ललितपुरमा अस्टिम्की मनाइयो

काठमाडौं उपत्यकामा बस्ने थारुहरुले ललितपुरमा अस्टिम्की पर्व मनाएका छन्। कृष्ण जन्मास्टमीलाई पश्चिम तराईका थारुहरुले अस्टिम्की पर्वको रुपमा मनाउँदै आएका छन्। चम्पन सांस्कृति समूहले आयोजना गरेको कार्यक्रममा सहभागी थारुहरुले अस्टिम्की पर्व मनाएका हुन्। हेरौं केही तस्बिर: Continue reading “ललितपुरमा अस्टिम्की मनाइयो”

विधेयकमा ४४ संशोधन

तस्बिर : प्रदीपराज वन्त/रासस
तस्बिर : प्रदीपराज वन्त/रासस

नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि ४४ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, जनमोर्चा नेपाल, नेपाल परिवार दल र नेपाः राष्ट्रिय पार्टीसम्बद्ध सभासद्ले तथा नेपाली काँग्रेस र एकीकृत नेकपा (माओवादी)का सभासद्ले व्यक्तिगत रुपमा ती संशोधन प्रस्ताव संविधानसभा सचिवालयमा दर्ता गराएका हुन्। Continue reading “विधेयकमा ४४ संशोधन”

कञ्चनपुरमा अस्टिम्की

1441467549911_RP-Kanchanpur-krishna astami- tharu women -1

कृष्ण जन्माष्टिमीको अवसरमा पूजा सामग्री सहितका कञ्चनपुरको जोनापुरका थारु युवती। तस्बिर सौजन्य :  राजेन्द्रप्रसाद पनेरु/रासस

‘थारु आयोग’ बनाउन शीर्ष नेता सहमत

meeting-4-party

तीन दलका शीर्ष नेताहरुको बैठकमा थारुलगायत जनजाति, मुस्लिम र मधेसी आयोग गठन गर्ने सहमति भएको छ। यस्तै थ्रेस होल्ड नराख्ने सहमति भएको एमाले नेता नेपालले जानकारी दिएका छन्। एमाले र कांग्रेसले थ्रेस होल्ड राख्नु पर्ने माग गर्दै आएका थिए भने साना दलहरुले विरोध गर्दै आएका थिए। Continue reading “‘थारु आयोग’ बनाउन शीर्ष नेता सहमत”

संविधान निर्माणको प्रक्रियाबाट गच्छदार मोर्चा बाहिरियो

Bijaya

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छेदारको नेतृत्वमा रहेको सङ्घीय लोकतान्त्रिक मोर्चा संविधानसभाका सबै प्रक्रियाबाट अलग रहने निर्णय गरेको छ।
नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि प्रस्तुत गरेको संशोधनले मुलुकमा विद्यमान द्वन्द्व समाधान नगर्ने निष्कर्षसहित मोर्चा संविधानसभाका प्रक्रियाबाट अलग हुने निष्कर्षमा पुगेको हो। Continue reading “संविधान निर्माणको प्रक्रियाबाट गच्छदार मोर्चा बाहिरियो”

