आन्दोलनकारीद्वारा सरकारी गाडी तोडफोड

mime

बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले राजविराजमा जिल्ला भूसंरक्षण र जिल्ला शिक्षा कार्यालयका गाडीमा तोडफोड र आगजनी गरेका छन्। प्रदर्शनकारीले राजविराज-५ स्थित भूसंरक्षण कार्यालयमा नारा जुलुस गर्दै कार्यालयभित्र पसेर सवारी साधनमा आगजनी गरेका हुन्। प्रदर्शनकारीले कार्यालयमा रहेका केही फर्निचरसमेत तोडफोड गरेको कर्मचारी बुदिलाला खँगले बताए। Continue reading “आन्दोलनकारीद्वारा सरकारी गाडी तोडफोड”

थारु अगुवाको प्रश्न- नेपालका मानवअधिकारवादी जात विशेषका छन् ?

manab-adhikar-aayog-at-Bara

सन्तोष दहित/दाङ

थारु समुदायको जनसंख्यालाई टुक्र्याउनु नै मानवअधिकारको हनन् भएको थारु अगुवाहरुले बताएका छन्। थरुहट/थारुवान संयुक्त संघर्ष समिति दाङको र राष्ट्रिय मानवअधिकार आयोगबीच भेटघाट तथा छलफल कार्यक्रममा बोल्ने थारु अगुवाहरुले यस्तो बताएका हुन्। Continue reading “थारु अगुवाको प्रश्न- नेपालका मानवअधिकारवादी जात विशेषका छन् ?”

धर्तीपूत्र थारुको आन्दोलन के का लागि ?

Fakala Tharuफकला थारु

यो देशका थारुहरु तराईका भूमिलाई मानवबस्तीयोग्य बनाउनका लागि दाङ, बाके, बर्दिया, कैलाली र कन्चनपुरलगायतका तराईका समथर भूभागलाई मानव बस्तीयोग्य बनाउनुभन्दा अगाडिदेखि थारु बस्ती थियो। धर्तीपुत्र थारुहरु उक्त क्षेत्रलाई बस्तीयोग्य क्षेत्रको रुपमा परिणत गरिरहँदा तत्काल अवस्थामा देखिएका खतरनाक महामारी रोगहरु औँलो, मलरिया, विफरलगायतका रोगसँग बाँच्नका लागि घोङी, गंगटा, जाडमाड खाएर ती रोगसँग लड्दै उक्त भूमिमा हाम्रा हजारौं पूर्खाले आफ्नो प्राणाको आहुति दिए। रगत पसिनाबाट सिञ्चित गरी मानव बस्तीयोग्य बनाएका हुन्। Continue reading “धर्तीपूत्र थारुको आन्दोलन के का लागि ?”

जलेश्वरको अवस्था तनावग्रस्त, बिहानैदेखि झडप

Photo tharu

बुधबार राति ८ बजेसम्म महोत्तरीको सदरमुकाम जलेश्वरमा आन्दोलनकारी र प्रहरीबीच भएको दोहोरो झडपमा १० जनाभन्दा बढी सर्वसाधारण घाइते भएपछि आज बिहानैदेखि जलेश्वरको अवस्था तनावग्रस्त बनेको छ। Continue reading “जलेश्वरको अवस्था तनावग्रस्त, बिहानैदेखि झडप”

थारुमाथिको दमन कहिलेसम्म ?

Ramdas Chaudharyराम दास चौधरी

मैले राजनीतिशास्त्रको अध्ययन गर्दा राज्यको स्वरुपबारे पढेको थिएँ। जसमा स्पष्ट रुपमा लेखेको छ कि राज्यले जहिले पनि सत्तामा भएकाहरुको रक्षा गर्छ र सत्ता टिकाइराख्न जहिले पनि जुनसुकै कदम चाल्न र सबैथरीको (शाम, दाम, डण्ड, भेद) अस्त्र सस्त्रको प्रयोग गर्न पछि पर्दैन। यो कुरा आज मलाई लाग्दैछ। भाद्र ७ गतेको थारुहरुको शान्तिपूर्ण आन्दोलनको क्रममा झडपमा परी ७ प्रहरीसहित १ जना बालकको ज्यान गयो। जुन दुःखद घटना हो। त्यसलाई कसैले पनि राम्रो मान्न सक्दैन। घटनापछि टीकापुरमा कर्फ्यू लाग्यो। कर्फ्यू लागेका बेला थारुको घर, पसल र ठेलाहरु जलाइरँहदा पुलिस प्रशासन मुक दर्शक भएर हेर्‍यो। त्यहाँनेर पनि राज्यले सत्तामा रहेकाहरुको पक्षमा उभियो, मात्र थारुहरुको घर, जाय ज्यथा र सम्पत्तिमा दिनदहादै आगजनी गरियो, लुटियो। Continue reading “थारुमाथिको दमन कहिलेसम्म ?”

