मधेसी-थारुलाई यसकारण नयाँ संविधान मान्य छैन

Dipendra-jhaदीपेन्द्र झा।

नयाँ संविधानले गणतन्त्रलाई संस्थागत गर्यो । संघीयतालाई स्वीकार गर्यो र धर्मर्निपेक्षलाई अंगिकार गर्यो (धारा ३) । प्रस्तावनाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्यो । वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गर्ने अठोट गर्यो । Continue reading “मधेसी-थारुलाई यसकारण नयाँ संविधान मान्य छैन”

देशैभरका थारु-मधेसीले संविधान जलाए

tharu-madhesi protest 09

नेपालको नयाँ संविधान २०७२ जारी हुन नपाउँदै विभिन्न ठाउँमा जलाइएको छ । देशभित्र र बाहिर रहेका थारु-मधेसीहरुले पनि संविधान जलाएर यसको विरोध गरेका छन्। उनीहरुले संविधानको विरोध गर्दै ब्लाक आउटदेखि कालो झन्डा पोतेर विरोधसमेत जनाएका थिए। तराईका विभिन्न एफएमहरुमा शोक धुन बजाइएको थियो भने कर्मचारीहरुले कालोपट्टि बाँधेर काम गरेका थिए। हेरौं केही तस्बिर: Continue reading “देशैभरका थारु-मधेसीले संविधान जलाए”

राष्ट्रपति यादवबाट ‘नेपालको संविधान २०७२’ जारी

Rss Photo 06

राष्ट्रपति डा रामवरण यादवले संविधानसभाको आजको विशेष बैठकमा ‘नेपालको संविधान, २०७२’ प्रारम्भ भएको घोषणा गर्नुभयो । उहाँले संविधानसभाबाट पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति २०७२ असोज ३ मा प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्नुभयो । Continue reading “राष्ट्रपति यादवबाट ‘नेपालको संविधान २०७२’ जारी”

म एउटा कथित नेपाली नागरिक

Geeta Chaudharyगिता दृष्टि
भात्तृत्व र सद्भावको लागि शान्ति चाहे शान्तसँग बस्न पाइन्, अधिकार र पाहिचान मागे त्यो दिन चाहेनन्, यसरी माग्दा सुनेनन् कि भनेर मैले सडकमा उत्रिए, सदनमा कराएँ र प्रत्येक कार्यक्रम–बहसमा चिच्याएँ। काराउँदा कराउँदै मेरा स्वर सुके। मेरा आँसु सुके। मसँग भएको शक्ति क्षिण भयो। तर सुन्नुपर्ने व्यक्तिले, निकायले र व्यवस्थाले सुनेर नसुनेझैँ गर्‍यो वा भनौं एक कानले सुनेर अर्को कानले उडाइदिए। जब ऊसँग त्यो शक्ति बचेन, उसले सेना, प्रहरीको साथ लियो। कुशलयुद्ध नीति, साम, दाम, डण्द, भेद लगाएर भए पनि विजय आफ्नै हातमा लिइछाड्यो। Continue reading “म एउटा कथित नेपाली नागरिक”

विश्वभरिका मधेसी-थारुले कालो दिन मनाउँदै, कालो झन्डाले पोतियो समाजिक सञ्जाल

Kalo din

नयाँ संविधानको विरोधमा आज नेपालसहित विश्वभरिका मधेसी-थारुले कालो दिन मनाउँदैछन्। नयाँ संविधान मधेशी–थारु–मुस्लिम–आदिवासी–जनजाति विरोधी रहेको भन्दै संविधान जारी हुने दिन आज कालो दिनका रुपमा मनाउँदैछन्।

मधेश–थरुहटमा सर्वसाधारणले कालो पट्टी बाँधेर तथा घरमा कालो झण्डा झुण्डियाएर कालो दिन मनाउँदैछन्।

साँझ मधेशका जिल्लाहरुको सदरमुकाममा पनि प्रदर्शन हुने मोर्चाहरुले जनाएको छ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, संयुक्त थरुहट मधेशी मोर्चा, थारु संघर्ष समिति, मुस्लिम गठबन्धनहरुको संयुक्त आह्वानमा कालो दिनसँगै संविधान जलाउने कार्यक्रम तय गरेका छन्। थारु मधेसीहरुले आज ५ बजे माइतीघर मन्डलामा विरोध प्रदर्शन गर्ने जनाएका छन्।

