यसकारण लम्बिदैछ थरुहट र मधेस आन्दोलन

Gopal Dahit

गोपाल दहित

तराई थरुहट क्षेत्रमा लाखौं जनताको स्वतःस्फूर्त भौतिक सहभागितामा थरुहट र मधेसी मोर्चाको आह्वानमा गरिरहेको आन्दोलन तीन महिना नाधेको छ । तर नेपाल सरकार र ठूला दलका शीर्ष नेताहरुको कुम्भकरणीय निन्द्रा अझै पनि खुलेको छैन । प्रस्न उठ्छ, निन्द्रा नखुलेको हो कि निदाएको नाटक गरेको हो ? Continue reading “यसकारण लम्बिदैछ थरुहट र मधेस आन्दोलन”

देशबासीको नाममा प्रधानमन्त्रीको ३६ बुँदे सम्बोधन यस्तो छ…

1447596354639_RoS-Ktm,PM sambudhan (1)आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !
१) नेपालको नयाँ संविधान जारी भएपश्चात् गठन भएको पहिलो सरकारको प्रधानमन्त्रीको रुपमा तपाईहरुलाई संबोधन पाउंदा म गौरवान्वीत भएको छु । वर्तमान सरकार गठनमा प्राप्त तपाईंहरूको गहिरो विश्वास र व्यवस्थापिका–संसदका माननीय सदस्यहरूको समर्थन तथा सद्भावका लागि म हार्दिक आभार प्रकट गर्दछु। वर्तमान सरकारसँग रहेको आम जनताको अपेक्षा पूरा गर्न र इतिहासको यस महत्वपूर्ण कालखण्डमा आफ्नो काँधमा आएको जिम्मेवारी सम्पन्न गर्न पूर्ण रूपले समर्पित रहने विश्वास दिलाउन चाहन्छु । Continue reading “देशबासीको नाममा प्रधानमन्त्रीको ३६ बुँदे सम्बोधन यस्तो छ…”

शीर्ष नेतासँग माेर्चाको वार्ता सीमाकंनमा अड्कियाे

1447588294324_RS-KTM-morcha 3 dal meeting-1प्रमुख चार राजनीतिक दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता थप छलफल गर्ने सहमतिका साथ टुङ्गिएको छ। बैठकपछि नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले आज सबै विषयमा अनौपचारिक छलफल भएको तर कुनै सहमति हुन भने नसकेको जानकारी दिए। आजको छलफलमा उठेका विषय आ–आफ्नो पार्टीमा थप छलफल गरेर फेरि बस्ने गरी वार्ता टुङ्गिएको उनले बताए। Continue reading “शीर्ष नेतासँग माेर्चाको वार्ता सीमाकंनमा अड्कियाे”

‘ढाकाटोपी लगाउने मात्र नेपाली होइनन् धोती र कुर्ता लगाउने पनि नेपाली नागरिक हुन्’

Tha Ka Sa_Tharu Sahid Smaran-1, Rajkumar Lekhi

थारु नेता राजकुमार लेखीले थारु मधेसीले छुट्टै देश नमागेको स्पष्ट पारेका छन्। थारु मधेसीहरुले स्वायत्त थरुहट र मधेस प्रदेश मगेको उनले बताए। बाराको जितपुरमा आयोजित कार्यक्रमको सम्बोधन गर्दै लेखीले भने, ‘थारु मधेसीले कुनै देश मागेको होइन, उनीहरुले स्वायत्त थरुहट र मधेस प्रदेश मागेको हो ।’

उनले पहाड जनता पाँच दिन आन्दोलन गर्दा उनीहरुको माग सम्बोधन गर्ने सरकार तीन महिनादेखि जारी राखेको थारु मधेसीको आन्दोलनलाई किन सम्बोधन गर्न सक्दैनन् भन्दै लेखीले प्रश्न गरेका थिए । ‘ढाकाटोपी लगाउने मात्र नेपाली होइनन् धोती र कुर्ता लगाउने पनि नेपाली नागरिक हुन्,’ उनले भने ।
उनले सेतो अनुहार हरेर उनीहरुको माग सम्बोधन गर्ने र कालो अनुहार भएकालाई विभेद् गर्नु जातिवादी अहंकारवादी र नशलवादी सोच भएको आरोप लगाए ।

त्यस्तै तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनालले थारु मधेसीको आन्दोलन माग सम्बोधन नभएसम्म जारी रहने बताए । उनले ४२ जना थारु सांसद हुँदाहुँदै संसदमा रोस्टम घेराउ गर्न नसक्नु दुर्भाग्य रहेको बताए । कार्यक्रमा दुई हजार बढी थारु मधेसीको उपस्थित थियो।

ओलीलाई लेखीको प्रश्न- चीनको इन्धन तराईमा किन बाँडिएन ?

