नयाँ मर्चाको घोषणा गर्दै गच्छदारले तीन दललाई दिए १९ गतेसम्मको अल्टिमेटम

Bijay Gachhadar

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट अगल भएर चार प्रमुख तीन दलसँगै १६ बुँदे सहमतिमा हस्ताक्षर गरेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अन्य दुई मधेसी दललाई समेटेर नयाँ मोर्चा गठन गरेका छन्।  Continue reading “नयाँ मर्चाको घोषणा गर्दै गच्छदारले तीन दललाई दिए १९ गतेसम्मको अल्टिमेटम”

फेसबुकमा जथाभाबी लेखेको भन्दै आङकाजी शेर्पा पक्राउ

सaankajiमाजिक सञ्जालमा सामाजिक सद्भाव भड्काउने सन्देशहरु राखेको भन्दै प्रहरीले जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शेर्पालाई बौद्धबाट पक्राउ गरेर सोधपुछ थालेको हो। स्रोतका अनुसार प्रहरीले शेर्पाको ट्वीटर र फेसबुकमा पोष्ट भएका सामाग्री तथा सन्देशबारे सोधपुछ गरेको छ। Continue reading “फेसबुकमा जथाभाबी लेखेको भन्दै आङकाजी शेर्पा पक्राउ”

राना थारु गाउँमा किन उठेन आन्दोलन ?

होरी मनाउँदै राना थारु। फाइल तस्बिर
होरी मनाउँदै राना थारु। फाइल तस्बिर

धनगदी नगरपालिकाका दुई वडा ६ र ७ नम्बरमा एउटा विशेषता छ– थारू समुदायको बाक्लो बस्ती। ६ नम्बर वडा देवरिया र ७ नम्बर वडा जालीगाउँमा रहेका थारू बस्तीमा अन्य विषयमा भने थुुप्रै भिन्नता देखिन्छन्। थारू पहिचानका यी बस्तीको चालचलन, भाषा, बोलिचाली, रहनसहन, लवाइखवाइ मात्र होइन, राजनीतिक धारसमेत अलग छ। Continue reading “राना थारु गाउँमा किन उठेन आन्दोलन ?”

म थारु हुन नपाउने, म नेपालको एक थुँगा फूल हुन नपाउने ?

Tharuhat-Birodh-Sabha_Dhangadhi-02
अनुहारमा नेपालको झन्डा बनाएर विरोध गर्दै धनगढीका एक थारु युवा।

म थारु नेपाली
-मनोज “थारु”

म शान्त थिएँ
तालमा जमेको पानीझैं
जे भोगे आफ्नो भाग्य ठान्थें
जे जे पर्छ सहन्थें
अरुले जे भन्छ गर्थें, अनि बन्थें
अरुको लागि मतवाली बनें
जंगली बनें
कमैया बनें, कमलरी बनें
सहिरहें सवै
कर्म र भाग्यलाई दोषी ठानिरहें
र मानव बन्ने अर्को जुनीको कल्पनामा डुबिरहें
त्यसैको आशमा यो जुनीमा सबै सहिरहें Continue reading “म थारु हुन नपाउने, म नेपालको एक थुँगा फूल हुन नपाउने ?”

थरुहट तराईको आगोले सिंहदरवार र संविधानसभा पनि जल्ने लेखीको चेतावनी

Rajkumar Lekhi

थारु कल्याणकारीणि सभाका पूर्वमहामन्त्री राजकुमार लेखीले तराई मधेसको गाउँबाट उठेको विद्रोहको आगो छिट्टै सिंहदरवार र संविधानसभासम्म पुग्ने बताएका छन्। जारी आन्दोलनको समर्थनमा अन्तरजातीय महासंघले राजविराजमा आयोजना गरेको विरोध सभामा बोल्दै नेता लेखीले यस्तो बताएका हुन्। Continue reading “थरुहट तराईको आगोले सिंहदरवार र संविधानसभा पनि जल्ने लेखीको चेतावनी”