नेपाल सरकार र तीन दलले नयाँ संविधान जारी गर्ने दिन आज दिपावली मनाउन आह्वान गरेको छ। तर मधेश–थरुहटमा घरघरमा कालो झण्डा गाडिएको छ।

कालो भित्ता पोतेर समाजिक सञ्जालमा विरोध

FB black

मधेसी–थारुहरुले समाजिक सञ्जालमा कालो झन्डा पोतेर विरोध जनाइरहेका छन्। उनीहरुले फेसबुक-ट्विटरका प्रोपाइल फोटो र वालमा कालो रंग पोतेर विरोध जनाइरहेका छन्। आज बिहानैदेखि समाजिक सञ्जालका भिताहरु कालो देखिएको छ।

विश्वभरिका मधेसी-थारु कालो दिवस मनाउँदै

Black-day-1

आज अमेरिकामा मधेसी–थारु–जनजाति संयुक्त रुपमा कालो दिन मनाउँदैछन्। विशेष कार्यक्रमरी उनीहरुले कालो दिन मनाउन लागेका हुन्।

त्यस्तै भारतको बेंगलुर र दिल्लीमा पनि कालो दिन मनाइँदैछ। यता बंगलादेशमा रहेका मधेशीहरुले पनि कालो दिन मनाउँदैछ। त्यस्तै, लण्डन, अस्ट्रेलीयासहित विश्वका विभिन्न देशमा रहेका मधेसीहरु कालो दिवस मनाउँदैछन्।

यसकारण दीपावली गर्न सकिन मैले

Jayandraम सुनसरीको मधेश बाहुल्य भूभागमा हुर्किएको पहाडी समुदायको युवा हुँ । पेशाले उच्चशिक्षाका विद्यार्थीहरुलाई अध्यापन गर्दछु । पछिल्ला राजनीतिक घटनाक्रमले मेरो ध्यान खिचेकाले यसमाथि केही लेख्दैछु । म मधेशको भूभागमा हुर्किदा/बढ्दा पहाडी समुदायको भएकोले  मधेशी समुदायबाट भेदभाव भएको कहिल्यै अनुभव गरिन । तर मधेशी भएकैले पहाडी समुदायबाट मधेशीमाथि भेदभाव भएको मेरो छरछिमेकमा देख्ने गर्थें । अब म मूल विषयतिर लाग्न चाहन्छु । Continue reading “यसकारण दीपावली गर्न सकिन मैले”

दाङको नर्तीमा बम बिष्फोट

देउखुरीस्थित एक अस्थायी प्रहरी चौकी रहेको घरमा बम बिष्फोट भएको छ। लमही नगरपालीका वडा नं. १ नर्तीमा रहेको नेपाल प्रहरीको अस्थाई पोष्टमा शनिबार राति शिलिण्डर बम विष्फोट भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। Continue reading “दाङको नर्तीमा बम बिष्फोट”

कमलरीका कथा किताबमा

Jeevan Badalneharu Book

कमलरी प्रथाको इतिहास, मुक्त कमलरीका संघर्ष र सफलताका कथा समेटिएको पुस्तक ‘जीवन बदल्नेहरु’ शुक्रबार ललितपुरमा सार्वजनिक गरिएको छ। दुर्गालाल केसीले लेखेको उक्त पुस्तक राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले सार्वजनिक गरेकी हुन्।

पुस्तक विमोचन गर्दै अन्सारीले पुस्तकले कमलरी प्रथाको सिंगो इतिहास स्मरण गराएको बताइन्। पुस्तकमा समेटिएका कुरालाई सुझावका रुपमा ग्रहण गरेर सरकारले काम गर्ने हो भने दासता मुक्तीका काममा नेपाल दक्षिण एशियाकै उदाहरण बन्नसक्ने धारणा उनले राखिन्। यस अर्थमा पुस्तक अन्त्यन्तै संग्रहनीय र महत्वपूर्ण दस्तावेजका रुपमा आएको अन्सारीले बताइन्। उनले पुस्तकमा उल्लेख भएका वेपत्ता कमलरीको कथालाई गम्भिर रुपमा लिंदै मानवअधिकार आयोगले खोजीका लागि पहल गर्ने प्रतिवद्धता जनाइन्।