Rajkumar Lekhi

रौतहटका थारुहरुले तराईमा कम्तीमा दुई प्रदेश हुनुपर्ने बताएका छन्। थारु कल्याणकारिणी सभाले मेची महाकाली अभियानअन्तर्गत रौतहटको डुमरियामा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले थारु मधेसीको आन्दोलन संयुक्तरुपमा हुनुपर्ने बताए । उनीहरुले स्थानीय थारु नेताहरुलाई दबाब दिन आवश्यक रहेको बताए । Continue reading “ओलीलाई लेखीको प्रश्न- चीनको इन्धन तराईमा किन बाँडिएन ?”

सह अस्तित्वको खोजी

थारु, मधेसी, दलित र जनजातीहरुले कसै भन्दा माथीको अधिकार पनि मागेका छैनन्। उनीहरु त यस देशको नागरिक भएकाले अरु नागरिकसरह सह अस्तित्वको खोजी गरिरहेका छन्।

Ramdas Chaudharyराम दास चौधरी

सामान्यतया नेपाली भाषामा बोलचाल गर्दा आफु भन्दा ठुलालाई आदर र सम्मान गरेर वोलीने चलन छ र बोल्दा तपाई, हजुर वा अन्य आदर र सम्मानजनक शब्दको प्रयोग गरिन्छ। आफू बराबरसंग पनि त्यही सम्मानित शब्दले सम्वोधन गरिन्छ।

आफ्नो छोरा छेारीबाहेक अतिनै नजिकको साथी हो भने वा सानै देखिको साथी हो भने तिमी वा तँ समेत भनेर सम्वोधन गरिन्छ। त्यसै गरी आफु भन्दा सानालाई तिमी वा तँ भनि सम्वोधन गरिनुलाई नेपाली भाषामा बोलचालकै रुपमा लिइन्छ र बोलिन्छ पनि। तर थारु, मधेसी वा दलितलाई ठुला जात भनाउदा हरुले र खास गरी पहाडीहरुले उमेरले पाको होस वा बुद्धि र बिवेक ले परिपक्क होस उनिहरु लाई समेत तं र तिमी भनि नै सम्वोधन गर्छन्।

उमेरले पाकाहरुले त्यसरी वोलाउदा तँ केहीहद सम्म मान्य हुन सक्छ तर बाहुन, क्षेत्री वा पहाडीयाहरुको सानो बच्चाले एक जना थारु वा मधेसी वा दलित वृद्धालाई सम्वोधन गर्ने बोलचाल गर्दा खेरी उसले बोलाउने भाषा तँ नै भनेर बोल्छन। सामान्य तया जसले अरुलाई सम्मान गरेर बोल्छ उसले पनि सम्मान जनक शब्दलेनै पुकारिन्छ तर यहाँ त्यसो भएको छैन। थारु, मधेसी, दलितले सम्मान गरेर बोलेको बदलामा उसले अपमान जनक उपमा पाउने गर्छ। धेरै ठाउँमा मैले थारु, दलित र मधेसी समुदायले सम्मान गरेर बोले वाफत उसले तिरस्कार पूर्ण शब्द र बोलिले रोपिएको र हेपिएको पाएको छु। यसो भनिरहँदा यो पंक्तिकार पनि सोही अपमानको सिकार नभएको भने होइन। आखिर थारु, मधेसी र दलितहरुलाई एक समान्य पहाडी, बाहुन र क्षेत्रीले कसरी हिम्मत गर्छ कि उनीहरुलाई तँ र तिम भनेर हेपेर बोलाउन? ऊ बाहुन वा क्षेत्री वा पहाडी भएकै कारणले थारु, मधेसी वा दलितलाई तँ भन्न कसरी सके होला? उसलाई अलिकति पनि लाज लाग्दैन त? आफू भन्दा ठूलालाई तँ र तिमी भनेर सम्वोधन गर्दा? हुनत यस्तो ब्यबहारमा क्रमीक सूधार हुंदैगएको छ तर आम रुपमा हुन सकेको भने छैन।

एक जना बाहुन क्षेत्री वा पहाडी समुदायको सामान्य युवा वा वालक भन्दा थारु, मेधेसी वा दलित वृद्ध अवश्य पनि क्षमता वान हुन्छन्, अनुभवले, बलले, बुद्धिले वा सीपले। यदि सीप, अनुभव , वुद्धि वा क्षमतालाई सम्मान गर्ने हो भने पनि एकजना पहाडी मुलको युवा वा बालकभन्दा, एक वयस्क थारु, दलित वा मधेसी अवश्य पनि बढी नै हुन्छ। उसले आफ्नो जीवनमा जीवनउपयोगी शिप सबै सिकेको हुन्छ। एक जना थारुकै कुरा गर्ने हो भने उसले, खेतीपाती गर्न, उत्पादन गर्ने उत्पादनको साधन बनाउने, हलो जुवा बनाउनेदेखि उसको जीवनमा आवश्यक धेरै जस्तो सामाग्री बनाउने सिप सिकेको हुन्छ भने दलितहरुमा पनि उसले आफ्नो जात र थर अनुसारको सिप सिकेको हुन्छ।

