थारु संयम हुने, राज्य भड्काउने

SAMSUNG CAMERA PICTURES

चिरन मानन्धर
थारुहरुले गरेको संघर्ष र आन्दोलनलाई सम्बोधन गर्न नेपाल सरकारले विभिन्न समयमा थारुहरुसँग सहमति गरेको थियो । १३ जेठ, २०६९ मा सरकार र संयुक्त लोकतान्त्रिक थारु मोर्चाबीच भएको सहमतिमा राज्यको पुनर्संरचनाको सन्दर्भमा पूर्व झापा देखि पश्चिम कन्चनपुरसम्मका सम्पूर्ण तराई तथा भित्री मधेशका जिल्लाहरुलाइ थरुहट भूमाग मान्ने, राज्यको पुनर्संरचना गर्दा तराई तथा मधेसका कुनै पनि जिल्लाको भूभागलाई पहाडको प्रदेशहरुसँग नमिलाई प्रदेशको सीमाङ्कन गरिने, तराई तथा भित्री मधेसका समग्र भूभागलाई थरुहट मानी चितवनको सम्पूर्ण भूभाग सहित कंचनपुरसम्मको भूभागलाई एउटा प्रदेश र पर्सादेखि झापासम्मको भूभागलाई एउटा प्रदेश सीमाङ्कन गर्ने थारुहरुको माग पूरा गर्ने आश्वासन दिएको थियो । Continue reading “थारु संयम हुने, राज्य भड्काउने”

गुन्डा नाइके कुमार ‘घैंटे’ इन्काउन्टरमा मारिए

kumar ghate with gunगुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरी भिडन्तमा मारिएका छन्। सामाखुसी क्षेत्रलाई आधार बनाएर संगठित अपराधमा संलग्न घैंटे र प्रहरीबीच बिहीबार बिहान कपुराधारास्थित ब्रिटिस चिहान नजिक गोली हानाहान भएको थियो। उनलाई महराजगन्जस्थित शिक्षण अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। उनीसहित अन्य दुई जना सहयोगी पनि गोली लागेर घाइते भएका छन्। Continue reading “गुन्डा नाइके कुमार ‘घैंटे’ इन्काउन्टरमा मारिए”

प्रहरी दमनको विरोध गर्दै गृहमन्त्रीको पुतला दहन

Putla

सप्तरीमा प्रहरीको गोली लागेर राजीव राउतको मृत्यु भएको घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नवलपरासीले गृहमन्त्री बामदेव गौतमको पुतला जलाएको छ। बुधबार बेलाटारीमा बिरोध र्‍याली निकालेर गृहमन्त्रीको पुत्ला जलाइएको हो। विरोध र्‍याली त्रिभुवन क्याम्पस बेलाटारीको प्रांगणमा कोणसभामा परिणत भएको थियो। Continue reading “प्रहरी दमनको विरोध गर्दै गृहमन्त्रीको पुतला दहन”

अखण्ड पक्षधरको सांघातिक आक्रमणबाट ज्यान गुमाएका डंगौरालाई सहिद घोषणा गर्न माग

शिक्षण अस्पतालमा चिन्कु डगौरा
शिक्षण अस्पतालमा चिन्कु डगौरा

थरुहट\थारुवान संयुक्त संघर्ष समितिबाट कैलालीको धनगढीमा साउन ३२ गते आयोजना गरिएको जनसभामा जाँदै गर्दा अखण्ड पक्षधर समूहले सांघातिक आक्रमण गर्दा सख्त घाइते भएका थापापुर२ महदेउलीका चिन्कु डंगौरा थारुको भदौ १ गते निधन भएको छ । उनी शिक्षण अस्पताल महाराजगंजमा उपचाररत थिए । Continue reading “अखण्ड पक्षधरको सांघातिक आक्रमणबाट ज्यान गुमाएका डंगौरालाई सहिद घोषणा गर्न माग”

रोग बिरोख हटैना बाल ट्यूहार गुरही

Gurhi Festivs_tharu 02छविलाल कोपिला
संस्कृति हरेक समुदायके आपन मौलिक पहिचान हो। उहेसे संस्कृति संरक्षण ओ सम्बर्द्धनके लग सक्कुहस् समुदायक मनै कौनो नकौनो रुपमे जुटल् रठाँ। थारू समुदायमे फेन अइसिन धेर संस्कृति बा, धेर ट्यूहार बा। सावन महिना ट्यूहारके शुरु हुइना दिन, उहेसे सावन लग्टीकिल ट्यूहार अइना शुरु हुजाइठ्। सवनियाँ ओराइल् कुछ दिन पर्से गुर्ही ट्यूहार आइठ् । असार ओराइ ते सवनियाँ आइठ्। थारू जात खेती किसानी कैना जात हुइलक ओरसे यदि असारमे खेती ओरागैल कलेसे  सवनियाँमे हर्डहवा फेन हुइसेकठ्। यदि नै हुइल कलेसे गुर्हीमे धेरहस् गाउँमे हर्दहवा बनठ्। हर्दहवा धेरहस् गुर्हीक दिन मन्लाँ द्यौखरमे मुले दाङमेभर अकाशे खेती हुइना हुइलक ओरसे हुई हर्डहवा ठनिक पाछे मान्ठाँ। जा हुइलेसे फेन हम्रे थारू समुदायमे  गुर्हीक बारेमे कुछ जानकारी कराइ जाइटुँ। Continue reading “रोग बिरोख हटैना बाल ट्यूहार गुरही”