प्रहरीको खोजीमा रहेका रेशम चौधरीले भने- थारु समुदायलाई बद्नाम गराउने काम भयो

resam

थरुहट थारुवान संयुक्त संघर्ष समितिका नेता रेशम चौधरीले टीकापुर घटनामा घुसपैठ गरी थारु समुदायलाई बद्नाम गराउने काम भएको बताएका छन्। सदभावना पार्टीका नेता एवं संघर्ष समितिका चौधरी टीकापुर रहेको कैलाली क्षेत्र नम्बर १ का संयोजक हुन्। टीकापुरमा भएको आमसभामा उनले नै राजेन्द्र महतो, उपेन्द्र यादव र अमरेशकुमार सिंहलाई बोलाएका थिए। टीकापुर काण्डमा एसएसपीसहित आठ सुरक्षाकर्मी र डेढ वर्षे बालकको हत्या भएपछि चौधरी मौन थिए। Continue reading “प्रहरीको खोजीमा रहेका रेशम चौधरीले भने- थारु समुदायलाई बद्नाम गराउने काम भयो”

प्यारेलाल रानासहितको संसदीय टोली टीकापुरमा

pyarelal rana tharu

व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिको एक टोलीले टीकापुर घटनाको स्थलगत अवलोकन गरेको छ। टोलीमा सहभागी सदस्यले भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनाको स्थलगत रुपमा अवलोकन गरेको हो। Continue reading “प्यारेलाल रानासहितको संसदीय टोली टीकापुरमा”

थारुको आन्दोलन भदौ ३१ सम्म लम्बियो

Tharu Lawmaker 05

थरुहट/थारुवान संयुक्त संघर्ष समितिलले थरुहट तराईमा गर्दै आएको आमहड्ताल भदौ ३१ गतेसम्मलाई लम्बिएको छ। सिंहदरवारमा बसेको बैठकले सरकारले थारुको माग बेवास्ता गरेको भन्दै आमहड्ताल लम्बाउनुपरेको बताएको छ। साउन २७ गतेदेखि आमहड्ताल गर्दै आएको समितिले यसअघि भदौ १६ गतेसम्मलाई आमहड्ताल तोकेको थियो। सरकारले समितिलाई दुईपटक वार्ताको आह्वान गरेपनि राज्यले धरपकट जारी राखेको भन्दै समितिले वार्ता नगर्ने चेतावदी दिँदै आएको छ। Continue reading “थारुको आन्दोलन भदौ ३१ सम्म लम्बियो”

राजेन्द्रलाई छाडेर उपेन्द्र र महन्थ वार्ताका लागि काठमाडौंमा

Upendra And Mahantha

संविधान निमार्ण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका मध्ये संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुर काठमाडौं फर्केका छन्। सरकारले वार्ताका लागि आह्वान गरे लगत्तै त्यसलाई सकारात्मक रुपमा लिँदै यादव र ठाकुर काठमाडौं फर्केका हुन्। Continue reading “राजेन्द्रलाई छाडेर उपेन्द्र र महन्थ वार्ताका लागि काठमाडौंमा”

पर्सा र बारामा गरी पाँच आन्दोलनकारीको गोली लागेर मृत्यु

bgj_protest_05
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अान्दोलनका क्रममा मंगलबार बारा र पर्सामा गरी पाँच जनाको मृत्यु भएको छ। वीरगञ्जमा कर्फ्यु तोड्ने क्रममा प्रहरीको गोली लागि ४ जनाको मृत्यु भएको छ भने एक जनाको बारामा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी जिवेस लोहनीले कर्फ्यु तोड्ने क्रममा वीरगञ्जमा चार जना आन्दोलनकारीको मृत्यु भएको जानकारी दिए।

Continue reading “पर्सा र बारामा गरी पाँच आन्दोलनकारीको गोली लागेर मृत्यु”