त्यसैगरी मधेसी समुदायको एक वयस्कले पनि आफ्नो जीवनउपयोगी शिप सिकेको हुन्छ। बाहुनले पूजा पाठ गर्न र कर्मकाण्ड गर्न सिकेको हुन सक्छ। त्यसोभन्दा बरु त बाहुन वा क्षेत्रीसँग उत्पादन गर्ने र बनाउने जीवनोपयोगी सिप हुँदैनभन्दा अतीशयोक्ति नहोला। कर्मकाण्ड गर्न जानेको होला। आखिर उसले कर्मकाण्ड गर्न जानेकै कारणले थारु वा मधेसी वा दलितले उसलाई सम्मान गरेर बोलाउने त अवश्य होइन होला। खास भन्ने हो भने त एक जना थारुलाई आफ्नो जीवनमा चाहिने सबै कुरा व्यवस्था गर्नसक्ने सिप र क्षमता हुन्छ। अहिले आएर पढाई वा अन्य नयाँ प्रविधिले उसलाई अज्ञानी वा निरक्षर बनाएको होला। तर उसलाई अवश्यक पर्ने सम्पूर्ण जीवनोपयोगी सिप उससँग छ। यति हुँदाहुँदै पनि ऊ किन पहाडी युवा वा बालक वा वयस्कसँग हेपिन्छ त? किन उसलाई हेपेर बोलिन्छ त? हो काम गर्ने मान्छेको शरीर फोहोर हुन्छ। पसिना गनाउन सक्छ, लुगा गनाउन सक्छ। तर अझै जो युवा वा समुदाय जसले काम गर्दैन वा शारीरिक कामबाहेक मानसिक काम गर्छ उसको जस्तो सफा लुगा नहुन सक्छ। के ऊ काम गरेकै कारणले हेपिन्छ त? वा काम गर्नेहरु अपशब्दको सिकार हुनुपर्छ त? के काम गर्ने को, पसिना बगाउनेको इज्जत हुँदैन? किन होला सबै काम गर्नेहरु, सिप भएकाहरु, पसिना बगाउनेहरु, उत्पादन गर्ने र देश दुनियालाई खाद्यान्नको व्यवस्थापन गर्नेहरु हाम्रो देशमा अपशब्दले सिंगारीन्छन्? के उनीहरुको राज्य सत्तामा पहुँच नभएर हो? वा उनीहरुको नीति निर्माणमा पहुँच नभएर हो? वा उनीहरुको आफ्नो राज्य नभएकाले हो? उनीहरुलाई सम्मान गरी सम्बोधन गर्दा ठूला जात भनाउँदाहरुको सम्मानमा आँच आउँछ? यी प्रश्नको उत्तर खोज्दै जाँदा धेरैले धेरै अर्थ लगाउँछन्। मैले जिज्ञासा राखेकोमध्ये धेरैले नेपाल सदियौंदेखि सामन्ती संस्कार हाबी रहेको र नेपालमा शोषक तथा सामन्तीहरुले सदीयौंदेखि शासन सत्ता सन्चालन गरेकाले सामन्ती संस्कार रहिआएको भन्छन्। राज्य सत्तामा केन्द्रीयदेखि स्थानीय सरकारमा समेत शोषक र सामन्तहरुको वर्चस्व र हालीमूहाली भएकाले सोही संस्कारको निरन्तरता अहिलेसम्म थारु, मधेसी र दलितहरु हेपिएको वा चेपिएको अर्थ लगाएका छन्।

एकथरी जानकारहरुको विचारमा शोसक जाति र शासित जातिबीचको दूरी वा खाडलको रुपमा अर्थ्याएका छन्। किनभने नेपाल सदियौ देखि पहाडी खस बाहुन तथा क्षेत्रीहरुद्धारा शाषित छ जहाँ थारु तथा मधेसी वा दलितहरु त सदीयौ देखि शोषित नै छन् सासित नै छन्। थारु, मधेसी तथा दलितहरुले नेपालमा कहिले पनि शासन गरेका छैनन्। त्यसैले पनि बोली भाषामा समेत शासक र शोषितबीच बोलिने भाषामा पनि प्रतिविम्वित भएको जानकारहरुको अभिब्यक्ति छ।