यसकारण तराईमा तीन प्रदेश उपयुक्त

 Santosh Chaudhary

सन्तोष थारु

नेपाल बहुजाति, बहुभाषी, बहुसंस्कृति र बहुधार्मिक राज्य हो। लामो सम सम्म एकात्मक राज्य प्रणाली, एक देश, एक भेष, एक भाषा, एक धर्मको नीतीले विविधतायुक्त समाजमा रहेका विभिन्न जाति, भाषा, धर्म, क्षेत्र र लिङ्ग, उत्पीडनमा पर्‍यो। जसकारणले दस वर्षे जनयुद्ध, मधेस आन्दोलन, थारु आन्दोलन र विभिन्न आदिवासी जानजाति आन्दोलनहरु भए। आज देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक छ। धर्म निरपेक्षता, समानुपातिक समावेशिता र सामाजिक न्याय अन्तरिम संविधानमा उल्लेख भइसकेको अवस्था छ। यी सम्पूर्ण उपलब्धीलाई संस्थागत गर्न संविधानसभामा तिब्र बहस छलफल भइरहेको अवस्थमा आज संघीय संरचना कस्तो बन्ने? के को आधारमा बनाउने? भन्ने विषयमा संविधानसभाले पहिचानका पाँच आधार र समर्थ्यका चार आधार अगाडि सिसकेको अवस्था छ। पहिलो संविधानसभाले १४ प्रदेश र आयोगको १० प्रदेशको सीमाङ्कनसहितको खाका पनि आइसकेको अवस्था छ। दोस्रो संविधान सभामा परिवर्तीत शक्ति सन्तुलनको आधारमा १६ बुँदे सम्झौतामा सीमाङ्कन बिनाको आठ प्रदेश र पछि ६ प्रदेश र थपिएका एक प्रदेशले संघीयताको बहसले झनै छताछुल्ल पारिदिएको छ। Continue reading “यसकारण तराईमा तीन प्रदेश उपयुक्त”

सहमतिमै संशोधन प्रस्ताव दर्ता गर्न चार दल सहमत

1four party meeting

संविधानको परिमार्जित विधेयक संशोधनका लागि प्रस्तुत गरिने प्रस्ताव सहमतिका आधारमा दर्ता गर्न प्रमुख चार दल सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा (माओवादी) र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेता सम्मिलित बैठकमा दलहरुबीचको सहमतिबाटै संशोधन प्रस्ताव दर्ता गर्ने सहमति बनेको हो। Continue reading “सहमतिमै संशोधन प्रस्ताव दर्ता गर्न चार दल सहमत”

अस्टिम्कीमा पनि टीकापुरमा २४ घण्टे कर्फ्यू

tharu basthi
कृष्ण जन्माष्टमी तथा थारु महिलाको महान पर्व अस्टिम्कीलाई मध्यनजर गर्दै अन्यत्र कर्फ्यू र निषेधाज्ञादेखि आन्दोलन समेत खुकुलो पारिएको छ। तर, टीकापुरमा भने कर्फ्यू कडा गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले आज शनिबार २४ घण्टे कर्फ्यू जारी गरेको छ।सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै २४ घण्टे कर्फ्यू जारी गरिएको स्थानीय प्रशासनले बताएको छ। एसएसपीसहितका सुरक्षाकर्मीको हत्या भएपछि ७ गतेबाट टीकापुरमा कर्फ्यू लगाइएको छ।

तर, पछिल्ला केही दिनमा तीन घण्टा कर्फ्यू हटाइएको थियो, जसले जनजीवन समान्य बन्नाउन मदत गरेको थियो।
धनगढीमा भने मध्याहृन १२ बजेबाट दिउँसो ४ बजेसम्म मात्र कर्फ्यू लगाइएको छ।

Continue reading “अस्टिम्कीमा पनि टीकापुरमा २४ घण्टे कर्फ्यू”

‘अष्टिम्की’ अर्थात् थारु महिलाको स्वतन्त्रताको दिन

Tharu Festival Astimki-4

सन्तोष दहित

थारु समुदायका महिलाको महान पर्व भनेको कृष्णाअष्टमी अर्थात् ‘अष्टिम्की’ हो। कृष्णाअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भनिन्छ। अष्टिम्की शब्दको उत्पत्ति ‘अष्टमींटिको लगाउनु’बाट भएको थारु संस्कृतविद अशोक थारुको भनाइ रहेको छ। अष्टिम्की’ अर्थ भाद्र महिनाको अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेकाले उनलाई टिको लगाउनु हो। ‘कान्हा’को जन्मदिनलाई थारु महिलाहरुले ‘अष्टिम्की’ को रुपमा व्रत उपबासका साथै उनको जीवनी चित्रनमा भित्ते चित्र कोरेर धुमधामसंग टिका, फलफूल, अर्पण तथा दीप प्रज्वलन गरि जलले मनाउँदै आएको पर्व हो। ‘अष्टिम्की’ पर्व खासगरी दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायका महिलाहरुले उल्लासमय वातावरणमा मनाउँदै आएका छन्। स–सानो १०/११  बर्षको बच्चा देखि लिएर ६०/६५ वर्षको वृद्ध महिलाहरुले यो पर्व मनाउँदै आएको पाइन्छ।

