नेपालको संविधान २०७२ का धारा १, २ र ३ पारित, थारु सभासद्ले संशोधन प्रस्ताव फिर्ता लिए

CA Nepal

संबिधान सभाले नेपालको संविधान २०७२ को परिमार्जित विधेयकको धारा १, २ र ३ पारित गरेको छ। तीमध्ये धारा १ र २ मा कुनै पनि संशोधन नपरेकाले सर्वसम्मत तथा धारा ३ मा प्रमुख तीन राजनीतिक दलद्वारा संशोधन प्रस्तावलाई बैठकमा उपस्थित सभासद्को दुईतिहाईले स्वीकृत गरेपछि संविधानको अङ्ग मान्दै पारित गरिएको हो। Continue reading “नेपालको संविधान २०७२ का धारा १, २ र ३ पारित, थारु सभासद्ले संशोधन प्रस्ताव फिर्ता लिए”

हत्या, हिंसा र आन्दोलन गरेर मुलुकलाई अफ्ठ्यारो नपार्नुस् : ओली

oliनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताका समस्या समाधान गर्न र अधिकार स्थापनाका लागि चलाइएको आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु आजको प्रमुख कार्यभार भएको बताएाक छन्। ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथिको संशोधनसहितको दफावार छलफलमा’ आज भाग लिँदै उनले राष्ट्रलाई यथास्थितिमा रुमल्लिन नदिई अघि बढाउन अन्तिम बिन्दुमा आफूहरु पुगेकाले सबैको साथ र सहयोग जरुरी रहेको बताए।  Continue reading “हत्या, हिंसा र आन्दोलन गरेर मुलुकलाई अफ्ठ्यारो नपार्नुस् : ओली”

थारु बाहुल क्षेत्रलाई छुट्टै देश बनाउने थरुहट अध्यक्षको चेतावनी

भानुराम थारु

थरुहट तराई पार्टी नेपालका केन्द्रीय अध्यक्ष भानुराम चौधरीले थारुलाई बाहिर राखेर संविधान आए थारु बाहूल क्षेत्रलाई अलग देश गर्ने चेतावनी दिएका छन्। कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थारुले पहिचानमा आधारित थारुलाई प्रदेश नदिए छुट्टै थारुहट प्रदेश बनाउन सक्ने उनले बताए। Continue reading “थारु बाहुल क्षेत्रलाई छुट्टै देश बनाउने थरुहट अध्यक्षको चेतावनी”

मधेसलाई छुट्टै राज्य बनाउने सोँच आत्मघाति र राष्ट्रघाति : दाहाल

COxVbPyUYAAzcj6

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले जनताको प्रतिनिधिद्वारा संविधान निर्माण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेकाले अब कुनै पनि हालतमा यसलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। Continue reading “मधेसलाई छुट्टै राज्य बनाउने सोँच आत्मघाति र राष्ट्रघाति : दाहाल”

बालुवाटार पुगेका थारु नेतालाई प्रधानमन्त्रीले के भने?

Rajkumar Lekhiप्रधानमन्त्री सुशील कोइरालाले वार्ताबाटै सहमति खोज्न थारु नेताहरुलाई आग्रह गरेका छन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री कोइरालाले फेरि पत्र पठाउने र नियमित सम्पर्कमा रहने बताउँदै टेबलबाटै समाधान खोज्न आग्रह गरे। Continue reading “बालुवाटार पुगेका थारु नेतालाई प्रधानमन्त्रीले के भने?”

संघीयता जग्गाको प्लटिङ होइन : सभासद् सुरेन्द्र चौधरी

Surendran Chaudhary

कांग्रेस सभासद् सुरेन्द्र चौधरी धरातलीय वस्तुस्थिति र मापदण्डबेगर भूमाफियाको जग्गा प्लटिङ शैलीमा नेताहरूले संघीयता सीमांकन गरेपछि तराईमा संकट निम्तिएको तर्क अघि सार्छन्। अब संविधानसभाको प्रक्रिया स्थगित गरी विश्वासको वातावरणमा संघीयता विवाद सुल्झाउनुपर्ने धारणा राख्छन्। तराई–मधेसमा जारी आन्दोलन, वार्ताको प्रसंग र संविधानसभा प्रक्रियाबारे कांग्रेस सभासद चौधरीसँगको कुराकानी: Continue reading “संघीयता जग्गाको प्लटिङ होइन : सभासद् सुरेन्द्र चौधरी”

विनोद चौधरीको प्रश्‍न- ‘मेरा बुबा र छोराको के दोष थियो?’

