सरकारले आन्दोलनरत थारु-मधेसीसँग वार्ता गर्ने

The first meeting of the Cabinet led by new Prime Minister KP Sharma Oli at the Office of the Prime Minister and Council of Ministers, on Monday, October 12, 2015. Photo: RSS

‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ को आजको पहिलो बैठकले आन्दोलनरत तराई–मधेस केन्द्रित दलसँग वार्ताका लागि ठोस पहल गर्न सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले वार्ताका लागि ठोस पहल गर्न सरकारलाई आग्रह गरिएको बैठकपछि समितिका संयोजक तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए। Continue reading “सरकारले आन्दोलनरत थारु-मधेसीसँग वार्ता गर्ने”

प्रचण्ड नेतृत्वमा उच्चस्तरीय राजनीतिक समिति गठन

pushpa_kamal_dahal--621x414

सरकारलाई समर्थन गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको आज बसेको बैठकले ११ सदस्यीय उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा सो समिति गठन गरेको हो।

समितिमा एमालेका तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र विद्या भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, नेकपा (माले)का महासचिव सिपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेकपा संयुक्तका अध्यक्ष गणेश साहलगायत छन्। अन्य दलबाट नामावली तय हुन बाँकी छ।

बैठकपछि एमाले वरिष्ठ नेता खनालले सरकार र दलहरुबीचको समन्वय साझा नीति तथा कार्यक्रम निर्धारण र सरकारको सुसञ्चालनका लागि समितिले काम गर्ने बताए। नेमकिपाका अध्यक्ष बिजुक्छेले यस समितिमा सरकारमा संलग्न नभएका दललाई पनि समेट्ने सोच रहेको जानकारी दिए। रासस

कैलालीको निषेधित क्षेत्र हटाइयो

tharu protest

जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका र टीकापुर नगरपालिकाकासहित आसपासका क्षेत्रमा घोषणा गरेको निषेधित क्षेत्र हटाएको छ। जिल्ला सुरक्षा समितिको बैठकपछि बुधबार साँझ जिल्ला प्रशासन कार्यालयद्वारा जारी पे्रस विज्ञप्तिमा शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको र महान् चाड विजयादशमी सुरु भएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजम बुधबारबाट लागू हुनेगरी ती क्षेत्रमा लागू गरिएको निषेधित क्षेत्र हटाएको उल्लेख गरिएको छ। Continue reading “कैलालीको निषेधित क्षेत्र हटाइयो”

केपी ओलीलाई लोकप्रिय नेता बन्ने अवसर !

kp-oli

फकला थारु

नेपालको संविधान २०७२ बमोजिम बहुमतीय प्रधानमन्त्रीको रुपमा निर्वाचित हुनुभएकोमा एमाले अध्यक्ष केपी ओलीलाई सफल कार्यकालको शुभकामना दिनैपर्छ। किनकि उहाँ नेपालको पहिलो गणत्रान्त्रिक संविधानको अधिनमा रही लोकतान्त्रिक प्रक्रियाबाट वैधानिकरुपमा निर्वाचित हुनुभएको छ। यसर्थ उहाँको सफल कार्यकालका लागि प्राथना गर्नुपर्ने आमनेपाली जनताको आवश्यकता र बाध्यता दुवै अवस्था सिर्जना भएको छ। जुन अवस्था र बाध्यता सिर्जना गर्न र गराउनमा उहाँको व्यक्तिगत र पार्टीपंक्ति पनि त्यक्तिकै जिम्मेवार छ। जसको प्रतिफल आज सबै नेपाली जनता विवसतामा बाँच्न बाध्य छन्। Continue reading “केपी ओलीलाई लोकप्रिय नेता बन्ने अवसर !”

थारुको आन्दोलन जारी छ : संघर्ष समिति

Tharu Leaderथरुहट/थारुवान संघर्ष समितिले दुई महिनादेखि जारी आन्दोलन दशै तिहार अवधिभरी पनि जारी रहने स्पष्ट पारेको छ । समितिले एक विज्ञप्ती जारी गर्दै तराईका सम्पूर्ण जिल्लाहरुमा बिरोधसभा, कोणसभा, भण्डाफोर अभियान लगायत पूर्व घोषित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु सशक्तरुपमा माग पुरा नभएसम्म निरन्तर जारी राखिने जनाएको छ । Continue reading “थारुको आन्दोलन जारी छ : संघर्ष समिति”

थारु-मधेसी अगुवाले भने- आन्दोलन युवा नेतृत्वले गर्नुपर्छ

थारु मधेसी अगुवाहरुले आन्दोलनको नेतृत्व अब युवाहरुले गर्नुपर्ने बताएका छन्। थारु एराउन्ड दी वर्ल्ड र एसोसिएसन अफ नेप्लिज तरा२ इन अमेरिकाद्वारा संयुक्तरुपमा आयोजना गरेको ‘घोषित संविधानमा मधेसी र थारुको अधिकार स्थापनाको चुनौती’नामक अन्तर्क्रिया कार्यक्रमका वक्ताहरुले नेतृत्वकर्ताहरु सत्ताको खेलमा लागेको बताउँदै अबको आन्दोलन युवा नेतृत्वले गर्नुपर्ने जोड दिएका थिए। Continue reading “थारु-मधेसी अगुवाले भने- आन्दोलन युवा नेतृत्वले गर्नुपर्छ”