अर्काथरी जानकारहरुको अनुसार थारु मधेसी वा दलितहरुको आफ्नो राज्य नभएकोले यस्तो हून आएको भन्छन। उनिहरुको रास्ट्र छ राज्य छैन त्यसैले राज्य हुनेले राज्य नहुनेहरुलाई हेप्न सकेका हून र सदीयौ देखि थारु तथा मधेसीहरु हेपीदै आएका हुन भन्ने अर्थ्याउछन्। त्यसैले उनिहरुले थप तथ्य प्रस्तुत गरे की धेरै प्रमाण हरु छन की कुनै पनि किचलो पर्दा, थारु वा मधेसी वा दलितहरुले मुद्धा हार्छन् र पहाडी मुलको मान्छेले मुद्दा जित्छन किन की राज्य उनिहरुको हो। पुलिस र प्रशासन उनिहरुको छ र उनिहरुकै दाजू भाई वा नातेदार नै राज्यको सम्पुर्ण अंगमा छन्। त्यसैले पनि मुद्धा पहाडी मुलकाले नै जित्छन र न्याय उनीहरुको पक्षमा हुन्छ। धेरै उदाहरण छन्, झगडा हुँदा कुटाई, पिटाइ पनि खाने, छती पनि वेहोर्ने र उल्तै सजाय पनि ब्यहोर्नु त तराईका थारुहरुको नियतीनै भएको छ। दण्ड र जरिवाना र जेल सजाय पनि थारु तथा मधिसेहरुले नै पाएका छन। त्यसैले थारु, मधेसी र दलीहरु अन्याय सहेर बस्छन बरु अद्धा वा अदालत जाँदैनन। त्यसैले खस आर्य वा पहाडी मुलकाहरु ठुला भए र बाँकी थारु, मघेसी तथा दलीत र जनजातीहरु साना भए। कार्यालयको काम कै सिल शिलामा पहाडी मूलकाहरु कार्यालयमा जाँडाको व्यवहार र थारु वा मधेसी लाई गरिने व्यवहारले पनि शासक र शासीतको विचमा फरक प्रस्ट संग देखिन्छ। त्यसैले मधेसी, थारु र आदिवासी जनजातिले आरक्षण र संरक्षण भन्दा राज्यको माग गरेका होलान्। स्वायत्त राज्यमा आफ्नो पहुँच बढाउन सकिन्छ भन्ने आशा हुनु स्वभाविकै मान्न सकिन्छ।

अर्का थरी जानकारहरुले भन्छन् सदीयौ देखि शासन गर्दै आएकाले उनीहरुलाई हेप्न र दमन गर्न सकेका हुन्। शोषन र दमन सहनु सदीयौ देखिको नियती भएकाले पनि होला थारु, मधेसी र दलीतहरुले यो शब्द हेपाई वा दमन पचाएर बसेका र त्यसको प्रतिवाद नगरेका होलान्। आफुलाई सानो सम्भि्कने र जहिले पनि आफ्नो गल्ती नभए पनि स्वीकार्ने वा तलपर्ने त यी दमितहरुको बानी नै परेको हुन्छ। अन्याय, अत्याचार को कानुनि उपचार खोज्ने र त्यसको प्रतीकार गर्ने त परै जाओस्।

जसले जती सुकै जे भने पनि संसारमा कही पनि सम्मानको बदलामा अपमान गरीदैन र मानको बदलामा मान नै पाउछन र गरीन्छ। तर यहां त्यसो हुन सकेको छैन। संविधान त बनि सक्यो के यो संविधानले यी स्वाभिमानि थारु , मधेसी वा दलितहरुलाई उनीहरुको स्वाभिमान र सिर ठाडो गरेर बाँच्ने ग्यारेन्टी गर्न सक्छ? र उनिहरुको आत्म सम्मानको ग्यारेन्टी गर्न सक्छ? भन्न गार्‍हो छ किन की यो पनि स्मरण रहोस नेपालको कुनै पनि सम्विधानमा कुनै पनि जात र धर्म वर्ण र लींगको आधारमा कसै लाई भेदभाव गर्न नपाईने नै उल्लेखीत थियो र छ तर कहां त्यसो भयो?

जव सम्म एक नेपाली ले आफ्नै देशमा सम्मान पुर्वक बाँच्न पाउदैन तव सम्म त्यो देशमा शान्ती हुँदैन। जव सम्म एक नेपालीले अर्को नेपालीको सम्मान गर्दैन र सम्मान गर्न सक्दैन तव सम्म देशमा द्धण्द चलिरहन्छ, द्धण्दको प्रकृती मात्र फरक हुन सक्छ। यसो भनि रहंदा धेरै थारु अगुवाहरुले भनेको र वेला वेलामा प्रस्तूत गरेकोे वाक्य उजागर गर्न उपयुक्त देखीन्छ। उनिहरुले धेरै पटक भनेका छन्, थारुहरु मिलेर बसेका होइनौ सहेर बसेका छौं। किन यो वाक्य प्रयोग गरे होलन त थारुहरुले? यसो भन्नूको पछाडी धेरै गहीरो अर्थ रहेको छ। यसको अर्थ खोज्दै जांदा यस्ता धेरै घटनाहरु छन् जो थारुहरु माथी शोषण दमन गरीएको छ। जहां राज्य सत्ताको आडमा उनीहरु माथी घोडा चढी उनीहरुलाइनै कज्याइदै आएको कुरा सर्व बिदितै छ। थारुहरुलाई त अन्याय सहनू, गल्ती नभए पनि कानुन बमोजिम दण्डीत हुनु, जरिवाना तिर्नु र सजायको भागी हुनु त यस देशमा भाग्यमा लेखीए कै छ वा विधाताले लेखेरै पठाएको छ जस्तो मान्ने परम्परा वनीसकेको ले थारुहरुलाई सबै अन्याय अत्याचार र शोषण दमन को कुनै महसुस नै हुदैन। वरु त उनीहरुलाई सम्मान गरेमा, मुद्दा जितेमा, सजाय खस आर्यले वा पहाडीले पाएमा उनीहरुलाई आश्चर्य लाग्न सक्छ।

