थरुहट/थारुवान संयुक्त संघर्ष समिति प्रधानमन्त्री सुशील कोइरालासँग ‘अनौपचरिक वार्ता’ गर्न सहमत भएको छ। कांग्रेसका सभासद् तेजुलाल चौधरीका अनुसार वार्ताको वातावरण बनाउन सचिवालयका ती नेतालाई जिम्मेवारी दिइएको छ। Continue reading “वार्तको वातावरण बनाउने जिम्मा राजकुमार, अमनलाल र मीनराजलाई दिइयो”
Author: admin
आन्दोलन नृशंस र हिंस्रक : गृहमन्त्रालय
गृह मन्त्रालयले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाइमा तराईमा जारी आन्दोलनमा नृशंस र हिंस्रक गतिविधि भइरहेको बताएको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी मन्त्रालयले शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मी र उनीहरुको परिवारलाई यातना दिनेदेखि पेट्रोल छर्किएर हत्या गर्ने कलङ्कजन्य क्रियाकलाप भएको जनाएको छ। Continue reading “आन्दोलन नृशंस र हिंस्रक : गृहमन्त्रालय”
थारुको आन्दोलनलाई सम्बोधन गर : पशुपतिशम्शेर राणा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले तराईमा मधेसी र थारुले गरेको आन्दोलनलाई सम्बोधन गर्नुपर्ने बताएका छन्। राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनको चौथो क्षेत्रीय तथा जिल्ला अधिवेशनका अवसरमा भक्तपुरको सल्लाघारीमा आयोजित कार्यक्रममा उनले अब आउने संविधान समावेशी र समग्र नेपालीले अपनत्व गर्ने संविधान हुनुपर्ने बताए। Continue reading “थारुको आन्दोलनलाई सम्बोधन गर : पशुपतिशम्शेर राणा”
सभासद् चौधरीका घरमा ढुङ्गामुढा
आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले राजविराज–८ स्थित नेकपा (संयुक्त)का सभासद् मिथिला चौधरीको घरमा आज साँझ ढुङ्गामुढा प्रहार गरी क्षति पु¥याएका छन् । बीस-पच्चीस जनाको सङ्ख्यामा आएका प्रदर्शनकारीले तराई-मधेसमा जारी आन्दोलनमा सभासद् चौधरीले सहयोग नगरेको भन्दै घरमा ढुङ्गामुढा गरेको जनाइएको छ। Continue reading “सभासद् चौधरीका घरमा ढुङ्गामुढा”
धमाधम थारु अगुवा प्रकेको भन्दै आन्दोलन कडा पार्ने चेतावनी
थरुहट संयुक्त संघर्ष समितिले शनिबारदेखि बन्दमा कडाइ गर्ने भएको छ। बाँकेमा बन्द खुकुलो पारेको तथा बर्दियामा केही दिनका लागि बन्द फिर्ता लिएको संघर्ष समितिले शनिबारदेखि बन्दमा कडाई गर्ने बताएको छ। कैलालीका थारु अगुवालाई पक्राउ गरेको बिरोधमा २६ गतेदेखि नै विद्यालयबाहेक सबै बन्द गर्नुपरेको थारु संघर्ष समिति बर्दियाका प्रवक्ता देवमान थारुले जानकारी दिए। Continue reading “धमाधम थारु अगुवा प्रकेको भन्दै आन्दोलन कडा पार्ने चेतावनी”
सरकार ! थारुको माग सम्बोधन गर !