प्रहरी निरीक्षकले थारुको झण्डालाई लात हानेपछि…

Tharu Protest 04

कारी महतो/चितवन

स्कटिङ्ग गराउन भनेर प्रहरी निरीक्षकले थारुको झण्डालाई लातीले फालेपछि पूर्वी चितवनको पर्सा बजारमा केहिबेर स्थिति तनाब बन्यो। हाम्रो झण्डा कुनै प्रहरीले लातीले हानेको हामी सहन सक्दैनौं भनेर आन्दोलनकारीले प्रहरीमाथि नै जाइलाग्न थालेका थिए। निकैबेर भनाभन चलेपछि प्रहरीले बन्दुक तेर्स्याए तैपनि खाली हात लिएर आन्दोलन गरिरहेकाहरु डराएनन्। बाध्य भएर कमाण्डिङ गरिरहेका प्रहरीका डीएसपीले हात जोडेर माफी मागे। त्यसपछि भने आन्दोलनकारीहरु नरम बनेका थिए।

Tharu Protest 02

पर्सा बजारको कोणसभामा बोल्दै थारु कल्याणकारिणी सभा चितवनका पूर्वसभापति जोखाप्रसाद चौधरीले भने, ‘हामीलाई लात हानोस्, बुट हानोस् वा गोली हानोस् हामीले वास्ता गर्नेछैनौं तर हाम्रो आस्थाको केन्द्रबिन्दु थारु कल्याणकारिणी सभाको झण्डालाई अपमानित ढंगले लातले हानेको सहन सक्दैनौं। यो झन्डा हाम्रो अस्तित्व र पहिचानको निशानी हो। यसलाई कसैले पनि अपमान गर्न पाउँदैनौं।’

Tharu Protest 05शान्तिपूर्ण आन्दोलनमा थारुको झण्डालाई अपमान गर्ने प्रहरी निरीक्षकमाथि निकै आक्रोश पोखेका थिए। उनले भने, ‘झण्डाको अपमान गर्ने प्रहरी निरीक्षकले कसको आदेशमा थारु समुदायकै अस्तित्वमाथि लात हान्ने? प्रहरीले गोली हान्ने अधिकार पाएको छ भने गोली हान, तर थारुको झण्डालाई अवमूल्यन गर्दै लाताले हान्ने कुनै अधिकार छैन।’

Tharu Protest 03

थारु कल्याणकारिणी सभा चितवनका प्रगन्ना नं. ७ का सभापति नारायण प्रसाद महतोले भने, ‘थारुले पेस गरेको माग सरकारले नसुनेकाले बाध्य भएर आन्दोलन गर्नु परेको हो। टीकापुरको घटनाले हामीले निकै मर्माहत बनाएको छ। नघट्ने घटना टिकापुरमा घट्यो।

Tharu Protest 06चितवनमा त्यस किसिमको घटना नहोस् भनेर हामीले निकै संयमित भएर आन्दोलन शान्तिपूर्ण रुपमा अगाडि बढाएका छौं। तर प्रहरी प्रशासनको घिनलाग्दो हर्कतले आन्दोलन हिंसात्मक भएमा त्यसको पूर्ण जिम्मेवारी प्रहरी प्रशासनले लिनुपर्छ। प्रहरी प्रशासन र भिजिलान्तेहरुले हाम्रो आन्दोलन तुहाउन पटक-पटक बिथोल्न खोज्दैछ। अब थारुहरु चुप लागेर बस्दैन।’ थारुको झण्डा लाताले फाल्ने इन्सपेक्टरलाई यस्ता हर्कन नगर्न चेतावनी दिए।

यसरी सुरु भयो ‘थरुहट’ आन्दोलन

Laxman Tharu  and Yogendra Chaudhary

झन्डै दशकअघि सुरु भएको थरुहट आन्दोलनक्रममा १६ जनाको ज्यान गइसकेको छ। विभिन्न चरणमा भएका आन्दोलनमा १० सुरक्षाकर्मी, ५ प्रदर्शनकारी र एक नाबालकको ज्यान गयो। थरुहट आन्दोलनले अहिले देशव्यापी चर्चा पाएको छ। यो आन्दोलनले कतै त्रासदी बढाएको छ, कतै चिन्ता र शोक। Continue reading “यसरी सुरु भयो ‘थरुहट’ आन्दोलन”

थारु महिलाको थाल जुलुस

Tharu Woman

थरुहट आन्दोलनको मर्मलाई राज्यले कुनै सुनुवाई नगरेको भन्दै कैलालीको हसुलिया क्षेत्रका स्थानीय महिलाहरुले बुधबार थाल जुलुस प्रदर्शन गरेका छन्। साउन २१ गतेदेखि जारी थरुहट/थारुवान आन्दोलनलाई सम्बोधन गर्नुको साटो राज्यले दबाउँदै लगेको भन्दै उनीहरुले थाल बजाउँदै प्रदर्शन गरेका हुन्। Continue reading “थारु महिलाको थाल जुलुस”

जारी आन्दोलन मधेस/थरुहटको मात्र होइन, सम्पूर्ण नेपाली जनताको चाहना हो

upendra_yadav_20141013083715

उपेन्द्र यादव।

देश आज अग्रगमन र प्रतिगमनबिच तिव्र ध्रुविकरणको अवस्थामा रहेको छ। देशैभरि जन आन्दोलनको राप र ताप बढेको छ। सेना, सशष्त्र प्रहरी लगायत आफ्नो सम्पूर्ण शक्ति लगाएर सरकार दमनमा उत्रेको छ। नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्ष र विद्रोहबाट प्राप्त उपलब्धीहरू गुम्ने खतरा बढेको छ। Continue reading “जारी आन्दोलन मधेस/थरुहटको मात्र होइन, सम्पूर्ण नेपाली जनताको चाहना हो”

एमाओवादी निष्कर्ष : थारुलाई सम्बोधन नगरी अगाडि बढ्न सकिँदैन

pushpa_kamal_dahalएमाओवादीले थारु समुदायलाई सम्बोधन नगरी अघि बढ्न नसक्ने निष्कर्षका साथ दलहरुसँग सहमतिको प्रयास थालेको छ। एमाओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले बुधबार एमाले अध्यक्ष केपी शर्मा र नेता माधवकुमार नेपालसँग गोप्य भेट गरेका छन्। Continue reading “एमाओवादी निष्कर्ष : थारुलाई सम्बोधन नगरी अगाडि बढ्न सकिँदैन”