Ganesh and Rohan

ट्युसन सकिएपछि रोहन चौधरी घरतिर हिँडे। बाटोमा भेटिएका मामा विनोद चौधरीले ‘झडप हुँदैछ छिटो घर जाऊ’ भनेपछि उनले हिँडाइको गति बढाए। तर महेन्द्र चोक काट्नै पाएनन्। प्रहरीले चलाएको गोलीले उनलाई भेट्यो। उनी ठाउँका ठाउँ ढले। Continue reading “विनोद चौधरीको प्रश्‍न- ‘मेरा बुबा र छोराको के दोष थियो?’”

मतदान प्रक्रियामा सहभागी हुन कांग्रेस सभासदलाई निर्देशन, मतदानमा सहभागी हुँदैनौं : तेजुलाल

Tejulaal Chaudhary

नेपाली कांग्रेसले आफ्ना सभासदहरुलाई आइतबारको संविधान सभा बैठकमा अनिवार्य उपस्थितिको लागि निर्देशन दिएको छ। कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले शनिबार पार्टीका सबै सभासदलाई एसएमएस मार्फत बैठकमा उपस्थित हुन निर्देशन दिएका हुन्।

‘आइतबार ११:३० बजे देखि सुरु हुने संविधान सभा बैठकमा नयाँ संविधानको विधेयकमा मतदान हुने भएकाले अनिवार्य उपस्थित हुन आदेश अनुसार निर्देशन छ’ श्रेष्ठको एसएमएसमा भनिएको छ। आन्दोलनरत पक्षसँग बार्ताको वातावरण बनाउन संविधान निर्माण प्रक्रिया दुई दिन स्थगित गरेका प्रमुख दलहरुले आइतबारबाट पुन प्रर्क्रियालाई अगाडि बढाउने भएका छन्। प्रदेशको सीमाङ्कन सहितका विषयमा असन्तुष्टि नजाउँदै मधेसमा आन्दोलन जारी छ।

त्यस्तै थारु-मधेसी सभासद्हरु पार्टीको निर्देशन विपरीत मधेश-थरुहट आन्दोलनमा सहभागीता जनाउँदै आएका छन्। उनीहरु बेग्ला-बेग्लै छलफलमा सहभागी हुँदै पार्टीभन्दा फरक रणनीति बनाउँदैछन्।

शनिबार बिहानैदेखि विभिन्न पार्टीका थारु सभासद्हरु विभिन्न छलफलमा सहभागी भएका छन्। अर्को शनिबार दिउँसोदेखि सुरु भएको थारु सभासद्हरुको बैठकले साँझसम्म निर्णायक छलफल गर्ने जानकारी आएको छ।

यता एक कार्यक्रममा सहभागी भएका नेपाली कांग्रेसका थारु सभासद तेजुलाल चौधरीले आफूहरु संविधानसभाको मतदान प्रक्रियामा सहभागी नहुने बताएका छन् । उनले पार्टीका थारु सभासद्हरु थारु विरोधी संविधान ल्याउन मतदानमा सहभागी नहुने बताए ।

थारु पत्रकार संघको चौथो साधारण सभामा सहभागी भएका चौधरीले वार्ताको माध्यमबाट माग सम्बोधन नभए संविधान सभाको प्रक्रियामा सहभागी नहुने बताए। उनले अन्य जातजातिका सभासद्हरुसँग पनि छलफल जारी रहेको जनाए।

-Hulakinews

कृष्णराज सर्वहारी नेतृत्वमा थारु पत्रकार संघमा नयाँ नेतृत्व

tharu Journalist

थारु पत्रकार संघ नेपालको चौथो साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । राजधानीमा शनिबार भएको साधारण सभाले कृष्णराज सर्वहारीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । सभाले उपाध्यक्षमा प्रदीप लेखी (कान्तिपुर टेलिभिजन), महासचिवमा मदन चौधरी (नागरिक दैनिक), सचिवमा पर्वाता चौधरी (रेडियो कान्तिपुर) र कोषाध्यक्षमा शैलेन्द्र चौधरी (हिमालयन टेलिभिजन) छन् । Continue reading “कृष्णराज सर्वहारी नेतृत्वमा थारु पत्रकार संघमा नयाँ नेतृत्व”