आन्दोलनरत थारुले सडकमा मनाए गुरही पर्व (फोटो फिचर)

Tharu Festives Gurahri Celebrate in Dhangadhi 01

कैलाली, कञ्चनपुर सहितको थरुहट स्वायत्त प्रदेश माग्दै आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आह्वानमा कैलालीका थारु समुदायले सडकमा गुरही पर्व मनाएका छन्। थारु जातीको पहिचान देखाउन र आन्दोलनको रुपमा गुरही पर्वलाई सडकमा मनाएको बताइएको छ। नागपञ्चमीका दिन पश्चिमका थारु समुदायले गुरही पर्व मनाउने गर्दछन्। आन्दोलनरत थरुहट पक्षधरले धनगढीको क्याम्पस चौक स्थित मूल सडकमा पर्व मनाएका हुन्। Continue reading “आन्दोलनरत थारुले सडकमा मनाए गुरही पर्व (फोटो फिचर)”

चिनियाँ बने विश्वकै सबैभन्दा धनी

Wanda AMC Press Conference

दलियान वान्डा समूहका अध्यक्ष वाङ जियानलिन विश्वका सबैभन्दा धनी चिनियाँ बनेका छन्। नयाँ हुरान रिच लिस्टका अनुसार जियानलिन हङकङका लिका सिङलाई पछि पार्दै विश्वमा धनी चिनियाँ बनेका हुन्। वाङको सम्पत्तिमा एक वर्षको अन्तरालमा ५० प्रतिशतले वृद्धि भई जुनसम्ममा २ सय ६० अर्ब युआन अर्थात ४०.६ अर्ब अमेरिकी डलर भएको हुरान रिसर्च इन्स्टिच्युटले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको छ। Continue reading “चिनियाँ बने विश्वकै सबैभन्दा धनी”

सप्तरी मोर्चाद्वारा नौ बुँदै मागको घोषणा

Saptari Protest

संयुक्त मधेसी मोर्चाको आज सप्तरीको भारदहमा सम्पन एक भेलाले नौ बुँदै माग राखेको छ। बैठकले उच्चस्तरीय स्वतन्त्र निकायबाट छानबिनको माग गर्दै हत्या गर्ने दोषी प्रहरीमाथि कारबाहीको माग गरेका छन्। Continue reading “सप्तरी मोर्चाद्वारा नौ बुँदै मागको घोषणा”

सीमाङ्कनमा नयाँ विकल्प, कहिलेकाँही ‘प्रसव वेदना’ लम्बिन्छ : भट्टराई

Baburam Bhattaraiसङ्घीयताको सीमाङ्कनको पुनरावलोकनबारे सात घन्टा लगातार बैठक गरेका चार दलका शीर्ष नेतालाई पत्रकारले सोधे, ‘छलफल जारी छ, भोलि सहमति हुन्छ भन्नेबाहेक नयाँ कुरा के छ?’ नेताहरुको जवाफ आयो, ‘भोलि (बिहीबार)चाहिँ पक्का टुङ्गिन्छ।’

Continue reading “सीमाङ्कनमा नयाँ विकल्प, कहिलेकाँही ‘प्रसव वेदना’ लम्बिन्छ : भट्टराई”

आन्दोलनमा ज्यान गए प्रादेश सरकार बनेपछि ५० लाख दिने मोर्चाको निर्णय

 

LEADERS-OF-MADHESI-MORCHA

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले थरुहट/मधेस प्रदेशका लागि भइरहेको आन्दोलनमा घाइते भएकाको रेखदेख र उपचारको व्यवस्था गर्ने भएको छ। मधेसी मोर्चाको बुधबार बसेको बैठकले गठवन्धनले आहृवान गरेको बन्दका क्रममा आन्दोलनका क्रममा कसैले ज्यान गुमाए प्रदेशिक सरकार बनेपछि पीडित परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ। साथै उसले मृतकको परिवारका एक सदस्यलाई रोजगारी र निःशल्क शिक्षा दिने मोर्चाले बताएको छ। Continue reading “आन्दोलनमा ज्यान गए प्रादेश सरकार बनेपछि ५० लाख दिने मोर्चाको निर्णय”