भाषिक, साँस्कृतिक विविधताले भरिपूर्ण श्रम, सरलपन, सिर्जनशील, कर्तब्यनिष्ठ बानी व्यवहार भएको तराईको आदिवासी भूमिपुत्र थारूहरू पूर्वदेखि पश्चिमको तराई भूभाग सँगै भित्रि मधेसमा पनि बसोबस गर्ने गर्छन्। देशको चौथो ठूलो घनत्व आगोटेको यो समुदाय हजारौँ वर्षदेखि आफ्नो छुट्टै पहिचान कायम राख्दै तराईको प्रचण्ड गर्मीसँगै औँलो, बाघ, भालुसँग संघर्ष गरेर प्रकृतिसँगै रमाउँदै आएका तराईका अत्तराधिकारी आदिवासी भूमिपुत्र थारूहरू आज आएर आफ्नै थलोमा न घरको न घटको भएका छन्। Continue reading “सरकार ! थारुको माग सम्बोधन गर !”
प्रहरीको गोलीले ७० वर्षीय गणेश चौधरीसहित पाँच जना मारिए, ५० बढी घाइते
महोत्तरी प्रशासनले लगाएको कर्फ्यूको अवज्ञा गर्दै प्रर्दशनमा उत्रेकामाथि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ। चार जना प्रर्दशनकारीलाई गोली लागेर घाइते भएका छन्। बन्दकर्ता र प्रहरीबीच शुक्रबार दिउँसो जलेश्वरको शंकर चोक र नगरपालिका चोकमा भएको झडपमा हातिलेट घर भएकी ३५ वर्षीया रामशिला ठाकुरको मृत्यु भएको छ। मृतक ठाकुर राप्रपा नेपालकी नेतृ हुन्। उनी राप्रपा नेपालको जिल्ला सदस्यसमेत हुन्। उनका श्रीमान शम्भु मण्डल डाम्ही मडै गाविसका प्राविधिक सहयाक छन्। Continue reading “प्रहरीको गोलीले ७० वर्षीय गणेश चौधरीसहित पाँच जना मारिए, ५० बढी घाइते”
संविधानसभाको प्रक्रिया दुई दिनका लागि स्थगित
प्रमुख तीन दल आन्दोलनकारीको माग अनुसार संविधानसभाको प्रक्रिया स्थगित गरेका छन् । साथै वार्तामा आउन आन्दोलनरत मधेसी मोर्चा र थारु लगायतलाई पुनः आहृवान समेत गरेका छन् ।
Continue reading “संविधानसभाको प्रक्रिया दुई दिनका लागि स्थगित”
जीपको ठक्करबाट प्रहरी जवान जितराम चौधरीको मृत्यु
देउखुरीमा जीपको ठक्करबाट ड्यूटीमा खटिएका एक प्रहरी जवानको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। भालुवाङबाट लमही आउँदै गरेको बा १० च ५२३१ नम्वरको टाटा सुमो जीपले बिहीबार राती ठक्कर दिँदा दाङ डुरुवा गाविस वडा नं. ९ निवासी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत २७ वर्षीय प्रहरी जवान जितराम चौधरीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। Continue reading “जीपको ठक्करबाट प्रहरी जवान जितराम चौधरीको मृत्यु”
कांग्रेस सभासद् सुरेन्द्र चौधरीले लेखे कूटनीतिक नियोगलाई पत्र
संविधानसभाका तीन प्रमुख राजनीतिक दलहरू नेपालको पछिल्लो राजनीतिक अवस्थाप्रति गम्भीर नरहेको भन्दै नेपाली कांग्रेसका केही असन्तुष्ट नेता तथा सभासदले अन्तर्राष्ट्रिय समुदायलाई पत्राचार गरेका छन्। केही सभासदको हस्ताक्षरसहित काठमाडौंस्थित कूटनीतिक नियोगहरूलाई पूर्वमन्त्री समेत रहेका कांग्रेस सभासद सुरेन्द्रप्रसाद चौधरीले पत्राचार गरेका हुन्। सभासद चौधरीले पत्रमा क-कसको हस्ताक्षर रहेको नखुलाई भने, ‘धेरै साथीहरूको साथ लिएर मैले पत्र पठाएको हुँ।’ Continue reading “कांग्रेस सभासद् सुरेन्द्र चौधरीले लेखे कूटनीतिक नियोगलाई पत्र”