पुस्तकको समिक्षा गर्दै बरिष्ठ पत्रकार युवराज घिमिरेले पुस्तकले जीवन बदल्न सम्भव छ भन्ने सन्देश दिएको बताए। ‘पुस्तकमा संघर्षका प्रतिकात्मक कथाहरु छन्। जीवनलाई नया“ रुप दिन सकिने तथ्य छ,’ उनले भने,’पुस्तकबाट जीवनमा स्वतन्त्रताको महत्व कति छ भन्ने कुरा थाहा हुन्छ। स्वतन्त्रताको अनुभूती गर्नेहरुको कथा छ।’

यसैगरी समिक्षक सञ्चारीका समूहकी अध्यक्ष निर्मला शर्माले पुस्तक मुक्त कमलरीको दस्तावेज भएको बताइन्। ‘यो पत्रकारको आ“खाबाट मात्र लेखिएको पुस्तक होइन। लेखकले आफै पिडा भोगेको अनुभूती दिलाउन सकेका छन्,’ उनले भनिन्,’लेखक स्वयं पनि कमलरी मुक्ती अभियानका एक अभियन्ता भएकाले कमलरीका भोगाइहरु अत्यन्तै जीवन्तरुपमा चित्रण भएका छन्। यो पुस्तकले जो कोहीलाई पनि जीवनप्रति सकारात्मक हुँदै संघर्षशिल भएमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने प्रमाण पेश गरेको छ।’

कार्यक्रममा मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष विमला चौधरीले जीवनमा भोगेका कथा पुस्तकमा पढ्न पाउ“दा आफूले पुराना दिनहरुको सम्झना गरेको बताइन्। ‘हामी नरहे पनि हाम्रोबारे बताउने यो पुस्तक रहनेछ,’ उनले भनिन्,’हाम्रँ सन्ततीले समेत कमलरी प्रथाको इतिहास पढ्न पाउनेछन्।’ पुस्तककी अर्की पात्र मञ्चकी दाङ जिल्ला अध्यक्ष उर्मिला चौधरीले जीवन बदल्ने पात्र बनेकोमा गर्वको महशुस भएको बताइन्। पुस्तकले कमलरी बस्दाका दुःख बिर्साएर सुखको अनुभूती समेत दिलाएको उनले बताइन्।

लेखक केसीले कमलरी आन्दोलनका बिभिन्न चरणहरुमा सहभागी हुनुका साथै कमलरी प्रथा कायम रहेका पश्चिम तराइका दाङ, बा“के, बर्दिया, कैलाली र कञ्चनपुरका थारु गाउ“हरु पुगेर पुस्तक तयार पारेको बताए। ‘पुस्तक बाआमास“ग रमाउने रहर निमोठिएका अबोध बालिकाहरुको जीवन कथा हो,’ उनले भने,’दासतादेखि मुक्त बातावरणमा आइपुग्दा सम्मका पश्चिम तराइका १२ हजार बढी मुक्त कमलरीको आफ्नै जीवन हो।’ पुस्तक नेपाल युथ फाउण्डेशनले प्रकाशन गरेको हो।

थरुहट कार्यकर्ताद्वारा मोटरसाइकलमा आगजनी

bike-jalyoo-Dang

दाङमा बन्दकर्ताहरुले एउटा मोटरसाईकलमा आगजनी गरेका छन् । थरुहट/थारुवान संयुक्त संघर्ष समितिले गत साउन २७ गते देखि आहृवान गर्दै आएको बन्दका क्रममा आईतबार बिहान पौने २ बजे देउखुरीको लमही गढवा सडक खण्डको वलरामपुरमा गढवाका पुष्पराज घिमिरेको होण्डा यूनिकन अनटेस्ट मोटरसाईकलमा आगजनी भएको हो ।  Continue reading “थरुहट कार्यकर्ताद्वारा मोटरसाइकलमा आगजनी”

सूर्य पूजा : थारु जातिको अट्वारी पर्व

Atwari-2छविलाल कोपिला

अट्वारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ। यो पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन्। यद्यपि स्वेच्छाले केही महिलाहरु पनि व्रत बस्ने गरेको पाइन्छ। दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने अट्वारी भदौ महिनामा पर्छ। तर कुनै साल असोजमा पनि मानेको पाइन्छ। Continue reading “सूर्य पूजा : थारु जातिको अट्वारी पर्व”