थारु, मधेसी, दलित र जनजातीहरुले कसै भन्दा माथीको अधिकार पनि मागेका छैनन्। उनीहरु त यस देश को नागरिक भएकाले अरु नागरिकसरह सह अस्तित्वको खोजी गरिरहेका छन्। सह अस्तित्व भनेको एउटै धरातलमा उभिएर सबैको वरावरीको हक तथा अधिकार हो, न की कसै माथी बुंइ चढेर उसलाई कज्याउने होस् र उस लाई अधिकार वाट बन्चित गरोस। त्यसैले यी विभिन्न कारण, प्रमाण र तथ्य हरुले गर्दा थारु, मधेसी, दलित र मुस्लीमहरुले यस देशमा आफ्नो सहअस्तित्वको खोजको लडाई लड्दै छन्, त्यो भन्दा बधी केही पनि होइन। गणतान्त्रिक नेपालको परिकल्पना पनि त्यही नै होला। जहाँ कानुनी राज्य होस, कानुन सबैका लागि वरावर होस् र सबैले ससम्मान बाँच्न पाउन तथा आफ्नो विकास तथा निर्माण गर्न पाउन। नया संविधानले त्यसको ग्यारेन्टी गरोस्।

सरकारले भन्यो- वार्ताबाट समस्या समाधान खोजौं

kp-oli-cabinet

मन्त्रिपरिषद्को आज बसेको बैठकले विशेष प्रस्ताव पारित गर्दै तराई–मधेसमा आन्दोलनरत दलका मागलाई ध्यानमा राखी वार्ताको माध्यमबाट समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था भएको, झुटा ठहरिएका मुद्दाहरु फिर्ता लिने प्रक्रिया आरम्भ भएको र मृतकका परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय भई कार्यान्वयन भइसकेको भन्दै बैठकले अन्य विषयमा पनि यथोचितरुपमा निष्कर्ष र सहमतिमा पुग्ने प्रयास जारी रहेको जनाएको छ । Continue reading “सरकारले भन्यो- वार्ताबाट समस्या समाधान खोजौं”

दोस्रो दिन पनि संसदमा मधेसी मोर्चासहित ८ दलकको अवरोध

photoव्यवस्थापिका संसदको सोमबारको पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्धसहितका ८ दलको अवरोधले स्थगित भएको छ । मोर्चाको अवरोधले संसद् बैठक मंसिर ६ गतेसम्मका लागि स्थगित भएको छ । बैठक सुरु भएलगत्तै थरुहट तराई पार्टीका सांसद गोपाल दहितले नयाँ संविधानले तराई मधेस र थारुको माग सम्बोधन गर्न नसकेको बताए । Continue reading “दोस्रो दिन पनि संसदमा मधेसी मोर्चासहित ८ दलकको अवरोध”

थारु आन्दोलनकारीद्वारा मंसिर ५ देखि अनिश्चितकालीन आम हडतालको घोषणा

Tharu-Morcha

थरुहट थारुवान संयूक्त संघर्ष समितिले अनिश्चितकालिन आम हडतालसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । समितिले सोमबार पत्रकार सम्मेलन गरेर आगामी मंसिर ५ गतेबाट पूर्व मेचिदेखि महाकालीसम्म राजमार्ग ठप्प पार्ने बताएको छ । आन्दोलनकारी मोर्चामा सत्तारुढ एकीकृत नेकपा माओवादी र फोरम लोकतान्त्रिकका सांसद तथा थारु नेताहरु समेत छन् । Continue reading “थारु आन्दोलनकारीद्वारा मंसिर ५ देखि अनिश्चितकालीन आम हडतालको घोषणा”

आन्दोलनलाई मजाकको विषय बनाइयो : लेखी (अन्तर्वार्ता)

Rajkumar Lekhi 01

थारु नेता राजकुमार लेखीले तराई मधेसमा जारी आन्दोलन नदेख्‍ने सरकारलाई अन्धोको संज्ञा दिएका छन्। उनले तीन महिनादेखि जारी आन्दोलनलाई नसुन्ने, नदेख्‍ने सरकार बहिरा र अन्धो भएको बताए। नागरिकन्युजसँगको कुराकानीमा उनको प्रश्न थियो- आन्दोलनलाई मजाकको विषय बनाइएको छ। तीन महिना आन्दोलन गर्दा आन्दोलन नदेख्ने सरकार कि त अन्धा हुनुपर्छ, कि त बहिरा हुनुपर्छ। कि त पागल हुनुपर्छ। तराईमा आन्दोलन नभए के भइरहेको छ?

