ठाकुरद्वारामा कात्तिक १ देखि हात्ती महोत्सव

timthumb.phpदसैँको अवसरमा बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्वारामा हात्ती महोत्सव हुने भएको छ। प्रत्येक वर्ष हात्तीबाट सुँगुर कुल्चाउने प्रथाको अन्त्य गरी स्थानीय संस्कृतिलाई पर्यापर्यटनमार्फत जैविक विविधताको प्रचारप्रसार र संरक्षण गर्दै स्थानीयवासीको जीविकोपार्जनमा टेवा पु¥याउन हात्तीसार मैदानमा महोत्सवको आयोजना गर्न थालिएको हो। Continue reading “ठाकुरद्वारामा कात्तिक १ देखि हात्ती महोत्सव”

थारु विद्यार्थीको लागि छात्रवृत्तिको अवसर

गरिब तथा जेहेन्दार थारु विद्यार्थीको लागि सुनौलो अवसर। थारु एन्ड फ्रेन्डस एसोसियसन अमेरिकाले प्लस टु, स्नातक र स्नातकोत्तरको लागि छात्रवृत्ति आह्वान गरेको छ। इच्छुक विद्यार्थीले नोभेम्बर १५ सम्म आवेदन दिइसक्नुपर्नेछ। Continue reading “थारु विद्यार्थीको लागि छात्रवृत्तिको अवसर”

गच्छदारले ओलीलाई किन समर्थ गरे? यस्तो छ भित्रि कारण

Bijaya

सीमांकनसहित समानुपातिक समावेशी सिद्धान्त र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तोक्न नेकपा एमाले र एकीकृत नेकपा माओवादी मञ्जुर भएपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओलीलाई मतदान गरेको छ । बानेश्वरस्थित व्यवस्थापिका संसदमा बसेको तीन दलको संयुक्त बैठकमा ८ बुँदामा सहमति जुटेको थियो । त्यसपछि विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले अन्तिम समयमा ओलीलाई मतदान गरेको हो । आन्दोलनरत दलमध्ये सम्झौता गरेर मतदान गर्ने फोरम लोकतान्त्रिक एक्लो पार्टी पनि हो । Continue reading “गच्छदारले ओलीलाई किन समर्थ गरे? यस्तो छ भित्रि कारण”

चम्पनको सांस्कृतिक झंकार, थारु व्यक्तित्वलाई सम्मान

Champan Prgm
तस्बिर सौजन्य : थारु कम्युनिटी/आशिष चौधरी

चम्पन सांस्कृतिक समूहले आफ्नो दोश्रो बार्षिक उपलक्ष्यको अवसरमा विविध सांस्कृतिक झंकार कार्यक्रमका साथै विभिन्न क्षेत्रमा योगदान पुयाउने थारु युवाहरुलाई सम्मान कार्यक्रम गरेको छ । सो अवसरमा कृष्णराज सर्वहारी तथा लक्की चौधरी थारु साहित्य तथा पत्रकारितामा योगदान पुयाएको भन्दै सम्मानित भए । Continue reading “चम्पनको सांस्कृतिक झंकार, थारु व्यक्तित्वलाई सम्मान”

लक्ष्मण चौधरीसहित २० जनालाई पुर्पक्षका लागि थुनामा पठाइयो

tharu

कैलाली जिल्ला अदालतले टीकापुरमा भदौ ७ गते वरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक नवालक हत्या गरेको अभियोगमा मधेशी अधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण चौधरीसहति २० जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश गरेको छ। Continue reading “लक्ष्मण चौधरीसहित २० जनालाई पुर्पक्षका लागि थुनामा पठाइयो”

केपी ओली : झापा विद्रोहदेखि प्रधानमन्त्रीसम्मको यात्रा

kp-oli

प्रकाश सिलवाल

झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा तीन दशकदेखि सक्रिय नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली संविधानसभाबाट जारी नयाँ संविधानपछि मुलुकको पहिलो प्रधानमन्त्री बन्न सफल भएका छन्।   Continue reading “केपी ओली : झापा विद्रोहदेखि प्रधानमन्त्रीसम्मको यात्रा”

केपी ओली ३८औं प्रधानमन्त्री निर्वाचित

kp oli

सङ्घीय गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछि नेपालको नयाँ प्रधानमन्त्रीमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन्। उनले खसेको कुल मतमध्ये ओलीले ३३८ मत प्राप्त गर्नुभएको सभामुख सुवास नेम्वाङले घोषणा गरे। मतदानमा ५८७ जना सांसद उपस्थित थिए। Continue reading “केपी ओली ३८औं प्रधानमन्त्री निर्वाचित”

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा कोइरालालाई मतदान गर्ने

Madhesi Morchaसंयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री पदको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार सुशील कोइरालालाई मत खसाल्ने निर्णय गरेको छ । नेपालको नयाँ संविधानअनुसार व्यवस्थापिका–संसद्मा आज नयाँ प्रधानमन्त्री पदमा निर्वाचन हुँदै छ । तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा) कार्यालयमा आज बसेको सो मोर्चाको बैठकले सो निर्णय गरेको तमलोपाका नेता अकबाल अहमद साहले सञ्चारकर्मीलाई जानकारी दिए । Continue reading “संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा कोइरालालाई मतदान गर्ने”

गच्छदारले ओलीलाई समर्थन गर्ने, यस्तो छ आठबुँदे सहमति

प्रधानमन्त्री निर्वाचनको अन्तिम समयमा आएर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेको छ । यसका लागि प्रमुख तीन दल एमाले र फोरम लोकतान्त्रिकबीच आठ बुँदे सहमति भएको छ । Continue reading “गच्छदारले ओलीलाई समर्थन गर्ने, यस्तो छ आठबुँदे सहमति”

एमाओवादी सांसदलाई गोली हान्ने धम्की

केपी ओलीलाई भोट हालेमा गोली हानिदिने एमाओवादीका केही मधेसी सांसदलाई धम्की आएको छ । एमाओवादी सभासद निशा साहलाई केपी ओलीलाई भोट हालेमा गोली हानिदिने भन्दै अज्ञात व्यक्तिले धम्की दिएको हो । Continue reading “एमाओवादी सांसदलाई गोली हान्ने धम्की”