थाकस सुर्खेतको साधारण सभा सम्पन्न

 tharu surkhet

मान बहादुर पन्ना

वीरेन्द्रनगरमा एक कार्यक्रमका बीच थारु कल्याण कारिणी सभा, सुर्खेतले वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रममा सभाका उपाध्यक्ष बेचुलाल चौधरीले–आर्थिक प्रतिवेदनमा थारुहरुको सामाजिक सांस्कृतिक पहिचान संरक्षणका लागि विभिन्न तालिम, अन्तरक्रिया, संग्रहालय निर्माणका लागि राप्रपा सांसद कोष जिविस, वन कार्यालय एवं स्थानीय स्रोत गरी रु ५लाख, ३० हजार ४ सय आम्दानी र खर्चको लेखा परीक्षण प्रतिवेदन पेश गर्नु भएको थियो। वीरेन्द्रनगर नगर पालिका वडानं. १७ कालिमाटिमा संग्रहालयको लागि पिलर सम्म निर्माण भएको जानकारी गराउनु भयो। Continue reading “थाकस सुर्खेतको साधारण सभा सम्पन्न”

चितवनमा तीस हजार यूनिट रगतको माग

DSC00720

कारी महतो

चितवन मेडिकल सिटीको रुपमा विकसित भैरहेको छ। भारतबाट समेत उपचारका लागि विरामीहरु चितवन आउने गरेको छ। यहाँ वार्षिक तीस हजार युनिट रगतको माग रहेको छ। जिल्लाभित्रका रत्तदाताहरुबाट रक्तसंचार केन्द्रले बाइस हजार यूनिट रगत संकलन गरी आपूर्ति गर्ने गरेको कुरा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका कोषाध्यक्ष अनिता मैनालीले बताउनु भयो। Continue reading “चितवनमा तीस हजार यूनिट रगतको माग”

थारु समुदायले आन्दोलन गर्नु आवश्यक छैन : दाहाल

pushpa_kamal_dahalएमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेसी दलका चारमध्ये तीन माग पूरा भएको बताए । ‘निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्याको आधार बनाइँदैन कि भन्ने थियो,’ उनले भने, ‘त्यो पनि आजको बक्तव्यमा लेखिएको छ ।’ Continue reading “थारु समुदायले आन्दोलन गर्नु आवश्यक छैन : दाहाल”

बर्दियामा मसाल जुलुस प्रदर्शन

सीमांकनको विरोध गर्दै आएका आन्दोलनकारीले बर्दियामा राँके जुलुस प्रदर्शन गरेको छ। सरकारले भोलि (आइतबार) संविधान जारी गर्ने बताइरहँदा असन्तुष्ट समुदायहरु त्यसको विरोधमा मसाल जुलुस प्रदर्शन गरेका हुन्। आइतबार नयाँ संविधानमा नसमेटिएका विभिन्न धारा च्यातेर जलाउने कार्यक्रमसमेत राखेका छन्। Continue reading “बर्दियामा मसाल जुलुस प्रदर्शन”