उनले केही नेताहरुका कारण थारु मधेसी आन्दोलन प्रभावित भएको बताए। उनले फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारजीलाई बहुरुपिया नेताको रुपमा ब्याख्या गरे। ‘ विजय गच्छदारजीले संविधान निर्माणको बेला संविधानको प्रकृयामा भाग लिनु भएन। मतदान नगर्ने, प्रकृयामा भाग नलिने मान्छेले दुई दिनपछि खुट्टा उचालेर सरकारको मन्त्री बन्ने? यो चरित्रलाई बहुरुपिया नभनेर के भन्ने?,’ लेखीको प्रश्न थियो। प्रलोभनका निम्ति गच्छदार जस्तोसुकै त्याग गर्न तयार रहने नेता भएको लेखीले बताए। ‘तपाईँले कुनै प्रभलोभन देखाउनुस् गच्छदार ५ मिनेटमै महिला बन्न सक्छन्। महिला भएरै कुनै पद प्राप्त गर्नसक्छन्। उहाँको बारेमा त के चर्चा गर्नू,’ लेखीले भने।

कुराकानी पढ्नुस्:

थारु आन्दोलन शून्यप्राय छ। उचाइमा पुगेको थारु आन्दोलन किन यस्तो भयो?

थारु आन्दोलन जारी छ। तपाईँ जिल्लाका गाउँ गाउँ गएर हेर्नुस् थारु आन्दोलन जारी छ। कतै पनि थारु आन्दोलन रोकिएको छैन। तर केही कमजोर भएको पक्का हो। थारु आन्दोलन कमजोर हुनुमा सबैभन्दा बढी जिम्मेवार थारु सभासद्हरु छन्। जसले दोहोरो चरित्र पस्तुत गरिरहेका छन्। उनीहरु आन्दोलन पनि गर्छन्। सरकारमा सहभागी भएर मन्त्री पनि बन्छन्। संयुक्त संघर्ष समितिमा दुई घटकका संयोजक पनि सभासद् नै छन्।

संयोजकहरुले महिनौं बितिसक्दा पनि बैठक बोलाउँदैनन्। प्रेस विज्ञप्ती र पत्रकार सम्मेलनको कुरै छाडौं। काठमाडौं बसेर जिल्लाका साथीहरुसँग सम्पर्क गर्दैनन्। कुनै जिल्लामा पाइला टेक्दैनन्। साथीहरुको यस्तै गतिविधिका कारण आन्दोलन केही कमजोर भएको हो। तर आन्दोलन फिर्ता भएको छैन। आन्दोलनकारी सडकमै छन्। प्रत्येक दिन सभा जुलुस र जनप्रदर्शन भइरहेकै छ। जनताले राजमार्ग र नाकाबन्दीको कामलाई निरन्तरता दिएकै छन्। आन्दोलन तलमाथि हुनु प्रकृतिको नियम हो। हरेक दिन आन्दोलन एकरुपले अघि बढ्न सकिँदैन। लेनीनले भनेका छन्- आन्दोलन एक कदम अगाडि दुई कदम पछाडि हुन्छ।

तीन महिना लामो आन्दोलनले तराई मधेसका जनताको दैनिकी कष्टकर बनेको छ। तराईका विभिन्न जिल्लाको यात्रा गर्नुभयो। आन्दोलनले जनता खुसी छन् र?

थारु कल्याणकारिणी सभाको हालसालै नवलपरासीमा भएको राष्ट्रिय भेलाले मेची–महाकाली अभियान सञ्चालन गर्ने निर्णय गर्‍यो। राष्ट्रिय भेलाको सन्देश र जनतालाई उत्साह थप्न मलाई चितवनदेखि झापासम्मको कमान्ड सम्हाल्न जिम्मेवारी दिएको छ। त्यसक्रममा मैले चितवनदेखि झापासम्मकै यात्रा गरेँ। तराई मधेसका जनताको कुरा गर्ने हो भने उनीहरु बिल्कूल रुस्ट छैनन्। पहिचान र अधिकारको लडाइँ जितेरै छाड्ने उत्साहउनीहरुमा पाएको छु। तराई मधेसका जनताहरु यो आन्दोलनलाई अन्तिम लडाइँको रुपमा लिएका छन्। जसले उनीहरुले आफ्नो अधिकार पहिचान अबको संविधानमा सुनिश्चित भएको देख्न पाउन्।

जनताहरु के कुरामा प्रस्ट छन् भने मुलुक चलाइरहेका ब्यक्तिहरु अहिले पनि माग, मुद्दा, वार्ता र सम्बादको पक्षमा छैन। हामी वार्ता सम्बाद र सहमतिकै पक्षमा छौं। तर त्यो वार्ता माग, मुद्दामा केन्द्रीत हुनुपर्छ। सीमांकनको कुरामा, जनसंख्याका अधारमा निर्वाचान क्षेत्रको सबाल, समानुपातिक समावेशी प्रतिनिधित्वको सबाल हाम्रो प्रमुख एजेण्डा हो। तर देश चलाउनेहरु हामी सहिद घोषणा गर्छौं, क्षतिपूर्ति दिन्छौं लगायतका कुरामा आन्दोलनलाई कमजोर पार्न हाम्रो ध्यान केन्द्रीत गराउन खोजेका छन्।