‘अष्टिम्की’ तयारी कहिलेदेखि
‘अष्टिम्की’ आउने एकडेढ हप्ता अगाडीदेखि थारु महिलाहरुले ‘अष्टिम्की’को तयारीमा जुटेका हुन्छन्। थारु महिलाहरुको सवै भन्दा महान पर्व भएकोले त्यसदिनमा विशेष गरि नया कपडा (रातो, कालो चोली, सेतो गुन्यु), विभिन्न थरथरिका गहनाको तयारी गर्ने गर्छन। यसरी कपडा गरगहना तयारी गरिसकेपछि ‘अष्टिम्की’को अघिल्लो रात दर खानको लागि माछा मार्ने, घोङघी खोज्न जाने गर्छन्। अष्टिम्कीमा विशेषगरी थारु महिला ले घोङघी र माछासँग दर खाने गर्छन्। त्यसैसँग मासु अन्य मिठोमिठो परिकारको लागि पनि तयारी गर्ने गर्छन्। त्यसैगरी चित्र बनाउन विभिन्न थरिको रंग, चुन, गोवर माटो, चित्र कोर्नको लागि बाँसको व्रस, आदि जुटाउने गर्छन्। त्यस्तै पकाउनको लागि दउरा, अग्रसान ‘कोसेली’ दिन जान सालको पात टिपेर टपरी लगाउने, घर सरफाई गर्ने लगायत कामको तयारी गरेका हुन्छन्।

Tharu Festival Astimki-7‘अष्टिम्की’ मा के–के बस्तुको चित्र कोरिन्छ
‘अष्टिम्की’को पूजा गर्नको लागि महटावा घरको वैठक (बह्री) कोठालाई उपयुक्त मान्छन्। त्यो दिन बैठक कोठा बिहानै लिपपोट गरेर सफा गरिन्छ। त्यही बैठक कोठाको उत्तर पत्तिको भित्ता या ‘डेह्री’मा चतुर्भुज आकारमा बनाइ गोवर माटोले लिपपोट गरिसकेपछि त्यसलाई सेतो चुनले पोटिन्छ भने त्यसको छेउमा छेउमा विभिन्न थरिको रंगीचंगी रंगले चारैतिर पोटीसकेपछि त्यसैको बीचमा सवैभन्दा माथि पाँच जनाको चित्र बनाइन्छ। सबैभन्दा बीचको चित्रलाई  श्रीकृष्णको चित्र हुन्छ। ‘अष्टिमी’को दिन श्रीकृष्णलाई हिरो बनाइन्छ। किनकि अष्टिम्कीको दिन श्री कृष्ण अर्थात् ‘कान्हा’को पूजा गरिन्छ। यसरी श्री कृष्णको दाँया सुर्य र बाँया चन्द्रमाको चित्र कोरिन्छ। त्यसैगरि दोस्रो लाईनमा सात जना मान्छेको चित्र कोरिन्छ। जहाँ सात भाई कौरबको प्रतिनीतित्व हुन्छ। यसैगरी तलको भागमा दुलाहा दुलही, दुलहीलाई पठाउन जान लागेको ‘डोली’, दुलाहालाई पठाउन जान लागेको ‘ड्वाला’ माछा, गंगुता, बाघ, हात्ति, मयुर, सर्प, गाई, बल्ला, विराले,बनजंगल, विभिन्न चरा, चरिंगी, जनावर, विच्छीलगायतको चित्र बनाइन्छ।

