरु असक्षम साबित भएको बताउँदै पुनर्गठनको माग गरेका हुन्। उनीहरुले १९ सदस्यीय आन्दोलन परिचालन समिति, ९ सदस्यीय केन्द्रीय सचिवालय र ११ सदस्यीय वार्ता टोली सदस्य पनि पुनर्गठन हुनुपर्ने बताए। Continue reading “थरुहट थारुवानको प्रादेशिक भेलामा समिति पुनर्गठनको माग”

निर्णायक भनिएको वार्तामा पनि सहमति भएन

1447588294324_RS-KTM-morcha 3 dal meeting-1काठमाडौं- सत्ता गठबन्धनमा आबद्ध दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज हुने भनिएको निर्णायक वार्ता पनि सहमतिमा पुग्न सकेन। सिंहदरबारस्थित राज्य व्यवस्था समितिको कार्यालयमा आज भएको वार्तामा मोर्चासहितका नेताहरु सम्मिलित संसदीय समिति वा राजनीतिक समिति बनाएर विवादित जिल्लाको सीमाङ्कनको विषय टुङ्ग्याउने प्रस्ताव सत्तारुढ दलले राखेपनि मोर्चाले त्यसलाई अस्वीकार गरेको थियो। Continue reading “निर्णायक भनिएको वार्तामा पनि सहमति भएन”

लेखीको कार्यक्रम दाङका सभासद्ले बहिष्कार गरे

Lekhiथारु कल्याणकारिणी सभाको क्षेत्रीय समिति देउखुरीको अधिवेशन थारु सभासद्हरुले बहिस्कार गरेका छन्। कार्यक्रमको प्रमुख अतिथिमा सभाका पूर्वमहामन्त्री एवं सचिवालय सदस्य राजकुमार लेखीलाई निम्त्याएपछि सभासद्हरुले देउखुरी समितिको १५औं अधिवेशन बहिस्कार गरेका हुन्। कार्यक्रमका लागि दाङका थारु सभासद्लाई निम्त्याइएको थियो। Continue reading “लेखीको कार्यक्रम दाङका सभासद्ले बहिष्कार गरे”