लिम्बूवान सङ्घर्ष समिति गठन, भदौ २४ र २५ गते आमहड्ताल गर्ने

Limbuwan-biratnagar-1लिम्बूवान मुद्दा सम्बद्ध सङ्गठनहरुले आफ्ना माग पूरा गराउन आज लिम्बूवान संयुक्त सङ्घर्ष समिति गठन गरेका छन्। समितिमा लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल, लिम्बूवान स्वशासित सङ्घ (एकीकृत), लिम्बूवान राज्य परिषद्, सङ्घीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान प्रदेश समिति, सामाजिक लोकतान्त्रिक पार्टी नेपाल र किरात याक्थुङ चुम्लुङ छन्। Continue reading “लिम्बूवान सङ्घर्ष समिति गठन, भदौ २४ र २५ गते आमहड्ताल गर्ने”

दुई तिहाइको संविधान मान्दैनौं, आन्दोलन सशक्त बनाउँछौं : थारु नेता

Tharuhat, Bardiya Protest 03

थरुहट/थारुवान संयुक्त सङ्घर्ष समिति बर्दियाका प्रवक्ता देवमान थारुले नेपाली कांग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)को शीर्ष नेतृत्व र उनीहरुकै इसारामा चलेको वर्तमान सरकारले थारु आदिवासी जनजातिको माग पूरा गराउनुभन्दा वर्तमान आन्दोलनलाई दमन गर्ने नीति बनाएकाले आफूहरुको आन्दोलन अझ सशक्त, प्रभावकारी एवम् जनप्रिय बनाउने बताएका छन्। Continue reading “दुई तिहाइको संविधान मान्दैनौं, आन्दोलन सशक्त बनाउँछौं : थारु नेता”

असन्तुष्टि र बन्धनको बीचमा कृष्ण जन्माष्टमी

Astimki dhangadhi 05

कर्फ्युका कारण थारु गाउँमा कृष्ण जन्म अष्टमी नराम्ररी प्रभावित भयो। द्वापर युगमा जन्मेका भगवान श्री कृष्णको जन्मदिनको अवसरमा थारु गाउँमा धुमधामका साथ हरेक वर्ष मनाइने कृष्ण जन्म अष्टमीमा यो वर्ष कुनै पनि रौनक देखिएन। Continue reading “असन्तुष्टि र बन्धनको बीचमा कृष्ण जन्माष्टमी”

अस्टिम्कीमा नेतालाई खबरदारी

Astimki

नविन चौधरी/दाङ
परापूर्वकालदेखि थारु समुदायमा मनाइने पर्व ‘अष्टिम्की’ गत वर्षभन्दा यस वर्ष फरक रह्यो। अमला, तिउरीको फुल, अष्टिम्की फुल, अम्बा, काँक्रा अनी टपरीको बिचमा पानसको बक्ति राखेर अष्टिम्कीको गीत गाउँदै जान्थेँ तर यसपाली गित मार्फत नै अधिकार र पहिचान माग्दै दिदिबहिनीहरु एकसाथ अष्टिम्की मानाए। ‘पहिलेदेखि नै हामी दमन, शोषणमा परेका छौं, अब हामी पर्दैनौं, सबैको पहिचान र अधिकार सुनिश्चित हुने संविधान जारी होस्’ भन्दै गाउँको महटाँवाको घरमा एक साथ भेला भइ राजनीतिक दललाई समेत उनीहरुले खबरदारी गरेका थिए।   Continue reading “अस्टिम्कीमा नेतालाई खबरदारी”

थारु महिलाले घेरे प्रहरी कार्यालय, गृहमन्त्रीको राजीनामा माग

Tharu Woman

बर्दियामा थारु महिलाहरुले शनिबार इलाका प्रहरी कार्यालय मैनापोखर घेराउ गरेका छन् । प्रहरी हवल्दारको मृत्यु भएको घटनाका विषयलाई लिएर पक्राउ परेका युवाको रिहाइको माग गर्दै थारु महिलाले इलाका प्रहरी कार्यालय घेराउ गरेका हुन् । Continue reading “थारु महिलाले घेरे प्रहरी कार्यालय, गृहमन्त्रीको राजीनामा माग”

बामदेवलाई योगेन्द्र चौधरीको प्रश्न : के आन्दोलनकारी आकाशमा उडिरहेका थिए ?

Yogendra Chaudhary
मधेसी जनअधिकार फोरमका सभासद योगेन्द्र चौधरीले गृह मन्त्री बामदेव गौतमको भनाईमाथि प्रश्न तेर्स्याउँदै सोधे : के आन्दोलनकारी उडिरहेका थिए?गृह मन्त्री गौतमले भदौ १५ गते पर्सामा हवाई फायर हुँदा गोली लागेर घाइते भएका मध्ये ४ जनाको मृत्यु भएको जानकारी आज सदनमा गराएका थिए। उनको भनाईप्रति प्रश्न उठाउँदै चौधरीले सोधे : हवाई फायर त आकाशमा गरिन्छ। त्यो गोली कसरी जनतालाई लाग्यो ?उनले पहाडमा आन्दोलनकारीले उठाएका मुद्दा सम्बोधन गरिए पनि थारु र मधेसीको मागप्रति वेवास्ता गरिएको दावी गरे। ‘गृह मन्त्रीले भन्नुभयो हवाई फायरमा गोली लाग्यो रे,’ उनले भने, ‘के प्रदर्शनकारी आकाशमा उडिरहेका थिए र गोली लाग्यो ?’

-पहिलोपोस्टबाट

भानुराम र रुक्मिनीको पार्टी पनि संविधानसभाबाट बाहिरिने

Gopal Dahit And Rukmini chaudhary

फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँगै थारु सभासदहरु संविधानसभाको जारी प्रक्रियाबाट बाहिरिने भएका छन्। भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी र रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) पनि संविधानसभाबाट बाहिरिने भएका हुन्। Continue reading “भानुराम र रुक्मिनीको पार्टी पनि संविधानसभाबाट बाहिरिने”

थारुको माग आयोगको जिम्मामा, अहिले सात प्रदेश नै कायम रहने

1four party meeting

प्रमुख तीन दलबीच अहिले सात प्रदेशलाई नै कायम गरेर अघि बढ्ने सहमति भएको छ। तर, थारु समुदायको मागसहित सीमांकनको अन्तिम टुङ्गो भने आयोग बनाएर गर्ने सहमति भएको छ।
तीन दलको बैठकमा भएको सहमति अनुसार प्रमुखसचेतकत्रयले नयाँ संविधानको विधेयकमा संयुक्त रुपमा संशोधन दर्ता गरेका छन्। Continue reading “थारुको माग आयोगको जिम्मामा, अहिले सात प्रदेश नै कायम रहने”

नेताज्यू, जनताको शक्तिलाई नजरअन्दाज नगर्नुस्

Fakala Tharuफकला थारु

नेपालको अन्तरिम संविधान २०६३ बमोजिम नेपाली जनता सार्वभौम सत्ता सम्पन्न हुनेछन्। सार्वभौम सत्ताको प्रयोग र परिचालन सार्वभौम सत्ता सम्पन्न नेपाली जनताबाट हुनेछ भन्ने स्पष्ट व्यवस्था गरिएको छ। Continue reading “नेताज्यू, जनताको शक्तिलाई नजरअन्दाज नगर्नुस्”