रौतहटका थारुहरुले सीमावर्ती क्षेत्रमा धर्ना दिएका छन्। थारु कल्याणकारिणी सभाको नेतृत्वमा रौतहटको डुमरियाबाट निस्किएको मोटरसाइकल र्यालीमा सहभागी थारुहरुले बैरगनिया नाकामा धर्ना दिएका हुन्। धर्नामा सय जनाभन्दा बढी थारुहरु उपस्थित छन्। Continue reading “रौतहटका थारुद्वारा बैरगनिया नाकामा धर्ना”
Author: admin
डन्डामा हुने थाकस राष्ट्रिय भेलाको तयारी पूरा

नवलपरासीको डण्डामा कात्तिक ८ र ९ गते हुने थारु कल्याणकारिणी सभाको राष्ट्रिय भेलाको तयारी पूरा भएको छ। मञ्च व्यवस्थापनदेखि अतिथि सत्कारसम्म सबै तयारी पूरा भएको नवलपरासी संयोजक गणेश थारुले बताए। ‘भेलाका लागि आवश्यक तयारी पूरा भएको छ,’ उनले भने। Continue reading “डन्डामा हुने थाकस राष्ट्रिय भेलाको तयारी पूरा”
सरकार-मोर्चाको वार्ता अडानमै सकियो, आइतबार पुनः बस्ने
सरकार र आन्दोलनरत संयुक्त मधेसी मोर्चाबीच आज भएको वार्तामा दुवै पक्षले एक अर्कालाई आ–आफ्ना अडानमा लचिलो हुन आग्रह गरेका छन्। Continue reading “सरकार-मोर्चाको वार्ता अडानमै सकियो, आइतबार पुनः बस्ने”
सुर्खेतमा थारु साहित्यिक कार्यक्रम सम्पन्न
कालिमाटि गाउमा थारुहरुले बडा दसैंको उपलक्ष्यमा सखिया नाचसहित शुभकामना आदानप्रदान तथा थारु कविता प्रतियोगिता कार्यक्रम गरेका छन्। कार्यक्रमका प्रमुख अतिथिले थारुहरुको मौलिक संस्कृति सखिया नाच लोप हुने अवस्थामा पुगेकोले यसको जर्गेनामा थारु समुदाय जुर्मुराउनुपर्ने बताए। उनीहरुले थारु भाषा साहित्य पनि धरासयी हुँदै गइरहेकाले थारु युवा विद्यार्थीहरु कलम चलाइ भाषा बचाउनुपर्ने बेला आएको बताए। Continue reading “सुर्खेतमा थारु साहित्यिक कार्यक्रम सम्पन्न”
आन्दोलन सशक्त बनाउन थारु कल्याणकारिणी सभाले डाक्यो राष्ट्रिय भेला
थारु कल्याणकारिणी सभाले कात्तिक ८ र ९ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। थारु आन्दोलनलाई अझ सशक्तरुपले उचाइमा पुर्याउन सोमबार बसेको सभाको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। राष्ट्रिय भेला नवलपरासीको डन्डामा हुने सभाले जनाएको छ। Continue reading “आन्दोलन सशक्त बनाउन थारु कल्याणकारिणी सभाले डाक्यो राष्ट्रिय भेला”
कमला थापा नेतृत्वमा वार्ता समिति गठन, रामजनम चौधरी पनि समितिमा
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमणबाट फर्केर आउनासाथ बसेको मन्त्रिपरिषद बैठकले मधेस आन्दोलन समाधानका निम्ति वार्ता समिति गठन गरेको छ। Continue reading “कमला थापा नेतृत्वमा वार्ता समिति गठन, रामजनम चौधरी पनि समितिमा”
मन्त्री नबनाएपछि एमाओवादीका थारु नेताद्वारा सामूहिक राजीनामाको चेतावनी

एकीकृत नेकपा माओवादीका थारु सभासद तथा नेताहरुले संयुक्त राजीनामाको चेतावनी दिएका छन्। संविधान जारी भएको दुई सातामै संशोधन गरेर थारु समुदायको असन्तुष्टि सम्बोधन गर्ने प्रतिवद्धता पूरा नभएको र सरकारमा पनि सहभागी नगराएको भन्दै माओवादीका थारु नेताहरु नेतृत्वप्रति असन्तुष्ट बनेका छन्। Continue reading “मन्त्री नबनाएपछि एमाओवादीका थारु नेताद्वारा सामूहिक राजीनामाको चेतावनी”
थारुहरू सखिया नाँचमा रमाउँदै
सखिया नाँच्दा छुट्टै उमङ्ग रौनकता छाइरहेको धधबार– ९, मेरैया गाउँकी सुनिता चौधरीले बताए । उनले यस नाचले गाउँमा आजकाल रौनकता छाएको बताए । Continue reading “थारुहरू सखिया नाँचमा रमाउँदै”
नौ मन्त्री थपिए, फोरम लोकतान्त्रिकबाट रामजनम चौधरीले शपथ लिए
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मन्त्रिपरिषदमा एमाओवादीका ७, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र बहुजन शक्ति पार्टीबाट एक-एक थपिए। Continue reading “नौ मन्त्री थपिए, फोरम लोकतान्त्रिकबाट रामजनम चौधरीले शपथ लिए”
गच्छदार पार्टीको सिरहा कार्यसमितिका पदाधिकारीद्वारा राजीनामा
मधेसी जनतालाई धोका दिएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले सरकारमा गएको भन्दै सो पार्टीका सिरहा जिल्ला कार्य समितिले आज सामूहिक राजीनामा दिएका छन्। Continue reading “गच्छदार पार्टीको सिरहा कार्यसमितिका पदाधिकारीद्वारा राजीनामा”