हो, त्यसैले त म धोती, तिमी नेपाली

-केपी अनमोल

anmol

तिमी भन्छौं म मात्रै नेपाली, मेरो मात्रै देश

म भन्छु हामी सबै एक

यस मै समानता खोजौ

हो, त्यसैले त म धोती, तिमी नेपाली ।

तिमीलाई तिम्रो नाम पछाडी झुन्डिएको

अक्षरमा गर्भ लाग्छ,

तर मलाई नेपाली लेख्नमा ।

हो, त्यसैले त म धोती, तिमी नेपाली ।

म एक ब्यक्ति, एक समुदायका लागि होइन

सिंगो देश विकशित होस भन्छु

तिम्लाई आफ्नो जात भए पुग्यो

हो, त्यसैले त म धोती, तिमी नेपाली ।

हो म मधेसीका लागि बोल्छु

थारु आदिवासीका लागि लेख्छु

तिमी मलाई समाज भडुंवा देख्छौं

हो, त्यसैले त म धोती, तिमी नेपाली ।

राज्य एक जातको होइन समृद्धिको देउ

आँशु गरिबका देख, गोहीका होइन

यस्तो भन्दा तिमी पाखुरी सुर्खेछौं

हो, त्यसैले त म धोती, तिमी नेपाली ।

मधेस जल्दैछ,थारु कट्टी भन्दै रिसाएर टुक्क बसेका छन्

दलित महिला, आदिवासी आस मै छन् फेरि

तिमी भन्छौं, यी सबै संविधान बिरोधी ।

हो, त्यसैले त म धोती, तिमी नेपाली ।

हो घरमा त सबैको चित्त बुझाउन सकिन्न

तर, सबै बिच्कीए भने घर नै बरबाद हुन्छ

तिमी भान्से हुँ भन्दै डाडु पनिउँ छोड्दैनौं

हो, त्यसैले त म धोती, तिमी नेपाली ।

हेर समय अझै छ, थप बिग्रनबाट जोगाउ

मुली तिमी नै छौं,सम्झएर भित्र्याउ घर

भाइ फुटे गवार लुटे भुल्यौ तिम्ले

हो, त्यसैले त म धोती, तिमी नेपाली ।

नयाँ संविधानमा थारुका प्रमुख पाँच मुद्दा समेटिएको छैन : गोपाल दहित

Gopal Dahit

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सभासद् गोपाल दहितले नयाँ संविधानमा थारुका माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। उनले यो संविधानले सहमति भइसकेका धेरै कुरालाई कटौति गरेको आरोप लगाउँदै यस्तो संविधान स्वीकार्न नसक्ने बताए। Continue reading “नयाँ संविधानमा थारुका प्रमुख पाँच मुद्दा समेटिएको छैन : गोपाल दहित”

‘तराई-मधेस’ शब्दले गच्छदारसँग वार्ता भाँडियो

Bijay Gachhadar

प्रमुख तीन दलको बैठकमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको टोलीसँग लगभग सहमति भइसकेको थियो। तर, सहमतिको बुँदामा ‘तराई-मधेस’ लेख्ने कि नलेख्ने भन्ने विवाद लम्बिएर बार्ता बिनानिष्कर्ष टुंगिन पुग्यो। Continue reading “‘तराई-मधेस’ शब्दले गच्छदारसँग वार्ता भाँडियो”

थरूहट/थारूवान अान्दाेलनका लागि युवा दास्ता गठन

Tharu Dasta 02

तीन राजनितिक दलले उत्पीडित  थारू, मधेसी, दलित र मुस्लिमकाे अधिकारलार्इ उपेक्षित गर्दै जबरजस्ती संविधान घाेषाणा गर्ने निर्णय काे विरोधमा थरूहट/थारूवान संघर्ष समिति र राना थारू संयुत्त संघर्ष समितिले  युवा दास्ता गठन गरेको छ। असाेज ३ गते संविधान जारी हुने दिनलनर्इ कालाे दिन बनाउने योजनासहित समितिले सो युवा दस्ताको नाम थरूहट/थारूवान स्वंयसेवक राखेका छन्।

Tharu Dasta 01

Tharu Dasta 03

दिनेश दहित/पहलमानपुर

भारतीय दूतावासबाट निरास फर्किए मधेसी नेताहरु

S Jaya Sankar

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु निकै उत्साहित भएर शुक्रबार भारतीय दुतावास पुगेका थिए । तर भारतीय विशेष दुत एस.जयशंकरलाई भेटेर निरास भएर फर्के । भारतीय दुतावासमा भएको भेटघाटमा मधेशी मोर्चाका चार जना नेताहरु सहभागी थिए, उनीहरुले आफ्ना माग र समस्या बारे जानकारी गराए । तर विशेष दुत जयशंकरले कुनै विश्वास दिलाएनन् । जयशंकरले आफू सबैको कुरा सुन्न मात्र आएको जवाफ मधेशी नेताहरुलाई दिए । Continue reading “भारतीय दूतावासबाट निरास फर्किए मधेसी नेताहरु”

मेरी आमाको मौलिक हक पनि सुनिश्चित होस्

Krishna chaudharyकृष्ण थारु

मेरी आमा ५५ वर्षको हुनुहुन्छ। उहाँ विगत ७ वर्षदेखि आँखाको बिरामी हुनुहुन्छ। यस अवधिमा एक पटक आमाले आँखा जँचाउन नेपालगञ्ज जानु भएको थियो, बुबासँग। तर पनि आँखा सन्चो नभएपछि घरमा त्यसै औषधी नगराई बस्नुभएको छ। Continue reading “मेरी आमाको मौलिक हक पनि सुनिश्चित होस्”