कसरी पूज्छन ‘अष्टिम्की’ मा पूजा
‘अष्टिम्की’को दिन जब साँझ पर्छ। थारु महिलाहरु विभिन्न रंङ्गीचंङ्गी राटो, कालो, निलो चोली, सेतो गुन्यु, विभिन्न घाँटीभरि गरगहना लगाएर र वलिरहेको दियो, त्यसैमा रंङ्गीचंङ्गी फूल लिएर लाइनबद्ध गाँउभरिको महिलाहरु महटवाको घरमा जुटछन्। गाँउभरिका महिलाहरु भेला भइसकेपछि महटावाँकी श्रीमति आइपुग्छन। र अष्टिम्की’को पूजाको सुरुवाट महटावाँकी श्रीमतिबाट हुन्छ। यसरी भित्तामा कोरिएको चित्रको सवै भन्दा माथिको लाइनमा रहेको पाँच चित्र मध्य विचमा रहेका श्री कृष्ण (कान्हा)लाई टिका लगाएर अन्य चित्रमा क्रमस सिन्दुरको टिका, कलशको जलद्धारा पूजा गरिन्छ। यसरी महटवाँकी श्रीमतिले पूजा गरिसकेपछि क्रमस गाँउका सवैभन्दा ठुलाबाट अन्य महिलाहरु पुज्ने गर्छन्।

Astimki-1 ‘अष्टिम्की’को पहिलो दिन
‘अष्टिम्की’ अघिल्लो रातमा दर खाइसकेपछि ‘अष्टिम्की’को दिन थारु महिलाहरु दिनभरि व्रत वस्छन्। त्यसैगरि अष्टिम्कीकै दिन ‘अष्टिम्की’को चित्र वनाउको लागि पुरुष मान्छे पनि व्रत वसेका हुन्छन्। यसरी यो दिन थारु महिलाहरुले दिउसो ११/१२ बजेतिर नुहाइधुवाई गरि अष्टिम्कीमा पूजा गर्नको लागि विभिन्न थरिको फूल, ज्यामिर, दियो बाल्नको कपासको बत्ति, माटाको दियो, सालको पातको टपरी बनाउने तयारी गर्छन भने पुरुष मान्छले अष्टिम्कीको चित्र बनाउन तिर लाग्छन। अष्टिम्कीको चित्र बनाउनको लागि थारु महिलाहरुले पनि सहयोग गर्ने गर्छन्। यसरी चित्र बनाइसकेपछि बेलुका अर्थात साझ ७/८ वजेतिर गाँउका सवै थारु महिलाहरुले आ–आफ्नो घरबाट टपरीमा थोरै चामल, दियो, फुल, ज्यामिर,  लिएर लाइबद्ध रुपमा महटावाको घरमा जाने गर्दछन। त्यहाँ गाँउका सवै थारु महिलाहरु जुटीसकेपछि महटावाको श्रीमतिले सवै भन्दा अगाडि पूजा गर्नसुरुवाट गर्छन। यसरी महटावाको श्रीमतिले पूजा गरिसकेपछि गाँउको ठूलाबाट क्रमस सानोले पूजा आजा गर्न गर्छन्। पूजा गर्ने बेला श्रीकृष्णलाई सवै भन्दा अगाडी सेन्दुरले टिक्ने गर्छन अर्थात श्री कृष्णलाई टिका लगाइसकेपछि भित्तामा कोरिएको अन्य सवैचित्रमा क्रमस टिका लगाउने र टिका लगाइसकेपछि तीन या पाँच चोटी जल चढाउने सुरु गरिन्छ। त्यहिक्रममा अष्टिम्कीको गित पनि गाइन्छ। यसरी गाँउका सवैले पूजा गरिसकेपछि सवैले आ–आफ्नो घरमा गएर दहि, फलफुल, खाइसकेपछि पुन महटवाको घरमा गई रातभरि सामुहिकमा ‘अष्टिम्की’को गीत गाइन्छ। अष्टिम्कीमा यसप्रकारको गीत हुन्छ।
 हरे पहिल छ सिर्जल जल थल धरती
 सिरीजी ट गइल हो कुशकै डाब २
 सिरजी ट गैल लारी लरीचक साम
सिरजी ट गैल अन्न पुरुष
सिरजी ट गैल डाखी डरीउनक् साग २
Tharu Festival Astimki-2
यसरी रातभरि गीत गाइसकेपछि विहान ६ वजे गाँउभरिको सवै थारु महिलाहरुले आ–आफ्नो टपरीमा रहेको बलिरहेको  दियो ‘दिप पज्वलन’, ज्यामिर, फूल लिएर लाइनबद्धमा नजिकैको खोलामा पुग्छन। खोलामा गइसकेपछि सवैले पानीमा गएर लाइन लागेर बलिरहेको दियो ‘दीप पज्वलन’, ज्यामिर, फूल एकसाथ वगाउने गर्छन। भने यता पछाडी पुरुषहरु लंगी लुटनकोलागि खोलामा पर्खिरहेका हुन्छन। त्यो दिन वगाएको ज्यामिर धेरै मिठो हुने गरेको थारु जानकारहरु वताउछन्। यसरी थारु महिलाहरुले बलिरहेका दियो ‘दीप पज्वलन’, लंगी, फूल वगाई सकेपछि सवैले नुहाई धुवाइगरि आ–आफ्नो घरमा जन्छन। घरमा आइसकेपछि उनिहरु हिजैकै दिन जस्तै भात, तीन थरिको तरकारी, अन्य मिठा मिठा परिकार आ–आफ्नो दाजुभाइको नाममा निकल्ने (कहार्ने) गर्छन जलसालई थारु भाषामा अग्रसान भन्ने गरिन्छ। त्यहि अग्रसान विवाहित महिलाहरुको दाजुभाई छनभने आ–आफ्नो दाजुभाईहरुलाई अग्रसान दिन जाने चलन छ भने अविवाहित गाँउका महिला अर्थात (वठिन्या) हरु एकठाउमा जम्मा भएर जात्रा (लाखे) हर्न जान्छन।
यसरी दुई दिनसम्म थारु महिलाहरु वर्षको एक चोटी आउने महान पर्व अष्टिम्की मनाउने गर्दछन। यो पर्व मनाउन पाउने थारु महिलाहरुको आफ्नो लागि ठुलो खुशी र स्वतन्त्रताको दिन पनि मान्नेगर्दछन। सधैभरि घरको काममा व्यस्तता रहने थारु महिलाहरु अष्टिम्कीको दिन भने कुनै पनि काम गर्नुपर्दैन सवै काम पुरुषले गदिर्ने गरेकोले उनीहरु स्वतन्त्रताको दिन मान्ने गरेका हुन्।