हाम्रो आन्दोलनले सीमामा नाकाबन्दी छ। उनीहरुले यो आन्दोलनलाई ‘डाइभर्ट’ गर्न जनतालाई नाकाबन्दी भारतले गरेको भनिरहेको छ। भारतले त स्पष्टरुपमा भनिसकेको छ कि हामीले नाकाबन्दी गरेका छौनौं। आन्दोलनले तीन महिना पूरा गर्न लागिसक्यो। हाम्रो आन्दोलनलाई आन्दोलन नै नदेख्ने सरकार हेर्दा हाँसो उठ्छ। यो मजाकको विषय भएको छ। तीन महिना आन्दोलन गर्दा आन्दोलन नदेख्ने सरकार कि त अन्धा हुनुपर्छ, कि त बहिरा हुनुपर्छ। कि त पागल हुनुपर्छ। तराईमा आन्दोलन नभए के भइरहेको छ? जिम्मेवार निकायका ब्यक्तिहरु अहिले पनि जिम्मेवारी बोध गरिरहेको छैन। समस्यालाई समाधान गर्न चाहिरहेका छैनन्।

Rajkumar Lekhi 02

संघर्ष समितिका एक घटक थारु सभासद संघर्ष समितिका संयोजक नै सरकारमा सहभागी भएका छन्। मन्त्री र सरकारी वार्ता समितिको सदस्यसमेत भएका छन् नि?

थारु सभासद् संघर्ष समितिमार्फत् थारु सभासद्हरु आन्दोलनमा हुनुहुन्थ्यो। त्यो पनि केही सभासदमात्र। ती सभासद्हरु सरकारमा गइसकेपछि, मन्त्री भइसकेपछि यत्रो दिन भइसक्यो कुनचाहिँ माग पूरा गरायो? थारु मधेसी आन्दोलनको कुन माग पूरा भयो? सीमांकनको कुरा छोडिदिनुस्। उहाँहरु हिरासतमा परेका सयौं थारुलाई छोडाउन सकेका छन्? उनीहरुको मुद्दा फिर्ता भयो? त्यस्ता न्युनत्तम कुराहरु यत्रो दिन भइसक्यो पूरा किन गरेन? उपप्रधान भइसके, मन्त्री भइसके एउटा सिन्कासम्म भाँचेको छैन। सिन्का भाँच्ने हैसियत नभएकाहरु मन्त्री बन्ने? आन्दोलनकारीको नेता पनि बन्ने अनि वार्ता समितिको सदस्य पनि बन्ने? दुनियाँमा कहीँ यस्तो हुन्छ? यस्तो अच्चम्मको प्रवृत्ति केही थारु र मधेसीहरुमा देखिएको हुँदा हामी लज्जित भएका छौं। यसले सिंगो आन्दोलन प्रभावित बनेको छ।

विजय गच्छदार पार्टीको नेता हो कि बहुरुपिया

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ८ बुँदे सहमति गर्दै थारु मधेसीको माग पूरा भएको भनिरहनु भएको छ। यसलाई थारुहरुले कसरी लिएको छ?

विजय गच्छदारजीको बारेमा धेरै भनिरहन पर्दैन। दुनियाँलाई थाहा छ उहाँ कुन चरित्रको मान्छे हो। उहाँको प्रवृत्ति कस्तो छ। उहाँ एउटा पार्टीको नेता हो कि बहुरुपिया हो? यो जनतालाई थाहा छ। उहाँ लोभ लालचका निम्ति जे पनि गर्न सक्छन्। तपाईँले कुनै प्रभलोभन देखाउनुस् उहाँ ५ मिनेटमै महिला बन्न सक्छन्। महिला भएरै कुनै पद प्राप्त गर्नसक्ने मान्छे हुन् विजय गच्छदार। उहाँ अहिल्यै दलित हुन सक्छन्, बाहुनक्षेत्री हुनसक्छन्, उहाँको बारेमा त के चर्चा गर्नू।

विजय गच्छदारजीले संविधान निर्माणको बेला संविधानको प्रकृयामा भाग लिनु भएन। मतदान नगर्ने, प्रकृयामा भाग नलिने मान्छेले दुई दिनपछि खुट्टा उचालेर सरकारको मन्त्री बन्ने? यो चरित्रलाई बहुरुपिया नभनेर के भन्ने? उहाँको ८ बुँदे सहमित पनि जनतालाई बेकुब बनाउने सहमति हो। गच्छदारजीको बलबुत्ताले संविधान संसोधन हुन्छ? माग पूरा हुन्छ? उहाँको सहमितले अहिलेसम्म के माग पूरा गरेको छ?

