युएनडिपीको एनपिस अवार्ड विजेता कौशिला चौधरी र शर्मिला चौधरीलाई अमेरिकाको सिकागोस्थिति नेपालीहरुले भब्य स्वागत गरेका छन्। एनआरएन इल्लिनोइज च्याप्टरको मुख्य आयोजना र सिकागोस्थित सिकागोल्याण्ड नेपाली समाज, सिकागोल्याण्ड थारु समाज र थारुज एण्ड फ्रेन्ड एसोसिएसनको संयोकत्वमा भएको हो। कार्यक्रममा एनआरएनको तर्फबाट हेमनारायण चौधरीले स्वागत गर्दै एनपिस अवार्डबारे प्रकास पारेका थिए। Continue reading “एनपिस अवार्ड विजेता चौधरी र थापालाई सिकागोमा सम्मान”
Author: admin
राष्ट्रिय भेलामा अध्यक्ष धनिराम चौधरीको राजीनामा माग
थारु कल्याणकारिणी सभाको राष्ट्रिय भेलामा थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थारुवान थरुहट संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीको राजीनामा माग गरिएको छ। बाँकेका प्रतिनिधि गणेश थारुले सभाको विशेष अधिवेशन बोलाएर अध्यक्ष चौधरीलाई हटाउनुपर्ने माग गरे। Continue reading “राष्ट्रिय भेलामा अध्यक्ष धनिराम चौधरीको राजीनामा माग”
थाकस राष्ट्रिय भेला : सरकारमा सहभागी भएको भन्दै थारु सभासद्को विरोध
थारु कल्याणकारिणी सभाको नवलपरासीमा जारी दुई दिने राष्ट्रिय भेलाका प्रतिनिधिहरुले थारु सभासद्हरुको चर्को विरोध गरेका छन्। आन्दोलन परिचालन समितिमा बसेर सरकारमा सहभागी हुन तछाडमछाड गरेको भन्दै थारु सभासद्हरुको विरोध भएको हो। Continue reading “थाकस राष्ट्रिय भेला : सरकारमा सहभागी भएको भन्दै थारु सभासद्को विरोध”
मधेसी मोर्चाको प्रारम्भिक माग सरकारले पूरा गर्ने
सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ताले सकारात्मक मोड लिएको छ। सिंहदरबारमा आज तीन घन्टाभन्दा बढी समयसम्म चलेको वार्तामा मोर्चाले आफ्ना माग स्पष्ट रुपमा प्रस्तुत गरेको र छलफल सकारात्मक रहेको वार्ता टोलीका सदस्यले बताएका छन्। Continue reading “मधेसी मोर्चाको प्रारम्भिक माग सरकारले पूरा गर्ने”
मोर्चाका कार्यकर्ताद्वारा मोटरसाइकल तोडफोड तथा आगजनी
बन्दको अवज्ञा गरी पेट्रोलियम पदार्थ ओसारेको आरोप लगाउँदै आन्दोलनकारीले आज बिहान वीरगन्जको पिपरामा एउटा मोटसाइकलमा आगजनी गरेका छन्। मोटरसाइकलमार्फत पेट्रोल ढुवानी गरेको भन्दै आन्दोलनकारीले वीरगन्ज उपमहानगरपालिका–१७ पिपरा चोकमा ना१३प १०२ नंको मोटरसाइकलमा आगजनी गरेका हुन्। आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा जलेर क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। Continue reading “मोर्चाका कार्यकर्ताद्वारा मोटरसाइकल तोडफोड तथा आगजनी”
थारु मोर्चा र सरकारी वार्ता टोलीबीच आज अनौपचारिक वार्ता हुने
थारूवान थरूहट संयुक्त संघर्ष समिति र सरकारी वार्ता टोलीबीच अाज अनौपचारिक वार्ता हुँदैछ। दिउँसो ३ बजे परराष्ट्रमन्त्रालयमा वार्ता हुने बताइएको छ। नयाँ सरकार गठन भएपछि बनेको नयाँ सरकारी वार्ता टोलीसँग संघर्ष समितिको पहिलो वार्ता हुन लागेको हो। Continue reading “थारु मोर्चा र सरकारी वार्ता टोलीबीच आज अनौपचारिक वार्ता हुने”
थाकसको राष्ट्रिय भेला आजदेखि

थारु कल्याणकारिणी सभाको दुई दिने राष्ट्रिय भेला आजदेखि नवलपरासीको डन्डामा सुरु हुँदैछ। थारु आन्दोलनलाई अझ सशक्तरुपले उचाइमा पुर्याउन राष्ट्रिय भेला बोलाएको सभाले जनाएको छ। Continue reading “थाकसको राष्ट्रिय भेला आजदेखि”
युएईका प्रवासी थारुले डन्डास्थित थारु संग्रहालय बनाइदिने
कावासोती नगरपालिका-१६ डण्डामा रहेको राष्ट्रिय थारु संग्रहालय व्यवस्थित गर्न नेपाली युएई प्रवासी ग्रुप र युएई थारु प्रवासी समाज तयार भएको छ। दुबै समूहले राष्ट्रिय थारु संग्रहालयलाई ब्यवस्थित र नमूना संग्रालय बनाउन सहयोग गर्ने भएको छ। Continue reading “युएईका प्रवासी थारुले डन्डास्थित थारु संग्रहालय बनाइदिने”
थारुहरु अन्तिम लडाइँको तयारीमा छन् : लेखी
थारु कल्याणकारिणी सभा आन्दोलन परिचालन समितिका संयोजक राजकुमार लेखीले संविधान पुनर्लेखन नभएसम्म थारु समुदायको आन्दोलन नरोकिने बताएका छन्। थारु कल्याणकारिणी सभा चितवनले भरतपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक लेखीले संविधान संशोधन थारु समुदायको माग नभएको स्पष्ट पारे। ‘संविधान संशोधन हाम्रो माग होइन। संविधान पुनर्लेखन हुनुपर्छ,’ उनले भने। Continue reading “थारुहरु अन्तिम लडाइँको तयारीमा छन् : लेखी”
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कात्तिक ११ गते ११ बजे
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन व्यवस्थापिका-संसद्मा कात्तिक ११ गते हुने भएको छ। व्यवस्थापिका-संसद्को आजको बैठकमा सभामुख ओन्सरी घर्तीले नेपालको संविधानको धारा २९७ को उपदफा (२) अनुसार राजनीतिक सहमतिमा यही कात्तिक ८ गते १६ः३० बजेभित्र र त्यसो नभए सोही धाराको उपदफा (३) बमोजिम कात्तिक ११ गते ११ बजे निर्वाचन हुने जानकारी दिए। Continue reading “राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कात्तिक ११ गते ११ बजे”