अष्टिम्की हस्तचित्र (एक परिचय)

Tharu Festival Astimki-6कृष्णजन्माष्टमी अर्थात कृष्ण भगवान जन्मेको दिनलाई थारुहरु अष्टिम्कि पर्वको नाउँले चिन्छन। यस पर्वमा बिशेष भित्तेचित्र अष्टिम्की बनाएर यस चित्रमा चित्रित पात्रहरुलाई महिलाहरुले “टिक्ने” अथवा टिका लगाउने र पूजा गर्ने थारु चलन रहेको छ। अष्टिम्की चित्र घरको पिढीको भित्तामा बनाइन्छ। गाउँको घरसंख्या हेरी टोलको एक/दुई घरको भित्तामा अष्टिम्की चित्र बनाइन्छ। यस हस्तचित्रमा प्रयोग गरिने रङहरु सबै घरेलु रंगहरु प्रयोग हुने गर्थ्यो अर्थात बजारमा उपलब्ध रासायनिक (Chemical ) रंगहरु प्रयोग नगरी, जैविक (Organic ) रंग हरु जस्तै हरियो रंगको लागि – सिमिको पात निचारेको रस, रातो रङको लागि पोइ को पातको रस, पहेंलो रंग हल्दी या बेसारको प्रयोग गरिन्थ्यो। अहिले बिकास संग संगै अरु किसिमका रंग र बजारबाट बनि बनाउ तस्विरहरु प्रयोगमा बृधि भएको छ। जसले गर्दा यो हस्तचित्र लोप हुने खतरा बढेको छ। Continue reading “अष्टिम्की हस्तचित्र (एक परिचय)”