वार्ताबाट भागेका छैनौं भन्नुहुन्छ। अनि वार्तामा पनि जानु हुन्न। शीर्ष नेतासँग मात्र वार्ता बस्ने अडानमात्र लिएर समस्याको समाधान हुन्छ? मधेसी मोर्चाका नेताहरु वार्तामा सहभागी छन् त?

मधेसी मोर्चासँगको वार्तालाई मैले थारु मधेसी फुटाउको रुपमा लिएको छु। सत्ताधारीले थारुसँग वार्ता गर्दा मधेसीसँग गर्दैन। मधेसीसँग गर्दा थारुसँग गर्दैन। यो उनीहरुको ‘डिजाइन’ हो। यो उनीहरुको रणनीति हो। त्यसकारण थारु मधेसीको वार्ता सँगसँगै हुनुपर्छ। थारु मधेसीसँग अलग अलग वार्ता गरेर समस्या समाधान हुन्छजस्तो लाग्दैन।

जहाँ सरकारको कुरा छ। सरकारमा सहभागी मुख्य दुई पार्टीसँग मात्र वार्ता गरेर हाम्रो माग पूरा हुँदैन। हाम्रो माग पूरा गर्नका निम्ति कांग्रेस, एमाले, एमाओवादी तीनटै पार्टी चाहिन्छ। अर्थात् दुई तिहाइ चाहिने हामीलाई थाहा छ। थारु मधेसी आन्दोलनकारीलाई के भन्न चाहन्छु भने हाम्रो माग मुद्दा पूरा गर्न कांग्रेस, एमाले र एमाओवादी तीनटै उतिकै जिम्मेवार छ। तीनटैको सहमितले मात्र हाम्रो माग पूरा हुन्छ।

कसरी वार्ताको वातावरण बन्छ? थारु मधेसीलाई एउटै टेबलमा राखेर वार्ता गर्न सम्भव छ?

एकातिर आन्दोलनकारीमाथि गोली ठोक्ने, हत्या गर्ने, आतंक सिर्जना गर्ने, अनि वार्तामा बोलाउने? कसरी हुन्छ वार्ता। वार्ता गर्ने हो भने हामी तयार छौं। तर वातावरण बनाउनुपर्‍यो। आन्दोलनकारीमाथि कुटपिट हुनु भएन। आन्दोलनकारीमाथि गोली प्रहार हुनु भएन। वार्ता र आन्दोलन सँगसँगै गर्ने हामी भनिरहेका छौं। तर आन्दोलन रोकेर, आन्दोलन फिर्ता गरेर केपी ओलीजी वार्तामा बोलाउनुहुन्छ। त्यो सम्भ्व छैन। त्यसरी वार्ता हुँदैन। थारु र मधेसीले सहकार्य गरेर आन्दोलन गर्न सक्छ भने वार्ताको टेबलमा किन बस्न सक्दैन? सरकारले थारु मधेसीलाई एउटै वार्ताको टेबलमा राखेर वार्ता गरोस्।

तपाईँहरुले शान्तिपूर्ण आन्दोलन भनेर तरबार र भाला प्रदर्शन गरिरहनुभएको छ। तरबार देखाएर कसरी शान्तिपूर्ण आन्दोलन हुन्छ?

तरबार र भाला लिएर कहीँ पनि आन्दोलन भएको छैन। यो गलत आरोप हो। यसमा कुनै सत्यता छैन। हामी शान्तिपूर्ण आन्दोलनका पक्षधर हौं। हामी हातहतियार लिएर आन्दोलनमा आउनुस् भन्दैनौं। त्यसो गर्न पनि हुँदैन। सञ्चारमाध्यमलाई निशाना बनाउनु पनि हुँदैन। एम्बुलेन्सजस्ता अतिआवश्यक गाडीहरु रोकिनु हुँदैन। आन्दोलनकारी साथीहरुसँग अनुरोध पनि गर्न चाहन्छु कि आन्दोलन नै बदनाम हुने किसिमको गतिविधि हामीबाट हुनु हुँदैन। यदि सरकारको तर्फबाट त्यस्तो घुसपैठ भयो भने, सरकारकै भिजिलान्तेहरु तरबार भाला लिएर सादा पोसाकमा आन्दोलन गर्छ भने हामीले त्यसलाई नियन्त्रण गरेर शान्तिपूर्ण बनाउनुपर्छ।

तिहार र छठमा आन्दोलन फिर्ता लिनुहुन्छ ?

हामीले तिहार र छठ भनेका छैनौं। दशैं पनि भनेनौं। हामी हरेक दिन आन्दोलनमै छौं। जिल्ला भेलाहरुमा सक्रिय छौं। गाउँगाउँका अगुवा नेताहरुलाई भेट्ने अन्तरक्रिया गर्ने कार्यक्रम जारी छ। जहाँ चाडपर्वको कुरा छ। हामीले चाडपर्वलाई पनि आन्दोलनकै रुपमा मनाइरहा छौं। तिहार र छठ पनि आन्दोलनकै रुपमा मनाउँछौं।