गच्छदारको गाउँमा आन्दोलन

Bijay Gachhadarसीमांकनसहित समानुपातिक समावेशी, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तोक्न नेकपा एमाले र एकीकृत माओवादी मञ्जुर भएपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी भयो। फोरम अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीमा शपथसमेत लिइसके तर उनको गाउँ सुनसरीको दुहबीमा भने आन्दोलन रोकिएको छैन।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री चुनावमा भाग लिएसँगै मधेसकेन्द्रित दलको आन्दोलनको औचित्य सकिएको ठानिए पनि गच्छदारसँग असन्तुष्ट भएकै कारण मोर्चा कार्यकर्ताले आन्दोलन जारी राखेका छन्। गच्छदारले शपथ लिएकोमा दुहबीका थारू नेता भने खुसी छन्। उनीहरूले अब आन्दोलनको औचित्य नभएको बताएका छन्। ‘चाडपर्वको पूर्वसन्ध्यामा आन्दोलन गर्दा पनि शान्तिपूर्ण गर्नुपर्छ,’ थरुहट संघर्ष समिति सुनसरी–मोरङका संयोजक मिलीराम चौधरीले भने।

थारू नेताको बुझाइमा गच्छदारसँगको असन्तुष्टि पोख्न दुहबीमा आन्दोलन चर्काउन थालिएको हो। सुनसरीको दुहबी–भलुवाका थारू नेता जुनसुकै दलमा आबद्ध भए पनि अधिकतर गच्छदारकै ‘निर्देशन’ मा चल्ने गर्छन्। संविधानसभाबाट संविधान जारी हुँदा कांग्रेस, एमाले, एकीकृत माओवादीका थारू नेताले खुसियाली मनाएनन् र आन्दोलनमा लागे तर अहिले गच्छदारले उपप्रधानमन्त्रीको शपथ लिएसँगै थारू नेता आन्दोलन सकिएको बताउँदैछन्।

मोर्चाका कार्यकर्ताले भने आन्दोलनकै नाममा प्रहरीलाई निसाना बनाएर उच्छृंखल ढंगले आक्रमण गरेको प्रहरीले जनाएको छ। यही आरोपमा प्रहरीले संघीय समाजवादी फोरमका एक नेतालाई दुहबीबाट सोमबार पक्राउ गर्‍यो। प्रहरीले दुहबीका रञ्जित गोस्वामीलाई पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय लाने क्रममा प्रदर्शनकारीले प्रहरी कार्यालयअगाडि धर्ना दिए। प्रमुख जिल्ला अधिकारी रविलाल पन्थकै आदेशमा प्रहरीले आइन्दा प्रहरीलाई निसाना नबनाउने कबोल गरी उनलाई छाडेको छ।

दुहबी इलाका प्रहरीका इन्स्पेक्टर शिवकुमार पोखरेलले प्रहरीलाई निसाना बनाएर सिसाको बोतल प्रहार गर्ने र धाकधम्की दिएर चन्दा आतंक मच्चाउनेलगायत क्रियाकलाप गरेपछि गोस्वामीलाई पक्राउ गरिएको बताए। गोस्वामीको समूहले दुई दिनअघि पशुपति बिस्कुट उद्योगमा चन्दा नदिँदा तोडफोड गरेको प्रहरीले जनाएको छ।

गोस्वामी नेतृत्वको टोलीले शनिबार र शुक्रबार राति सवारी साधन एस्कर्टिङ गर्ने क्रममा विभिन्न कुनाकाप्चामा बसेर प्रहरीलाई निसाना बनाएर आक्रमण गर्ने गरेको थियो। प्रदर्शनकारीले प्रहरीलाई निसाना बनाएपछि शनिबार राति प्रहरीले गोली नै चलाएको थियो। शुक्रबार पनि दुई प्रहरी घाइते भएका थिए। गोस्वामी संविधानसभाको दोस्रो निर्वाचनमा सुनसरी क्षेत्र ३ बाट मधेसी जनअधिकार फोरम नेपालको तर्फबाट उम्मेदवार थिए।

गच्छदारको पार्टीबाट राजीनामा

Vijay Gachhadar 01

पार्टी अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानमन्त्रीको हैसियतमा ओली नेतृत्व सरकारमा सहभागी भएपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका पर्सा र बाराको सम्पूर्ण जिल्ला कार्यसमिति र केन्द्रीय सदस्यले राजीनामा दिएका छन्। Continue reading “गच्छदारको पार्टीबाट राजीनामा”

ओलीद्वारा आठ सदस्यीय मन्त्रिपरिषद् गठन, गच्छदार उपप्रधानमन्त्री

kp oli

मुलुकको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएको एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको शपथ ग्रहण गरेका छन्। सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति डा. रामबरण यादवले ओलीलाई प्रधानमन्त्रीको शपथ दिलाएका हुन्। Continue reading “ओलीद्वारा आठ सदस्यीय मन्त्रिपरिषद् गठन, गच्छदार उपप्रधानमन्त्री”

मोटरसाइकल दुर्घटनामा शाखा अधिकृत चौधरीको मृत्यु

सप्तरी- कञ्चनरुप नगरपालिकामा आज मोटरसाइकल दुर्घटना भई एक शाखा अधिकृतको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ घर भएका शत्रुधनप्रसाद चौधरी रहेको प्रहरीले जनाएको छ। Continue reading “मोटरसाइकल दुर्घटनामा शाखा अधिकृत चौधरीको मृत्यु”